कालो टोपी रातो लाली – टोपी छ अबसर छैन

काठमाडौँ, – त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट विभिन्न विषयमा उत्कृ स्थान हासिल गर्न सफल विद्यार्थीले अध्ययनपछि नेपालमा नै सेवा गर्ने बताएका छन् । त्रिविको ४५औँ दीक्षान्त समारोहमा चान्सलरसहित तीन पुरस्कार पाउने विराटनगरका उमेश आचायले भविष्यमा नेपालमै सेवा गर्ने बताउनुभयो । टोपी छ अबसर छैन तर नेपालमा अबसरको खाचो भएको गुनासो गरेका छन् । टोपी छ अबसर छैन नेपाली बिद्यार्थी कामको खोजीका लागी बिदेशिन बाध्य भैरहेका छन् ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याउनुभएका आचार्यले दीक्षान्त समारोहको ठूलो पुरस्कार चान्सलर पदक पाएपनि खसै खुसि नलागेको एक छात्राले बताईन ।

दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी थिए ।

Spread the love