अमेरिकी डलर बढ्न थाल्यो

us Dollor

अमेरिकी डलर बढ्न थाल्यो

विजय घिमिरे/अमेरिकी डलरको मूल्य नेपाली रुपैंयासंग फेरी बढ्न थालेको छ । केही महिनासम्म रुपैंयासंग झण्डै १०० भन्दा तल स्थिर रहेको डलर यो साता देखि बढ्न थालेको हो । विश्व बजारमा तेल मूल्यमा आएको भारती गिरावट, यसले रुसमा आर्थिक सङ्कट र रुवल अवमूल्यन हुनु, चीनको औद्योगिक उत्पादन वृद्धिमा कमी, भारतको सेयर बजारमा गिरावट लगायतका कारणले विश्व बजारमा डलर माग बढेको छ । यही कारण डलर मूल्य बढेको हो ।
विदेशी पैसाको व्यवस्थापन गर्ने केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि प्रति डलर बिक्री दर अर्थात् डलर बैङ्कलाई दिदां पाइने रुपैंया १ सय १ रुपैंया ३६ पैसा तोकेको छ । यो झण्डै १ वर्ष यताको सबैभन्दा उच्च दर हो । यो दर अनुसार एक हजार अमेरिकी डलर नेपाल पठाउंदा करिब १ लाख रुपैंया पाइने छ ।
अमेरिकी डलर एक सय नाध्यो अझै वढ्छ कि, अहिले नै नेपाल पठाउंदा हुन्छ ? अमेरिकामा बस्ने नेपालीले पटक पटक यो प्रश्न गर्छन् । डलर मूल्य पहिलो पटक तीन अंकमा उक्लिएकाले पनि भविष्यमा हुने मूल्य बारे चासो बढ्नु स्वभाविक हो । तर, नेपालमा भारतीय अर्थतन्त्र र भारतीय रुपैंया र डलर बिचको सटही दरसंग डलरको मूल्य निर्भर हुन्छ । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले लिने नीतिले आउने दिनमा डलर मूल्य तय हुने छ ।
रुसको आर्थिक सङ्कट कस्तो हुन्छ यसमा भारतको अर्थतन्त्र निर्भर छ । रुसको आम्दानीको मुख्य स्रोत तेल हो । तेलवाट रुसको सरकारी राजस्वमा ६० प्रतिशत हिस्सा हुन्छ । तेलको मूल्य ६ महिना यता झण्डै ४० प्रतिशतले कमी आएको छ । यही कारण रुसको अर्थतन्त्र सङ्कटमा परेको हो । रुसी मुद्रा रुवल मूल्यमा यससाता भारी गिरावट आयो । रुसमा सर्वसाधारणहरु डिपार्टमण्ट स्टोरमा फ्रिज, वासिंग मेसिन जस्ता वस्तु किन्न भिड मिडिया रिर्पोट छ । त्यहाँ एप्पलले इन्टरनेट मार्फत आईफोन बिक्री बन्द गरेको छ । केही कार कम्पनीलेपनि आफ्नो डिलरवाट बिक्री रोकेका छन् ।
डलर महँगो भयो , यो विदेशमा आर्थिक आर्जन गर्ने नेपालीका लागि भने फाइदाजनक हुन्छ । डलर महँगो हुदां नेपाल पठाउने र सस्तो हुदां यहाँ ल्याउने गर्न सक्यो भने फाइदा हुन्छ । तर, यसरी पैसा यता उता गर्दा लाग्ने शुल्कलाई भने हिसाब गर्नु पर्छ । डलर महँगो भएको वेला नेपालमा लगानी गर्दा बढी फाइदा हुन्छ । सेयर ब नेपालमा घर जग्गा, सेयर खरिद लगायत विभिन्न क्षेत्रमा लगानी गर्ने पनि यही उपयुक्त समय हो । विदेशमा पैसा छ देशमा लगानी गर्ने योजना हो भने यो अवसर छोप्नु उपयुक्त हुन्छ । लगानी गर्दा त्यहाँ नाफा भएपछि कसरी फेरी विदेश ल्याउन भने कानुन सकिदैंन । यसमा भने ख्याल गर्नु पर्छ ।
अमेरिका, युरोप जस्ता विकसित देशमा बैङ्कमा पैसा बचत गर्दा नाममात्रको ब्याज पाइन्छ । यो भन्दा नेपाली बैङ्कमा बचत गर्ने हो भने बढी लाभ लिन सकिन्छ । वाणिज्य बैङ्कले हाल बचतमा झण्डै ६ प्रतिशत हाराहारीमा ब्याज दिदैं आएका छन् । यो पनि राम्रो प्रतिफल हो । विदेशी बैङ्कमा बचत गर्नु भन्दा अहिले नेपालका बािणज्य बैङ्कमा पैसा राख्नु वुद्धिमानी हुने छ । नेपालका प्राय सबै बािणज्य बैङ्कमा पैसा राख्नु सुरक्षित नै छ । वाणिज्य बैङ्क टाट उल्टिई पैसा फिर्ता पाईंदैन कि भनेर डराउनु पर्ने अवस्था अझै छैन ।
डलर वृद्धिले सबैभन्दा मर्कामा व्यवसाय नहुने र विदेशबाट आउने पैसा रेमिट्यान्स नपाउने परिवारलाई पर्छ । नेपाल आयातमा निर्भर छ । अधिकांश आयातित वस्तु महँगो हुने छन् । सुन देखि मोटर गाडी र लत्ता कपडा सम्म किन्न बढी मूल्य तिर्नु पर्ने छ । डलरसंग चिनिया मुद्रा युआन वढेकाले चीनबाट आउने सस्ता समान समेत मंहगो पर्ने छ । महँगो डलरका कारण विदेशबाट बढी पैसा जाने छ । यसले नेपाली मुद्रा बजारमा पैसा प्रवाह बढाउंछ । पैसा धेरै हुदां मूल्य वृद्धि हुन्छ । पैसा हातमा हुदांसम्म उपभोक्तामा मोलमोलाई गरी किन्ने, किफायती गर्ने धैर्यता कम हुन्छ ।  पैसा हुनेले त महँगो परेपनि उपभोग्य वस्तु किन्न सक्लान नहुनेले के गर्ने ?  न्यून आय भएका विदेशबाट रेमिट्यान्स प्राप्त नगर्ने वर्गलाई आउने चाड मनाउन अझ सकस पर्ने छ ।
न्यून र मध्यम आय हुने वर्गले कृषि, पशपालन व्यवसाय गरेर राम्रो आम्दानी गर्ने सक्ने अवसर भने छन् । यसमा जाँगर भने चलाउनु पर्छ ।

