आनन्द बिस्ट को जित सुनिस्चित

आनन्द बिस्ट को जित सुनिस्चित

जनसम्पर्क समिति भएका अमेरीकाका प्रायः सबै स्टेटका अध्यक्षहरुबाट गोरखबहादुर विष्ट (आनन्द विष्ट) को सपोर्टमा अहिले टेक्सासको डल्लास गुञ्जायमान भएको छ । सबै स्टेटमा जनसम्पर्क समितिलाई पु¥याउनुपर्छ भनेर विष्ट र उनका सहयोगीहरु आफै गएर जनसम्पर्क समिति गठन गरेका थिए । अध्यक्षका उम्मेदवार विष्टको यो लोकप्रियता उनले गरेको जनसम्पर्क समिति स्थापनाकाल देखिको मेहनत र लगनको फल मान्नुपर्छ ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पनि विष्टको प्रभावलाई राम्रोसँग बुझिसकेका छन् । अरु डल्लास आइपुगेका नेतागणको पनि विष्टप्रतिको विश्वासले यहि देखाउँछ कि अब सबै एकठाउँमा बसौ र विष्टको नेतृत्वमा जनसम्पर्क समिति अमेरीका गठन गरौं । अहिले डल्लास आइपुग्नुभएका जल्दावल्दा युवा नेता विश्वप्रकास शर्मा पनि विष्टले जितेमा अमेरीकामा नेपाली काँग्रेसले व्यापकता पाउने कुरामा विश्वास गर्छन् । उनलाई नजिकबाट बुझ्नेहरु भन्छन्, उनले खुलेर सपोर्ट गर्न त मिल्दैन तर विष्टको व्यक्तित्वबाट प्रभावित भएर नै उनी नेपालबाट आएको बताउँछन् ।

सुशिल कोइराला स्वयम् पनि विष्टलाई भित्र भित्रै सहयोग गर्न चाहन्छन्, सुत्र भन्छ । विष्ट कुनै गुट र उपगुटमा विश्वास राख्ने नेता होइनन्, उनी सबै नेतृत्वगणलाई समानरुपमा व्यवहार गर्छन । उनको यो व्यक्तित्वका कारण नेपाली काँग्रेसका ठूला नेताहरु पनि नतमस्तक हुने गर्दछन् ।
1897760_519483564820657_7198181191564981295_n

अमेरिकामा हिमपातका काण ५ जनाको मृत्यु, – ३८ बर्षपछिको अत्याधिक चिसो

अमेरिकामा मंगलबार बिहान नोभेम्बर महिनाको सबैभन्दा चिसो बिहानको रुपमा रह्यो । अमेरिकाको मौसम बिभागका अनुसार ३८ बर्षपछि नोभेम्बरको बिचमा यति धेरै चिसो भएको हो । यसअघि सन् १९७६ मा नोभेम्बर महिनामा यति धेरै चिसो भएको थियो । अमेरिकाको ४८ राज्यको ८५ प्रतिशतभन्दा बढी क्षेत्रमा तापक्रम ३० डिग्रि फरेनहाइट भन्दा तल झऱ्यो । आर्कटिकबाट आएको चिसोका कारण न्युयोर्क, पेन्सिलभेनिया, ओहायो, मिचिगत र विसकन्सनका केही स्थानहरुमा हिमपात समेत भएको छ । न्युयोर्कको बफलोमा ६ फिट सम्मको हिमपात भएको छ । बफलोमा ४ सय ५० घरमा बिद्युत आपूर्ति समेत बन्द भएको छ । यातायात पूर्ण रुपमा नचल्दा धेरै जना कार्यालय जान पाएका छैनन् ।
करिब यो साता भरि नै हुने हिमपातले कतिपय स्थानमा साढे सात फिट सम्म हिमपात हुने बताइएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रका अनुसार यतिखर अमेरिकाको आधा जस्तो क्षेत्रमा हिमपात भएको छ, जुन सामान्यतया जनवरी र फेब्रुअरीमा मात्र हुने गर्छ । हिमपातका कारण अमेरिकाका बिभिन्न क्षेत्रमा अहिलेसम्म ५ जनाको मृत्यु भएको बताइएको छ । हिमपातका कारण भएको गाडि दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने न्युयोर्कको एल्डनमा एक जना ४६ बर्षिय पुरुष हिँउले पुरिएको गाडिमा चिसोका कारण मृत अबस्थामा भेटिएको बताइएको छ । त्यस्तै ३ जना भने हिँउ शोभल गर्ने क्रममा मुटुमा समस्या देखेर मृत्यु भएको बताइएको छ । हिमपातले जनजीवन अस्तब्यस्त बनेको छ । हिमपातले कतिपय स्थानहरुमा बिद्यालय बन्द गरिएका छन् भने बिभिन्न क्षेत्रमा दुर्घटना र ट्राफिक जाम धेरै मात्रामा भइरहेका छन् । हिमपातका कारण घण्टौ ट्राफिक जामको अबस्था सिर्जना भएको छ । यो साताभरि नै चिसो यथावत रहने र कतिपय स्थानमा थप हिमपात हुने अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले बताएको छ ।

