‘म वडाध्यक्ष’ शिर्षकको वक्तृत्वकला -हरिसिंह केसी अध्यक्ष, साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर

‘म वडाध्यक्ष’ शिर्षकको वक्तृत्वकला -हरिसिंह केसी अध्यक्ष, साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर

हरिसिंह केसी अध्यक्ष, साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर बसुन्धारा, काठमाडौं : अनि पो पुग्छ, गाउँ–गाउँमा सिंहदरबार एक महिनाअघि तारकेश्वर नगरपालिकाभित्रका कक्षा ६ देखि ११ सम्म अध्ययनरत विद्यार्थीहरुसँग साक्षात्कार गर्ने मौका जुर्यो । सिभिल अवेरनेस सोसाइटी नेपालले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता उक्त साक्षात्कारको मियो बनिदियो । वक्तृत्वकलाको शिर्षक थियो ‘म वडाध्यक्ष’ । सामुदायिक र संस्थागत गरी १५ विद्यालयका २३ जना विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा विद्यार्थीले प्रस्तुत गरेका तर्कले एक महिनासम्म सोच्न बाध्य बनाइरह्यो । विषयको गाम्भीर्यतासहित गुञ्जिएका ती कोमल आवाज अझै मेरा सामु गुञ्जिरहे झैँ लाग्छ । नयाँ पुस्ता नेपालको राजनीति,राज्य संरचना, विकास र संविधानप्रति कति जानकार छ भन्नेबारे बुझ्न त्यो मञ्च काफी थियो । नेपालको संविधानले संघियतालाई अवलम्बन गर्दै केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । संघीयताको मूल चुरो गाउँ–गाउँमा सिंहदरबार पु¥याउनु हो । अर्थात्, केन्द्रिकृत शासन व्यवस्थामा प्रायः सबै सेवा सुविधाकालागि राजधानी अर्थात् सिंहदरवार धाउनुपर्ने बाध्यात्मक अवस्थालाई भत्काएर जनताको घरदैलोमा सहज र सरल रूपमा आवश्यक सेवाहरू पुर्याउनु हो । वास्तवमा गाउँको सिंहदरबार भनेकै वडा हो । त्यसको प्रमुख व्यक्ति वडाध्यक्ष हुन् । प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धी विद्यार्थीहरुले पाँच मिनेट आफूलाई वडाध्यक्षको रुपमा प्रस्तुत गरे । आफ्ना योजना, कार्यक्रम र लक्ष्यसहित उत्रिएका उनीहरुले वडाध्यक्ष भएपछि वडाभित्र गर्ने भौतिक विकास, शैक्षिक विकास, स्वास्थ्य विकास, सामाजिक तथा सांस्कृतिक लगायतका विकासका कुरालाई स्पष्टसँग राखे ।

जसबाट भर्खर किशोरावस्थामा प्रवेश गरेको उमेरसमूहले विकासलाई कसरी बुझेको छ भन्ने थाहा पाउनका लागि पनि त्यो मञ्च अत्यन्तै उपयोगी थियो । सामान्य जीविकोपार्जनकालागि नेपालका निम्न र मध्यम वर्गीय आर्थिक हैसियत भएका मानिसहरुले व्यहोर्नु परिरहेको झमेलादेखि प्रशासनिक ढिलासुस्तीसम्मका कुरालाई विद्यार्थीले वक्तृत्वमार्फत छर्लङ्ग उतारेका थिए । जो अहिलेको समाजको वास्तविक चित्र थियो । समाजलाई भ्रष्टाचारमुक्त राखी नयाँ कार्ययोजनासहित वैज्ञानिक समाजको निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो ।

