तारकेश्वर नगरपालिका भित्र संचालनमा रहेका डिप टुवेलमा उध्योगमा छड्के अनुगमन

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस

आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी मनाइएको छ।  समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले मार्चपास गरेका छन्। टुँडिखेलमा आज विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागीता रहेको छ।

‘म वडाध्यक्ष’ शिर्षकको वक्तृत्वकला -हरिसिंह केसी अध्यक्ष, साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर

हरिसिंह केसी अध्यक्ष, साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर बसुन्धारा, काठमाडौं : अनि पो पुग्छ, गाउँ–गाउँमा सिंहदरबार एक महिनाअघि तारकेश्वर नगरपालिकाभित्रका कक्षा ६ देखि ११ सम्म अध्ययनरत विद्यार्थीहरुसँग साक्षात्कार गर्ने मौका जुर्यो । सिभिल अवेरनेस सोसाइटी नेपालले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता उक्त साक्षात्कारको मियो बनिदियो । वक्तृत्वकलाको शिर्षक थियो ‘म वडाध्यक्ष’ । सामुदायिक र संस्थागत गरी १५ विद्यालयका २३ जना विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा विद्यार्थीले प्रस्तुत गरेका तर्कले एक महिनासम्म सोच्न बाध्य बनाइरह्यो । विषयको गाम्भीर्यतासहित गुञ्जिएका ती कोमल आवाज अझै मेरा सामु गुञ्जिरहे झैँ लाग्छ । नयाँ पुस्ता नेपालको राजनीति,राज्य संरचना, विकास र संविधानप्रति कति जानकार छ भन्नेबारे बुझ्न त्यो मञ्च काफी थियो । नेपालको संविधानले संघियतालाई अवलम्बन गर्दै केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । संघीयताको मूल चुरो गाउँ–गाउँमा सिंहदरबार पु¥याउनु हो । अर्थात्, केन्द्रिकृत शासन व्यवस्थामा प्रायः सबै सेवा सुविधाकालागि राजधानी अर्थात् सिंहदरवार धाउनुपर्ने बाध्यात्मक अवस्थालाई भत्काएर जनताको घरदैलोमा सहज र सरल रूपमा आवश्यक सेवाहरू पुर्याउनु हो । वास्तवमा गाउँको सिंहदरबार भनेकै वडा हो । त्यसको प्रमुख व्यक्ति वडाध्यक्ष हुन् । प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धी विद्यार्थीहरुले पाँच मिनेट आफूलाई वडाध्यक्षको रुपमा प्रस्तुत गरे । आफ्ना योजना, कार्यक्रम र लक्ष्यसहित उत्रिएका उनीहरुले वडाध्यक्ष भएपछि वडाभित्र गर्ने भौतिक विकास, शैक्षिक विकास, स्वास्थ्य विकास, सामाजिक तथा सांस्कृतिक लगायतका विकासका कुरालाई स्पष्टसँग राखे ।

जसबाट भर्खर किशोरावस्थामा प्रवेश गरेको उमेरसमूहले विकासलाई कसरी बुझेको छ भन्ने थाहा पाउनका लागि पनि त्यो मञ्च अत्यन्तै उपयोगी थियो । सामान्य जीविकोपार्जनकालागि नेपालका निम्न र मध्यम वर्गीय आर्थिक हैसियत भएका मानिसहरुले व्यहोर्नु परिरहेको झमेलादेखि प्रशासनिक ढिलासुस्तीसम्मका कुरालाई विद्यार्थीले वक्तृत्वमार्फत छर्लङ्ग उतारेका थिए । जो अहिलेको समाजको वास्तविक चित्र थियो । समाजलाई भ्रष्टाचारमुक्त राखी नयाँ कार्ययोजनासहित वैज्ञानिक समाजको निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो ।

