खुम्बु क्षेत्र बिश्वकै छैटौ उत्कृष्ट गन्तव्य “ लोन्ली प्लानेट ”

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । आगामी वर्ष २०१५ मा घुम्नका लागि उत्कृष्ट १० क्षेत्रमा खुम्बु परेको छ । सबैभन्दा अग्लो शिखर सगरमाथाका कारण बढी चर्चित हुने गरेको खुम्बु क्षेत्र सूचीको छैटौं नम्बरमा छ । यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । खुम्बुभन्दा अगाडि टर्कीको गल्लीपोली, अमेरिकाको ढुङे पर्वतीय राष्ट्रिय निकुञ्ज, बेलायतको टोलेडो, अस्ट्रेलियाको टास्मानिया र नर्वेको नर्वे आर्टिक परेका छन् । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी जाने क्षेत्रमा पनि खुम्बु पर्छ । खुम्बु क्षेत्रका लागि काठमाडौंबाट दैनिक ६० र मौसमको समय ८० उडान हुने गर्छ । उक्त क्षेत्र पर्यटकीय मौसममा सबैभन्दा बढी भिडभाड हुने क्षेत्र हो ।

Spread the love