अब पुरातन ढर्राबाट समाजको विकास असम्भव छ । यसमा अब कुनै दुईमत रहेन । जनप्रतिनिधिहरु प्रविधिमैत्री बन्न जरुरी छ । अब भाषणमा मात्र नमुना वडा होइन, यदि साँच्चै नमुना वडा बनाउने हो भने वडाभित्रको मूल समस्या के हो ? त्यसको पहिचान गरी उत्तम विकल्पको छनोट गरी समाधान गर्न जरुरी छ । युवालक्षित सीपमूलक कार्यक्रम, आधुनिक तथा मैत्रीपूर्ण शिक्षा, खानेपानीको व्यवस्था, आधुनिक खेल मैदान, व्यवस्थित मानव बस्ती, चुस्तदुरुस्त विकास निर्माण, शान्ति सुरक्षालगायतका आधारभूत कुरा आज गाउँदेखि सहरसम्मका वडा र त्यहाँ बसोबास गर्ने नागरिकको माग हो । आजको दुनियाँलाई सुचना प्रविधिले कब्जामा लिइसकेको छ । त्यसैले अब हाम्रा वडाहरु प्रविधिमैत्री नभइ सुख नै छैन । वडाबाट हुने हरेक प्रशासनिक सेवा प्रविधिमैत्री हुनुपर्छ । जसले नयाँ पुस्तालाई नयाँपनको आभास दिलाउन सक्दछ । त्यस्तै, समाजमा हुने सार्वजनिक अपराध फरक ढंगबाट विकसित भइरहेका छन् । जसलाई रोक्न प्रविधिकै आवश्यकता पर्दछ । त्यसैले वडा सरकारहरु नै अब प्रविधिमैत्री बनेर वैज्ञानिक ढंगबाट सामाजिक अपराध नियन्त्रणमा राज्यका संयन्त्रलाई सहयोग गर्नुपर्ने देखिन्छ । त्यस्तै, वडाभित्र रोजगारीको सिर्जना, बालअधिकारको संरक्षण, फोहोरमैलाको उचित व्यवस्थापन, युवालाई सीपमूलक तालिम, ज्येष्ठ नागरिकको हेरचाह, आमा समूहलक्षित स्वरोजगारमूलक कार्यक्रम, समयसापेक्ष विकासबारे छलफल चलाउनुपर्ने आजको माग हो । त्यस्तै, नागरिकले राज्यबाट प्रवाह हुने सेवा प्रवाहमा कुनैपनि किसिमको झमेला व्यहोर्न नपरोस् । जसका लागि वडाबाटै प्रशासनिक कामलाई चुस्त बनाउन जरुरी छ । साथै, वडाबासीलाई एकताको सुत्रमा बाँध्ने वातावरण तय गरी वडाको सेवालाई जनताको दैलोमा पुर्याउन सक्ने हो भने स्थानीय निकायका जनप्रतिनिधिले जनमत जित्न ठूलो कष्ट गरिराख्नु पर्दैन । समाजलाई सन्तुलनमा राख्नका लागि पुरस्कार र दण्डको व्यवस्था हुनुपर्दछ । वडातहबाटै यस्तो व्यवस्था हुने हो भने समाजमा सद्भाव कायम गर्न सहज हुन्छ । यसका लागि वडाका जनप्रतिनिधिहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठेर ‘मेरो होइन हाम्रो, हाम्रोमात्र होइन,राम्रो पनि’ भन्ने भावनाले अघि बढ्दामात्र जनताले गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति गर्ने वातावरण बन्थ्यो । विद्यार्थीका तर्कहरुसँग सहमत हुँदै उनीहरुले प्रस्तुत गरेका योजनालाई देशभरका ६ हजार ७४३ वटै वडाका वडाअध्यक्षले कार्यान्वयन गर्ने हो भने पक्कै पनि जनताले गाउँ–गाउँमा सिंहदरबार पुगेको महसुस गर्न पाउँथे । त्यसका लागि जनप्रतिनिधिहरुमा पनि पारदर्शिता, जवाफदेहिता र इमान्दारिता हुन जरुरी छ । जब जनप्रतिनिधिमा इमान्दारिता हुँदैन, तब राजनीतिमा वितृष्णाको चाङ लाग्न पुग्छ । त्यसैले स्थानीयदेखि केन्द्रसम्मका नेताले कायैशैली परिवर्तन गर्ने बेला आइसकेको छ । दशकौँदेखि राजनीतिक दलहरुमार्फत लगाइने विभिन्न वादका नाराबाट जनता आजित भइसकेका छन् । यतिबेला जनताले कुनै वाद खोजिरहेका छैनन् । जनता शिक्षावाद, स्वास्थ्यवाद, रोजगारवाद, सुरक्षावाद, मेलमिलापवाद, कृषिवाद र समष्टिगत रुपमा विकासवादको प्यासले तिर्खाइरहेका छन् ।