खुम्बु क्षेत्र बिश्वकै छैटौ उत्कृष्ट गन्तव्य “ लोन्ली प्लानेट ”

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । आगामी वर्ष २०१५ मा घुम्नका लागि उत्कृष्ट १० क्षेत्रमा खुम्बु परेको छ । सबैभन्दा अग्लो शिखर सगरमाथाका कारण बढी चर्चित हुने गरेको खुम्बु क्षेत्र सूचीको छैटौं नम्बरमा छ । यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । खुम्बुभन्दा अगाडि टर्कीको गल्लीपोली, अमेरिकाको ढुङे पर्वतीय राष्ट्रिय निकुञ्ज, बेलायतको टोलेडो, अस्ट्रेलियाको टास्मानिया र नर्वेको नर्वे आर्टिक परेका छन् । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी जाने क्षेत्रमा पनि खुम्बु पर्छ । खुम्बु क्षेत्रका लागि काठमाडौंबाट दैनिक ६० र मौसमको समय ८० उडान हुने गर्छ । उक्त क्षेत्र पर्यटकीय मौसममा सबैभन्दा बढी भिडभाड हुने क्षेत्र हो ।

विश्वको सवैभन्दा ठुलो वैज्ञनिक अनुसन्धान निष्फल

विश्वको सवैभन्दा ठुलो वैज्ञनिक अनुसन्धान तथा आणविक कम्पनी नासामा अन्तरिक्षमा पठाउनका लागि तयार भएको दुई वटा रकेट विस्फोट भएको छ ।  अमेरिकी समाचार सस्थॉ सिएनएनका अनुसार ३० सकेण्डको फरकमा २ वटा अन्तरिक्ष यान विस्फोट भएको हो । अमिरिकाको पुर्वीय क्षेत्रको भर्जिनिया कोस्टमा रहेको सो आणविक भट्टीमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको नासालाई उद्धृत गर्दै सिएनएनले आफ्नो अनलाइन सस्करणमा लेखेको छ ।  २२ हजार केजीको सो अन्तरिक्ष यान विस्फोटको कारण भने नासाले खुलाएको छैन ।
[embedplusvideo height=”400″ width=”650″ editlink=”http://bit.ly/1ti4JLC” standard=”http://www.youtube.com/v/NdFu40_aL7w?fs=1″ vars=”ytid=NdFu40_aL7w&width=450&height=400&start=&stop=&rs=w&hd=0&autoplay=0&react=1&chapters=&notes=” id=”ep7873″ /]

डिसेम्बरमा लगातार ६ दिन अध्यारो हुने भ्रामक हल्ला मात्र : नासा

बिकास न्यौपाने, अमेरिका, बिगत केहि दिन देखि आगामी डिसेम्बरमा ६ दिन अध्यारो हुने भनेर चलाईएको हल्ला भ्रामक मात्र भएको नासाले जनाएको छ । नासाका अनुसार डिसेम्बरको १६ देखि २२ सम्म लगातार रुपमा अन्धकार हुने हल्ला मात्र हो । बिगत केहि दिन देखि डिसेम्बरमा लगातार ६ दिन अन्धकार हुने भनेर बिभिन्न सन्चार माध्यम तथा सामाजिक सन्जालमा चर्चाको बिषय बनेको थियो । पटक पटक बिभिन्न भ्रामक समाचार फैलाउने एउटा अंग्रेजी अनलाईनमा यो समाचार प्रकाशनमा आए पछि सामाजिक सन्जालमा फैलिएको हो । नासाले बिज्ञप्ती जारी गरेर गलत र भ्रामक समाचारका पछाडि नलाग्न आग्रह गरेको छ ।

