इबोलाग्रस्त मुलुकबाट फर्किएकासँग यौनसम्पर्क नगर्न सुझाव

इबोलाग्रस्त मुलुकबाट फर्किएकासँग यौनसम्पर्क नगर्न सुझाव, तीन महिनासम्म निगरानीमा राखिने

१६ अक्टोबर, काठमाडौं । इबोलाग्रस्त मुलुकबाट फर्केका नेपालीलाई चिकित्सकहरुले दुई महिनासम्म यौनसम्पर्क नराख्न आग्रह गरेका छन् । लाइबेरियाबाट सशस्त्र प्रहरीको एक सय ३१ ज्नाको टोली बुधबार नेपाल फर्किएपछि उनीहरुको यस्तो सुझाव आएको हो ।

‘इबोलाको इन्कुबेसन पिरियड दुईदेखि २१ दिन हो । रगत तथा र्याकलका माध्यमबाट शरीरमा भाइरस छिरेको भए सोही अवधिमा लक्षण देखाउँछ । तर, शुक्रकिट यस्तो पदार्थ हो जसको भाइरस ५७ दिनसम्म विनालक्षण रहन सक्छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इबोला फोकल पर्सन डा वासुदेव पाण्डेले भने ।

इबोला संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखे शुक्रकिटको माध्यमबाट भाइरस सर्ने र झन्डै दुई महिनासम्म विनालक्षण रहन सक्ने उनले बताएका छन् । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले पनि इबोलाग्रस्त मुलुकबाट र्फकनेलाई केही समय सुरक्षात्मक उपाय अपनाउन सुझाव दिएका छन् ।

‘पश्चिम अफ्रिकी मुलुक लाइबेरिया, सेरालियोन, गिनी, नाइजेरियालगायतका मुलुकमा नेपाली सेना र प्रहरी मात्रै होइनन्, साधारण नागरिक पनि गएका रहेछन् । तिनीहरु ध्माधम फर्केका छन् । सेना(प्रहरीको स्वास्थ्य परीक्षण पनि हुने गरेको छ । तर, सिभिलियनहरु भने सीधै घरमा पुगेका छन् । त्यस्ता व्यक्तिले अझ सुरक्षा अपनाउनुपर्छ,’ डा पुनले भने ।

तीन महिनासम्म निगरानीमा राखिने
इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरी राजधानी फर्कन लागेका सुरक्षाकर्मीलाई ३ सातासम्म निगरानीमा राखिने भएको छ । विहिवार एक सय ३१ सशस्त्र प्रहरी इबोला प्रभावित मुलुकबाट फर्कदैछन् ।

इवोलाको संक्रमण देखिए यता हाल सम्म रोग प्रभावित मुलुकवाट मात्र ५० जना आएका थिए भने यसै साता प्रभावित मुलुकवाट करिव पाँचसय यस्ता प्रहरी समेत नेपाल फर्किने छन् । उनीहरुलाई ककनीस्थित तालिमकेन्द्रमा तीन सातासम्म चिकित्सकीय निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । ईबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिन्छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अत्तिरिक्त नायब महानिरीक्षक एआईजिपी सिंहबहादुर श्रेष्ठले लाईबेरियामा उक्त टोलीको नियमित स्वास्थ्य जाँच भएकाले ईबोला संक्रमणको खतरा नभएको बताए ।

Spread the love