कहाली लाग्दो यात्रा….. निर्मलथापा “वेहोशी”

कहाली लाग्दो यात्रा….. निर्मलथापा “वेहोशी”

महत्वाकांक्षी कती बोकेर हिडेँको थियँ,त्यो धमिलो गन्तव्यको यात्रामा भाँचीएको लक्क्ष्य र भत्कीऐको भाग्य लिऐर कहाँ जिउँदै मरेर पनीवाँचेको रहेछु। विज्याउने थिय ति काँडाहरूको गोरेटोले अनी कहाली लाग्दो त्यो घोप्टे भिर हुदै घनघस्याको उकालोमा ति ठेस् लाग्नेढुङ्गाहरू,झुक्कयाउने खाल्टा,खुल्टीहरू सित कती असङ्ख्य सम्बन्ध गाँस्न पुगेछु। आफ्नो गन्थनहरू गन्गनाउदै थकाईको भारी बिसाउँथ्य, लाग्थ्यो अपरीचित नै रहेछु,आखिर ऐउटा अघोषीत् वटुवा नै भएछु। लक्क्ष्य सानै थिऐ तैपनीसपनाका मनका लड्डुहरूले गिज्ज्याउन थाल्थे कता कता फेरी आकाश माथीका सेता बादललाई मुट्ठी मुट्ठी पारी बढो मेहनतका साथईच्छ्याका ठुला ठूला महलका भकारीहरू बनाउन सफल हुन्थ्यँ अनी ऐकछीन् मै हुरी बतासले उडाएर भत्काई दिन्थे फेरी असफल हुन्थ्यँ रझल्यास्स ब्युझिन्थ्यँ(ऐ म त यहीँ नै रहेछु)। कहिलेकाँही यो मनको फुलबारीमा आफ्ना रंङ्गी बिरङ्गी चाहानाका फुलहरू रोज्दै सज्याँउदैमै फुर्सद हुँदैनथ्यो। चङ्गा जस्तो चुल्बूले मनको ताना क्षणभर मै कहाँ बिलाउँते कहाँ…! रात वितेको दिन व्यायको पत्तै हुन्थेन,ति दिनहरूमलाई लखेट्न आउँथे फैसला सुनाउँथे,रातहरू न्याँये दिन आउँथे अनी सुन्य सुनौला अवसरहरूको न्यानो मायाँ पाउँन थाल्थ्यँ। बिहानीकिरणको मन्द मुस्कान्,हावाका मिठा चुम्बनका लहर सँगै कोईलीका मधुर आवाजले ब्युँझ्याउथ्ये।फेरी त्यो कोलाहल भिडमा अन्जान मैँहराउँथे,ऐकान्तले कता कता बोलाएको आभाष पाउँथे।अतितहरूले कोट्ट्याउनै थाल्थ्ये फेरी चर्याउन थाल्थे आलो घाउहरू….बर्रर..बर्रझरेका आँशुले घाउहरू पखाल्थ्यँ अनी बर्बराऐका आवाजका मलमले भुलाउथ्यँ कुहू…कुहू…गर्ने कोईलीहरू सँगै गाउथ्यँ..रमाउथ्यँ।आखिर ऐक्लै रमाउने पागल नै घोषीत् भऐछु।आसाको खेतीहरूमा मेहनत् को पसीना चुहाँउदै सपनाको फसलहरू काट्ने अनगीन्तीईच्छ्या र चाहनाहरू सडेर पनी कुहीसकेका थिय।सन्तुष्टी नै खुँराक भैदिए पछी आसाहरू नशा मै झुम्न थाल्थे।यो निर्दयी मनमा कहिल्ल्यैननिभने प्रतिशोधका ज्वालाहरू झन दन्किदै थिय फेरी यो छलकपट,पापी दुनियाँमा आफैमा खुशी सृजना गर्दै ति अँध्यारा रोगी दिनहरूचाहार्दै उज्यालोको पर्खाई मै थियँ। ति सिङ्गै रातहरू मेरा साक्षी थिय र ति आउने भोलीका दिनहरू मेरा नयाँ चुनौतीहरू थिय।सुख दिएर दुख लिएर डटी लड्ने ऐउटाजिन्दगी युद्ध नै थियो जहाँ नौटंकी गुलीयो मायाको काँडे जालमा भुलेको रणभुमी जस्तो पापी संसारमा म ऐक्लै हराऐको थियँ।

कताकता मनका सृजनाले बुनीएका हौसलाहरू डर र त्रासका तुफानी छालले हुत्त्याई दिन्थे। भित्रै चर्कीएर पाकेर फुटेका घाउहरूलाई आँसुकामलमले राहत् दिन्थे,ऐकै छिन भऐ पनी सितलता पाएको अनुभूती हुन्थ्यो।फेरी खुशीका भिख माग्ने अनेक वाहनाहरू सँधै असफल नैहुन्थ्य।कतै झिनो आसाका गुलिया गुलाब जामुनले मन फेरी रसाउन थाल्थे,मौरी झैँ सपनाका फुलहरूमा डुल्न थाल्थ्यँ,पागल झैँ भुल्नथाल्थ्यँ।त्यो झरीले रूझेको,कालो कुईरोले ढाकेका रोगी दिनहरू, ति कहाली लाग्दा भिराला गोरेटाहरू जब कठीन यात्राका पाईलाहरूअघी बढ्दै जान्थ्य त्यती दुखाई बल्झीदै जान्थे अनी भमरा झैँ भुन्भूनाउने,पागल झैँ बर्बराउने गीत संङ्गीतले गुन्जीन्थ्यो माहोल,त्यसै तअपाङ्ग थियँ,तेही माथी भाँचीएको बैसाखी नै साहारा थियो। जिवन हार र जितको खेल थियो,पिँडा र व्यथाहरूको शब्द थियो,दुखाई रवेदनाहरूको गीत थियो,हाँसो र आँसुको संङ्गीत् थियो। भावना बनी बगीरहन्थ्य आँसुहरू शब्द बनी सजीरहन्थ्यँ पानामा। काँडा बनी गडीरहन्थ्य घाउहरू बारूद बनी बिजीरहन्थ्य मनमा।

अज्ञातबाटाहरूमा म थाकेको थिईन जब मेरा पुराना अध्याय त्रूटी हुन्थे तब नयाँ अध्यायका कैयौँ शुरूवातहरू जारी नै थिय। भ्रमका खुशीहरूलेसताउन थाल्थे कहिले काँही सोझो टुहूरो मन त्यसै फुर्किन्थ्यो।रमाईलो दुनियाँमा ऐक्लो मन हेरेरै भुल्थ्यो।स्तब्ध थियँ,मरी सकेको निर्जीववस्तु थियँ,ति अविष्मरणीय जती टाढा हुँदै जान्थ्य उती नै गाढा हुन्थ्य,झन् झन् पाकेको पिलो झैँ टन्किथ्यो खोष्टाएका घाउहरू।खोसीयका भाग्यलाई आकाशका तारालाई झैँ चिहाउन थाल्थ्यँ फेरी आफ्नो औकातलाई नै भुलेछु। खानको लागी बाँचेकोथिईन,बाँच्नको लागी खान्थ्यँ।बोल्न आउँदैनथ्यो,बोल्ने मेरो पेशा थिएन, जन्मे देखी नै ऐउटा अपरिचीत अनुहार पाऐको थिऐ,मनकाभावना,सोचाई पनी अपरिचीत नै थिए।मनमा उब्जेका तरङ्गीत् भावनाहरूलाई आफ्ना साङ्गीतीक लयमा मिसाउने कोशीस असफल नैहुन्थ्य किनकी दुनीयाँ देखी अपरीचीत नै थिए मेरा भाषा। बिगतका जुन् ति ह्रदय भरी कैदी बनी बसेका दर्दनाक क्षणहरू अंगाल्दै गह भरीआँशु बोकी कहाँ भौतारी रहेको थिएँ कुन्नी तर पनी बाध्यता नै थियो त्यो लक्क्ष्य विहीन् अनौठो यात्रा अनी जुनकिरी झै पछ्याउनेईच्छ्याहरू फेरी घाम सँघै बिलाउँथे।यो चुल्बूले मन् भुलाउने भ्रमका बाटाहरू नै मेरो यो जुनी कै शारथी थिय।कहिल्ल्यै अन्त्य नहुने भावुकईच्छ्याहरू यो जटिल यात्रामा लागु भैरहन्थ्य। …………

यात्रा जारी नै थिए….न रात न दिन अनी सुन्सान् शुन्य र एकान्त क्षण जहाँआत्मीयता र भावनाका आवाजहरू थिए अनी हावाको मिठो मलम् का अोखती हृदयका स्वादिला स्पर्श,पंक्षीहरूका गायन् र प्रक्रीतीकासंङ्गीत का तालमा मुटूले धड्कन् साँचीरहेको आभाष दिन्थ्य। यो झुठो माया, झुठो सुखमा च्यापीएर उकुस् मुकुस् परेका ईच्छयाआकांक्षाहरू, यी गोला वारूद्ले गनाएका दिमाख अनी यि अस्लील् हिलो संस्कारमा भुलेका अपवादहरू र विष्पोटन हुन ठिक्क परेकामिसाएल प्रमाणु बम् ले बनेको भौत्तीक् संसार नै रहेछ़न्… म त डरले काँप्न थाली सकेको थिऐँ। अनी यता फेरी भावुक किराहरूका मागहरू, भोक हड्ताल र बन्दका महा आन्दोलन् ले पिडीत्, यि पछ्याएका शान्तीका दुत हरू ले ग्रस्तबनाउन थालिसकेका थिए। यो कोलाहल् र लोभी पापीको संसारमा बहिरो र अन्धो को अनुभव बटुल्दै आफ्ना नपाकेका काँचा लक्क्ष रति डरलाग्दा भिराला पहाड जस्ता ऊध्श्य बोकी यि अज्ञात् बन्द भएका काँडे गल्छी हरू मा भौतारीदै थिए …अचानक गोरेटोमा कुनैअज्ञात् वटुवालाई देखेँ। कहाँ जाँदै थियो कुन्नी। त्यस पछी बहुलाएर भन्कीदै ..हेर्छ……..ऊ त्यो रूखको हाँगामा एउटा कोईली चरीआफ्ना तिता मिठा खुशी घोल्दै रमाऊदै तिखा सुरेली भाकाले गित गाऊथ्यो र ऊस्ले ति लय मा आफ्ना गह्रुङ्गा शव्दहरू साट्न पाऊथ्योअनी ति हलुका हुन्थ्य र ऊस्का आनन्द नै फुर्कीएर रमाऊथ्य। तर ऊ यो दुनीयाको पागल नै थियो अपरीचित् नै थियो।मिल्कीएका वस्तुलाई नरूचाउने अनी खोटा सिक्का लाई नचलाऊने परिवेश ले नै जिऊदै जलाई सकेछन् अनी बिस्तारै……….. यि मेरा ह्रीदय भित्रै भित्रैखाँदिएर,चिच्याएर तड्पीएका गोप्य आन्दोलनका भावुक यात्राहरू ले मन् भित्रै भित्रै कोट्ट्याउने मातहरू लाग्न थालिसकेछन्………..निर्मलथापा “वेहोशी”

लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

सुष्मा सुब्बा लामा : नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो । वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ । एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनलेकेही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रुपमा लिने सरकारी रबैया नै गलत छ । विहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुईघण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसो उठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना संक्रमण फैलाउँदैनन्, तर दुई चारजना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, संक्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो । यो श्रृंखला हेर्दा हेर्दा १६ महिना वितिसक्यो ।सरकार लकडाउन र लजुडाउनकै गणीतमा फसिरहेको छ ।

सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिँदै यसले मानव जातिलाई नै अक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तहतप्काकालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला । हुन त मानव जातिको उदयसँगै यसप्रकारका थुप्रै महामारीहरु फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरणहरु हामीसँग जीवितै छन् । रोगकै कारण मानिसले औषधीको निर्माण गर्यो, आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कारहरु भए । १४ औँ शताब्दीको पाँचौँ र छैठाँै दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो । जसका कारण युरोपको एकतिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५औँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठूलै समस्या निम्त्याए । युरोप बिस्तारपछि अमेरिकाको करिब ६ करोड जनसंख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्यांक बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकहरुले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । सन् १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसंख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ । दादुरा, मलेरिया, प्लेग, रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए । जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्यो । महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्सविरुद्ध हाइटीको बिद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ । त्यसो त अफ्रिकी जनावरहरुमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । सन् १८८८ र १८९७ का बीचमा फैलिएको राइण्डरपेष्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनावरहरुको विनास गर्यो । यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो । फलस्वरुपः युरोपेली शक्ति राष्ट्रहरुले सन् १९०० सम्ममा अफ्रिकी मुलुकहरुका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए । समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठूलो विकास भयो कि लाग्थ्यो अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनुपर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडाँै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश जमीनको अन्तर आएको छ । करोडौँ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । उद्योगधन्धाहरु बन्द छन्, मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभाष हुन्छ, ऊ मात्र जान्दछ लकडाउन, अनि लुजडाउन र फेरि लकडाउन ।

यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताहरुले विभिन्न कम्पनीका झण्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाए छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ अब त्यो जोसँग छ उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशंका पनि उब्जन थालेको भान हुन्छ । एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड‘ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आयो खोप सकियो भन्ने उर्दी आउँछ । जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ । कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो श्रृंखला छैठौँ भेरियन्टसम्म जान्छ, सन् २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफबाह मात्रै हो, त्यो सम्वन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवं भविष्यका लागि निच मारेर बस्ने बेला छैन । किनकि रोगर भोक सँगसँगै आउने र जाने प्रक्रियाहरुहुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्य व्यवस्थाले समाधानको उपाय पत्ता लगाउनैपर्छ ।

खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास

अब खोप, खोप मात्रै भनेर पनि हुँदैन । किनकि हामीले जुन खोप लगाइरहेका छौँ, त्यो कति विश्वसनीय छ, छैन भन्ने स्पष्टता पनि हामीसँग छैन, न त छ खोप उत्पादन गर्ने कम्पनीहरुसँग नै । फेरि दाताले दिएको खोपले कतिलाई पुग्छ, राज्य संयन्त्रले आफैँ खोप खरीद गर्ने भन्ने कुरा पनि कल्पनाभन्दा बाहिरकै विषय हो । त्यसर्थ अब खोपको विकल्पमा जानुपर्ने टड्कारो आवश्यकता छ । त्यो भनेको योग र साधना नै हो ।नेपाली जडिवुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिवुटीजन्य आयुर्वेद औषधीहरुको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुनेछ । दिमाखमा सकारात्मक सोचको विकास गर्ने, दैनिकरुपले कम्तीमा एकघण्टा योगाभ्यास गर्ने गर्दा शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ । हिजो एलोप्याथी औषधी नहुँदा पनि हाम्रा पुर्खाले आफूसँग भएका जडिवुटी खाएर रोग निको पारेको इतिहास कहीँ छिपेको छैन । अहिले त योगका थुप्रै गुरुहरु हुनुहुन्छ, यदि त्यो सम्भव नभएमा हामी आफैँ पनि योगका लागि अभ्यास गराउन तयार छौँ । अब कोभिडको महामारीरुपी फोबियालाई निर्मलीकरण गर्न आवश्यक भइसकेको छ ।

बालबालिकाका लागि घरभन्दा विद्यालय नै सुरक्षित

कलिला बालबालिकाहरु १६ महिनादेखि घरमै बस्दा तिनको मनमस्तिष्कमा के कस्तो असर परिरहेको छ, त्यसतर्फ कोही कसैको ध्यान पुगेको देखिँदैन । सरकारले विद्यालय असुरक्षित भन्दै बालबालिकालाई घरमै बस्ने र विद्यालय बन्द गर्ने घोषणा त गर्यो, तर तिनका बाबुआमा कामकाजी हुन्छन् । घरबाहिर नगइ व्यवहार चल्दैन । उनीहरु विहान बाहिर जाने र बेलुकी घर आउँदा कति संक्रमित हुन्छन्, र त्यो असर आफ्ना नानीहरुमा पर्छ कि पर्दैन भन्नेतर्फ न त राज्यले सोच्यो, न कोही शिक्षाविद् वा सरोकारवालाले नै । यहाँ त के भनियो भने विद्यालयहरु कोभिडका लागि ‘हटस्पट‘ बने भन्दै सुझ न बुझसँग सञ्चार माध्यमहरुले समाचार बनाए, सरकार त्यसकै पछि लाग्यो र अन्ततः विद्यालयलाई बन्द गराइ छोेड्यो । त्यसको असर सानानानीहरु एउटा वा दुईटा कोठामा बस्न बाध्य भए । अर्को दुख लाग्दो कुरो के भयो भने सरकारले वैकल्पिक सिकाइ भन्दै अनलाईन शिक्षा भन्यो । तर त्यसले कलिला नानीहरुलाई के कति लाभ गर्यो वा असर गर्यो भनेर आजसम्म कुनै अनुसन्धान भएको छैन । सबै अभिभावकहरुले आफ्ना नानीहरुलाई समय दिन पनि सक्दैनन्, दिए पनि कतिले आफ्ना नानीहरुको सिकाइप्रति आवश्यक ध्यान दिन नसकेको पनि हुन्छ । नयाँ प्रविधिको असर कलिला बालबालिकाहरुलाई कति पर्छ भन्ने यकिन त कसले पो गर्न सकेको छ र ? त्यसर्थ यो अहिलेको यथार्थता हो, तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिकरुपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरु स्कुल जान पाउने वातावरण बनाउनुपर्छ, यो अहिलेको आवश्यकता हो । तथापि विद्यार्थीको भौतिक उपस्थितिलाई के कसरी सुरक्षित बनाउने हो भन्ने विषयमा आमअभिभावक, विद्यालय व्यवस्थापक  र सरकारले आवश्यक गृहकार्य भने गर्नुपर्छ ।

लकडाउनको हल्लाले आशभन्दा त्रास बढी

अहिले त हामीकहाँ कस्तो भयो भने राम्रोेभन्दा नराम्रो र जिम्मेवारीताभन्दा पनि होहल्ला गरेर मानिसलाई दिग्भ्रमित गराउने खेल बढ्न थाल्यो । संसार विगार्ने औषधी र हतियारको व्यापार नै हो । यस विषयमा हामी के कति गम्भीर वा जिम्मेवार छौँ, त्यसतर्फ पनि अब सोच्ने बेला भइसकेको छ । हुन त यो अवस्था सबै क्षेत्रमा व्याप्त छ । फेरि पनि लकडाउनकै हल्ला छ । जबजब लकडाउनको हल्ला हुन्छ, मानिसमा आशभन्दा त्रास बढ्न थाल्छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण भन्दा अरु रोगले मर्नेको संख्या धेरै गुणा बढ्दो छ । मानिसमा डिप्रेसन ब्याप्त  छ । सकारात्मक सोच हराउँदा मानिस रोगी बन्न विवस भयो । महामारीलाई न्युनीकरण गर्ने अनेकन उपायहरु हुँदाहुँदै सरकार लकडाउनकै सहारा लिन बाध्य छ । मानिसहरु पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन्, हुन पनि उनीहरुसँग अरु उपाय हुँदैन । विश्वका विकसित देशहरुमा पनि कोभिड छ, तर तिनले कोभिडको महामारीलाई न्युनीकरण गर्दै सामान्य जीवनयापन गर्दै आएको पाइन्छ । केही दिनअघि मात्रै जापानमा त्यत्रा विकास र निर्माणका कामहरु भएको देखियो । अमेरिकामा कोभिड विरुद्ध दुबै डोज भ्याक्सिन लगाएकाहरुले माक्स लगाउनु नपर्ने कुरा आएको छ । चीनमा पनि कोभिड महामारीलाई लगभग न्युनीकरण गर्ने क्रम बढ्दो छ । यो सबै लकडाउनसँगै चालिएका वैकल्पिक उपायहरु सशक्त भएर नै हो । तर हामीकहाँ लकडाउन भनियो, सारा कर्मचारीलाई विदामा बसाइयो, संक्रमण न्युनीकरण गर्नेतर्फ केही काम गरिएन, फलस्वरुप सरकार लकडाउनको श्रृंखला मात्रै बढाइरहने, संक्रमण दर नघट्ने भयो । त्यसर्थ यस कुरामा राज्य व्यवस्था अत्यन्तै चनाखो भएर अगाडि नबढे लकडाउन र त्यसबाट सिर्जित हुने समस्याहरुले भयाबह रुप लिने छ । र अन्ततः नेपाल फेलियर स्टेटमा रुपान्तरण हुने छ । ००००००

