काठमाडौको बगैचा बिर्गानेलाई कारवाहि हुने

काठमाडौको बगैचा बिर्गानेलाई कारवाहि हुने

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका बेला काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले माइतीघर मण्डलादेखि तिनकुनेसम्मको सडकछेउमा बगैंचा बनाई फूल तथा विभिन्न जातका विरुवा रोपेका थिए । सडकछेउमा लगाइएका विरुवा तथा फूल उखेल्ने र विगार्नेलाई काठमाडौं महानगरपालिकाले सार्वजनिक ऐनअन्तर्गत कारबाही गर्ने भएको छ । सम्मेलन सकिएको भोलिपल्टैबाट सडकका विरुवा उखेल्ने,च्यात्ने र विगार्ने गरेको पाइएपछि महानगरपालिकाले त्यसमा संलग्न व्यक्तिलाई कारबाही गरिने जनाएको हो ।

बालुवाटारमा तीन दलको बैठक – प्रचण्ड मोर्चा आन्दोलनमा नजाने

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चाले तत्काल सडक आन्दोलन नगर्ने भएको छ । साथै संविधानका अन्तरबस्तुमा सहमतिका लागि केही दिन प्रयास गर्ने बताएको छ । ‘दुई/तीन दिनभित्रमा सहमति भएन भने माघ ८ भित्र संविधान जारी गर्न निकै गाह्रो हुन्छ’ प्रचण्डले भनेका छन् । प्रचण्ड मोर्चाको बैठकलगत्तै शनिबार बालुवाटारमा तीन दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री सुशील कोइराला र प्रचण्डबीच भएको छलफलअनुसार नै बालुवाटारमा शीर्ष नेताहरुको बैठक बोलाइएको हो । कांग्रेस, एमाले, राप्रपासहितका दलले भने आफूहरुको साझा प्रस्तावसहित सबैलाई संविधानसभामा पठाउन माग गर्दै आएका छन् ।

नाराद्वारा १३औं ह्वाइटवाटर च्यालेन्जको तयारी तीब्र

काठमाडौं÷नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट (नारा) १३औं हिमालयन ह्वाइटवाटर च्यालेञ्जको तीब्र तयारी गरिरहेको छ । हरेक वर्ष आयोजना गरिँदै आएको उक्त प्रतियोगिता आगामी नोभेम्बर २८ देखि ३० ताखिरसम्म त्रिशूलीको फिस्लिङमा हुन लागेको हो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ नाराका साथ हरेक वर्षको नोभेम्बरको अन्तिममा हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना गर्दै आएको छ । उक्त कार्यक्रमको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्नेछ भने टान, एनएमए तथा विदेशी संस्थाहरुको समेत सहयोग रहनेछ ।
चितवन फिस्लिङस्थित त्रिशूली नदीमा आयोजना हुने प्रतियोगितामा २० भन्दा बढी देशको सहभागि

The Preparition is Rapidily going on for nara for 13 th Challenges
The Preparition is Rapidily going on for nara for 13 th Challenges
ता रहने नाराले जनाएको छ । नाराका अध्यक्ष चन्द्र दाहालका अनुसार प्रतियोगितामा ‘¥याफ्टिङ’ र ‘कायाकिङ’ गरी दुईओटा ‘इभेण्ट’ समावेश गरिनेछ । ¥याफ्ट इभेण्टअन्तर्गत ६÷६ जनाको समूह बनाई प्रतियोगिता सञ्चालन हुनेछ । निश्चित बिन्दुबाट प्रस्थान गर्ने समूहमध्ये सबैभन्दा छिटो अन्तिम बिन्दुमा पुग्ने समूह विजेता हुनेछ । कायाकिङमा भने ‘कायाक फ्री–स्टाइल’, ‘कायाक डाउन रिभर रेस’, ‘स्लालम’ र ‘बोटर क्रस’ गरी चार प्रकारका प्रतियोगिता आयोजना हुनेछन् ।
उक्त प्रतियोगितामा भाग लिन स्वदेशीको लागि एकमुष्ट १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने विदेशीको लागि प्रतिव्यक्ति २५ डलर तोकिएको छ । सो शुल्क बुझाएपछि ३ दिनको होटल, यातायात तथा लजिङफुडिङ निःशुल्क हुनेछ ।
प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने समूहका खेलाडीलाई जलयात्रामा प्रयोग हुने विभिन्न सामग्रीसँगै ट्रफी प्रदान गर्ने नाराको योजना छ । जलयात्रा व्यवसायमा संलग्न रिभर गाइड तथा जल खेलाडीको दक्षता अभिवृद्धि सँगसँगै नेपालमा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
हाल नेपालमा १६ वटा नदी ¥याफ्टिङ गर्नका लागि खुल्ला गरिएको छ । जसमध्ये त्रिशूली, भोटेकोशी, कालीगण्डकी, सेती खोला प्रमुख छन् ।