Refugi

अमेरिकामा पुर्नस्थापन हुने भुटानी शारणार्थी सङ्ख्या ८० हजार

कोलोराडो १३ डिसेम्बर –  कोलोराडो १३ डिसेम्बर ।  अमेरिकामा पुर्नस्थापन हुने भुटानी शारणार्थी सङ्ख्या ८० हजार पुगेको छ । अमेरिकी राजदूत पिटर डब्लु बोडीले ८० हजार नम्बरमा परेका शरणार्थीलाई गत साता काठमाडौँ स्थित त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा बिदाइ गरेका हुन् । राजदूत बोडीले कर्मी उराब, दिलबहादुर सार्की र उनीहरूका ११ महिनाका छोरालाई बिदाइ गरेको काठमाडौ स्थित अमेरिकी दूतावासले जनाएको छ ।

दुई दशक देखि नेपालको पूर्वी जिल्ला झापा र मोरगंमा अस्थायी रूपमा विभिन्न ७ क्याम्पमा वस्दै आएका पुर्नवास रोज्ने भुटानी शरणार्थीलाई विभिन्न चरणमा अमेरिकाका विभिन्न सहरमा राख्दै आएको छ । पछिल्लो समूह ओहाइयो राज्य स्थित कोलम्बसमा बसोबासको व्यवस्था गरिएको दूतावासले जनाएको छ ।
अमेरिकाले नेपालमा बस्दै आएका भुटानी शरणार्थी उनका परिवारलाई सहयोग पुर्‍याउन अमेरिका आउने अवसर दिएको हो । अमेरिका आउने ८० हजार शरणार्थीहरु अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका छ । पुनर्वासपछि पनि अमेरिकाले भुटानी शरणार्थीलाई यहाँ जीवन यापन सजिलो वनाउनका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