(लामा, मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल हुनुहुन्छ ।)

 

 

 

 

 

 

Contemporary Situation In Nepal

 

– Dirgh Joshi

Today, some of the world’s nations have prospered in developing themselves beyond measure and have established themselves as one of the most developed and potent nations in the world. After all, the answer to the question of how all this was possible is pellucid. These countries apperceived the natural resources of their countries in time and endeavored to become self-reliant by consuming them, which required rigorous policies, decent, orderly, and corruption-free government, and bureaucracy. Accordingly, the development work was consummated from the people’s taxes for the benefit of the people.

But on the other hand, many countries of the world are still lagging behind in terms of development. The majority of the people have not been able to ascend above the chains of impecuniosity, hunger, and illiteracy. It is hapless that the taxes paid by the people in sundry sectors as well as other minute incomes of the country cannot be utilized in the right place due to leakage and corruption. They have got and what the rearward countries like Nepal need to learn in terms of development.

Just as the musk deer wanders around, apperceiving the fragrance emanating from within itself, Nepal has not yet become self-adequate without kenning the paramountcy and utilization of the natural resources available country, soil, and air. Nepal is a resplendent and picturesque country profuse of natural resources. It is even more indecent and woeful that people live without electricity for hours every day in the second richest country in the world in terms of dihydrogen monoxide resources. There is no doubt that the country will be able to increment its engendered in the field of hydropower and agriculture and export it to the country and abroad as anon as possible. For this, the government should be able to formulate concrete policy rules and plans as well as build a corruption-free and transparent staff to operate and oversee those plannings.

But sadly, some people and gangs around the world today are actively involved in corruption, fraud, deception and crime through education, jobs, insurance, transactions, social media and we all need to be aware of this. Also, when carrying out small projects in our home or social organization or government office, they can make small and easy work big and cumbersome, collect money, show low-value goods and services to higher and avoid the financial hassle by avoiding people who are in the middle of commission business. We have to beware of it too.

Even the most potent, developed and prestigious country in the world, the United States of America,has not been spared from this. We all seem to be wary of daily calls of vehicle company warranty, indemnification, gifts, lotteries, phone calls under the pretext of discounts, as well as misuse of identity theft. We all seem to be perspicacious.

Albeit the people of this world are losing the truth and becoming selfish and betoken by saying that I am the only one to consume orally and I am the only one who seeks jubilance, there are few people who are fighting for the welfare and development of the country and society more than themselves. Kulman Ghising and Dr. Gobind KC , Kulman Ghising is one of the few regime employees in Nepal who has not only been able to make a profit for the Nepal Electricity Ascendancy (NEA) in a short period of time but has withal been able to provide circadian lighting at home for which technical cognizance, as well as policy formulation and orchestrating, are in place. Felicitously monitored, well maintained, every employee assigned to the field to work opportunely.

Successful Kulman Ghising has an abundance of erudition and experience to realize the dream of a more effulgent Nepal by making sundry amendments in the role of managing director of Nepal Electricity Ascendancy for four years and the state should give him an opportunity to accommodate as managing director for the development of the country.

Similarly, the dream of Dr. Gobind KC, who has been injunctively authorizing a terminus to the subsisting mafia system, bribery and commission business in the medical field and amending medical reform and providing quality healthcare to all the people in the country, should be listened by the government soon. In this way, the spirit of selfless support and service should be awakened in all the world’s people. Let there be light everywhere from remote, backward villages to town markets. The government has opened incipient factories and engendered employment. From now on, all Nepalis living abroad want to optically discern a prosperous and vigorous Nepal so that Nepalis do not have to go abroad! Jai Desh!!!

किन दु:खेन ……?

– भद्रमान मोते
केहि दिन अघि, शायद असार ९ गते हुनुपर्छ, दलित अन लाइन द्वारा सम्पादित / प्रकाशित ” संयुक्त राजनीतिक दलित संघर्ष समिति विभाजन : छुटाछुटै विरोध सभा ” भन्ने शिर्षकको लेख पढने मौका पाए। आज नेपालकै इतिहासमा जातीय विभेदकै कारण रुकुम (पश्चिम) चौरजहारीमा नवराज वि. क. लगायत छ जनालाई पाशविक ढंगले गरिएको हत्याकाण्डको विरोध र न्यायिक छानविनको माग सहित देशैभरि दलित संघर्ष चर्की रहेको अवस्थामा एउटा राजनैतिक दलका भात्री घटकको बारेमा यस प्रकारको समाचार आउनु धेरै दु:ख लाग्दो कुरा थियो। मलाइ यो समाचारमा विश्वास लाग्दै लागेन। किनकि दलित मुक्तिको लागि आफ्नो जीवनको दशकौ समय दलित संघर्षमा विताइसकेका त्यागि , मानव अधिकारवादी , दलित एवं सामाजिक अभियन्ता जस्ता व्यक्तित्वहरुले यस्तो कहाली लाग्दो अवस्थामा पनि दलित संघर्षबाट आफुलाई अलग्याउलान भनेर मैले कुनै कोणबाट पनि सोच्न सकी रहेकै थिइन । तर सम्बन्धित दलमा हैसियत बनाएका दलितका केहि मित्रहरु र युवा भाइहरु संग यस सम्बन्धमा सोधपुछ गर्दा केहिले आफ्नो दलको अनुमति नभएको, केहिले दल संग टक्कर गरेर आफ्नो पाकेको बाली नष्ट नगर्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिए । यस्ता अभिव्यक्तिले दलित नेताहरु र विगत सात दशक देखि भैरहेको दलित संघर्ष कस्का लागी, किन थियो त ? भन्ने प्रश्नलाई सुन्य बाटनै विउत्याइदिएको छ ।
देशकै जेठो आन्दोलन / संघर्षको रुपमा रहेको दलित संघर्षको गरिमाको आफ्नै इतिहास छ | १९९७ सालमा भगत सर्वजित विश्वकर्माले प्रारम्भ गरेको छुवाछुत विरोधी अभियान र २००४ साल देखि २०५० साल सम्म भएको अनसन, मन्दिर प्रवेश, सहभोज, दुध भराउ, पानि उघाउ, सिनो वहिष्कार, हलिया, वादी समुदायको आन्दोलनलाइ लिन सकिन्छ । हाम्रा पुर्खाहरुले निस्वार्थ भावनाले समयानुकुल दलित मुक्ति, र आर्थिक, सामाजिक, शैछिक, धार्मिक, सांस्कृतिक र राजनैतिक छेत्रमा दलितको पहुँचको निमित्त एक्यवद्ध भै दलित संघर्ष गरेका थिए | तर २०४६ साल पछि बहुदलिय व्यवस्थाको प्रार्दुभाव संगसंगै दलित नेता तथा कार्यकर्ताहरु विभिन्न राजनैतिक दलहरुमा आवद्ध भएकाले राजनैतिक दलहरुको चाहना अनुसार दलित नेता तथा कार्यकर्ताहरु विभाजित हुन् पुगे भने दलित संघर्ष पनि खण्डिक्रित हुँदै गयो । दलित मुक्तिका नाममा स्थापना भएका विभिन्न संघ संस्था र त्यसका अगुवाहरु आ आफ्नै स्वार्थका खिचातानीमा अलमलिए भने दलित संघर्ष र केहि दलित नेताहरुलाई आ आफ्नो स्वार्थ अनुसार परिचालित गर्न पनि पछि परेनन् । यिनीहरुलाई दलित संघर्ष भन्दा राजनीतिक दलको मोहले यति सम्म गाँजिसकेको छ कि नेपालको संबिधान २०७२ लेखनको समय गरिएको संयुक्त दलित आन्दोलन र लोक सेवा आयोगद्वारा आरछ्यण हटाउदाको अवस्थामा गरिएको सडक संघर्षमा केहि दलित नेता तथा कार्यकर्ताहरुको अनुपस्थिति र नकारात्मक भूमिकालाइ प्रमाणको रुपमा लिन सकिन्छ | विभिन्न समयमा जातिय विभेदकै कारण भएका जधन्य र सामाजिक अपराधमा पिडित र पीडकलाई राजनैतिक आस्था अनुसार गर्ने व्यवहार र प्रवृतिले केहि दलित नेताहरु र सम्बन्धित दलित भात्री संगठनलाई शंकाको घेरामा त् राखेकै थियो। तर रुकुम (पश्चिम) चौरजहारीमा नवराज बि.क. सहितको पाशविक हत्याकाण्डको न्यायिक छानविनको निमित्त गरिएको सडक संघर्षमा देखिएको असहयोगी व्यवहारले त नाङ्गोनै बनाई दिएको छ।
हामि, छाती ठोकेर दलित संघर्षका कथा सुनाउछौ। साठी लाख दलित मुक्तिका गाथा गाउछौं । १९९७ साल देखि हाल सम्म भएका दलित संघर्ष र त्यसका उपलब्धिहरुका कुरा गर्छौं । नेपाल अधिराज्यको संबिधानमा व्यवस्था भएको दलित हक, मौलिक हक, समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक लगायत अन्य हक अधिकारलाई ठुलो उपलब्धिको रुपमा लिन्छौं | छुवाछुत मुक्त राष्ट्र घोषणा , विश्वव्यापी मानव अधिकार सन्धि सम्झौता, जातिय विभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धिका विषयमा वहस छलफल गर्छौं । वर्तमान सम्बिधान घोषणा पश्चात आज सम्म जातिय विभेदकै कारण भएका जधन्य र सामाजिक अपराधको संख्या गनेर बस्छौं, दछिण अफ्रिकाको सार्पभिल्लेमा भएको गोराजातिले कालाजतिलाई गरेको नरसंहार देखि भर्खरै अमेरिकामा भएको जर्ज फ़्लोइडको हत्यामा विरोध जनाउछौ । तर रुकुम (पश्चिम) चौरजहारीमा भएको नवराज बि. क. सहितको पाशविक हत्याकाण्डको न्यायिक संघर्षमा सहभागिता हुन् किन डराउँछौ ? केहि दलित नेताहरु राज्यले मरणोपरान्त दिएको पुरस्कार, केहि समवेदनाको शब्द र दश लाख रुपैयालाई ठुलो उपलब्धि ठान्दछन ।तर त्यहि राज्यको अकर्मण्यताले गर्दा दिन प्रतिदिन आमाको काख रित्तिएको, चेलिबेटिको सिउँदो पुछिएको, वलात्कृत भएको र बालबच्चा टुहुरो भएको किन देख्दैनन ?
समयको माग अनुसार दलिय आस्था राख्नु, संगठित हुनु , दलीय उदेश्य र लछ्य प्राप्तिको निमित्त कार्य गर्नु स्वाभाविकनै हो तर दलितका सवालमा, दलित नेता तथा कार्यकर्ताहरुले व्यक्तिगत र राजनैतिक स्वार्थ भन्दा माथि उठेर बोल्नु पर्ने हो की आफ्नो स्वाभिमानलाई बन्धकी राख्ने हो ? दलिय मोहमा यत्तिको गहिरिएर अन्धभक्त हुनुपर्ने कारण के हो ? मन्त्रि, सांसद बन्न र राजनैतिक / संबैधानिक नियुक्ति पाउन मात्र हो वा सम्पूर्ण दलितको मुक्तिको निमित्त हो ? यो आज सम्पूर्ण दलितहरुको ओंठमा झुण्डिएको प्रश्न हो ।
दलित हक अधिकार प्राप्तिको निमित्त राजनीतिक सहभागिता र पहुंच पनि एउटा मार्ग हो। त्यसैले राजनैतिक दलहरुमा आवद्ध हुनु आजको आवश्यकतानै हो । तर दलित मात्रको मुद्दामा संघर्ष गर्न, बोल्न राजनीतिक दलको मुख ताक्नु र निर्देशन पर्खनु कत्तिको उचित हो ? राणा शासन, पंचायती व्यवस्थाको अन्त्यको समय होस वा दश वर्षे जनयुद्ध र २०६२ /६३ सालको जन आन्दोलन लगायत अन्य विशेष अवस्था र परिस्थितिमा होस, दलित समुदायको त्याग र बलिदानको वावजुद पनि हाल सम्म दलित समुदायको राजनैतिक, सामाजिक, आर्थिक, शैछिक तथा सांस्कृतिक अवस्थामा कुनै महत्वपुर्ण परिवर्तन आएन / आएको छैन ।त्यसैले हामि जुन दलमा रहेता पनि दलितको मुद्दामा हाम्रो लछ्य र उदेश्य एउटै हुनु पर्दछ ।केहि पद प्रतिष्ठा र लाभको निमित्त दलित संघर्षलाई बन्धकी राख्ने र पुर्खाहरुको संघर्ष र वलिदानलाई अवमुल्यन कदापि गर्नु हुन्न ।विभिन्न समयमा भएका घटनाक्रम अनुसार दलित समुदायलाई अझै पनि राज्य र समाजले सामाजिक प्राणीको रुपमा स्वीकार गरि सकेको छैन अर्थात हामि समग्र दलितहरु अझै पनि मान्छेको दर्जामा गणना हुन् सकेका छैनौ, यो कुरालाई हामीले बिर्सनु हुन्न । हामीले आफ्नो लछ्य प्राप्तिको निमित्त अझै धेरै संघर्ष गर्न बाँकीनै छ । हाम्रो संघर्षले जात व्यवस्थाको मूल जराको रुपमा रहेको धर्म शास्त्र र संस्कारलाई सच्याउनु छ ।राजनैतिक, सामाजिक, शैछिक र आर्थिक छेत्रको सबै तहमा दलित समुदायको सम्मानजनक सहभागिताको सुनिश्चितता र पहुंच पुर्याउन जरुरि छ । यसको निमित्त गैर दलित न्यायप्रेमी जन समुदायहरु संग समेत एक्यवद्धता गर्नु पर्ने अवस्थामा अप्रत्यछ्य रुपमा “फुटाउ र राज गर” भन्ने अभिप्राय बोकेका राजनैतिक दलहरुको मनशाय बुझ्न नसक्नुले दलित नेता तथा कार्यकर्ताहरुको योग्यता र दुरदर्शितालाई इंगित गरेको छ । जो जुन दलहरुमा रहेता पनि जब जब दलितको मुद्दा उठछ तब तब सबै दलका दलित नेता तथा कार्यकर्ताहरु दलिय हित भन्दा माथि उठेर दलित मात्रको हितको लागि एकढिक्का हुन् जरुरि छ र यो आजको दलित माग पनि हो। तर रुकुम (पश्चिम) चौरजहारीमा नवराज बि.क. सहितको पाशविक हत्याकाण्डमा न्यायोचित माग राख्दै कोभिड १९ र राज्य दमनको समेत पर्वाह नगरी देशैभरिका दलित / गैर दलित न्यायप्रेमी जनता, पत्रकार, मानव अधिकारवादी, कानुनविद, विभिन्न राजनैतिक दलहरुका नेताहरु सम्मिलित संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको सडक वहस, बृहत सभा, सिट्ठी जुलुस, मसाल जुलुस जस्ता सडक संघर्ष कार्यक्रममा केहि राजनीतिक दल र दलित नेताहरुले कुरा नमिलेकै भरमा संयुक्त रुपमा सहभागी नभई फुटको सन्देश दिनु धेरै दु:खदायी अवस्था हो।यसले आउँदा दिनमा राम्रो संकेत त दिंदै दिंदैन र विभिन्न राजनैतिक दलहरुका वरीष्ठ नेताहरुले “तपाइहरुमै फुट छ – मिल्नोस, आन्दोलन गर्ने सक्नु हुन्न – गरेर देखाउनोस” भन्ने जस्ता अभिव्यक्तिलाई सत्य प्रमाणित गर्दिनुको साथै सात दशक देखि भैरहेको दलित संघर्षलाई गिज्याइरहेको कुरा लाई पनि बिर्सनु हुन्न ।
सिद्धान्त, सोंच, तर्क आ- आफ्नै हुन्छ।समयले कसैलाई पर्खदैन र बगिसकेको खोला पनि फर्कदैन। यसलाई जसले, जतिसुकै, जुन तरिकाले व्याख्या गरेपनि सत्य सत्यनै हो, यथार्थ यथार्थनै हो। भनिन्छनी सुतेकोलाई उठाउन सकिन्छ तर सुतेको नाटक गर्नेलाई उठाउन सकिन्न। समय, परिस्थिति र अवस्थालाई पहिचान गर्न नसक्नु, पद लोलुपता, मानवीय कमजोरी, मुर्खता र अहमतानै हो। हामी सम्पूर्ण दलितहरु स्वाभिमान, स्वतन्त्रता, सम्मानजनक पहिचान र गरिमाको निमित्त संघर्षमा छौ।अब यो संघर्षको नेतृत्व सिमित भाइ भारदारको मात्र नेता बनेर गर्ने कि साठी लाख दलितको नेता बनेर गर्ने हो ? सहि निर्णय लिने / गर्ने बेला आएको छ।
अन्त्यमा, रुकुम (पश्चिम) चौरजहारीमा भएको नवराज बि. क. सहितको पाशविक ढंगले गरिएको हत्याकाण्डको विरोध र न्यायिक छानविनको माग सहित संयुक्त राजनीतिक दलित संघर्ष समितिको तत्वाधानमा देशैभरि भएको / गरिएको दोश्रो चरणको संघर्ष पनि समाप्त भै सकेको छ।तेश्रो चरण लगायत अन्य संघर्ष हुन्छ वा हुन्न।सम्बन्धित मुद्दा, सम्मानित न्यायालयमा विचाराधीन रहेको अवस्थामा पिडितहरुलाइ के कस्तो प्रकारको न्याय हुन्छ , त्यो त गर्भमै रहेको छ। तर मन मष्तिष्कमा अझै पनि एउटै प्रश्नले घचघच्याई रहेको छ कि, नेपालको इतिहासमा जातिय विभेदकै कारणले आज सम्म नभएको यस्तो पाशविक हत्याकाण्ड हुँदा पनि केहि दलित साथीहरुलाई किन दु:खेन ?
​​​​​​हाल अमेरिका

