माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु

११ पुस, काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो । सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित जस्तै छ ।

 

 

Spread the love