मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

पर्साको पोखरिया नगरपालिका लंगडी सडकखण्डमा ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको  छ भने  तीन जना घाइते भएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षकका अनुसार मृत्यु हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।

घाइते हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेको प्रहरीले जनाएको छ ।

 

Spread the love