अमेरिकामा पनि ईबोलाका बिरामी भेटिए, संक्रमण फैलिन नदिन उच्च सर्तकता

टेक्सास , अत्यन्तै डर लाग्दो रोग ईबोलाको अमेरिकामा पनि एकजना बिरामी भेटिएका छन् । ईबोलाबाट ग्रसीत भईसकेको देश लिबियाका एकजना ब्यक्ती अमेरिकाको टेक्सास राज्यको डल्लास शहरमा आएर बिरामी भए पश्चात उनमा ईबोला भएको पत्ता लागेको हो । आफ्नी ग्रलफेण्डलाई भेट्न लिबियाबाट अमेरिकाका आएका उनी ड्यालस  आएको १ दिन पछाडि नै बिरामी परेको समाचारहरुले जनाएका छन् । अफ्रिकाका बिभिन्न देशहरुमा हजारौंको ज्यान लिईसकेको र नियन्त्रण हुन नसकेको रोग ईबोला अमेरिकामा पनि देखिए पछि उच्च सर्तकता अपनाइएको छ । लिबीयबाट अमेरिकामा आएका उनमा इबोला देखिएपछि उनको सम्पर्कमा आएका ५० जनालाई निगारानीमा राखेर उपचार गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनको सम्पर्कमा आएका ब्यक्तीहरु मध्ये १० जनामा ईबोला संक्रमणको खतरा देखिएको पनि सिएनएनले जनाएको छ । लाईबेरिया ईबोलाबाट ग्रसीत मुख्य तिन देश मध्ये पर्दछ ।

Spread the love