अस्पताल छेउमा टाउको भेटियो

chitwan medical

अस्पताल छेउमा टाउको भेटियो

चितवनःचितवनको भरतपुर मेडिकल कलेजको परिसरमा एक महिलाको शरीरबिनाको टाउको शनिबार फेला परेको छ । अस्पतालको चौरमा क्रिकेट खेलिरहेका विद्यार्थीहरुले सो टाउको भेटेका थिए । क्रिकेट बल गुडेर मान्छेको टाउकोमा ठोक्किएपछि झस्किएर भागेको विद्यार्थीहरुले बताएका छन् ।
अस्पतालको पार्किङ नजिकै रहेको खुला चौरमा सो टाउको भेटिएको हो । टाउकोमा अलिकति कपालसमेत देखिएको छ । टाउको रहेको थाहा पाएपछि अस्पताल परिसर पुगेका सञ्चारकर्मीले प्रहरीलाई खबर गरेको थिए । जिल्ला प्रहरी कार्यालयले घटनास्थलको अनुसन्धान थालेको जनाएको छ । अस्पताल प्रशासनले भने सो घटनाका बारेमा केही पनि बताएको छैन् । यसरी चौरमा मान्छेको टाउको भेटिएपछि स्थानीयबासी भने त्रसित भएका छन् । नेपाल समाचारपत्रमा समाचार छ ।स्रोत – mynewsnepal.com

Bir hospital

भौतिक अबस्था सुध्रने क्रममा – बीर अस्पताल

२२ माघ, काठमाण्डौ – मुलुकको सबैभन्दा जेठो अनि पुरानो हस्पिटलको रुपमा चिनिएको र कहलिएको वीर अस्पताल आफै बिरामी परेको छ भन्ने कुराको बेला –बेलामा चर्चा चल्ने गरेको पाहिन्छ । राजनीतिक संक्रमणको आक्रमणमा परेर थलिएको हस्पिटलमा अत्यन्तै समझदार ,शालीन, शान्त ,मिजासिलो ,निष्पक्ष, स्वतन्त्र र स्वच्छ छवि भएका डाक्टर स्वयंप्रकाश पण्डितले विरको  निर्देशको  जिम्मेवारी सम्हालेका छन । वीरको वीरतालाई कायम गर्नका लागि उपयुक्त पात्रको खाँचो भएको बेला त्यस्तै सक्षम र परिणाममुखी कार्यको पक्षधरका रुपमा चिनिएका पात्रको आगमन भएको छ । हस्पिटल संचालन गर्नका लागि सरकारले दिने अनुदान विद्यार्थीले तिर्ने शुल्क बिरामीको सेवाबापत उठेको रकम अस्पताल संचालन गर्नका लागि भएका आर्थिक स्रोतहरु हुन सरकारले दिने अनुदान पुरानो अनुपातमारहेको छ अहिले प्रतिष्ठान बनिसकेको अवस्था छ । यस्तो अवस्थामा  शैक्षिक कार्यक्रम पनि बढेका छन । सरकारको अनुदान अहिलेको अवस्थामा अपुग भएको छ ।सबैभन्दा पहिलो कुरात हस्पिटलको भौतिक सुधार नै हो । भुकम्प प्रतिरोधात्मक भवन निमार्ण गर्नका लागी मैले सरकारसमक्ष त्यसको गुयोजना पठाइ सकेको छु । वीरामीको उपचार गर्न चाहिने आवश्यक उपकरणहरु जडान गर्ने कामपनि तिबृरुपमा अगाडि बडिरहेको छ ।

Churot Surti

विद्यालय नजिकै सुर्ती, चुरोटको विक्रीप्रति चिन्ता

सरकारले शिक्षण संस्थाहरु एक सय मिटर वरपर चुरोट लगायत सुर्तीजन्य वस्तु विक्री गर्न प्रतिबन्ध लगाएको भएपनि त्यसको पटक्कै अनुगमन नभएको पूर्वी नेपालको झापाका अभिभावकहरुले बताए। शिक्षण संस्थाका प्रमुखहरुले चाहिँ नजिकै रहेका पसलहरुले सुर्तीजन्य पदार्थ विक्री गर्ने गरेका कारण आफूहरु चिन्तित भएको बताए।