weather

राजधानीसहित देशभर चिसो बढ्‍यो

अरब समुद्रबाट आएको पानी पार्ने प्रणाली र पश्चिमी वायुको प्रभावले हुने वर्षा दुवै मिसिने सम्भावना भएकोले चिसो बढेको हो। यी दुवै प्रणाली मिसिँदा केही घन्टा वर्षा हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय मौसम अनुमान केन्द्रहरूले जनाएका छन्। पश्चिमी वायुको प्रभाव र अरेबियन समुद्रमा आएको मौसम प्रणालीका कारण दुई दिन देशभर पानी पर्ने देखिन्छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि पानीका कारण चिसो बढ्ने जनाएको छ। राजधानीसहित देशका विभिन्न ठाउँमा भएका मौसम मापन यन्त्रहरूले पछिल्लो दुई दिन तापक्रम तल झरिरहेको देखाएका छन्। उपत्यकामा पनि दुई दिनयताको न्यूनतम तापक्रम तल झरेको छ। weather in Kathmandu

SLC

अब एसएलसीमा सबै उत्तीर्ण – अनुत्तीर्ण हुने प्रावधान खारेज

प्रकृति अधिकारी काठमाडौँ, एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको हो । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धा उन्मूलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुक्त पार्न एसएलसी परीक्षामा अनुत्तीर्ण हुने व्यवस्था अन्त्य गरेका छौँ भन्दै बताउनुभयो, “अबदेखि विद्यार्थीको हातमा अनुत्तीर्ण भएको प्रमाणपत्र थमाइने छैन । ”

उहाँका अनुसार यस्तो व्यवस्था यस वर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रूपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिनेछ । परिषद्को बैठकले प्रतिशतका आधारमा गरिँदै आएको परीक्षाको मूल्याङ्कन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्याङ्कन गर्ने पद्धतिलाई स्वीकृत गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गेलका अनुसार ९० देखि एक सय प्रतिशत अङ्क ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रतिशत अङ्क ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अङ्क ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अङ्क ल्याउनेलाई ‘सी’ (राम्रो), २५ देखि ३९ प्रतिशतसम्म अङ्क ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।

“डी र ई श्रेणी प्राप्त गर्नेहरू अनुत्तीर्ण हुने छैनन् । त्यस्ता विद्यार्थीले चाहेमा परीक्षाफल प्रकाशित भएको एक वर्षभित्र मूल वा पूरक परीक्षामा सम्मिलित हुन सक्ने छन् । पुनः परीक्षामा सम्मिलित भई माथिल्लो ग्रेड प्राप्त भएमा सोही बेहोरा खोली थप प्रमाणपत्र उपलब्ध गराइनेछ” उहाँले थप्नुभयो, “कलेजले त्यस्ता विद्यार्थीलाई भर्ना नलिन पनि सक्दछ । भर्ना लिएमा उनीहरू कक्षा ११ मा भर्ना भई अध्ययन गर्न सक्नेछन् । ”
दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल ‘लेटर ग्रेडिङ’ प्रणाली अपनाउने पछिल्लो मुलुक बन्नेछ । भारत र भुटानले सबैभन्दा कमजोर विद्यार्थीको प्रमाणपत्रमा ‘सन्तोषजनक नभएको’ भनि लेख्ने गरेको छ भने माल्दिभ्स, बङ्गलादेश र पाकिस्तानले त्यस्ता विद्यार्थीलाई ‘अनुत्तीर्ण’ भनी प्रमाणपत्र थमाइदिने गरेका छन् । भारत र भुटानले २१ देखि ३२ प्रतिशत अङ्क हासिल गरेका विद्यार्थीको प्रमाणपत्रमा ‘सुधार आवश्यक’ भनी उल्लेख गर्ने गरेका छन् । नेपालले १९९० सालदेखि नै प्रतिशतका आधारमा विद्यार्थीको ल्याकत मूल्याङ्कन गर्दै आएको छ ।

उहाँले यस वर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा सम्मिलित हुन तम्तयार भएका करिब साढे चार हजार विद्यार्थीमाथि परीक्षणका रूपमा नयाँ प्रणाली लागू गरिने जानकारी दिनुभयो । हाल देशका ७५ जिल्लाका ९९ विद्यालयमा प्राविधिक शिक्षा लागू गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक ढुङ्गेलले उत्तरपुस्तिका परीक्षण अङ्कमा हुने र त्यसलाई परीक्षा नियन्त्रण कार्यालयले अक्षर (ग्रेड)मा रूपान्तरण गर्ने जानकारी दिँदै भन्नुभयो, “सैद्धान्तिक र प्रयोगात्मक विषयमा अलग अलग उपलब्धिस्तर खुल्ने गरी ग्रेडका आधारमा मूल्याङ्कन गरिनेछ । साभार: गोरखापत्र