त्यो प्यास मेटाउन असल जनप्रतिनिधिले मात्र सक्दछन् । देशमा गणतन्त्र स्थापना भएको १५ वर्ष भइसक्दा पनि सुशासन स्थापित भएको अनुभूति जनताले गर्न पाएका छैनन् । जुन व्यवस्था ल्याउन हजारौँ नेपालीले बलिदानी दिए । अहिले त्यही व्यवस्थामाथि विभिन्न कोणबाट प्रहार भइरहेको छ । जसकारण समाजमा सुशासनले किलो गाड्न सकेको छैन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, चुस्त प्रशासन, नागरिक स्वतन्त्रताको सुनिश्चितता, विधिको शासन, सर्वसुलभ न्यायप्रणाली, भनसुन बिनाको सेवा, विचौलियामुक्त प्रशासन नै सुशासनका आधारभूत तत्व हुन् । जसको कार्यान्वयनका लागि अहिलेका युवापुस्ता सक्षम र इमान्दारिता भएको जनप्रतिनिधिको खोजीमा छन् । बढी काम, गफ कम गर्ने नेतृत्व चाहिरहेका छन् । जनप्रतिनिधि अथवा नेतृत्वसँग इमान्दारिता भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा अपराधिकरण बढ्छ, राष्ट्रियता कमजोर हुन्छ । त्यसैले सबै तहका जनप्रतिनिधिले एकपटक गम्भीर भएर सोच्ने बेला आएको छ ।

 

 

न्हू जः (शुभजन्माेत्सव) – प्रकाश डंगोल

निर्दलिय पञ्चहरुका बिरुद्ध जनजनमा राजनैतिक चेतना अभिबृध्दि गर्न नयाँ प्रकाश पुञ्चहरुकाे समिकरण गरि जब तिम्राे जन्म भयाे, तिमीलाई जन्म दिन युवक समूहले कठाेर प्रश्रव तपस्या समेत गर्नु पर्याे ।

प्रशासनले तिम्राे नाममा जब अंकुश लगाए, तब आफ्नाे भाषा शब्द ईतर नेपाली भाषामा नयाँ किरण समूह राख्नु पर्दाकाे आफ्नाे भाषा प्रति राज्यले गरेकाे बिभेदकाे पिडाबाेध बेग्लै थियाे । जनतालाई राज्य ब्यवस्थाका सन्दर्भमा पुस्तकसंग
एकाकार गर्नु कम्ता चुनाैति थिएन ।

समाजलाई सांस्कृतिक क्रान्ति मार्फत मुलधारमा ल्याउन संस्कृति, संस्कार र समाजमा खेलेकाे भूमिकाले आज पनि जनजनमा मनमनमा न्हु ज: प्रज्ज्वलित रहेकाे छ । २०४६ काे आन्दाेलनका लागि जनतालाई संगठित रुपमा सशक्तिकरणकाे भूमिका कम थिएन ।

नेपाल संवतकाे प्रचलन, बिस्केट जात्रामा सिन्दुर जात्राकाे चलन, पुस्तकालयकाे स्थापना, विभिन्न बाजागाजामा प्रशिक्षण सहितकाे नेतृत्वगामी भूमिका , संचालन, परिचालन । नवीन साेच, दिशानिर्देश सहित रचनात्मक तथा बाैध्दिक बहस पैरवीबाट सुसज्जित समाजकाे पुनर्निर्माण कार्य कम्ता थियाे कठिन ।

बिबिध खेलकुद, सांस्कृतिक कार्यक्रम, नाट्य मञ्चन, सामाजिक जनजागरणयुक्त कला, साहित्य श्रृजना र मन्थन,
ती बिगतका अदम्य, शाेभा शाहस, आँट, हाैसल्ला र जाेश कता थुनिएका छन् । म साेधिखाेजी गर्दैछु त्याे प्रकाश पुञ्ज, जसकाे एक झिल्काे किरणले समग्रतामा राेशन पैदा गर्दछ । त्याे शक्ति, जसकाे एक हिम्मत र अठाेटले समग्र समाजमा बदलाप ल्याउन सक्छ ।
यक्ष प्रश्नका बिचमा ४० बर्ष लागेकाे न्हूज: खल, पुस्तकालयकाे अग्रगामी बिकास समृद्धिकाे हार्दिक शुभकामना ।

