रुसको पेट्रोल पम्पमा विस्फोट हुँदा ३५ को मृत्यु

रुसको पेट्रोल पम्पमा विस्फोट हुँदा ३५ को मृत्यु

रुसको पेट्रोल पम्पमा विस्फोट हुँदा ३५ को मृत्यु भएको थियो। मृत्यु हुनेमा हुनेमा केही बालबालिका समेत रहेका छन्। क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण भने हालसम्म खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्पमा फैलनुअघि त्यहाँ नजिकै कार पार्किङ गरिएको क्षेत्रबाट आगो लाग्न सुरु भएको थियो।   रातिको ९:४० बजे फैलन सुरु भएको आगो नियन्त्रणमा लिन सयौँ अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो।

इटलीमा डुङ्गा दुर्घटना हुदा करिब ६० जनाको मृत्यु

इटलीमा आप्रवासीहरू सवार डुङ्गा दुर्घटना हुदा करिब ६० जनाको मृत्यु भएको छ । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ।

उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए।घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए।कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्।

सार्वजनिक भएको एउटा भिडिओको अंशमा टुक्रा टुक्रा भएको काठको भग्नावशेष समुद्री तटसम्म पुगेको देखिन्छ।

बस कालीगण्डकी नदीमा खस्दा १७ जना घाइते

मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको  ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ।बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकाले जानकारी दिएको छ।

बस करिब ४५ मिटर तल खसेको हो । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङकाले जानकारी दिएको छ।

जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं : स्याङ्जाको सिख्रेबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको छ ।  जिप सडकबाट ५०० मिटर तल खसेको हो ।  दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षकले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

पर्साको पोखरिया नगरपालिका लंगडी सडकखण्डमा ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको  छ भने  तीन जना घाइते भएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षकका अनुसार मृत्यु हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।

घाइते हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेको प्रहरीले जनाएको छ ।

 

सुनकोशी नदीमा बस खस्दा १७ जनाको मृत्यु

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यू

तनहुँमा मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा.१८च ५३१६ नं. को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यू भएको छ भने दुई घाइते भएका छन् । स्कुटरमा सवार धितालको मृत्यु भएको हो भने उनका पती ३६ वर्षीय सुरज धिताल र छोरा नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटना हुँदा एक जनाको मुत्यु

नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खस्दा एक जनाको ज्यान गएको छ । उक्त दर्घटनामा चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेको देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिएको छ ।

कार र ट्रक एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु

पूर्वी नवलपरासीको कावासोतीमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नंम्बरको कार एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कारमा सवार पाँचै जनाको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको जनाएको छ । आफन्तहरु भरतपुर अस्पतालमा पुगेपछि पहिचान पुष्टि भएको प्रहरीले बताएको छ । ट्रक र कार प्रहरीको नियन्त्रणमा रहेको छ ।



जिप अरुण नदीमा खस्दा छ जना बेपत्ता

द पावर न्युज सम्वाद दाता, काठमाडौ : संखुवासभाको सदरमुकाममा को१ज ३७४९ नम्बरको जिप अरुण नदीमा खस्दा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेका छन्। जिप अरुणमा खसेपछि खाँदबारीबाट प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन्। त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता भएको जानकारी दिएको छ ।