दुर्घटनामा नगर प्रमुखसहित ७ घाइते

दुर्घटनामा नगर प्रमुखसहित ७ घाइते

नगरपालिकाको कार्यालय विजयश्वरीबाट वडा नम्बर ५ मा रहेको आधारभुत बिद्यालय लहरेसिमलमा  बिद्यार्थीलाई निशुल्क पोषाक वितरण गर्न जादै गर्दा  भएको दुर्घटनामा नगर प्रमुख शर्मासहित सात जना घाइते भएका हुन् । नगर प्रमुख शर्माको बाँया हात भाँचिएको र टाउँकोमा चोट लागेको  छ । खतरा मुक्त रहेको र अन्य घाइतेको अवस्था पनि सामान्य रहेको छ । नगर प्रमुख शर्मालाई थप उपचारको नेपालगन्ज लगिएको छ भने अन्य घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

 

नवलपरासीमा जीप दुर्घटना

नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।मृतकको सनाखत हुन सकेको छैन ।

 

 

सप्तरीमा सवारी दुर्घटना

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडकमा  टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गएराति मृत्यु भएको छ।  एक गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सञ्जय यादव घाइते भएका थिए । घाइते यादवको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।सोही दुर्घटनामा परी गम्भीर घाइते अमितको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ

 

ट्रिपर दुर्घटनामा

 

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् ।सडकबाट करिब ३५ मिटर तल खसेको सो टिपरमा पाँचजना यात्रु सवार थिए । देवेन्द्र लम्तरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको छ । अन्य चार घाइतेको उपचार भइरहेको छ ।

काठमाडौंको फर्पिङमा बस दुर्घटना

 

आज विहान फर्पिङबाट-काठमाडौँ रत्नापार्क आउँदै गरेको बा२ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना  दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको हो ।

 

Tara air accident

जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना

काठमाडौं- गत फागुन १२ गते पोखराबाट जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना हुनुको कारण पाइलटको गल्ती औंल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा बनेको तारा एयर दुर्घटना जाँच आयोगले आइतबार पर्यटनमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ । चालक दलले बादलभित्र पसिसकेको जहाज जमिन नजिक पुग्दा चेतावनी दिने प्रविधि ग्राउन्ड पोक्र्सिमिटी वार्निङ सिस्टम (जीपीडब्ल्यूएस) को चेतावनीलाई बेवास्ता गरेका कारण जहाजको तल्लो भाग पहाडमा धसिएर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । ‘चालक दलले जमिन नजिक पुग्दा पुलअप पुलअपको वार्निङलाई पूर्ण रूपले बेवास्ता गरको फेला परेको छ’, तारा एयरको अत्याधुनिक प्रविधिको ९ एन एएचएच कलसाइनको भाइकिङ नामक ट्विनअटर जहाज दुर्घटनाको प्रमुख कारण बादलभित्र प्रवेश गरेको हुन पुगेको आयोगका सदस्यसचिव तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

बाटो बिराएको यो जहाज कालीगण्डकीलाई दाहिने पारेर जानुपर्नेमा बायाँ पारेर जानु नै गलत भएको थियो । जहाज उडाउने क्याप्टेन तथा कोपाइलटले नर्मल ट्र्याक छोडिसकेको जहाजमा आएको जीपीआरएस वार्निङलाई गरेको बेवास्ता नै दुःखद दुर्घटनाको कारणमा परिणत भएको आचार्यको बुझाइ छ ।

जहाज दुर्घटना पर्नुको कारण खराब मौसम हुनु, चालक दलले बाटो बिराउनु र पहिरोको भ्रम देख्नु, प्राविधिक स्रोतको भरपूर उपयोग हुन नसक्नु हो भनेर उल्लेख गरिएको छ । चालकदल सचेत भएर उडान नगर्नु, घोडेपानीबाटै फर्कनुपर्ने जहाज तातोपानी भन्ने ठाउँमा जान खोज्नु तथा आँखाले हेरेर गर्नुपर्ने उडान प्रविधि मेन्टेन नगर्नुले जहाज बादलभित्र छिरेर पहाडमा धसिएको उल्लेख छ ।

दुर्घटना जाँच आयोगका सदस्य तथा सिम्रिक एयरलाइन्सका इन्जिनियर रामप्रसाद कोइरालाका अनुसार जहाजमा आधुनिक प्रविधि भएरमात्रै हुँदैन त्यसको भरपूर उपयोग पनि हुनुपर्छ । जहाजमा भएको आधुनिक प्रविधिले मात्रै जहाजलाई बचाउन नसक्ने उनको बुझाइ छ । जहाज नयाँ–पुरानो भएर फरक पर्ने होइन प्रविधिलाई भरपूर उपयोग गर्न नसक्दा पनि जहाज दुर्घटना भएको पाइएको कोइरालाले जानकारी दिए । स्रोत :- अन्नपुर्ण पोष्ट

दुर्घटनाका मृतकको नगद र गरगहना बेपत्ता

५ वैशाख, काठमाडौं । दिक्तेलबाट काठमाडौँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका छन् । खोटाङको बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् । महादेवस्थान-१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जाने गरी मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औँठी, सिक्रीलगायत यात्राका क्रममा बोकिएको नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका छन् । आजको अन्नपूर्णमा समाचार छ । घाइतेले बोकेको झोलासमेत आफन्तले पाएका छेनन् । तनवटा झोलासहित सरसामान बोकेर यात्रा गरेका घाइते तथा मृतकका परिवारले एउटा पनि झोला नपाएको दुखेसो पोखेका छन् ।