प्राज्ञ हुन विवेक चाहिँदैन ?

Binod Manjan of thepowernews

बिनोद मञ्जन, काठमाडौं : मानव चेतनाले भन्दा पनि विवेकले विशिष्ट हुन्छ । प्राज्ञिक हुने कुरा न त उसले प्राप्त गरेको पदले निर्धारण गर्छ न त उसको मनोगत दम्भको विषय नै हो । यसमा त सृजनात्मक योगदानको भूमिका रहन्छ र रहनु पर्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पहिलो गठनमा लेखनाथ पौड्याल नपरेपछि पौड्याल नपरेको एकेडेमीमा म जान्न भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले अड्डी कसेका कारण पौड्याललाई पनि समावेश गरिएको थियो । अहिलेको गुटबन्दी र स्वार्थी समयमा यस्तो कुराको आशा गर्नु नै बेक्कार छ । जसका कारण एकेडेमीहरुका नियुक्तिलाई लिएर मुद्दाको ओइरो लागेका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको मुद्दामा अन्तरिम आदेश भइसकेको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानका विरुद्ध परेको मुद्दाको पेसी चलिरहेको छ । नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरु एकेडेमीको नियुक्तिलाई लिएर विज्ञप्ति, भाषण, अन्तर्वार्ता, फेसबुक जस्ता अनेक माध्यमबाट किसिम किसिमका विरोधहरु भएको पाइन्छ । के यस्ता नियुक्तिहरुमा आपूm नपरेकै कारण मात्र विरोध भएका छन् त ? कि यस्तो नियुक्ति प्रक्रियाकै बारेमा पुनर्विचार गर्नुपर्ने हो ? के यो एक दुईको मात्रै विरोध हो ? कि आम सरोकारवालाहरुको पनि विरोध हो ? एक दुई जना नपर्नेको मात्रै विरोध हो भनेर आत्मरतिमा रमाउनेहरुले ठुलो भुल गर्नेछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा केहीलाई छोडेर न त विधागत हैसियत मिलेको देखिन्छ । न त सम्बन्धित क्षेत्रको विशेषज्ञता नै । नेपालको संविधानले प्रत्याभूत गरेका सुशासन र पारदर्र्शीतालाई नियुक्ति गर्दा होस पुर्याएको भए न विरोधको अवस्था आउँथ्यो न त मुद्दाको स्थिति नै रहन्थ्यो । परिवर्तनलाई आत्मसात् गर्न नसक्नु, फराकिलो सोचाइ नहुनु, आपूmलाई सर्वेसर्वा ठान्नु र सामान्ती चिन्तनले अनुप्राणित हुनुले पनि एकेडेमीको नियुक्तिको अवस्था दयनीय देखिएको विश्लेषकहरुको रहेको छ । एकेडेमी जागिर खाने ठाउँ होइन, सृजनात्मक क्षमता देखाउने र प्राज्ञिक कार्य गर्ने थलो हो । एक जना दार्शनिकको भनाइ छ ः जस्तोसुकै कमजोरलाई पनि सुधार गर्न सकिन्छ, सृजनात्मक बनाउन सकिन्छ तर विवेक नभएकालाई केही गरेर पनि मान्छे बनाउन सकिँदैन, अरू कुरा त परै जाओस् ।

Spread the love