शुक्रबार महालक्ष्मी विकास बैंकले एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ । महालक्ष्मी विकास बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तरिकाले कर्जा सेवा उपलब्ध गराउने भएको छ। सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट कर्जा लिन सक्ने छन्। अधिकतम ८ वर्षका लागि कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। देशभर रहेका बैंकका १०३ वटै शाखाहरुबाट ग्राहकहरुले कर्जा सुविधा पाउन सक्ने बैंकले जनाएको छ। महालक्ष्मी विकास बैंकले अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ।
सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्। अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्। अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन उनले आह्वान गरेका छन्।
अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ। त्यहाँ दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ। बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने बताए। दक्षिण र पश्चिम क्षेत्रमा खोप लगाउनेहरू कम छन् र ती क्षेत्रहरूमा अहिले कोभिड महामारी फैलिरहेको छ।
- Evacuation ordered in Turkish resort cities of Bodrum and Marmaris.
- The wildfires burn very close to houses and hotels.
- Turkish Navy are taking part in fighting the wildfires.
Turkey wildfires hit the resort towns of Marmaris and Bodrum. Local authorities ordered evacuation of tourists and local residents.
Because of the powerful fires, people were first evacuated in Marmaris. The forest burns very close to houses and hotels. Turkish Minister of Agriculture and Forestry Bekir Pakdemirli said that five helicopters, one plane and 30 fire engines are fighting disastrous fires in the area. The newest fire has flared up in resort town of Bodrum. People are being evacuated. Units of the Turkish Navy are involved in desperate attempts to sustain the fires.
Current wildfires, the strongest ones in recent years, began due to the heat wave in the region. To date, three people have died in the disaster and 183 have suffered from smoke. Earlier, Turkish Tourism Minister Mahmet Nuri Ersoy said that fires were retreating from hotels and houses. The minister said: “Since the intervention was carried out on time and with the use of a large amount of equipment, the spread of fire towards the coast was prevented. Later, roads to tourist areas were closed.”
The earthquake occurred in the Alaska Peninsula at 4.16 pm CHST on Thursday, July 29. A Tsunami threat for Guam, Rota Tinian, and Saipan is under investigation. If there is a tsunami threat to Guam, the earliest impact would be around 12.07 am Guam time CHST on Friday, July 30, 2021.
माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १० वर्ष अवधिको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ मा आवेदन दिने आज (साउन १४ गते) बिहीबार अन्तिम दिन रहेको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने र कर्जा जोखिम न्यून भएको मानिन्छ।
सुष्मा सुब्बा लामा : नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो । वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ । एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनलेकेही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रुपमा लिने सरकारी रबैया नै गलत छ । विहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुईघण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसो उठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना संक्रमण फैलाउँदैनन्, तर दुई चारजना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, संक्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो । यो श्रृंखला हेर्दा हेर्दा १६ महिना वितिसक्यो ।सरकार लकडाउन र लजुडाउनकै गणीतमा फसिरहेको छ ।
सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिँदै यसले मानव जातिलाई नै अक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तहतप्काकालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला । हुन त मानव जातिको उदयसँगै यसप्रकारका थुप्रै महामारीहरु फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरणहरु हामीसँग जीवितै छन् । रोगकै कारण मानिसले औषधीको निर्माण गर्यो, आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कारहरु भए । १४ औँ शताब्दीको पाँचौँ र छैठाँै दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो । जसका कारण युरोपको एकतिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५औँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठूलै समस्या निम्त्याए । युरोप बिस्तारपछि अमेरिकाको करिब ६ करोड जनसंख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्यांक बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकहरुले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । सन् १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसंख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ । दादुरा, मलेरिया, प्लेग, रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए । जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्यो । महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्सविरुद्ध हाइटीको बिद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ । त्यसो त अफ्रिकी जनावरहरुमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । सन् १८८८ र १८९७ का बीचमा फैलिएको राइण्डरपेष्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनावरहरुको विनास गर्यो । यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो । फलस्वरुपः युरोपेली शक्ति राष्ट्रहरुले सन् १९०० सम्ममा अफ्रिकी मुलुकहरुका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए । समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठूलो विकास भयो कि लाग्थ्यो अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनुपर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडाँै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश जमीनको अन्तर आएको छ । करोडौँ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । उद्योगधन्धाहरु बन्द छन्, मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभाष हुन्छ, ऊ मात्र जान्दछ लकडाउन, अनि लुजडाउन र फेरि लकडाउन ।
यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताहरुले विभिन्न कम्पनीका झण्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाए छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ अब त्यो जोसँग छ उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशंका पनि उब्जन थालेको भान हुन्छ । एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड‘ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आयो खोप सकियो भन्ने उर्दी आउँछ । जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ । कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो श्रृंखला छैठौँ भेरियन्टसम्म जान्छ, सन् २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफबाह मात्रै हो, त्यो सम्वन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवं भविष्यका लागि निच मारेर बस्ने बेला छैन । किनकि रोगर भोक सँगसँगै आउने र जाने प्रक्रियाहरुहुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्य व्यवस्थाले समाधानको उपाय पत्ता लगाउनैपर्छ ।
खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास
अब खोप, खोप मात्रै भनेर पनि हुँदैन । किनकि हामीले जुन खोप लगाइरहेका छौँ, त्यो कति विश्वसनीय छ, छैन भन्ने स्पष्टता पनि हामीसँग छैन, न त छ खोप उत्पादन गर्ने कम्पनीहरुसँग नै । फेरि दाताले दिएको खोपले कतिलाई पुग्छ, राज्य संयन्त्रले आफैँ खोप खरीद गर्ने भन्ने कुरा पनि कल्पनाभन्दा बाहिरकै विषय हो । त्यसर्थ अब खोपको विकल्पमा जानुपर्ने टड्कारो आवश्यकता छ । त्यो भनेको योग र साधना नै हो ।नेपाली जडिवुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिवुटीजन्य आयुर्वेद औषधीहरुको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुनेछ । दिमाखमा सकारात्मक सोचको विकास गर्ने, दैनिकरुपले कम्तीमा एकघण्टा योगाभ्यास गर्ने गर्दा शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ । हिजो एलोप्याथी औषधी नहुँदा पनि हाम्रा पुर्खाले आफूसँग भएका जडिवुटी खाएर रोग निको पारेको इतिहास कहीँ छिपेको छैन । अहिले त योगका थुप्रै गुरुहरु हुनुहुन्छ, यदि त्यो सम्भव नभएमा हामी आफैँ पनि योगका लागि अभ्यास गराउन तयार छौँ । अब कोभिडको महामारीरुपी फोबियालाई निर्मलीकरण गर्न आवश्यक भइसकेको छ ।
बालबालिकाका लागि घरभन्दा विद्यालय नै सुरक्षित
कलिला बालबालिकाहरु १६ महिनादेखि घरमै बस्दा तिनको मनमस्तिष्कमा के कस्तो असर परिरहेको छ, त्यसतर्फ कोही कसैको ध्यान पुगेको देखिँदैन । सरकारले विद्यालय असुरक्षित भन्दै बालबालिकालाई घरमै बस्ने र विद्यालय बन्द गर्ने घोषणा त गर्यो, तर तिनका बाबुआमा कामकाजी हुन्छन् । घरबाहिर नगइ व्यवहार चल्दैन । उनीहरु विहान बाहिर जाने र बेलुकी घर आउँदा कति संक्रमित हुन्छन्, र त्यो असर आफ्ना नानीहरुमा पर्छ कि पर्दैन भन्नेतर्फ न त राज्यले सोच्यो, न कोही शिक्षाविद् वा सरोकारवालाले नै । यहाँ त के भनियो भने विद्यालयहरु कोभिडका लागि ‘हटस्पट‘ बने भन्दै सुझ न बुझसँग सञ्चार माध्यमहरुले समाचार बनाए, सरकार त्यसकै पछि लाग्यो र अन्ततः विद्यालयलाई बन्द गराइ छोेड्यो । त्यसको असर सानानानीहरु एउटा वा दुईटा कोठामा बस्न बाध्य भए । अर्को दुख लाग्दो कुरो के भयो भने सरकारले वैकल्पिक सिकाइ भन्दै अनलाईन शिक्षा भन्यो । तर त्यसले कलिला नानीहरुलाई के कति लाभ गर्यो वा असर गर्यो भनेर आजसम्म कुनै अनुसन्धान भएको छैन । सबै अभिभावकहरुले आफ्ना नानीहरुलाई समय दिन पनि सक्दैनन्, दिए पनि कतिले आफ्ना नानीहरुको सिकाइप्रति आवश्यक ध्यान दिन नसकेको पनि हुन्छ । नयाँ प्रविधिको असर कलिला बालबालिकाहरुलाई कति पर्छ भन्ने यकिन त कसले पो गर्न सकेको छ र ? त्यसर्थ यो अहिलेको यथार्थता हो, तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिकरुपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरु स्कुल जान पाउने वातावरण बनाउनुपर्छ, यो अहिलेको आवश्यकता हो । तथापि विद्यार्थीको भौतिक उपस्थितिलाई के कसरी सुरक्षित बनाउने हो भन्ने विषयमा आमअभिभावक, विद्यालय व्यवस्थापक र सरकारले आवश्यक गृहकार्य भने गर्नुपर्छ ।
लकडाउनको हल्लाले आशभन्दा त्रास बढी
अहिले त हामीकहाँ कस्तो भयो भने राम्रोेभन्दा नराम्रो र जिम्मेवारीताभन्दा पनि होहल्ला गरेर मानिसलाई दिग्भ्रमित गराउने खेल बढ्न थाल्यो । संसार विगार्ने औषधी र हतियारको व्यापार नै हो । यस विषयमा हामी के कति गम्भीर वा जिम्मेवार छौँ, त्यसतर्फ पनि अब सोच्ने बेला भइसकेको छ । हुन त यो अवस्था सबै क्षेत्रमा व्याप्त छ । फेरि पनि लकडाउनकै हल्ला छ । जबजब लकडाउनको हल्ला हुन्छ, मानिसमा आशभन्दा त्रास बढ्न थाल्छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण भन्दा अरु रोगले मर्नेको संख्या धेरै गुणा बढ्दो छ । मानिसमा डिप्रेसन ब्याप्त छ । सकारात्मक सोच हराउँदा मानिस रोगी बन्न विवस भयो । महामारीलाई न्युनीकरण गर्ने अनेकन उपायहरु हुँदाहुँदै सरकार लकडाउनकै सहारा लिन बाध्य छ । मानिसहरु पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन्, हुन पनि उनीहरुसँग अरु उपाय हुँदैन । विश्वका विकसित देशहरुमा पनि कोभिड छ, तर तिनले कोभिडको महामारीलाई न्युनीकरण गर्दै सामान्य जीवनयापन गर्दै आएको पाइन्छ । केही दिनअघि मात्रै जापानमा त्यत्रा विकास र निर्माणका कामहरु भएको देखियो । अमेरिकामा कोभिड विरुद्ध दुबै डोज भ्याक्सिन लगाएकाहरुले माक्स लगाउनु नपर्ने कुरा आएको छ । चीनमा पनि कोभिड महामारीलाई लगभग न्युनीकरण गर्ने क्रम बढ्दो छ । यो सबै लकडाउनसँगै चालिएका वैकल्पिक उपायहरु सशक्त भएर नै हो । तर हामीकहाँ लकडाउन भनियो, सारा कर्मचारीलाई विदामा बसाइयो, संक्रमण न्युनीकरण गर्नेतर्फ केही काम गरिएन, फलस्वरुप सरकार लकडाउनको श्रृंखला मात्रै बढाइरहने, संक्रमण दर नघट्ने भयो । त्यसर्थ यस कुरामा राज्य व्यवस्था अत्यन्तै चनाखो भएर अगाडि नबढे लकडाउन र त्यसबाट सिर्जित हुने समस्याहरुले भयाबह रुप लिने छ । र अन्ततः नेपाल फेलियर स्टेटमा रुपान्तरण हुने छ । ००००००
(लामा, मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल हुनुहुन्छ ।)
१२ साउन, काठमाडौं : सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।
२०० भन्दा बढी इजलासमा गुनासो सुनुवाइलाई प्राथमिकता दिन थालेपछि कार्यालयमा थुप्रै निवेदनहरू प्राप्त भएका छन्। विशेष गरी जलविद्युत् कम्पनी स्थापना गरी सर्वसाधारणलाई शेयरधनी बनाउने भन्दै रकम लिने तर उक्त रकमको रसिद नदिएको भन्ने गुनासो बढी कार्यालयमा आएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको शेयर सम्बन्धी लफडाको चाङ बढ्दै जान थालेको छ। कार्यालयलाई प्राप्त भएको जानकारी अनुसार विभिन्न अदालतका वाणिज्य इजलासमा दुई सयवटा भन्दा बढी मुद्दा सुनवाइ भइरहेको अधिकारीको भनाइ छ। कार्यालयले कम्पनीको गुनासो र लगानीकर्ताकाे सुरक्षालाई ध्यान दिएर गरेर काम गर्न थालेपछि बिस्तारै कम्पनीका शेयर सम्बन्धी गुनासोहरूको चाङ बढ्दै जान थालेको हो। धेरै जसो शेयर दिन्छु भनेर पैसा उठाउने तर पैसा लिएपछि रकम लिएको रसिद नदिने र भुक्तानी गरेको शेयर समेत नपाएको गुनासो कार्यालयमा बढी आएकाे छ।
कतिपय कम्पनीको शेयर लिएर बसेका शेयरधनीको शेयर अर्कैले बिक्री गरिदिएको भन्ने गुनासाे समेत कार्यालयमा छ। धेरै जसो गुनासोमा एक कम्पनीले अर्को कम्पनीको बारेमा गर्ने गरेका छन्। आफ्नो कम्पनीलाई नोक्सान हुने गरी अर्को कम्पनीले गतिविधि गर्ने गरेको गुनासो कार्यालयमा आउने गरेको छ। तर त्यस्ता गुनासालाई भने कार्यालयले नहेर्ने अधिकारीले बताए।
सरकारले प्रभावकारी ढङ्गले कोभिड-१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै आइतवार दशौँ हजार मानिस प्रदर्शनमा निस्केका थिए र प्रहरीसँग उनीहरूको झडप भएको थियो। देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति काइस साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताएका छन्। तर विपक्षीहरूले उनको कदमलाई ‘कू’ अर्थात् सत्तापलटको सङ्ज्ञा दिएका छन्। राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि उनले टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए।
प्रधानमन्त्री हिसेम मेशीशीलाई बर्खास्त गरिएको खबर आइतवार अबेर राति सार्वजनिक भएपछि मानिसहरूले हर्षोल्लास गर्दै बाहिर निस्किएका थिए। निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिशियाको “क्रान्ति र संविधानमाथि कू गरिएको” आरोप लगाएका छन्। दश वर्षअघि ट्यूनिशियामा क्रान्तिमार्फत् प्रजातन्त्र स्थापना भएको थियो। त्यहीँबाट सो क्षेत्रमा अरब क्रान्ति आरम्भ भयो।
तर त्यसपछि थप रोजगारी तथा अवसरहरू सिर्जना हुने आशा गरिएको थियो। तर त्यसो हुन नसक्दा मानिसहरू निराश देखिन्छन्। क्रान्तिको एक दशक बितिसक्दा ट्यूनिशिया गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने उसले अफ्रिकाकै सबैभन्दा नराम्रो कोरोनाभाइरस महामारी झेलिरहेको छ। त्यसपछि राजधानी ट्यूनिसमा राष्ट्रपति साईद पनि भिडहरूमा सहभागी भएका थिए। ट्यूनिसहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन्। त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।
सोमबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ भने स्थिीर छ। सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको भाउ स्थिर छ । यस दिन चाँदी अघिल्लो दिनकाृे भाउ अर्थात प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।