अब पुरातन ढर्राबाट समाजको विकास असम्भव छ । यसमा अब कुनै दुईमत रहेन । जनप्रतिनिधिहरु प्रविधिमैत्री बन्न जरुरी छ । अब भाषणमा मात्र नमुना वडा होइन, यदि साँच्चै नमुना वडा बनाउने हो भने वडाभित्रको मूल समस्या के हो ? त्यसको पहिचान गरी उत्तम विकल्पको छनोट गरी समाधान गर्न जरुरी छ । युवालक्षित सीपमूलक कार्यक्रम, आधुनिक तथा मैत्रीपूर्ण शिक्षा, खानेपानीको व्यवस्था, आधुनिक खेल मैदान, व्यवस्थित मानव बस्ती, चुस्तदुरुस्त विकास निर्माण, शान्ति सुरक्षालगायतका आधारभूत कुरा आज गाउँदेखि सहरसम्मका वडा र त्यहाँ बसोबास गर्ने नागरिकको माग हो । आजको दुनियाँलाई सुचना प्रविधिले कब्जामा लिइसकेको छ । त्यसैले अब हाम्रा वडाहरु प्रविधिमैत्री नभइ सुख नै छैन । वडाबाट हुने हरेक प्रशासनिक सेवा प्रविधिमैत्री हुनुपर्छ । जसले नयाँ पुस्तालाई नयाँपनको आभास दिलाउन सक्दछ । त्यस्तै, समाजमा हुने सार्वजनिक अपराध फरक ढंगबाट विकसित भइरहेका छन् । जसलाई रोक्न प्रविधिकै आवश्यकता पर्दछ । त्यसैले वडा सरकारहरु नै अब प्रविधिमैत्री बनेर वैज्ञानिक ढंगबाट सामाजिक अपराध नियन्त्रणमा राज्यका संयन्त्रलाई सहयोग गर्नुपर्ने देखिन्छ । त्यस्तै, वडाभित्र रोजगारीको सिर्जना, बालअधिकारको संरक्षण, फोहोरमैलाको उचित व्यवस्थापन, युवालाई सीपमूलक तालिम, ज्येष्ठ नागरिकको हेरचाह, आमा समूहलक्षित स्वरोजगारमूलक कार्यक्रम, समयसापेक्ष विकासबारे छलफल चलाउनुपर्ने आजको माग हो । त्यस्तै, नागरिकले राज्यबाट प्रवाह हुने सेवा प्रवाहमा कुनैपनि किसिमको झमेला व्यहोर्न नपरोस् । जसका लागि वडाबाटै प्रशासनिक कामलाई चुस्त बनाउन जरुरी छ । साथै, वडाबासीलाई एकताको सुत्रमा बाँध्ने वातावरण तय गरी वडाको सेवालाई जनताको दैलोमा पुर्याउन सक्ने हो भने स्थानीय निकायका जनप्रतिनिधिले जनमत जित्न ठूलो कष्ट गरिराख्नु पर्दैन । समाजलाई सन्तुलनमा राख्नका लागि पुरस्कार र दण्डको व्यवस्था हुनुपर्दछ । वडातहबाटै यस्तो व्यवस्था हुने हो भने समाजमा सद्भाव कायम गर्न सहज हुन्छ । यसका लागि वडाका जनप्रतिनिधिहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठेर ‘मेरो होइन हाम्रो, हाम्रोमात्र होइन,राम्रो पनि’ भन्ने भावनाले अघि बढ्दामात्र जनताले गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति गर्ने वातावरण बन्थ्यो । विद्यार्थीका तर्कहरुसँग सहमत हुँदै उनीहरुले प्रस्तुत गरेका योजनालाई देशभरका ६ हजार ७४३ वटै वडाका वडाअध्यक्षले कार्यान्वयन गर्ने हो भने पक्कै पनि जनताले गाउँ–गाउँमा सिंहदरबार पुगेको महसुस गर्न पाउँथे । त्यसका लागि जनप्रतिनिधिहरुमा पनि पारदर्शिता, जवाफदेहिता र इमान्दारिता हुन जरुरी छ । जब जनप्रतिनिधिमा इमान्दारिता हुँदैन, तब राजनीतिमा वितृष्णाको चाङ लाग्न पुग्छ । त्यसैले स्थानीयदेखि केन्द्रसम्मका नेताले कायैशैली परिवर्तन गर्ने बेला आइसकेको छ । दशकौँदेखि राजनीतिक दलहरुमार्फत लगाइने विभिन्न वादका नाराबाट जनता आजित भइसकेका छन् । यतिबेला जनताले कुनै वाद खोजिरहेका छैनन् । जनता शिक्षावाद, स्वास्थ्यवाद, रोजगारवाद, सुरक्षावाद, मेलमिलापवाद, कृषिवाद र समष्टिगत रुपमा विकासवादको प्यासले तिर्खाइरहेका छन् ।

