इटलीमा डुङ्गा दुर्घटना हुदा करिब ६० जनाको मृत्यु

इटलीमा आप्रवासीहरू सवार डुङ्गा दुर्घटना हुदा करिब ६० जनाको मृत्यु भएको छ । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ।

उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए।घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए।कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्।

सार्वजनिक भएको एउटा भिडिओको अंशमा टुक्रा टुक्रा भएको काठको भग्नावशेष समुद्री तटसम्म पुगेको देखिन्छ।

Spread the love