बसन्तपुर विश्वसम्पदा सूचिबाट हट्ने खतरामा

काठमाडौं÷राजधानीमा मुख्य पर्यटकीय स्थलमध्ये बसन्तपुर दरबारस्क्वायर क्षेत्रको सौन्दर्यमा ह्रास आउने क्रम जारी रहेको छ । अतिक्रमण, अव्यवस्थित सहरीकरण र राजनीतिक दल एवं सर्वसाधारणमा चेतनाको अभावले गर्दा सन् १९७९मा युनेस्कोले विश्वसम्पदामा सूचीकृत बसन्तपुरको सौन्दर्यमा दिनानुदिन ह्रास आइरहेको हो ।
बसन्तपुर क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी काठमाडौं महानगरपालिकाअन्तर्गत हनुमानढोका संग्रहालय विकास समितिलाई दिइएको छ । समितिले बसन्तपुर दरबार क्षेत्र प्रवेश र अवलोकनका लागि प्रतिपर्यटकबाट सात सय ५० रुपैयाँ लिन्छ । तर पर्यटकले तिरेको मूल्य बराबरको सेवा, सुविधा र वातावरण अनुभूत गराउन नसकेको जनगुनासो आउने गरेको छ । त्यसैले उसको कारणले गर्दा पनि यस क्षेत्रमा थप समस्या उत्पन्न भइरहेको छ ।
अनियन्त्रित भीडभाड, अव्यवस्थित फुटपाथ पसल, सवारी आगमन र जथाभावी सवारी पार्किङका कारण बसन्तपुर दरबार क्षेत्रको सौन्दर्यमा आँच आइरहेको छ ।
पानी पर्दा सामान्य ओत लाग्ने र घाम लाग्दा शीतल महसुस गर्ने स्थाल छैन भने सार्वजनिक शौचालयको पर्याप्त प्रबन्ध नहुनु र फोहोर फाल्ने क्षेत्रसमेत नभएको हुनाले बसन्तपुर थप कुरुप बनेको छ । सडक बालबालिकाको अखडा र पर्यटकलाई जबर्जस्ती सामान भिराउने घुमन्ते व्यापारीको व्यवहारबाट पनि पर्यटकले सास्त बेहोर्नुपरिरहेको छ ।
फुटपाथमा राखिएका पसलहरुका कारण पैदल यात्रा गर्नेहरुलाई अवरोध सिर्जना गरेको छ । यस्तै ठाउँठाउँमा खोलिएका क्युरियो पसल र त्यहाँका व्यपारीले पर्यटकलाई अनावश्यक हैरान पार्ने गरेका छन् । बसन्तपुरको सौन्दर्य हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरुका लागि माग्नेहरुसँग उम्किन पाउनु एउटा चुनौतीकै रुपमा खडा भइदिन्छ । साँघुरो सडक र त्यसमा अव्यवस्थित ढंगले रोकिएका सवारीसाधनले बसन्तपुरलाई झन् ठेलमठेल बनाएको छ । अव्यवस्थित ढंगले रोक्नेमा निजी क्षेत्रका साथै सरकारी नम्बर प्लेटका गाडीको संख्या अत्यधिक हुने गरेको छ ।
यस्तै अवस्था रहिरहने हो भने कुनैपनि बेला बसन्तपुर दरबारस्क्वायर क्षेत्र विश्वसम्पदा सूचीबाट हट्न सक्ने खतरासमेत बढेर गएको छ ।
अत्यधिक भीडभाडका कारण वातावरण खलबलिएको भन्दै युनेस्कोले सन् २००३ मा काठमाडौंका अन्य सात स्मारकसँगै बसन्तपुर दरबार क्षेत्रलाई समेत खतराको सूचीमा राखेको थियो । बसन्तपुर क्षेत्रलाई सुधार गर्ने सरकारको प्रतिबद्धता र सुधारका केही कार्यक्रम ल्याएपछि सन् २००७ मा भने युनेस्कोले बसन्तपुर दरबार क्षेत्रलाई खतराको सूचीबाट हटाएको थियो । तर, त्यसबेला गरिएका प्रतिबद्धताहरु भने अझै पूरा हुनसकेका छैनन् ।
विश्वसम्पदामा सूचीकृत भएपछि केही प्रावधानहरु स्वीकार गर्नुपर्ने हुन्छ । सम्पदामा सूचीकृत स्थलमा सभासम्मेलन गर्न नपाइने प्रावधान छ । यसैगरी सवारी प्रवेश निषेध, टेलिफोन र बिजुलीका तार जमिनमुनिबाट लग्नुपर्ने, संरचना मर्मतसम्भारका नाममा आधुनिक बनाइन नपाइने, वातावरण खल्बलाउने कुनै पनि गतिविधि गर्न नपाइने युनेस्कोको प्रावधान रहेको छ । तर, पुरातत्व विभागले यसो बताइरहँदा पनि महानगरपालिकाले वास्ता गरेको देखिँदैन । बसन्तपुर दरबार क्षेत्रमा अनियन्त्रित भीडभाडका बीचमै सधैं कुनै न कुनै नाममा सभासमारोह भइरहेका छन् । ठूलो स्वरमा संगीत बजाइन्छ, राजनीतिक दलले आयोजना गर्ने विभिन्न कार्यक्रममा लाउड स्पीकर र शक्तिशाली साउन्ड सिस्टम प्रयोग गरिन्छ । यति मात्रै होइन कतिपय राजनीतिक दलले आफ्नो राँके जुलसको उद्गम वा समापनको थलो नै बनाउने गरेका छन् बसन्तपुर दरबार क्षेत्रलाई ।
बसन्तपुरका मन्दिर तथा ऐतिहासिक सम्पदा सबैको चासोको विषय बन्ने गरेको छ । समयसँगै यी संरचनाहरु जीर्ण बन्दै गएका छन् । तर, वर्षेनी करोडौं रुपैयाँ राजस्व संकलन हुने यस क्षेत्रको मर्मत र सम्भारका लागि कुनै पनि निकाय गम्भीर भएको देखिँदैन । सधैंको भीडभाड र मर्मतसम्भारको अभावको कारण खतरा बढ्दै गएको स्वयं हनुमानढोका संग्रहालय प्रमुख बताउँछन् ।
यस क्षेत्रमा रहेका प्राचिन मठमन्दिर, दरबार र संग्रहालयलगायतका ऐतिहासिक सम्पदाले वर्षेनी लाखौं पर्यटकलाई आकर्षित गरेको छ । दरबार क्षेत्रको सौन्दर्य र त्यहाँका घर, मठमन्दिर एवं देवलहरुमा कुँदिएका कलाकृति इतिहासकै पानाझैं रहेका छन् । दरबार क्षेत्रको सौन्दर्य, जीवित कुमारीको दर्शन गर्ने होस् या काठमाडांैको इतिहास जान्न खोज्नेहरु नै किन नहोस्, यहाँ ठूलो भीड हुन गर्दछ ।
काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको बसन्तपुर दरबार क्षेत्रमा १२ देखि १८औं शताब्दीमा निर्माण गरिएका हिन्दू र बौद्धधर्मसँग सम्बन्धित धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरु छन् । यहाँ मल्ल र शाहवंशीय राजाले बनाएका दरबारसँगै दर्जनौं मठमन्दिर छन् । लामो समयसम्म राजा महाराजाको बसोबास रहेकाले यस क्षेत्रमा थुपै्र दरबार, मठमन्दिरलगायतका ऐतिहासिक महत्वपूर्ण सम्पदा रहेको पाइन्छ ।

