अमेरिकाको मिजुरी राज्यमा दुर्घटनामा परि तीन नेपालीको मृत्यु

अमेरिकाको मिजुरी राज्यमा दुर्घटनामा परि तीन नेपालीको मृत्यु

अमेरिकाको मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिदा तीन जना नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएको छ । मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको प्रहरीले जनाएको छ । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।

दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गमा लु १९ प ५५०६ र रा ३ प २०६१ को मोटरसाइकल एक आपसमा ठोक्किएलगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जनाएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

बस दुर्घटना हुँदा १० घाइते

भोजपुरमा मे१ख ३१६४ नंको बस अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते
भएको छ भने एकको अवस्था गम्भीररहेको छ। प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जनाएको छ । गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ । लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ । घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिपले किच्दा बालकको मृत्यु


बागलुङ जिल्लाको ग१ज ७१८१ नंको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जनाएको छ । बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासी बालकलाई किच्न पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

बाजुराबाट कालीकोट जाँदै गरेको जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको छ । प्रहरीका अनुसार घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गको मोरङमा १ ख ४८४२ नम्बरको यात्रु बस र विपरीत दिशाबाट आएको मे १त ५३९१ नम्बरको तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घटनास्थलबाट ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको जानकार दिएको छ । घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जनाको पथरी मोरङ डाइनास्टिक, ७ जनाको नोबेल र ५ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

कपुरकोटमा ट्रक सडकदेखि ३५ मिटर तल खस्यो

कपुरकोटको बासखोलामा ना४ख ९७११ नम्बरको ट्रक दुर्घटना हुँदा १० जना यात्रु घाइते भए
को छ । एकको अवस्था भने गम्भिर रहेको छ ।दुर्घटनामा परि गम्भिर घाइते भएका दुर्गा बस्नेतलाई उपचारको लागि नेपालगन्ज लगिएको छ भने अन्यको कपुरकोट स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारको लागि तुलसिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुकुमबाट तुलसिपुर जाँदै गरेको ट्रकको स्टेरिङ्ग फेल भएका कारण ट्रक सडकदेखि ३५ मिटर तल खसेको जानकारी दिएको छ ।

ओशो तपोवन नजिकै ट्रक खस्यो

काठमाण्डौको नागार्जुन हिल्स सडकको ओशो तपोवन नजिकै नगरपालीको फोहर उठाउने ट्रक खसेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ट्रक चालक सामान्य घाइते भएको जानकारी दिएको छ । ट्रक लाईबाहिर निकाल्ने प्रयास भैइरहेको छ । दुर्घटनामा मानवीय क्षेति भने भएको छैन ।

धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङको ज्वालामुखीमा बा २ ख ९७५० नम्बरको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा वर्ष ३६ का कृष्ण बहादुर रम्तेल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका धादिङका अनुसार धादिङबेसीबाट सिमेन्ट लिएर काउँलेडाँडाको उकालो चढ्ने बेलामा ब्रेक फेल भएर दुर्घटना भएको जनाएको छ । घाइतेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाने छ । दुर्घटनामा घाइते हुनेहरुमा वर्ष २२ की बिनु सुनार, उनकी छोरी दुई वर्षीया कपिज सुनार र चालक २५ वर्षीयका दिवाकर ढकाल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

बस र माइक्रो बस ठक्कर खाँदा २ जनाको मृत्यु


कृष्णभीरमा लु १ ख ९०७९ नम्बरको बस र बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदीमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मृत्यु हुनेमा धादिङ साबिक महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेको जनाएको छ । माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालकलाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।