केशरीको ‘दुङाल’ लाई उत्कृष्ट साहित्य पुरस्कार

काठमाडौं, मंसिर २५ : आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। रु दुई लाख नगद, सम्मानपत्र सहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदानगरिने कोषले जनाएको छ ।

केशरीका यसअघि कथा सङ्ग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन्।
उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ।

“भारत र नेपाल: सभ्यताको यात्रा र आत्माको खोजी”

काठमाडौंको होटल हिमालयमा असोज २९ र ३० गते आयोजना हुने दुई दिने वार्षिक कलिङ साहित्य महोत्सवको घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौं। “भारत र नेपाल: सभ्यताको यात्रा र आत्माको खोजी” भन्ने नाराका साथ यो कार्यक्रम साहित्यिक भावनाको सबैभन्दा ठूलो उत्सव हुनेछ। कार्यक्रममा ७५ प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन् । नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति दिनेछन् । मालिनी अवस्थीको पनि प्रस्तुति हुनेछ।

भारतको साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउने अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतीश कुमार, दिप्ती गोपालनान, पियुश कुमार, पी. , राज शेखर, गीतकार समीर र अन्य कलाप्रेमीको सहभागिता रहनेछ । र साथै विशेष व्यक्तित्वहरूबीच कला, साहित्य र संस्कृतिका विभिन्न विषयहरूमा छलफल हुनेछ। तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, माया ठकुरी जगमान गुरुङ, दिनेश अधिकारी, प्रा.गोपाल भण्डारी, वसन्त चौधरी, प्रा.डा. वासुदेव त्रिपाठी, आशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनक दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ, महेश विक्रम शाह, माया ठकुरी, अमर न्यौपाने, नारायण ढकाल, विजय कुमार, डा ज्ञानु पाण्डे, डा. कुमारी लामा, डा.सावित्री मल्ल, सगुना शाह, डा.शान्तिमाया गिरी, डा.रजनी ढकाल, डा.ज्ञानु अधिकारी, अभय श्रेष्ठ, डा.गीता त्रिपाठी, स्नेह सायमी, राजकुमार बानियाँ, भीष्म उप्रेती, युवराज नयाघरे, जय छाँचा, प्रभा. बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारुङ, विमल आचार्य, रामलाल जोशी, सन्तोष श्रेष्ठ, विवेक ओझा, धीरेन्द्र प्रेममर्षी, अर्पण थापा, सुरक्षा पन्त, गोपाल आशक, उमा सुवेदी लगायतको पनि सहभागिता रहनेछ ।

यस महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउन र कला, संस्कृति र साहित्यको प्रवद्र्धन र विश्वव्यापीकरणमा टेवा पुग्ने विश्वास लिएका छौं । यशस्वि प्रज्ञा फाउन्डेसन, हिमालयन डेरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभल काठमाडौं संस्करणको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । सूर्य नेपाल महोत्सवको साझेदार रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) कलिङ्गा साहित्य महोत्सवको मुख्य प्रायोजक रहेको छ । हिमालय होटलमा हुने साहित्यिक भावना वार्षिक कलिङ्गा साहित्य महोत्सव काठमाडौंको सबैभन्दा ठूलो उत्सवमा सहभागी हुन अनुरोध गर्दछौं। तपाइँ हाम्रो सोशल मिडियामा लाइभ सत्र पनि हेर्न सक्नुहुन्छ।

गायक रामकृष्ण ढकालको स्वरमा नया गित बजारमा सार्बजनीक

तिमी छौ र त म हासेको छु ॥तिमी छौ र त म बाचेको छु ॥ बोलको अतीनै कर्ण प्रिय गित गायक रामकृष्ण ढकालको स्वर अनी शब्द र सॅगीत अमेरीकाको मिशिगन राज्यमा बस्दै आउनु भयका सन्तोष सुबेदीको रहेको छ भने एरेन्जर किरन कडेंल , मिक्सीगं तथा मास्टरीगं शम्भु कुमार ताम्रकार र भिडीयो प्रिजेन्टेसन मनीस बसिस्थको रहेको छ। केही समय अगाडी गायक रामकृष्ण ढकालको युटुब च्यानल मार्फत स्रोता सामु ल्याईयको छ।