US DV

नेपालमा बस्ने नेपालीका लागि अमेरिकाको ग्रीनकार्ड पाउन सकिने केही आधारहरु

नेपालमा बस्ने नेपालीकालागि अमेरिकाको ग्रीनकार्ड पाउन सकिने केहि आधारहरु ।

क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी-एट-ल बासु फुलारा
फेसबुक-प्रोफाइल: http://www.facebook.com/bashu.phulara
इमेल: bp@chhetrylaw.com

अमेरिकाको अध्यागमन कानूनका अनुसार, तपाई अमेरिका भन्दा बाहिर हुनु हुन्छ अर्थात उदाहरणका लागि, तपाई हाल नेपालमा बसिरहेको हुनुहुन्छ  र अमेरिकाको ग्रीन कार्ड कसरि बनाउने भनेर सोची रहनु भएको छ भने तपाईको लागि एउटा तरिका छ: त्यो हो तपाई नेपालमानै बसेर अमेरिका आउनु पूर्व अमेरिकाको ग्रीन कार्ड बन्न सक्ने पर्याप्त कानुनी आधारहरु तपाईसंग छन् र तपाईको लागि केहि आधारमा नेपालबाट तपाई आफैले वा अमेरिकामा रहनु भएका नागरिक वा ग्रीन कार्ड नातेदार वा अमेरिकन रोजगारदाताले तपाईकोलागि आप्रवासी पिटिसन दिएर  यु. यस. सी. आइ. यस. बाट स्वीकृत भएको अवस्था छ र आप्रवासी भिषा पनि तुरुन्त उपलब्ध छ भने तपाईले अमेरिकाको नेसनल भिषा सेन्टर मार्फत काठमाडौँमा रहेको अमेरिकन कन्सुलेटमा आप्रवासी भिषाका लागि निबेदन दिन सक्नु हुन्छ। तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेटबाट अन्त्यमा स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिकाको ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।

मैले माथि उल्लेख गरे अनुसार, तपाई हाल नेपालमा हुदा खेरि पनि अमेरिकाको ग्रीन कार्ड पाउने पर्याप्त आधारहरु भने तपाईसंग हुनु पर्छ। उदाहरणका लागि, अमेरिकामा रोजगारीको माध्यम तपाईको रोजगारदाताले तपाईको लागि आप्रवासी आइ-१४० निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाई असाधारण प्रतिभाको व्यक्ति भएर तपाई आफैले आइ-१४० आप्रवासी निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाईसंग अमेरिकामा लगानी गर्ने योजना छ भने तपाई आफैले आप्रवासी आइ-५२६ निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; अर्थात  तपाईको अमेरिकाको नागरिक नातेदार वा ग्रीन कार्ड नातेदारले आप्रवासी आइ-१३० निवेदन/पिटिसन  दिएर  यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा र अमेरिकाको स्थाई आप्रवासी भिसा तुरुन्त उपलब्ध भएको खण्डमा , दोस्रो चरणमा अमेरिकाको नेसनल भिषा सेन्टरको आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरेर चाहिने कागजपत्रहरु, भिषा निबेदन र बुझाउनु पर्ने फी लगायत अन्य प्रक्रिया नेसनल भिषा सेन्टर मार्फत पुरा गरि तपाईले दिएको स्थाई आप्रवासी भिषा निबेदनलाइ नेपालमारहेको अमेरिकन कन्सुलेटबाट पनि अन्तिम चरणमा स्वीकृत भएको खण्डमा मात्र नेपालबाट अमेरिका आएर ग्रीन कार्ड होल्डर बन्न सकिन्छ।