व्यंग्यात्मक समाचार प्रस्तुत गर्ने एउटा वेवसाइट हजलर डटकमले यस्तो समाचार प्रकाशित गरेपछि त्यसलाई विश्वास गरेर फेसबुक र ट्वीटरमा हल्लीखल्ली नै मच्चिएको छ । सौर्यमण्डलमा आउने आँधीका कारण पूर्ण रुपमा अन्धकार हुने भन्दै नासाका प्रमुख चाल्र्स बोल्डेनलाई हवाला दिएर समाचार प्रकाशन गरिएपनि नासाका प्रमुखले त्यस्तो अभिव्यक्ति नदिएको खुल्न आएको छ । हजलर डटकमले यस अगाडि पनि एकजना मृत अमेरिकन कलाकारले आफू जीवित रहेको दावी गरेको नक्कली रिपोर्ट प्रकाशित गरेको थियो ।

गाडीको ठक्करले चितुवा मारीयो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगल सडक खण्डमा आज बिहान ७ बजे गाडीको ठक्करले चितुवा मारीयो । बन्यजन्तु संरक्षणका लागी खटिएका निकायले यस्ता घटनाको बारेमा कहिले सोच्ने ? पटक पटक उक्त स्थानमा बन्यजन्तु मारीने गर्छन । निकुन्ज नजिकै रहेको जंगलमा यसरी दिनहु वन्यजन्तु मारीने हो भने निकुन्ज के का लागी ?  चितुवालाई अहिले शसस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको छ ।  ठक्कर दिने गाडीको पहिचान भएन ।  तस्विर :-  राजेश पौडेल

१८ वर्षकी युवतीको कुकुरसँग विवाह

 

भदौ १८ – भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् ।

झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो ।

[embedplusvideo height=”450″ width=”650″ editlink=”http://bit.ly/1BcQOd9″ standard=”http://www.youtube.com/v/EcyDb3w5PLQ?fs=1&vq=hd720″ vars=”ytid=EcyDb3w5PLQ&width=450&height=450&start=&stop=&rs=w&hd=1&autoplay=1&react=1&chapters=&notes=” id=”ep8847″ /]

मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो । बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् । बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् । तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् । कुकुरसँग विवाह गरेपछि अब उनलाई अरु पुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए ।   भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् ।

– वेलायती अनलाइन डेलीमेलमा प्रकाशित समाचारका आधारमा

केटा खोज्दै ६ सय केटीहरुको समुह

कोर्डेरियो (ब्राजिल)- उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।

महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु रु पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।
यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी

अमेरिकामा सञ्चालित एक टेलिभिजन शोका सञ्चालकले नेपाली राष्ट्रिय झण्डाको घोर अपमान

 

 

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ। – ३५ हजार भन्दा बढी नेपालीहरुले एकै ठाउँमा भेला भई नेपालको राष्ट्रिय झण्डाको आकार निर्माण गरेर गिनिज बुकमा नाम दर्ता गराउँन पहल चलिरहँदा अमेरिकाले भने नेपालको राष्ट्रिय झण्डाकै खिल्ली उडाइएको छ ।अमेरिकामा सञ्चालित एक टेलिभिजन शोका सञ्चालकले नेपालको खिल्ली मात्र उडाएका छैनन्,घोर अपमानित गर्ने दुष्प्रयास समेत गरेका छन् ।

यस्तै अमेरिका लगायत अधिकाँश देशहरुमा मासुको स्रोतको रुपमा रहेको याक अर्थात गोरुलाई पनि नेपालीहरुले पूजा गर्छन् भनेर हाँसोमा उडाइएको छ । 

[embedplusvideo height=”450″ width=”550″ editlink=”http://bit.ly/1vlbZJJ” standard=”http://www.youtube.com/v/qV7xsGIMleU?fs=1″ vars=”ytid=qV7xsGIMleU&width=550&height=450&start=&stop=&rs=w&hd=0&autoplay=0&react=1&chapters=&notes=” id=”ep3993″ /]

यतिमा मात्र सीमित छैन । ती प्रस्तोताले नेपालको विशेष गरेर नेवार समुदायमा जीवित कुमारी प्रथाका बारेमा पनि खिल्ली उडाइएको छ । नेपालका हिन्दू धर्मावालम्बीहरुले जीवित बालिकालाई देवता सम्झेर पूजा गर्छन् । जीवित बालिका पनि देवता ? भन्दै त्योसँगै दुई अर्धनग्न युवतीका तस्वीर राखिएको छ 

काठमाडौंको टुँडिखेलमा मानवझन्डा निर्माण

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ। – ‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो । काठमाडौंको टुँडिखेलमा मानवझन्डा निर्माणमा सहभागी भएर नेपालीहरुले एक पटक फेरि नयाँ कीर्तिमानको प्रयास गरेका छन् । एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ ।