चलचित्र निर्देशक नेम्वाङले गरे आत्महत्या

चलचित्र क्षेत्रका चर्चित निर्देशक आलोक नेम्वाङको निधन भएको छ । उनको आज बेलुकी ८ बजे आफ्नै निवासमा  झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। महारजगन्ज प्रहरीले उनको शव झुण्डिएको अवस्थामा फेला परेको पुष्टी गरेको हो ।  महारजगञ्ज प्रहरीले भन्यो, हामी अनुसन्धान गरिरहेका छौ । आत्महत्याको कारण खुल्न सकेको छैन ।

‘सानो संसार’ र ‘कोहीमेरो’ निर्देशन गरेका थिए। , कोही मेरो जस्ता चर्चित फिल्मको निर्देशन गरेका नेम्वाङले दर्जनौं भिडियो निर्देशन समेत गरेका छन् । उनको नयाँ चलचित्र अझै पनि यही फागुन १५ गते रिलिज हुने तयारीमा रहेको थियो ।

Spread the love