तसर्थ, तपाईको लागि मुख्यतया रोजगारी वा परिवारमा आधारित आप्रवासी निवेदन/पिटिसन अमेरिका बाट यु. यस. सी. आइ. यस. ले सर्बप्रथम स्वीकृत गरेर आप्रवासी भिषा तत्काल उपलब्ध भएको खण्डमा दोस्रो चरणमा तपाईले अमेरिकाको नेसनल भिषा सेन्टरको आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रियाहरु पुरा गरि पिटिसन गर्ने वा भिषा निबेदन दिने व्यक्तिले बुझाउनु पर्ने  चाहिने मूल वा प्रतिलिपि कागजपत्रहरु, भिषा निबेदन र बुझाउनु पर्ने सरकारी भिषा दस्तुर फि लगायत अन्य प्रक्रिया पुगेको अवस्था छ भने नेपालमा रहेको अमेरिकन कन्सुलर अफिसले भिषा निवेदकको अन्तरबार्ता लगायत अन्तरबार्ता अगाडी वा पछाडीका आबस्यक अन्य अरु प्रक्रियाहरु  समाप्त गरि कन्सुलर अफिसले नै निवेदक लाइ भिषा दिने कि नदिने भनेर अन्तिम निर्णय गर्ने गर्दछ। अन्त्यमा, तपाईको आप्रबाशी भिषा अमेरिकन कन्सुलेट बाट स्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँको स्थाई बासिन्दा अर्थात अमेरिकाको ग्रीन कार्ड पाउन सक्नु हुन्छ ।

maha

मह जोडी टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !

अमेरिका, भर्जिनिया / वरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यले यस पटक अमेरिकामा आफ्नो कार्यक्रममा नेपालीहरुबाट धेरै साथ र सहयोग पाएको बताउनुभएको छ । महले भन्नुभयो – संसारमा धेरै कार्यक्रम गरियो तर एकै पटक अमेरिकामा २८ वटा कार्यक्रम लगातार गरिएको यो पहिलो पटक हो । संसार का ३१ देश मा बिस्तारित र शाखाहरु स्थापना गरी क्रियाशील अन्तरराष्ट्रिय कलाकार मञ्च अमेरिका र हेम सरिता पाठक प्रतिस्ठान अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको मह जात्रा टिमको अभिनन्दन एबम बिदाइ कार्यक्रममा बोल्दै महले भन्नुभयो – हामी पहिले देखी नै समाजमा जनचेतना जगाउन यस किसिमका कार्यक्रम गर्दै आइरहेका छौँ र गरिरहनेछौँ, अन्तरराष्ट्रिय  कलाकार मञ्च र हेम सरिता पाठक प्रतिस्ठानले हामीलाई यसरी सम्झिएर अभिनन्दन गरेको मा हामी आभारी छौँ ।अमेरिकाका लागि कार्यबाहक राजदूत ॠषि राम घिमिरेले महका कार्यक्रमले दर्शकलाई हँसाउने मात्र होइन चेतना पनि दिइरहेको बताउँदै राष्ट्रका यी महान् कलाकारलाई आज अन्तरराष्ट्रिय कलाकार मञ्च र हेम सरिता पाठक प्रतिस्ठानका माध्यमबाट अभिनन्दन गर्न पाएकोमा आफू अत्यन्त हर्सित भएको बताउनुभयो । २०४६ पछि अब महले ब्यँग गर्नु पर्दैनकी भनियो तर आज सम्म देश को अवस्था झन झन जर्जर भएकोले महको अझै सार्थकता नघटेको वहाँले बताउनुभयो ।

हेम सरिता पाठक प्रतिस्ठानका अध्यक्ष हेम पाठकको अध्यक्षता, परशु तिमील्सिनाको सन्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै वरिष्ठ लोक गायक एबम पेन्सलभेनिया, म्यारिल्यान्डका लागि अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले यो विशेष र महत्वपूर्ण कार्यक्रम आयोजना गरेर मह टिमलाई अभिनन्दन गरेकोमा ज्यादै खुसी लागेको छ भन्नुभयो ।

आयोजक संस्था अन्तरराष्ट्रिय कलाकार मञ्च केन्द्रीय अध्यक्ष रामप्रसाद खनाल लामो समय देखी समाज मा, देशमा भएका बिसंगति विकृतिका विरुद्ध हास्यब्यँगको माध्यमबाट अभियान चलाउँदै आउनुभएका मह सबैका आदरणीय कलाकार र साझा कलाकार भएता पनि देशको फोहोरी राजनीति र जात जाती, भाषा भाषी, क्षेत्रगत लडाइँको असर परेर अमेरिकामा पनि यी साझा कलाकार का विरुद्ध केही ठाउँ मा असहयोग गर्न खोज्नेहरु देखिएको घटनाले मञ्च दुखी भएको बताउनुभयो । श्री खनालले मह जोडी, किरण केसी, शिवहरी पौडेल सहित को टिमलाई वहाँहरुले कलाकारको रूपमा समाजका लागि राष्ट्रका लागि दिएको अतुलनिय योगदानको लागि दुई संस्थाहरू अन्तरराष्ट्रिय कलाकार मञ्च र हेम सरिता पाठक प्रतिस्ठान मिलेर यसरी अभिनन्दन गर्न लागिएको बताउनुभयो ।