SINGER URMILA LAMGADAY HAS RELEASED A NEW SONG, “LINA AAUCHU”

New York-based singer Urmila Lamgaday’s new song has been released. Budha Subba Digital has released the video song “Lina Aauchu Bhantheu” through YouTube. After releasing the song Lamgaday said, “Today I am very happy. My wish to release the song has come true. I hope the audience will like it’. The music arranger of the song is Arjun Pokhrel, and the lyricist is Diggaj Dhaurali. This folk/modern style song features popular actress Pooja Sharma and actor Raj Katuwal. Kaviraj Gahatraj directs the song. This song was recorded at Jambox Entertainment Studios in Manhattan, New York, and Om Recording Studio, Jackson Heights. On a singing journey, almost 13 years ago, Urmila Lamgaday had recorded a hymn. It was also released with a music video. After that, none of her songs were recorded. Lamgaday says the time was not right, even though she wanted to continue singing. Although a song based on Nepal’s Rukum incident (where seven Dalits were brutally killed by villagers) was released three months ago, the video was made with the available footage.

She came to the singing journey after 13 years, and now she plans to continue singing. She says – ‘I don’t want to release songs in quantity but, I plan to continue with quality.’ Born in Hetauda Ratomate, she has been interested in an acting career since childhood. She fulfilled her hobby in the Nepali telefilm Dalan. The telefilm against caste discrimination, which was released almost ten years ago. A character named Naina acted as an inter-caste couple within the Dalits in the teleserial. Later, she was featured in a music video also. She also acted in some television commercials. The advertisement made by the Ministry of Health was aired on Nepal Television. She couldn’t continue acting since she came to the United States in 2011. Urmila, a mother of two daughters, says, “Now that the children have also grown up, I can continue my singing career.” Since Urmila lost both her parents at a young age, she could not continue her singing and acting career. She says that she has lagged behind in her singing journey due to various reasons. She lost her father when she was only 5, and at the age of 16, she lost her mother. Urmila added, ‘That is why it was not easy for me to move forward in the artistic journey because I had support without parents.’ Starting her singing journey from Hindu hymns, she is now planning to release a Christian song with music videos in the near future.

बेहोशी म बनेकै छैन…!

गरिब अवश्य छु तर हात फैलाएको छैन !!
ऋण लिएको छु तर भिख र दान लिएकै छैन !!

जिन्दगी एक संघर्ष हो भन्ने ठानेको छु!!!!
सहज रूपमा त लिएकै छैन!! न त मेरो जरा छ न त मेरो धरातल तर बंश आफ्नो भुलेकै छैन !!!

एक्लै भएर के भो त पुग्नुपर्ने आफ्नो गन्तव्य बिर्सेकै छैन।।। जति ठेस लाए पनि आइया आमा भनेको छु !!

भुलेर पनि तिम्रो नाम त मुखमा आएकै छैन!!
मलाई मेरो जिन्दगीको गोरेटो मा हिँड्न साथ मागेको छु!!

सन्सार भत्काउने गरि कसैको हात मागेकै छैन !! यात्रामा देखेर भोगेका आँखा लाई अझै सचेत गरेको छु !!

आखा बन्द गरि खरायो झै बाठो बनेर निदाएकै छैन!! निरन्तर मेरो यात्रा मा ठेस न लागोस् भनेर होशियार त बनेकै छु !!!
तर धुर्तहरु देखि डराएर हिँड्न पाईला रोकेकै छैन!! यात्रामा भोगेका कुरा ले सचेत बनेको छु बेहोशी म बनेकै छैन!!!