दलित आन्दोलनमा दलित नागरिक समाजको भूमिका र ​​​​​​ दलितको अवस्था :-

​  

​​​​​​​​​​​​- भद्रमान मोते / दलितअधिकारकर्मी 
मान्छेलाई बाँच्न लागि गाँस, वास, कपास मात्रै सबै कुरा होइन ।स्वतन्त्र रुपले सम्मान पुर्वक बाँच्न पाउनु उसको नैसर्गिक अधिकार हो । जीवन जिउन आवश्यक पर्ने सबै चिज प्राप्त गरेता पनि आत्मसम्मान, मर्यादा, गरिमा पाउन सकिएन भने त्यो जीवन बाच्नुको केहि अर्थ हुदैन । हाम्रो मुलुकमा करिव १३.८ प्रतिशतको हाराहारीमा रहेको एउटा समुदायलाई परापुर्वकाल देखि उच्च जात भनिनेहरुले वर्ण व्यबस्था र जात व्यबस्थाको आधारमा गरिएको धार्मिक, सामाजिक, सास्कृतिक विभेदले गर्दानै दलित भएर बाँच्नु पर्ने वाध्यता रहेको छ ।
सम्मानजनक रुपमा बाँच्नको निमित्त विगत ७ दशक देखि दलित समुदायहरु आन्दोलनरत छन । राणाकालीन एव पंचायती तानाशाहको अन्त्य र मुलुकमा प्रजातन्त्र स्थापनाको निमित्त आज सम्म भएका देशव्यापी जन आन्दोलन र सशस्त्र आन्दोलनमा अधिकांस दलितहरुले आफ्ना जीवन उत्सर्ग गरेका छन् ।तथापि मुलुकमा गणतन्त्र स्थापना भैसक्दा पनि दलितको अवस्थामा कुनै परिवर्तन नहुनुले “कागलाई वेल पाक्यो हर्ष न विषमत” भन्ने उखान चरितार्थ भएको छ ।
विगतमा पुर्वजहरुले दलितको आत्मसम्मानको लागि गरेको आन्दोलनको आफ्नै ईतिहास रहेको छ । नेपालमा बहुदलीय व्यबस्था स्थापना भए देखि हुँदै आएको विभिन्न दलित आन्दोलन र नेपालको संविधान २०७२ निर्माणताका गरिएको संयुक्त दलित आन्दोलनले संबिधानमा दलित हकको धारा, दलितहरुलाइ प्राथमिक एव उचच शिछ्या, स्वास्थ्य शिछ्या, भूमिहीनलाई जग्गाको व्यवस्था, आधुनिक व्यवशाय, निर्वाचित हुने अधिकार, संघ र प्रदेशमा दलित समुदायको समानुपातिक व्यवस्था, दलित आयोगलाई संबैधानिक आयोग र प्रस्तावनामानै छुवाछुत भेदभावको अन्त्य जस्ता उपलब्धिहरु स्थापित गरेको छ ।तर कतिपय बुँदाहरुलाई कानुन बनाइ भन्ने शब्दले अङ्कुश लगाएको, अहिले सम्म पनि राजनैतिक खिचातानी र गुटवन्दिको कारणले दलित आयोग स्थापना हुन नसक्नु र यस पुर्व बनेका / घोषणा भएका दलित संग सम्बन्धि कतिपय कानुनको निश्पछ्य ढंगले कार्यान्वयन नहुँदा यो संबिधान दलितको निमित्त “हात्ती आयो हात्ती आयो फुस्सा” भने जस्तै भएको छ ।
नेपालले जात, वर्ण, रंग, लिङ्ग, धर्म र उत्पतिको आधारमा गरिने सबै प्रकारका भेदभाव र प्रचलनहरुलाई उन्मुलन गर्ने अन्तराष्ट्रिय सन्धि सम्झौताहरुमा हस्ताछ्यर गरि सकेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र लाई समर्थन गरेको छ । राष्ट्रियस्तरमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको छ। जातीय छुवाछुत तथा कसुर सजाय ऐनको व्यवस्था गरेको छ। तर त्यसको सफल कार्यन्वयन नहुनुले आज देशमा क्रमवद्धरुपमा दलितहरु माथि जधन्य प्रकृतिका अपराधहरु हुने गरेका छन् । अझ भन्ने हो भने नेपालको संबिधान बने यता जातिय विभेदकै कारण असंख्य रुपमा दलितहरुको हत्या, वलात्कार, यौन हिँसा, सार्वजनिक अवहेलना लगायत अन्य प्रकारका घटनाहरु प्रशस्तै हुने गरेको छ । जसको ताजा उदाहरण मिति २०७७ साल जेष्ठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा जातिय विभेदको कारणले नवराज बि.क., सन्दिप बि.क., लोकेन्द्र सुनार, टिकाराम सुनार, गणेश बुढा, गोविन्द शाही समेतको विभत्स हत्याकाण्डलाई लिन सकिन्छ । उक्त घटना पश्चात सरकारले इमान्दारीपूर्वक आफ्ना निकायहरुलाई निश्पछ्य न्यायिक छानविन गरि हदैसम्मको सजाय मागदावी गर्न निर्देशन दिनु पर्नेमा त्यसो नगरी उक्त घटनालाई आफ्नो पछ्यमा पारि अपराधीलाई उन्मुक्ति दिन सत्ता पछ्यकै गैर दलित सांसदले सदनमा बोलेका कुरा र गैर जिम्मेवार विज्ञप्तिको पछ्यपोषण गर्नु र सह सचिव स्तरिय छानविन समिति गठन गर्नु उक्त हत्याकाण्ड र दलित आन्दोलनलाई प्रभावित गरि अभियुक्तहरुलाई सफाई दिने प्रपंचको पुर्व तयारि थियो ।
उल्लेखित हत्याकाण्डको विरोध र न्यायिक छानविनको माग राख्दै देशै भरिका न्यायप्रेमी दलित / गैर दलित सांसद ,विभिन्न राजनैतिक दलहरुका दलित भात्री संगठन, दलित नागरिक समाज, पत्रकार, मानव अधिकारवादी संघ संस्था लगायत वुद्धिजीवीहरुद्वारा गरिएको आन्दोलनको फलस्वरुप तेर्ह्रौ दिन पश्चात नेपाल सरकारले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । यस समितिले जतिसुकै इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेता पनि वर्तमान गृह मंत्री र महान्यायाधिवक्ताको गैर जिम्मेवारी अभिव्यक्ति आइरहनु र राज्यका प्रमुख राजनीति दलहरुको प्रमुखबाट यस घटना सम्बन्धि कुनै प्रतिक्रिया नआउनुले प्राप्त हुन आउने प्रतिवेदनलाई पनि सरकारले सकारात्मक रुपमा लिएर कार्यसम्पादन गर्नेछ भन्ने कुरामा ठोकुवा गर्ने अवस्था छैन । किनकि यस भन्दा पहिला पनि जातिय विभेदकै कारण दलित माथि भएको विभिन्न जधन्य अपराध घटनामा (तत्कालिन खेलकुद मंत्री मा. दलजित श्रीपालीको संयोजकत्वमा लछमी परियार र अजित मिजारको हत्या छानविन सम्बन्धि गठित उच्चस्तरीय समिति, मा. विनोद पहाडिको संयोजकत्वमा गठित जातिय भेदभाव र छुवाछुत घटनाहरुको अध्यन समिति ) गठित समितिले पेश गरेको प्रतिवेदन उपर आज सम्म पनि कुनै सकारात्मक कारवाही नभएको उदाहरणले प्रष्ट पारेको छ ।
वहुदलिय व्यवस्था र सशस्त्र जन आन्दोलनद्वारा स्थापित गणतान्त्रिक व्यवस्था पश्चात देशका प्रमुख राजनितिक दलहरुले आ आफ्नो चुनावी घोषणा पत्रमा राज्यका अंग र संयन्त्रमा सामाजिक दृष्टिकोणले पछाडी परेको वर्ग र छेत्रको प्रतिनिधित्व र पहुंचका लागि आरछ्यण र सकारात्मक विभेदको नीतिको पछ्यामा रहदै आएको, राष्ट्रका सबै निकायको नीति निर्माण र कार्यान्वयमा दलित प्रतिनिधित्वको समुचित व्यवस्था मिलाइने, दलितको लागि छ्यतिपुर्ती सहितको विशेषाधिकारको व्यवस्था गर्ने उल्लेख गरेका थिए । तर पहिलो / दोश्रो संविधान सभा, प्रतिनिधि सभा , प्रदेश सभा, स्थानिय निकाय, संबैधानिक निकाय लगायत अन्य स्थानहरुमा भए गरेका नियुक्ति र समानुपातिक समावेशी सहभागिताको अवस्थाले पनि दलितलाई हेर्ने राजनैतिक दृष्टिकोणलाई प्रष्ट पारेको छ ।
दलित आन्दोलनको अवस्था र आवश्यकता :-
सम्बिधान निर्माण पश्चात प्राप्त उपलब्धिहरुलाई राजनैतिक मुखौटा नलगाई हेर्दा हर्षित भैहाल्नु पर्ने अवस्थानै थिएन । अझ यो संविधानले त् क्रमवद्ध ढंगले दलित आन्दोलन गर्दै जानु पर्ने अवस्थाको सृजना गरिदिएको थियो ।आन्दोलनको प्रकृति फरक फरक हुन सक्थ्यो होला तर आन्दोलन जरुरिनै थियो ।
संबिधानमा व्यवस्था भएका उपलब्धिहरुलाई संस्थागत गर्न आवश्यक पर्ने ऐन नियम निर्माण गर्न र दलित मुक्तिको लागि मुख्य वाधकको रुपमा रहेको जात व्यवस्थालाई जरा देखिनै उखेलेर फ्याँक्न संबिधान संशोधन गर्ने तर्फ विभिन्न राजनैतिक दलहरुबाट प्रतिनिधित्व गर्ने दलित सांसदहरुको सक्रिय भूमिका रहेन / देखिएन ।
