डिसेम्बरमा लगातार ६ दिन अध्यारो हुने भ्रामक हल्ला मात्र : नासा

बिकास न्यौपाने, अमेरिका, बिगत केहि दिन देखि आगामी डिसेम्बरमा ६ दिन अध्यारो हुने भनेर चलाईएको हल्ला भ्रामक मात्र भएको नासाले जनाएको छ । नासाका अनुसार डिसेम्बरको १६ देखि २२ सम्म लगातार रुपमा अन्धकार हुने हल्ला मात्र हो । बिगत केहि दिन देखि डिसेम्बरमा लगातार ६ दिन अन्धकार हुने भनेर बिभिन्न सन्चार माध्यम तथा सामाजिक सन्जालमा चर्चाको बिषय बनेको थियो । पटक पटक बिभिन्न भ्रामक समाचार फैलाउने एउटा अंग्रेजी अनलाईनमा यो समाचार प्रकाशनमा आए पछि सामाजिक सन्जालमा फैलिएको हो । नासाले बिज्ञप्ती जारी गरेर गलत र भ्रामक समाचारका पछाडि नलाग्न आग्रह गरेको छ ।

व्यंग्यात्मक समाचार प्रस्तुत गर्ने एउटा वेवसाइट हजलर डटकमले यस्तो समाचार प्रकाशित गरेपछि त्यसलाई विश्वास गरेर फेसबुक र ट्वीटरमा हल्लीखल्ली नै मच्चिएको छ । सौर्यमण्डलमा आउने आँधीका कारण पूर्ण रुपमा अन्धकार हुने भन्दै नासाका प्रमुख चाल्र्स बोल्डेनलाई हवाला दिएर समाचार प्रकाशन गरिएपनि नासाका प्रमुखले त्यस्तो अभिव्यक्ति नदिएको खुल्न आएको छ । हजलर डटकमले यस अगाडि पनि एकजना मृत अमेरिकन कलाकारले आफू जीवित रहेको दावी गरेको नक्कली रिपोर्ट प्रकाशित गरेको थियो ।

Spread the love