अख्तियारले भन्सारका हाकिमलाई भगायो

काठमाडौं, ११ मंसिरः भारतीय सुन तस्करहरुसँग घुस लिदै अभियुक्त छाडेर करोडौं कमाएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) भन्सारका हाकिम सुदीपचन्द्र शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै मिलेमतोमा भगाइएको छ । अनुसन्धानको क्रममा शाहकै नेतृत्वमा अवैध सुनसहित पक्राउ परेका तस्करहरुलाई छुटाउने काम भएको खुलेपनि उनलाई पनि थुन्नैपर्ने अवस्था आएको थियो । तर चलखेलका कारण अख्तियारले नै उनलाई भगाएको स्रोतको भनाई छ ।
स्रोतका अनुसार सुन तस्करीको सेटिङ मिलाउँदै आएका व्यापारी दीपक मल्होत्राको आग्रहमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीेको निर्देशनमा उपसचिव शाहलाई पक्राउ नगरिएको हो । मल्होत्राको कार्कीसँग निकट सम्बन्ध छ । कार्कीका ज्वाई पूर्वडिएसपी सुरेन्द्र सिंह मल्होत्राकै कार्यालयमा काम गर्छन् । उपसचिव शाह पनि मल्होत्राका साथी हुन् । मल्होत्राकै सेटिङमा शाह एयरपोर्ट भन्सारको हाकिम भएका थिए । एयरपोर्ट भन्सारमा सहसचिव हाकिम हुनेमा मल्होत्राको सेटिङअनुसार सहसचिव किशोरजंग र्काीलाई हटाएर उपसचिव शाहलाई कामु प्रमुख बनाइएको थियो । एक लाख लिएपछि पक्राउ परेका सरकारलाई आइतबार भन्सार कार्यालयमा उपस्थित गराउन शुक्रबार कारागार कार्यालयमा पत्राचार भइसकेको थियो । पत्र कारागारमा पुगेपछि सुब्बा हरिजंग कार्की थप पैसा लिन गएका बेला पक्राउ परेका थिए । अनुसन्धानका क्रममा घरबाट बरामद भएको ५० लाख पक्राउ परेका भारतीय व्यक्तिहरुबाट लिइएको कार्कीले बताएका छन् । त्यसरी लिइएकोमध्ये ठुलो हिस्सा भने एयरपोर्ट भन्सारका कामु प्रमुख उपसचिव सुदीपचन्द्र शाहले लिएको बयान कार्कीले दिइसकेका छन् । यस्तो मुद्दामा बिदेशी नागरिकहरुलाई कैद सजाय हुने भएपनि शाह हाकिमभएपछि जरिवानाको मात्र सजाय तोकिएको थियो ।
उपसचिव शाहलाई बचाउन अहिले मल्होत्रा नै लागिपरेका छन् । नायब सुब्बा कार्कीलाई बयान फेर्न लगाएर उनलाई उन्मुक्ति दिने खेल भइरहेको स्रोत बताउँछ । पत्रकार सम्मेलनमा नै नायब सुब्बा कार्कीले उपसचिव शाहलाई पोलेकाले मात्र अख्तियारले शाहलाई निलम्बन गरेको हो । पक्राउ गर्न जाँदै बीचमै टोली फर्कर्नु, उनलाई थुनामा नराख्नु र पछिल्लो समय बयान फेर्ने भएकाले यो केसमा अख्तियारमा ठुलै चलखेल भएको प्रष्ट छ ।
यूनाईटेड पोष्ट साप्ताहिकबाट

सार्क शिखर सम्मेलन सम्पन्नः १९ औँ सम्मेलन पाकिस्तानमा हुने

सार्क शिखर सम्मेलन सम्पन्नः १९ औँ सम्मेलन पाकिस्तानमा हुने मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनको समापनका अवसरमा आज सो जानकारी दिइएको हो । समारोहमा १९औँ शिखर सम्मेलन गर्ने अवसर पाएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९–३१ मा चौथो र सन् २००४ जनवरी ४–६ मा बाह्रौँ शिखर सम्मेलन सम्पन्न भएको थियो ।

सार्कमा बोलेका कुरा कस्का होलान् पुरा ?