साथि र आफन्त बाटै धेरै पाठ पनि सिकेको छु !! तर मानिसलाई हेर्ने दृश्टिकोण अझै बदलेकै छैन!! (#Gajal Of The Day # #Chameli,2020 )
✍️

जस्तोसुकै अवस्थामा पनि ‘बाँच्नु पर्छ’

– राजेन्द्र कार्की 

सम्बन्धमा जोडिन                 
नजरमा छोडिन 
आफ्नैका बिचमा 
लडेर उठ्न   
उठेर लड्न 
बाँच्नु पर्छ  ।

माटो  बाट छोड़िएर
जन्माउनेसँग तोड़िए
अन्माउँनेमा मोडिएर 
रोएर हाँस्न
हाँसेर रून 
बाँच्नुपर्छ  ।

‘हामी’ स्वाट्टै खुम्चिएर
‘म’ ह्वात्तै फैलिएर 
भाइलाई लात्ती हानेर 
नरम बाट कठोर 
कठोर बाट नरम हुन 
बाँच्नु पर्छ।

जन्मघर भासिएर
आफन्त मासिएर 
चूल्होमा आमा
पिँडीमा बाउ
आफ्नै–आफ्नै 
आँसुमा टाँसिएर
चेतबाट बिचेत
बिचेतबाट चेत हुन
बाँच्नुपर्छ । 

– हाल अमेरिका

पशुपति साहित्य समाजको प्रथम वार्षिकोत्सव

४ फागुन, काठमाडौं ः पशुपति बहुमुखी क्याम्पसका प्राध्यापक तथा कवि नारायण नेपालको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ! कार्यक्रममा वाेल्दै प्रमुख अतिथि प्राध्यपक नेपालले साहित्य सृजना जगेर्नाकाे उद्वेश्य वाेकेर स्थापना गरिएकाे पशुपति साहित्य समाजलाई उद्वेश्य प्राप्तिकाे शुभकामना दिनुभयाे ! यस्ता देशले चिन्नुपर्ने प्रतिभाहरु धेरै छन् ! बिद्यार्थी भाइबहिनीहरुले यो अत्यन्तै राम्रो कार्य गरेको नेपालले बताउनु भयो ! यो कार्यक्रम हजारौं शृङ्खलासम्म पुगोस शुभकामना छ भन्नुभएको थियो ! क्याम्पसमा अध्ययनरत विधार्थिहरूले एक वर्ष पहिले स्थापना गरेकाे पशुपति साहित्य प्रतिभालाई उजागर गर्ने उद्वेश्यले स्थापना भएकाे समाजले सायित्य क्षेत्रकाे जगेर्ना गर्ने उद्वेश्यले स्थापना गरिएकाे कार्यक्रमका सभापति एवम् अध्यक्ष अर्पना आपागाईले वताए ! कार्यक्रमा विभिन्न प्रतिभाका सृजना वाचन गरिएका थिए ! कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा गरिएको थियो ! पहिलो चरणमा विशेष वाचन भएको थियो जसमा चोनाङ रोदुङले कविता, मिरा सङ्कल्पले मुक्तक, उज्ज्वल “उजागर” गौतम र अर्पना आपागाईले गजल वाचन गरेका थिए भने दोस्रो चरणमा रचनाकार लगायतले अाफ्ना रचना समेत वाचन गरेका थिए !

**कबिता “रासिन्चिये” (चोनाङ रोदुङ)**
तिमी जस्तै म पनि
विवशताले डोर्‍याएको बाटो हिँड्दै छु
अफसोस् ! तिम्रो विवशता र मेरो विवशता एउटै होइन !
तिमी जस्तै म पनि
यो पर्खालले छेकेको
मा…थीको आकाश हेर्दै छु
तर तिमिले देखेको आकाश र मैले देखेको आकाश एउटै होइन-
केवल हामी उभिएको धरातल साझा हो !

हिजो जुन समयले हामीलाई भेटाउन
यत्रो ठूलो नाटक खेलायो
आज त्योभन्दा ठुलो षड्यन्त्र रच्दै छ-
हामीलाई छुटाउन !
मलाई विश्वास छ-
म जस्तै तिमी पनि
बिचलित हुने छैनौ !
बरु (खहरे) खोलाजस्तै बग्ने छौँ
र फेरि भेटिने छौँ
आखिर हामीले बग्ने धरातल साझा हो !