कार्यक्रमका अर्का आयोजक हेम सरिता पाठक प्रतिस्ठानका अध्यक्ष हेम पाठकले मह टिमलाई कार्यक्रमका लागि बधाई दिँदै वहाँहरुको योगदानअको तारिफ गर्नुभयो । श्री पाठकले कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद प्रकट गर्दै मह टिम सँगको दसैँको क्षण स्मरणीय रहने बताउनुभयो । यस्ता महान् कलाकारहरुलाई अभिनन्दन गर्न पाएकोमा अन्तरराष्ट्रिय कलाकार मञ्च र आफ्नो संस्था हेम सरिता पाठक प्रतिस्ठान गौरबान्दित भएको पाठकले बताउनुभयो भने हेम तथा सरिता पाठकले कलाकारहरुलाई मायाको चिनो पनि प्रदान गर्नुभयो ।

यस पटकको कार्यक्रमको सँयोजन गरेका संचारकर्मी एबम कुशल उदघोसक रवि लामिछानेले मह टिम सँग काम गर्न पाएकोमा गर्व महसुस भएको बताउनुभयो । वहाँले अमेरिका देखी क्यानाडा सम्मका कार्यक्रमका क्षण सम्झिनुभयो ।   समाजसेबी, चार्टर एकाउण्टेन एबम अमेरिकी डेमोक्रेटिक पार्टीका युवा नेता हरि शर्माले पनि मह टिमको योगदान को प्रशंसा गर्दै यस्ता कलाकार हरुलाई भाईनन्दन गर्ने अन्तरराष्ट्रिय कलाकार मञ्च र हेम सरिता पाठक प्रतिस्ठान को पनि सर्हाना गर्नुभयो ।

कार्यक्रममा आयोजक संस्था अन्तरराष्ट्रिय कलाकार मञ्च र हेम सरिता पाठक प्रतिस्ठानका तर्फबाट राम प्रसाद खनाल, हेम पाठक, काबा राजदूत ॠषि राम घिमिरे, अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले संयुक्त रूपमा वरिष्ठ कलाकारहरू  मदन कृष्ण श्रेष्ठ, हरि बंश आचार्य, किरण केसी, बसुन्धारा भुसाल, शिवहरी पौडेल, रवि लामिछाने, यमन श्रेष्ठ, मोहित आचार्य, गौरिशंकर ध्वजु, रमिला आचार्य लाई अभिनन्दन तथा सम्मान गर्नुभएको थियो । अभिनन्दन लगत्तै बिदाइ भोज आयोजना पनि गरिएको थियो । उक्त कार्यक्रममा न्यु योर्कमा भएको कारण अनुपास्थित बसुन्धारा भुसालको अभिनन्दन पत्र रवि लामिछाने हस्ते हस्तान्तरण गरिएको थियो ।

वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !
वरिष्ठ हाँस्य कलाकार द्वय मह जोडी लगायत किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई दुई सन्थाले संयुक्त रूपमा अभिनन्दन र बिदाइ !

 

६१ वटा नयाँ नगरपालिका घोषणा – काठमाडौ र भक्तपुर गा बि स बिहिन

काठमाडौं । सरकारले थप ६१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को‌ विकास समितिको बैठकले प्रस्तावित ६७ मध्ये ६१ वटा नगरपालिका घोषणा गरेको गरेको हो। यो सँगै नेपालमा नगरपालिकाको संख्‍या १ सय १९१ पुगेको छ। मन्त्रिपरिषद अन्तर्गतको सामाजिक समितिको बैठकले स्थानिय विकास मन्त्रालयबाट गएको प्रस्ताव सदर गर्दै थप नगरपालीका घोषणा गरेको हो ।