चिकित्सकहरु भन्छन्, सुर्तीजन्य पदार्थको सेवन गर्नबाट युवालाई नबचाए भविष्यमा विभिन्न प्रकारका क्यान्सर, मस्तिष्क श्राव, मुटु रोग लगायतका रोगहरुको स्थिति अझ भयावह हुनेछ। उनीहरुको भनाईमा सरकारी नियन्त्रण समितिले अनुगमन गर्दैन। सरकारी नियन्त्रण समितिले अनुगमन नै नगरेको गुनासोका माझ स्वास्थमन्त्रीले आईन्दा जिल्ला-जिल्लामा त्यसको कडाई गरिने बताएका छन्। गोमेन्द्र कलेजका प्राचार्य रुपक खनालले भने, “कक्षा कोठाहरुमा यति धेरै गुट्खा र सुर्तीका खोलहरु हुन्छन् कि तिनलाई बढार्न एउटा मान्छे नै खटाउनुपर्ने स्थिति छ।” शिक्षण संस्थासंगै टाँसिएर रहेका पसलहरुमा राखिने सुर्तीजन्य पदार्थ धेरै शिक्षण संस्थाको टाउको दुखाईको विषय बनेको छ।
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको तथ्यांक अनुसार सुर्ती जन्य पदार्थ सेवनकै कारण नेपालमा प्रत्येक २ घण्टामा एकजना व्यक्तिको मृत्यु हुने गरेको छ वार्षिक १५ हजार व्यक्तिको सुर्ती सेवनका कारण मृत्यु हुने गरेको र ३ हजार व्यक्तिको अन्य व्यक्तिले सेवन गरेको असरले मृत्यु हुने गरेको छ।
lp Gas

ग्यासको आपूर्ति सहज नभएकोमा अख्तियाको ध्यानाकर्षण

काठमाडौ, पुस १८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सम्बन्धित मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । बजारमा ग्यास र पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बारे अख्तियारले विशेष चासो देखाएको हो ।

अख्तियारले शुक्रबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल आयाल निगमका कार्यकारी निर्देशक लगायतका पदाधिकारीलाई आयोगमा डाकेर ग्यास र पेट्रोलियम पदार्थको अभाव बारे छलफल गरेको छ । सरकारी अधिकारीहरुले खाना पकाउने ग्यासको आपूर्ति र वितरणलाई ७ दिन भित्र सहज बनाउने प्रतिवद्धता व्यक्त गरेको अख्तियारद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । आम उपभोक्ताले भोगिरहेको कठिनाई बारे दैनिक रुपमा समाचार आएको र त्यससम्बन्धी उजुरीहरु समेत आएपछि अख्तियार सक्रिय भएको हो ।

sitlahar

तराईमा कठ्यांग्रिएर २१ जनाको मृत्यु – शितलहर सुरु,

दि पावर न्युज सम्वाद दाता, काठमाडौ, तराईका २० जिल्लामा शीतलहर सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं पश्चिमको नवलपरासीदेखि कञ्चनपुरसम्मका तराईका जिल्ला बढी प्रभावित छन् । पूर्वमा भारतसँग सीमा जोडिएका मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, धनुषा, पर्सा, बारा, झापालगायत जिल्लामा पनि बिहानैदेखि कुहिरोले ढाक्न थालेको छ । तराईका जिल्लाहरूमा एक सातायता बढेको जाडोका कारण कठ्यांग्रिएर २१ जनाको मृत्यु भएको छ । महोत्तरीमा ७, रौतहटमा ६, सिराहमा ३, मोरङमा ३, सप्तरी र झापामा १÷१ जनाएको मृत्यु भएको हो । जाडोका कारण दलित र सुकुम्बासी परिवारहरू सबैभन्दा बढी समस्यामा छन् । चिसोका बिरामीहरू स्वास्थ्य संस्थाहरूमा भिडमभीड छन् । खासगरी वृद्धवृद्धा र बालबालिकामा श्वासप्रश्वास, निमोनिया, कोल्ड डायरियालगायत समस्या अत्यधिक देखिएको छ ।
परिकौलीस्थित नेपाली सेनाको शेर गणले दाउरा बाँडेर जलेश्वर, मटिहानीलगायत २ दर्जनभन्दा बढी सार्वजनिक स्थानमा

आगो ताप्ने व्यवस्था मिलाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलेश्वर तथा गौशाला नगरपालिकासमेतले दाउरा वितरण गरेका छन् । तर पनि समस्या ज्यूँ का त्यूँ रहेको छ । बाक्लो कुहिरोका कारण चितवनलगायत जिल्लाका राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । चालकले हुस्सुका कारण केही नदेख्ने अवस्था छ ।

Chaupaya

जाडोका कारण चौपायाहरूमा विभिन्न प्रकोप देखापरेको छ । झण्डै ३ सय चौपायको मृत्यु भइसकेको छ । ३ हजारभन्दा बढी हेक्टरमा लगाइएको आलु र गोलभेडामा डढुवा रोग फैलिएको छ ।

२७ औं विश्व एड्स दिवस मनाइँदै

आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसको यसवर्षको नारा ‘शुन्य नयाँ संक्रमण, शुन्य एड्स मृत्यु र शुन्य भेदभाव’ राखिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा अहिले करिब ४० हजार जनामा एचआईभी संक्रमण रहेको राष्ट्रिय एचआईभीरएड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । ती मध्ये करिब २५ हजार संक्रमितहरु केन्द्रको नियमित सम्पर्कमा रहेको जनाइएको छ । केन्द्रसँग सम्पर्क आउने संक्रमितको संख्या गएको वर्षभन्दा कम भएको जनाइएको छ ।