जातिय विभेदको कारणले भए गरेका जधन्य अपराधहरुको समयमा होस् वा लोकसेवा आयोग द्वारा आरछ्यण खारेज गर्दाको अवस्थामा र हाल भैरहेको नवराज बि.क. सहितको हत्याकाण्डको विरुद्धमा भएको दलित आन्दोलनमा होस् केहि राजनैतिक दलका दलित नेता एव कार्यकर्ताहरुमा भएको मत भिन्नता प्रष्टै देखिन्छ । एकातर्फ दलित आन्दोलन मुख्य मुद्धामा केन्द्रित नभई राजनैतिक दलका नेताहरुलाई खुशी पार्न, व्यक्तिगत वृत्ति विकास गर्न, उच्च पद प्राप्त गर्नमानै रुमल्लिएको छ । नेतृत्व वर्गमा भएको नेतृत्वको कमि, एक अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति, सम्बन्धित राजनैतिक दलहरुमा आफ्नो समुदायको धारणा स्पस्ट संग राख्न नसक्नु, समुदायको भन्दा पनि राजनैतिक दलको स्वार्थमा रुमल्लिनु, समुदाय भन्दा पनि व्यक्तिगत स्वार्थलाई बढी महत्व दिनु, राजनीतिमा पनि बालीघरे प्रथालाई कायम राख्नु जस्ता आदि इत्यादी कारणहरुनै दलित आन्दोलन सफलताको प्रमुख वाधकको रुपमा रहेको छ भने आर्कोतर्फ केहि वौद्धिक जमात, अगुवाहरुले साठी लाख दलितको नाम भजाउदै मौसमी आन्दोलन गर्ने, योजनाबेगर आन्दोलन घोषणा गर्ने, तुरन्तै नयाँ संगठन निर्माण गर्ने, देश विदेशबाट रकम संकलन गर्ने तर हिसाब नदेखाउने जस्ता कार्यहरुले पनि दलित आन्दोलनलाइ फितलो बनाएको कुरा हामीले बिर्सनु हुदैन ।संछेपमा भन्नु पर्दा दलित आन्दोलन केहि व्यक्ति र समूहमा बन्धकी रहेको अवस्था छ ।
जबसम्म व्राम्हणवादि संस्कारले ओतप्रोत भएको जात व्यवस्थालाई हटाउन सकिन्न तब सम्म दलितका केहि व्यक्ति मंत्री, संसद र उच्च तहमा रहेता पनि दलित मुक्ति हुन् सक्दैन । दलित नेताहरुले चाहेता पनि दलगत राजनीतिको कारण दलित हितमा कार्य गर्न नसक्ने रहेछन भन्ने कुरा संबिधान निर्माणताका संसोधन प्रस्ताव फिर्ता लिन वाध्य परिएको घटनालाई लिन सकिन्छ । राजनैतिक दलहरुमा आवद्ध नेता तथा कार्यकर्ताहरुले जतिसुकै कटिवद्ध भएर दलित आन्दोलन वा दलितको पछ्यमा सडक र सदनमा आवाज उठाउन खोजेता पनि सम्बन्धित पार्टीले ह्विप जारि गरेपछि हटनु पर्ने वहाँहरुको वाध्यता रही आएको छ ।
अमेरिकाको राष्ट्रपति अब्राहम लिंकनले गोराजातिहरुको विरोधको वावजुद पनि एकै घोषणा बाट वर्षौ देखि जरो गाडेर बसेको रंगभेद उन्मुलन गर्न सक्छन भने नेपालको राज्यसत्ताले संबिधान संशोधन गरेर जात व्यवस्था हटाउन सक्दैनन् ? आजको एक्काइसौ शताव्दीमा पनि के दलित मुक्तिकोलागी लडाइ झगडानै गर्नु पर्ने? आन्दोलननै गर्नु पर्ने? जीवनको वलिदाननै दिनुपर्ने ? त्यसैले स्वार्थको धरातलमा रहेर गरिएको आन्दोलनले दलित मुक्ति हुन्न भन्ने कुरा दलित नेताहरुले समयमै बुझ्न जरुरि छ ।
वर्तमान अवस्था सम्म पनि व्राम्हणवादि राज्यसत्ताले दलितहरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा कुनै परिवर्तन आएको छैन त्यसैले परापुर्वकाल देखि वर्ण, वर्ग र जात व्यबस्थाको निर्माणगरि धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा दलित बनाई शोषण गर्ने व्राम्हणवादको समाप्ति गर्न, दलित माथि लादिएको कुसंस्कृति, कुसंस्कार रुढिवादी परम्परा सहितको भेदभावको अन्त्य गर्न, सामाजिक न्याय सहितको समतामुलक समाजको निर्माण गर्न, दलित आन्दोलनले स्थापित गरेको संबैधानिक हक अधिकारको उपभोग गर्न, जातिय विभेदको आधारमा दलित माथि हुने गरेका जधन्य अपराध जस्ता क्रियाकलाप हुन् गर्न नदिन, मान्छेभै जन्मे पछि मान्छेझैँ बाँच्न पाउन, राज्यका हरेक निकायमा समानुपातिक समावेशी सहभागिताको निश्चितता र सुनिश्चितता गर्न साथै वर्ण, वर्ग र जात व्यबस्थाको अन्त्यको निमित्त दलित आन्दोलनलाई अझ सशक्त र संगठित बनाउदै लैजानु पर्ने आवश्यकता भएको छ ।
सन् १९६० मा दछिण अफ्रिकाको सार्पभिल्लेमा कालाजातिहरुले गरेको रंगभेदी अत्याचार विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोराहरुको सरकारले गोलि चलाई ६९ जनाको हत्या गर्दा पनि कालाजातिहरुले रंगभेदी गोराजातिहरुको विरुद्धमा आवाज नउठाई समान अधिकार नमागेको भए ?, नेल्शन मन्डेलाले २७ वर्ष सम्म कारागारमा रहंदा समानताको आवाज नघनकाएको भए ?, कालाजातिले बन्दुक र गोलीको पर्वाह गरि अत्याचारको विरुद्ध आवाज नउठाएर हामि माथि दमन नगर भनेर विन्तीपत्र चढाउदै हिडेको भए गोराहरु माथि विजयी पाउथे ? त्यसैले विगत देखि वर्तमान अवस्थामा मित्र राष्ट्रहरुमा भए गरेका संघर्ष र आन्दोलनबाट केहि सिक्न आवश्यक भएको छ । आज हामी नवराज बि.क. सहितको हत्याकाण्डको न्यायिक छानविन हुनुपर्छ भन्ने आन्दोलनमा छौ । पिडितहरुलाई न्याय दिलाउनु त् छंदैछ तर भोलिका दिनहरुमा पनि हुनसक्ने यस प्रकारका घटनाहरुको प्रतिकार गर्न, जातीय विभेद टिकाउने जात व्यवस्थालाई नै उखेलेर फ्याँक्न र राष्ट्रिय स्तरका गैर दलित नेताहरुले ” दलितको आन्दोलन पुगेकै छैन, तपाईहरु आन्दोलन गर्ने सक्नू हुन्न ” भन्ने जस्ता अभिव्यक्तिलाई झुठो प्रमाणित गर्न पनि सशक्त दलित आन्दोलनको खाँचो छ ।
दलित नागरिक समाजनै किन ?
नेपालको संबिधान २०७२ निर्माणको समय विभिन्न राजनैतिक दलहरुका सभासद तथा नेताहरु, दलित भात्री संगठनहरुको राजनैतिक आस्था, महत्वाकांछ्या, अहमता र मत भिन्नताको वावजुद पनि दलित नागरिक समाजले मध्यस्थकर्ताको रुपमा भूमिका निर्वाह गर्दै एकीकृतरुपमा संयुक्त दलित आन्दोलनलाई सडक देखि सदन सम्म क्रियाशिल राख्न महत्वपुर्ण भूमिका खेलेको थियो ।
दलित मुक्तिको लागि दलित आन्दोलनलाई अझ सशक्तरुपले अघि वढाउन अपरिहार्य भैसकेको छ । दलित आन्दोलन सफल पार्न सम्पूर्ण न्यायप्रेमी दलित / गैर दलित समुदाय, पत्रकार, मानव अधिकारवादी संघ संस्था, कानुनविद, राजनैतिक दलहरुका नेता तथा कार्यकर्ताहरु संग ऐक्यवद्धता गर्न / हुन जरुरि छ ।
वर्तमान परिस्थितिमा विभिन्न समयहरुमा देश भरि दलितहरु माथि भैरहेका हिंसा, हत्या र वलात्कार को विरुद्ध र समतामुलक सामाजिक न्यायको स्थापनाको निमित्त सम्पूर्ण न्यायप्रेमी दलित समुदायहरु आआफ्नो स्थान बाट आन्दोलनमा होमिएको अवस्था रहेको छ । कुशल नेतृत्व र उचित योजनाको अभावमा छरपष्ट रुपमा रहेको दलित आन्दोलनलाई एकीकृत गर्नु पर्ने आजको महत्वपुर्ण आवश्यकता भएको छ । रुकुम पश्चिममा नवराज बि.क. सहितको भएको जधन्य हत्याकाण्डले सम्पुर्ण न्यायप्रेमी दलित / गैर दलित समुदाय, पत्रकार, मानव अधिकारवादी संघ संस्था, कानुनविद, राजनैतिक दलहरुका नेता तथा कार्यकर्ताहरुलाई एकै मन्चमा ल्याएर उभ्याइदिएको छ । यो सुनौलो अवसरलाई हामीले गुमाउन हुन्न ।कतिपय अवस्थामा राजनैतिक दलका दलित नेताहरुले एक आर्काको नेतृत्व नस्विकार्नाले दलित आन्दोलन बिचैमा तुहिने गरेको यथार्थलाई हामीले विर्सनु हुन्न ।त्यसैले सबैलाई एकै स्थानमा समेटेर दलित आन्दोलनलाई योजनावद्ध ढंगले सुचारु गर्न खुला मंचको रुपमा रहेको दलित नागरिक समाजले संयोजक एवं मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।

किशोर सर, आफुलाई बचाउनुस् !

ज्ञानेन्द्र गदाल
​यतिबेला मुलुक रुकुमको चौरजहारीमा मारिएका ६ जना कलिला युवकहरुको बिभत्स घटनाले आक्रान्त छ । यस घटनालाई लिएर युटुब तथा अनलाइनहरु विभिन्न मानिसका विभिन्न खाले बिचार बिमर्श, टिकाटिप्पणि र आवेग संवेगहरुले भरिएका छन् । सामाजिक सञ्जालभरि घटनाप्रतिको संवेदना, आक्रोश र वितृष्णाहरु छरपष्ट छन् ।मलाई आश्चर्य लाग्छ, जबजब समाजमा सामाजिक उत्पिडन, जातीय विभेद, यौन शोषण, वालशोषण, बलात्कार वा हत्याको शिकारमा उत्पिडित वा निमुखा बर्गहरु पर्दछन, राज्यद्वारा यसको सहि निरुपण गराई पिडितलाई न्याय दिलाउनु सट्टा यस्ता घटनाको ढाकछोप गरि मुद्दा नै शिथिल पार्ने प्रपंच्मा केहि मानिसहरुको छटपटाहट शुरु हुन थाल्दछ यो किन हुन्छ ?

यी ६ जना मृतक युवाहरुको फोटो सहित पक्ष बिपक्षमा व्यक्त अभिव्यक्तिहरुले रंगिएको मिडिया र सामाजिक सञ्जालहरु हेर्दा लाग्छ समाज प्रगतिशील छ, जागरुक छ र चनाखो छ । तर जब विषयबस्तुको नजिक नपुगीकनै यस्ता रंगिन पानाहरु फिका हुन थाल्दछन त्यसबेला लाग्छ, मानिसहरू यी गम्भीर घटनाको जरो कहाँसम्म छ भन्ने नबुझी त्यसै सतहमा बोलिरहेका छन् ।आफुले बोलेका र लेखेका कुराको गहिराइ अन्दाज नै नगरी बोल्ने वा लेख्ने काम भैरहेको भान हुन्छ । जब यस्ता दुर्घटनामा उत्पिडित बर्गको न्यायको कुरा आउँछ यसलाई केवल जातीय विभेद बिरुद्धको बिरोध मात्रै बुझ्ने गरिएको छ । तर त्यो मात्रै होइन, त्यहाँ ‘मानव हत्या’ प्रकरण गाँसिएको छ मूलतः त्यही ज्यान मार्ने अपराधिक गतिविधिको बिरोध हो । अन्ततः हत्याको कारण पहिल्याउँदै जाँदा जातको निहुँमा हत्या गरिनुको बिरोध हो ।

घटना गम्भीर छ, न्यायका पक्षमा यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने हो । तर एकथरी मानिसहरु यसलाई सामान्य घटनाको रुपमा लिइरहेका छन्; गाउँले ओइरिएर आक्रमण गरि मारिएका ६ जनाको मृत्युलाई साधारण घटनाका रुपमा सामान्य ढंगले बुझ्नुपर्छ भनिरहेका छन् र यसको छिनोफानो पनि सामान्य ढंगले नै गरिनुपर्ने जस्ता हल्का र मजाकको अभिव्यक्ति दिइरहेका छन् । यसको सशक्त उदाहरण हालै स्थानीय रुकुमबाटै पत्रकार किशोर नेपालले दिएको रेडियो अन्तर्वार्ता काफी छ ।
पुराना पत्रकार किशोर नेपाल अहिले रुकुम-जाजरकोट दौडाहमा रहेछन् ।उनको यो दौडाहको उद्देश्य रुकुम घटनाको बारेमा खोज-अनुसन्धान रहेको भन्ने उनको आशयबाट बुझ्न सकिन्छ । यो जिम्मेवारी उनलाई कहाँबाट मिलेको हो या स्वतन्त्र पत्रकारका रुपमा आफ्नै खर्चबर्चमा हिंडेका हुन् त्यसबारे केहि खुलेको छैन । जे होस् उनी त्यही इलाकामा घुमिरहेका छन् अहिले त्यतैबाट रुकुम (सोती) घटनाको बारेमा रेडियो कान्तिपुरलाई एउटा अन्तर्वार्ता दिएका रहेछन् । उक्त अन्तर्वार्ता सुन्ने अवसर मलाइ पनि जुर्यो हिजो । कुनै अशल कुराको आशा त मैले वहाँबाट खासै गरेको थिइन तथापि यति खराब कुराको अनुमान पनि थिएन मलाई उनीबाट ।सुने, सुनेपछि केहि नलेखी चित्त मानेन र, देहाय बमोजिम उनका अन्तर्वार्ताका सार सहित मेरा संक्षिप्त बिचार यहाँ प्रश्तुत गरेको छु । बिस्तृत अडियो तपाईंहरुले पनि यहाँ सुन्न सक्नुहुनेछ
(https://www.youtube.com/watch?v=mTXXeGXO0VE&list=PLkLNCWJ_vZjW75B2vxTfF5t2I5_PhMBPq&index=2 )

• रुकुम घटना सामान्य घटना होइन, समाजमा विभेद छ त्यो सत्य हो,
• तर घटनालाई उचालेर आफ्नो स्वार्थ पुरा गर्ने खेल भैरहेको छ ।
• रुकुमको स्थिति सामान्य छ, कुनै समस्या छैन । (नवराजहरुको मृत्युलाई ‘हत्या’ नभनेर देहावसान भनेका छन् ।”
• यथार्थलाई पाखा लाएर भावनात्मक कलेवर दिन खोजिएको छ ।
• दुई पक्षका केटाहरु बिचको मनमुटाव, रिषइवीका आधारमा भएको झडप हो ।
• घटनामा जातिय आधार होला, नवराज विश्वकर्मा संलग्न हुनाले जातीय आधार भन्नलाई सजिलो छ तर यसमा जातिय आधार छ भन्न सकिन्न ।
• दुइ समुहका बीच झपड हुँदा ६ जना मानिस भेरीमा परेर मरे भन्नुपर्छ ।
• आक्रोशित हुने होइन, सामान्यीकरण गर्नुपर्ने घटना हो ।
• दुइ पक्षका टिनएजरहरुको बिचमा भएको झगडामा ठुलाबडा मुछिएका हुन् ।
• ६ जना नरहरुको संहार भएको छ तर, सामुहिक नरसंहार होइन ।नरसंहार भनेर घटनालाई अतिरन्जित गरिएको छ ।
• जबर्जस्ति रुपमा जातिय विभेद हो भनेर क्रान्तिकारी जामा पहिर्याउनु पर्ने जरुरत छैन ।
• सबैपक्षसंग बुझ्ने मौका पाएको छुइन, अहिले नै निष्कर्ष निकाल्न सक्ने हैसियत मेरो भैसकेको छैन, यो मेरो अब्जर्भेशन हो मेरो निष्कर्ष होइन ।

यो घटनालाई किशोर नेपालले सामान्य मानेका छन् । नवराज बिक सहित ६ जनाको मृत्युलाई उनले भेरीमा परेर भएको देहावसान भनेका छन् ।

सारा गाउँलेले लखेटेर मारेको सार्वजनिक तथ्य बाहिर आइरहँदा पनि उनले यसलाई ‘हत्या’ भन्न कन्जुस्याइं गरेका छन् ।सामान्य घटनालाई जातिय रंग दिएर केहि पत्रकारहरुद्वारा अतिरन्जित गरिएको समेत उनले दावी गरेका छन् ।सरकारले धेरै पत्रकारलाई त्यहाँ (रुकुम) जान रोक लगाइरहेको अवस्थामा किशोर नेपाललाई त्यहाँ पठाउनु र यिनको मुखबाट घटनालाई ‘सामान्य’ हो भन्ने झुटको पुलिन्दा सम्प्रेषण गर्न लाउनु यो बिभत्स घटनालाई दबाउने एउटा सुनियोजित खेल हो भन्ने बुझ्न गाह्रो छैन । यसबाट प्रष्ट के थाह हुन्छ भने घटनालाई सामान्यीकरण गर्ने खेल शुरु भएको छ, त्यसको मतियारको रुपमा मानिसहरु परिचालन गर्न थालिएको छ । यस्तै परिचालितहरुमध्ये एउटा पात्रको रुपमा प्रयोग भएको देख्दा पत्रकारिता (?) को लामो इतिहास बोकेका किशोर नेपालप्रति मेरो मनमा असीम दया र घृणा पलाएर आयो । कुन स्वार्थ वा प्रलोभनमा परेर उनले आफ्नो जीवनको उत्तरार्धमा मानवीय समवेदनालाई नै बिर्सेर, सत्यलाई ढाकछोप गरि गलत कुराको पृष्ठपोषण गर्ने साहस गरे यो त उनी आफै जानून तर यो घटनाप्रति उनको बकपत्रले उनलाई जनमानसको नजरबाट सदाको लागि गिराउने चाहिं पक्का भएको छ ।
यो सत्य हो, ६ जना युवाहरु गाउँलेद्वारा लखेटिएर मरेका छन् घटना सामान्य होइन । कारण जेसुकै होस्, त्यो पछि अनुसन्धानले पुष्टि गर्ला तर १९ जना कलिला युवाहरुलाई योजनाबद्ध ढंगबाट सारा गाउँलेहरु मिलेर खोलावारि तीनतिरबाट घेरेर ६ जनाको हताहत गराइएको समाचारहरु सर्बत्र जगतमा ब्याप्त छ।यसको आधार जातीय विभेद हो भन्ने प्रष्ट झल्किन्छ।यस्तो जघन्य घटनाप्रति मौन रहनु आफैमा अमानवियाताको पराकाष्ट हो, अझ घटनालाई तोडमोड गरी सत्यमाथि झुटको लेप लगाउन खोज्नु सरासर अपराध पनि हो । यसलाई दबाउन, कम्जोर पार्न वा लुकाउनका लागि आफ्नो पत्रकारिताको लामो इतिहास समेत दाउमा राख्ने हिम्मत किशोर नेपालले किन र कसरि गर्दैछन म अचम्ममा परेको छु ।