स्थानिय विकास मन्त्रालयले ६६ ओटाको प्रस्ताव लिएको थियो । यसअघि सरकारले गत वैशाखमा ७२ वटा नगरपालिका घोषणा गरी नगरपालिकाको संख्या १ सय ३० पुर्याएको थियो । नेपालगञ्ज, बुटवल, भरतपुर, हेटौडा, जनकपुर, इटहरी र धरान गरी सातवटा उपमहानगरपालिकाका भने केही समयपछि घोषणा हुने बताइएको छ । आज थपिएको नगरिपालीकाको संख्या पछि काठमाडौं र भक्तपुर जिल्ला गाविसरहित जिल्ला भएका छन ।

अमेरिकाका घरबार बिहीनलाई नेपाली संस्थाले भोजन गरायो

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २००८ मा नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तराष्ट्रियले अमेरिकाको थांक्स गिभिंगमा घरबार बिहिन लगभग ५५० मानिसलाई रात्री भोजन गराएको छ । संस्थाले प्रत्येक ३ महिनाको अन्तIMG_4712रमा घरबार बिहीन मानिसहरुलाइ खाना खुवाउने कार्यक्रम गर्दै आएको छ । यसैक्रममा यसपटक भने थ्यांक्स गिभिङको अवसर पारेर गरिब तथा घरबार बिहीनलाइ भोजनको व्यवस्था गरिएको हो । बिश्व कै धनि राष्ट्र अमेरिकामा पनि प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने रहेकोले संस्थाले उनीहरुलाई भोजन गराउन लागेको संस्थाका संस्थापक अध्यक्ष देवी आचार्यले बताए । संस्थाले उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको बताइएको छ । संस्थाले नेपालमा पनि प्रत्येक महिना नेपालको पशुपतिनाथमा घरवार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको देवी आचार्यले बताउनुभयो ।

संस्थाका अध्यक्ष बिनोद रोक्काले संस्था गरिब र दिनदुखीहरुको सहयोगका निम्ति स्थापना भएको र सोही अनुसार गरिब, असहायहरुलाइ खाना खुवाउने कार्यक्रम आयोजना गरिएको बताउनुभयो । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तराष्ट्रिय संस्थाले स्थापना काल देखि नै भोका, भिखारी तथा अशक्तलाई खानाको व्यवस्था गर्दै आई रहेको छ । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्िरय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

सार्क शिखर सम्मेलन सम्पन्नः १९ औँ सम्मेलन पाकिस्तानमा हुने

सार्क शिखर सम्मेलन सम्पन्नः १९ औँ सम्मेलन पाकिस्तानमा हुने मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनको समापनका अवसरमा आज सो जानकारी दिइएको हो । समारोहमा १९औँ शिखर सम्मेलन गर्ने अवसर पाएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९–३१ मा चौथो र सन् २००४ जनवरी ४–६ मा बाह्रौँ शिखर सम्मेलन सम्पन्न भएको थियो ।

सार्कमा बोलेका कुरा कस्का होलान् पुरा ?

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’
काठमाडौँ, १० मंसिर । – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनको पहिलो सत्र भर्खरै सकिएको छ । सम्मेलनमा सार्क देशका सरकार र राष्ट्र प्रमुखद्वारा सम्मेलनमा सम्बोधन गरेका थिए । ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ काठमाडौंको राष्ट्रिय सभागृहमा सम्मेलन सुरु भएको हो ।
शिखर सम्मेलन उदघाटनमा अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरुले मन्तव्यमार्फत आ-आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

सार्क मुलुक सबैसंग एकता आवश्यक – कोइराला
आतंकवाद र गरिबी निवारणमा सरिफको जोड – पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ
सार्कलाई प्रभावकारी बनाउन नयाँ तरिकाबाट बढ्नुपर्छ – श्रीलंकाका राष्ट्रपति
असहमतीलाई पन्छाएर सार्क विकासमा जोड दिनुपर्छ – शेख हसिना
सार्क मुलुकबाट आतंकबाद उन्मुलन र गरिबी निवारण गर्नुपर्छः भुटान
सार्क भन्ने बित्तिकै सबैको मनामा ‘निराशा’ आउँछ, त्यसलाई आशामा बदलौंः- नरेन्द्र मोदी
सार्क देश संयुक्त रुपमा अघि बढे संसारकै शक्तिशाली क्षेत्र बन्नेः माल्दिभ्स