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’
काठमाडौँ, १० मंसिर । – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनको पहिलो सत्र भर्खरै सकिएको छ । सम्मेलनमा सार्क देशका सरकार र राष्ट्र प्रमुखद्वारा सम्मेलनमा सम्बोधन गरेका थिए । ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ काठमाडौंको राष्ट्रिय सभागृहमा सम्मेलन सुरु भएको हो ।
शिखर सम्मेलन उदघाटनमा अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका सरकार प्रमुख एवं राष्ट्र प्रमुखहरुले मन्तव्यमार्फत आ-आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

सार्क मुलुक सबैसंग एकता आवश्यक – कोइराला
आतंकवाद र गरिबी निवारणमा सरिफको जोड – पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ
सार्कलाई प्रभावकारी बनाउन नयाँ तरिकाबाट बढ्नुपर्छ – श्रीलंकाका राष्ट्रपति
असहमतीलाई पन्छाएर सार्क विकासमा जोड दिनुपर्छ – शेख हसिना
सार्क मुलुकबाट आतंकबाद उन्मुलन र गरिबी निवारण गर्नुपर्छः भुटान
सार्क भन्ने बित्तिकै सबैको मनामा ‘निराशा’ आउँछ, त्यसलाई आशामा बदलौंः- नरेन्द्र मोदी
सार्क देश संयुक्त रुपमा अघि बढे संसारकै शक्तिशाली क्षेत्र बन्नेः माल्दिभ्स

निर्वाचत नेतृत्व सफल होस् –आनन्द राज त्रिपाठी

नेपाली काग्रेसका उपसभापति एवं सभासद राम चन्द्र पौडेलले हालै अमेरिकाको सम्पर्क समितिको अधिवेशनलाई विद्यिवत रुपमा उद्घाटन गर्नु भएको उक्त अधिबेशनवाट भर्खरै मात्र निर्वाचित हुनु भएका आनन्द विष्ट लगायत सम्पुर्ण कार्यसमितिका साथीहरुलाई हार्दिक बधाई तथा कार्यकालको सफलता मिल्योस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

आनन्द राज त्रिपाठी
ने. वि संघ पूर्व केन्द्रीय सदस्य
एवं ११ औ महाधिवेशनका महामन्त्री पदका पत्याशी

सार्क मुलुक सबैसंग एकता आवश्यक – कोइराला

दि पावर न्युज संवाद दाता, काठमाडौ । – प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताएका छन् । अठारौँ सार्क शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताए । सदस्य देशबीच साँचो अर्थमा गहन एकताको अभिवृद्धि, व्यापार–वाणिज्य क्षेत्रको विकास गर्दै दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता ९साफ्टा० कार्यान्वयन, सार्कका संस्थागत संयन्त्रहरूको सुदृढीकरण, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापारको अवरोधरहित ढुवानी र जनताको आवागमनका लागि साझा प्रतिबद्धताका साथ आवश्यक काम गर्न जरुरी भएको प्रधानमन्त्री कोइरालाले बताए । दक्षिण एसिया जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेको र अस्थिर मौसमका कारण जोखिम अझ थपिएकोतर्फ सार्क मुलुकका शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्दै क्षेत्रीय एकताको भावनाबाट ती चुनौतीलाई परास्त गर्नुपर्ने विचार व्यक्त गरे । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे संक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले नेपाललाई शान्ति, प्रजातन्त्र र स्थायित्वको मार्गमा अग्रसर गराउन जनचाहनाअनुसारको संविधान लेखनमा लागेको जानकारी दिए ।