अमेरिकाका घरबार बिहीनलाई नेपाली संस्थाले भोजन गरायो

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २००८ मा नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तराष्ट्रियले अमेरिकाको थांक्स गिभिंगमा घरबार बिहिन लगभग ५५० मानिसलाई रात्री भोजन गराएको छ । संस्थाले प्रत्येक ३ महिनाको अन्तIMG_4712रमा घरबार बिहीन मानिसहरुलाइ खाना खुवाउने कार्यक्रम गर्दै आएको छ । यसैक्रममा यसपटक भने थ्यांक्स गिभिङको अवसर पारेर गरिब तथा घरबार बिहीनलाइ भोजनको व्यवस्था गरिएको हो । बिश्व कै धनि राष्ट्र अमेरिकामा पनि प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने रहेकोले संस्थाले उनीहरुलाई भोजन गराउन लागेको संस्थाका संस्थापक अध्यक्ष देवी आचार्यले बताए । संस्थाले उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको बताइएको छ । संस्थाले नेपालमा पनि प्रत्येक महिना नेपालको पशुपतिनाथमा घरवार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको देवी आचार्यले बताउनुभयो ।

संस्थाका अध्यक्ष बिनोद रोक्काले संस्था गरिब र दिनदुखीहरुको सहयोगका निम्ति स्थापना भएको र सोही अनुसार गरिब, असहायहरुलाइ खाना खुवाउने कार्यक्रम आयोजना गरिएको बताउनुभयो । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तराष्ट्रिय संस्थाले स्थापना काल देखि नै भोका, भिखारी तथा अशक्तलाई खानाको व्यवस्था गर्दै आई रहेको छ । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तर्राष्ट्िरय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

किस्ट अस्पतालको शौचालयबाट खसेर बिरामीको मृत्यु – आफन्तले नाराबाजी गरे

काठमाडौं, मंसिर ६ – ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालको शौचालयबाट खसेर बिरामीको मृत्यु भएको छ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरेका छन् ।
शनिबार बिहान ६ शौच गर्न गएकी दोलखा निवासी ८१ वर्षीया ललितमाया खड्काको एक तलामाथि रहेको शौचालयबाट खसेकी हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

Amnesty International Nepal : AI Nepal | Human Rights in Nepal

कतारमा कामदारको शोषण सुधार भएन : एमनेस्टी

एक प्रतिवेदनमार्फत उक्त संस्थाले आप्रवासी कामदारको अधिकारमाथि व्यापक मात्रामा भइरहेको शोषणलाई सम्बोधन गर्न कतार निकायहरू निराशाजनक तबरले पछि परेको दाबी गरेको छ । बेलायतस्थित मानव अधिकारवादी संस्था ‘एमनेस्टी इन्टरनेसन’ले २०२२ को विश्वकप आयोजक भनिएको राष्ट्र कतारमा कार्यरत आप्रवासी कामदारको अवस्थामा सुधार नभएको बताएको छ । एमनेस्टीले कामदार घर फर्किन अनिवार्य गरिएको ‘बहिर्गमन पत्र’ खारेज गर्नर्, आप्रवासी कामदारको मृत्युको कारणबारे स्वतन्त्र छानबिन समिति गर्न, रोजगारदाताविरुद्ध मुद्दा चलाउन अनिवार्य गरिएको कानुनी शुल्क हटाउन, शोषणमा संलग्न व्यवसायी र रोजगारदाताको नाम सार्वजनिक गर्न र घरेलु कामदारलाई श्रम ऐन समेट्न कतारलाई ठोस कदम चाल्न आग्रह गरेको छ ।

होचा अग्लाको मिलन । चन्द्र बहादुर डाङी र सुल्तान कोसेन

 विश्वाका सबै भन्दा होचा चन्द्र बहादुर डाङी र सबैभन्दा अग्ला सुल्तान कोसेन

लन्डन – विश्वकै होचा चन्द्रबहादुर डाँगी र अग्ला टर्कीका सुल्तान कोशेनबीच अनौठो भेट भएको छ उनिहरुले गिनिज बुकमा नाम लेखाएका छन । यस्तो भेट कमै मात्रमा हुने भन्दै डेली मेलले फोटो फिचर छापेको छ । गिनिज वर्ल्ड रेकर्ड दिवसको अवसरमा डाँगी र सुल्तानको भेट लन्डनस्थित संसद् भवन अगाडि भएको हो । नेपालका चन्द्रबहादुर डाँगी (उमेर ७४ बर्ष) मात्र २१ दशमलव ५ इन्च छ भने टर्किका सुल्तान कोसेन (उमेर ३१ बर्ष) को उचाई ८ फिट १ इन्च छ ।

Small and Taller

Small and Taller

Small and Taller