त्यो प्यास मेटाउन असल जनप्रतिनिधिले मात्र सक्दछन् । देशमा गणतन्त्र स्थापना भएको १५ वर्ष भइसक्दा पनि सुशासन स्थापित भएको अनुभूति जनताले गर्न पाएका छैनन् । जुन व्यवस्था ल्याउन हजारौँ नेपालीले बलिदानी दिए । अहिले त्यही व्यवस्थामाथि विभिन्न कोणबाट प्रहार भइरहेको छ । जसकारण समाजमा सुशासनले किलो गाड्न सकेको छैन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, चुस्त प्रशासन, नागरिक स्वतन्त्रताको सुनिश्चितता, विधिको शासन, सर्वसुलभ न्यायप्रणाली, भनसुन बिनाको सेवा, विचौलियामुक्त प्रशासन नै सुशासनका आधारभूत तत्व हुन् । जसको कार्यान्वयनका लागि अहिलेका युवापुस्ता सक्षम र इमान्दारिता भएको जनप्रतिनिधिको खोजीमा छन् । बढी काम, गफ कम गर्ने नेतृत्व चाहिरहेका छन् । जनप्रतिनिधि अथवा नेतृत्वसँग इमान्दारिता भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा अपराधिकरण बढ्छ, राष्ट्रियता कमजोर हुन्छ । त्यसैले सबै तहका जनप्रतिनिधिले एकपटक गम्भीर भएर सोच्ने बेला आएको छ ।

 

 

टोखा नगरपालिका भित्र यातायात असहज भएका स्थानमा स्थलगत बजार अनुगमन

टोखा नगरपालिकाले नगरभित्रका असहज स्थानमा यातायात सहज रुपमा संचालन गराउने, यात्रुहरुले सडकपेटी मा आवतजावत गर्ने बाधा पुगेका स्थानहरु खाली गर्ने, जेब्राक्रसिङ उपयुक्त ठाउमा भएनभएको लगायत बिषयहरुलाई समेट्ने उदेश्यदे आज बजार अनुगमन गरेको छ ।

सूचना प्रविधिको महामेला क्‍यान इन्फोटेक २०२४को उद्घाटन

सूचना प्रविधिको महामेला क्‍यान इन्फोटेक २०२४को उद्घाट भएको छ ।   कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान०को आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो प्रदर्शनीको उद्घाटन  गर्नु भएको थियो ।  पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० ओटा स्टल रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ ।
२९औँ संस्करणको एस पावर क्यान इन्फोटेकको उद्घाटन मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गराएर सुरु भएको छ। राष्ट्रिय सभागृहमा आयोजित क्यान इन्फोटेकको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलको एपबाट र दिप प्रज्वलन गरि उद्‌घाटन गर्नु   भएको थियो । यसपटक क्यान इन्फोटेकको उद्घाटन प्रविधि र संस्कृतिको संयोजन गरेर गरिएको हो। यसका साथै उद्घटन समारोहमा मोबाइल एप र ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो। ६ वर्षदेखि क्यान महासङ्घ नेपालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेनेदार तथा विपन्न विद्यार्थीलाई बीएस्सी आइटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति दिँदै आएको छ। यो छात्रवृत्ति यस वर्ष क्यान इन्फोटेकको पहिलो दिन सो छात्रवृत्ति घोषणा हुनेछ।  पटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिने महासङ्घले जनाएको छ। इन्फोटेकमा नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सोलुसनलाई प्राथमिकता दिइने क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। यस अन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टल व्यवस्था गरिनेछ। क्यान इन्फोटेक करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० वटा स्टल छन् । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

वौडेश्वर महादेब मन्दिर परिसर निमार्ण गर्ने उदेश्यले टोखा तथा तारकेश्वर नगरपालिका बिच आपसी समझदारी

ऐतिहासीक, धार्मिक तथा पौराणिक स्थल वौडेश्वर महादेब मन्दिर परिसर निमार्ण गर्ने उदेश्यले टोखा तथा तारकेश्वर नगरपालिका बिच आपसी समझदारी पत्रमा हस्ताक्षर