जिन्दगीले दुवाली काट्न सक्छ
परिबन्दले बाटो मोड्न सक्छ-
जता जता बगे पनि-
बग्दा बग्दै जहाँ पुगे पनि-
बगरै भरि दर्शन ढुङ्गाहरु मिल्काउँदै जानू
(म पनि त्यसै गर्ने छु)
कतै सेतो-सेतो ढुङ्गा देखेँ भने म पछ्याउँदै आउने छु
(तिमी पनि त्यसै गर्नु)
मभन्दा धेरै अघि पुगेँ जस्तो लाग्यो भने
कहिँ कतै तलाउ बनेर बिसाउनु
म बादलबाट बर्सिएर
तिमी छेउ
आहाल बन्न आउने छु !

बग्दै जाँदा
बगर छेउछाउ तरुण-तपस्वीहरु भेटिए भने
बिरह गाइ रहेका न्याउलीहरु सुनिए भने
तिनलाई हाम्रो कथा सुनाउनु
(म पनि त्यसै गरुँला)
म न्याउलीको गीत सुन्दै त्यतै त्यतै बग्ने छु
(तिमी पनि त्यसै गर्नु )
समुद्रमा मिसिएर हाम्रो अस्तित्व मेटिनु अघि-
हामी कसैको कवितामा लेखिएर अमर बन्नु पर्छ
सबैको प्रेमगीतमा गाइएर अजर रहनु पर्छ !
सायोनारा !!!

**मुक्तक (मिरा “सङ्कल्प”)**
के छ त्यस्तो खाना भित्र के छ पानीमा?
परिवर्तन ल्याउने कि ! आफ्नै बानीमा
शताव्दीले आज एक्काइस फन्को मारे पनि
कोठा दिन जात सोध्छन् अझै “राजधानी” मा !

सिमा वारी करेसामा साग लाए छोड्ने छैनौॅ
साग रोप्ने जमिनमा दाग लाए छोड्ने छैनौॅ !
जहाॅ पुग लुक्न “चाहे आकाश चाहे पातल”
दुस्मन सामू यो देशलाई भाग लाए छोड्ने छैनौॅ !

**गजल (उज्वल “उजागर” गौतम)**
फिर्ता त्यही बट्टा मा मुटु दिन सक्छु
तिम्रो गुलाफको सट्टा मा मुटु दिन सक्छु

माया कति गर्छौ भनी नजिस्क्याउ मलाई
कुनै दिन ठटै ठट्टामा मुटु दिन सक्छु

तिम्रा हात का स्पर्श गराई रहन्छौ भने
खेल्न तिम्लाई गट्टा मा मुटु दिन सक्छु

जुन दिन मेरो दिलबाट अवकाश लिन्छौ
तिम्लाई पेन्सन पट्टा मा मुटु दिन सक्छु

ताजमहल बन्छ भने हाम्रो प्रेमनिशानिको
म त्यो ईट्टा भट्टा मा मुटु दिन सक्छु

नुहाउदा तिम्रो पिना मा नै बसाउने गरि
त्यो तोरि पेल्ने घट्टा मा मुटु दिन सक्छु

**गजल (अर्पणा आपागाई “अनुराग”)**
डर लाग्छ अचेल उडेको विमानसङ्ग
आत्मीय सम्बन्ध राखेछ चिहानसङ्ग

मेरै बुबाको नजर गिद्दे पर्यो म माथी
अब म के गुनासो गरुँ संविधानसङ्ग

म चढ्छु मित्र खुट्टा तानेर लडाउछ्न
मलाई मिलाईदिन खोज्छन रछ्यानसङ्ग

मुर्दा खरानी बन्ने डरले डराएका छैनन
हामी व्यर्थै डराईरहेछौ जाबो शैतानसङ्ग

पत्थरलाई मन्दिरमा सजाएको देखेदेखी
विश्वास लाग्न छोड्यो मलाई भगवानसङ्ग

पशुपति साहित्य समाजको प्रथम वार्षिकोत्सव कार्यक्रम विद्यार्थीहरुकै सक्रियतामा सम्पन्न भएको थियो भने विद्यार्थी संगठनहरुको समेत महत्त्वपूर्ण सहयोग रहेको थियो ! उक्त कार्यक्रम भावना कार्की र हिरा राईले सन्चालन गरेका थिए !


महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती



काठमाडौँ : लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती मनाइदै छ ।
श वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो ।
नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ ।