जिप अरुण नदीमा खस्दा छ जना बेपत्ता

द पावर न्युज सम्वाद दाता, काठमाडौ : संखुवासभाको सदरमुकाममा को१ज ३७४९ नम्बरको जिप अरुण नदीमा खस्दा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेका छन्। जिप अरुणमा खसेपछि खाँदबारीबाट प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन्। त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता भएको जानकारी दिएको छ ।

Spread the love