आदरणीय किशोर दाइ,
माथिका तपाईंको भनाइको अन्तिम बुँदा अझै ज्यूँदो छ, यसलाई सदुपयोग गरी आफुलाई पनि मर्न दिनुहुने छैन र एकबारको जुनी हो कसैको दवाव, प्रभाव र प्रलोभनमा आफ्नो अस्तित्व जोखिममा राख्ने दुस्साहस नगर्नुहोला । मेरो हार्दिक शुभकामना ।

कोलोराडो

कालो टोपी रातो लाली – टोपी छ अबसर छैन

काठमाडौँ, – त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट विभिन्न विषयमा उत्कृ स्थान हासिल गर्न सफल विद्यार्थीले अध्ययनपछि नेपालमा नै सेवा गर्ने बताएका छन् । त्रिविको ४५औँ दीक्षान्त समारोहमा चान्सलरसहित तीन पुरस्कार पाउने विराटनगरका उमेश आचायले भविष्यमा नेपालमै सेवा गर्ने बताउनुभयो । टोपी छ अबसर छैन तर नेपालमा अबसरको खाचो भएको गुनासो गरेका छन् । टोपी छ अबसर छैन नेपाली बिद्यार्थी कामको खोजीका लागी बिदेशिन बाध्य भैरहेका छन् ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याउनुभएका आचार्यले दीक्षान्त समारोहको ठूलो पुरस्कार चान्सलर पदक पाएपनि खसै खुसि नलागेको एक छात्राले बताईन ।

दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी थिए ।

Sad details on 7 more who died in one of Hawaii’s worst plane crashes

A Skydiving adventure turned deadly on Friday in Honolulu, when eleven people were killed. Today, the Honolulu Medical Examiner’s Office released the names of 7 of the 11 victims that died on Friday, June 21 in this horrific crash of a skydiving plane that went down at Dillingham Airfield on the island of Oahu in Hawaii.

According to National Transportation Safety Board (NTSB) investigators, the plane flipped shortly after takeoff and crashed with a fiery explosion. The Medical Examiner’s Office said there were 10 men and one woman on board. Medical Examiner Dr. Christopher Happy will release the identities of the 4 remaining victims once they have been confirmed.

Lt. Joshua Drablos, 27, U.S. military member stationed in Hawaii, Virginia resident  Lt. Joshua Drablos, who is originally from Forest, according to his Navy men’s track and field bio. He belonged to the Kunia Cyber Mission Force since late 2018 except for a few months when he was a student at the Naval War College. His small home town in Virginia  has a population of less than 10,000 and in a census-designated place in Bedford and Campbell counties in the U.S. state of Virginia.

, Sad details on 7 more who died in one of Hawaii’s worst plane crashes, Buzz travel | eTurboNews |Travel News

Nikolas Glebov, 28 was a visitor from  St. Paul, Minnesota,  Tourists Ashley Weikel, 26, Colorado Springs, Bryan Weikel, 27,  from Colorado Springs,

, Sad details on 7 more who died in one of Hawaii’s worst plane crashes, Buzz travel | eTurboNews |Travel News

Bryan and Ashley Weikel were celebrating their first wedding anniversary on the island when the plane they were riding for skydiving crashed.

Bryan Weikel’s mother, Kathy Weikel-Gerk, and his siblings, Kenneth Reed and Adrienne Keller, told CBS4 in Colorado, the couple was ecstatic to go skydiving on their anniversary trip. They wanted to go so bad,” Weikel-Gerk said. “I begged him to not go skydiving. I begged him not to go.” The family saw pictures and video on social media from the young couple, last posted at Dillingham Airfield. “Bryan, on his Snapchat, had posted a video of the plane pulling up to get them. That was the last thing they (posted),” Weikel-Gerk said. Reed said he texted his brother multiple times in the minutes, and hours, that followed their scheduled jump time. However, after 15 hours without a response, he grew worried. Reed said he got online and Googled skydiving in Hawaii.

The family added the coroner in Oahu was unable to confirm the identities of the deceased from the crash at the time this story was published, however, they were confident their loved ones were on the plane. They sent dental records to Hawaii for use in the confirmation process. “They didn’t do anything without each other. So, the way they went, it was the way it was supposed to go,” Reed told Colorado media.

, Sad details on 7 more who died in one of Hawaii’s worst plane crashes, Buzz travel | eTurboNews |Travel News

Daniel Herndon, 35 was a Skydiving Instructor at Oahu Parachute Center , he was a Videographer, Coach, AFF Instructor, IAD Instructor, Tandem Instructor, and occasionally Tandem or sport rig packer. at Skydive Airtight , studied  Mechanical Engineering at Oklahoma State University and Mechanical engineering at Tulsa Community College He went to Wagoner High School  orginial from Wegoner, Oklahoma living in Haleiwa, Hawaii.

Binod Manjan of thepowernews

प्राज्ञ हुन विवेक चाहिँदैन ?

बिनोद मञ्जन, काठमाडौं : मानव चेतनाले भन्दा पनि विवेकले विशिष्ट हुन्छ । प्राज्ञिक हुने कुरा न त उसले प्राप्त गरेको पदले निर्धारण गर्छ न त उसको मनोगत दम्भको विषय नै हो । यसमा त सृजनात्मक योगदानको भूमिका रहन्छ र रहनु पर्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पहिलो गठनमा लेखनाथ पौड्याल नपरेपछि पौड्याल नपरेको एकेडेमीमा म जान्न भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले अड्डी कसेका कारण पौड्याललाई पनि समावेश गरिएको थियो । अहिलेको गुटबन्दी र स्वार्थी समयमा यस्तो कुराको आशा गर्नु नै बेक्कार छ । जसका कारण एकेडेमीहरुका नियुक्तिलाई लिएर मुद्दाको ओइरो लागेका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको मुद्दामा अन्तरिम आदेश भइसकेको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानका विरुद्ध परेको मुद्दाको पेसी चलिरहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरु एकेडेमीको नियुक्तिलाई लिएर विज्ञप्ति, भाषण, अन्तर्वार्ता, फेसबुक जस्ता अनेक माध्यमबाट किसिम किसिमका विरोधहरु भएको पाइन्छ । के यस्ता नियुक्तिहरुमा आपूm नपरेकै कारण मात्र विरोध भएका छन् त ? कि यस्तो नियुक्ति प्रक्रियाकै बारेमा पुनर्विचार गर्नुपर्ने हो ? के यो एक दुईको मात्रै विरोध हो ? कि आम सरोकारवालाहरुको पनि विरोध हो ? एक दुई जना नपर्नेको मात्रै विरोध हो भनेर आत्मरतिमा रमाउनेहरुले ठुलो भुल गर्नेछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा केहीलाई छोडेर न त विधागत हैसियत मिलेको देखिन्छ । न त सम्बन्धित क्षेत्रको विशेषज्ञता नै । नेपालको संविधानले प्रत्याभूत गरेका सुशासन र पारदर्र्शीतालाई नियुक्ति गर्दा होस पुर्याएको भए न विरोधको अवस्था आउँथ्यो न त मुद्दाको स्थिति नै रहन्थ्यो । परिवर्तनलाई आत्मसात् गर्न नसक्नु, फराकिलो सोचाइ नहुनु, आपूmलाई सर्वेसर्वा ठान्नु र सामान्ती चिन्तनले अनुप्राणित हुनुले पनि एकेडेमीको नियुक्तिको अवस्था दयनीय देखिएको विश्लेषकहरुको रहेको छ । एकेडेमी जागिर खाने ठाउँ होइन, सृजनात्मक क्षमता देखाउने र प्राज्ञिक कार्य गर्ने थलो हो । एक जना दार्शनिकको भनाइ छ ः जस्तोसुकै कमजोरलाई पनि सुधार गर्न सकिन्छ, सृजनात्मक बनाउन सकिन्छ तर विवेक नभएकालाई केही गरेर पनि मान्छे बनाउन सकिँदैन, अरू कुरा त परै जाओस् ।

THE BOOK KAMPAN’S SECOND EDITION IS RELEASING

New York- The notable book Kampan’s second edition is going to release tomorrow in New York. The program is going to be held in Nepali restaurant Thakali Kitchen, Jackson Heights, New York. 

This book is a collection of experiences of well-established people and other people who became victims of Nepali earthquake. The book explains various viewpoints into many slices of life through history and time. Time can be the greatest teacher of all. Because this book explains the experiences and view of the victims in a vivid way, I believe that this book will definitely be an evergreen text that will be read throughout time, and its meanings and messages can be adapted to fit whatever the reader is going through or needs help with.

Any kind of disaster can embroil the life, but by being compassionate and lending a helping hand to others, we can do our best to help other to surmount the seemingly indefatigable challenges posed by the disaster. In 1998, during the midnight, an earthquake of a magnitude of 6.9 shook the whole of Nepal. Had the recent earthquake hit Nepal during midnight, the number of causalities would have been much higher. I shudder at this thought, but it highlights the unpredictability that constantly surrounds us.

The powerful read is divided into six segments with ineluctable stories that you simply will not be able to skip. The author has penned down riveting interviews and brought stories of several people whose lives were affected in different ways by the earthquake. Kishor Panthi, the author of the book and a well-known journalist, is currently working as the editor-in-chief of KHASOKHAS, a monthly Nepali magazine published and circulated in the USA.