Deepak Neupane, kathmandu : At the same time, airlines connected a record number of cities worldwide, Worldwide annual air passenger numbers exceeded four billion for the first time, supported by a broad-based improvement in global economic conditions and lower average airfares. Regular services to over 20,000 city pairs in 2017, The International Air Transport Association (IATA) announced industry performance statistics for 2017. more than double the level of 1995. Such increases in direct services improve the industry’s efficiency by cutting costs and saving time for both travelers and shippers alike. “In 2000, the average citizen flew just once every 43 months. In 2017, the figure was once every 22 months. Flying has never been more accessible. And this is liberating people to explore more of our planet for work, leisure and education. Aviation is the business of freedom,” According to Alexandre de Juniac, IATA’s Director General and CEO.
कृषियोग्य जमीन कित्ताकाट गरी घडेरीको रुपमा विक्रीवितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्बोच्च अदालतले सदर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले पहिले दिएको आन्तरिम आदेश र सोको रीट निवेदन खारेज गरेका हुन् ।
‘सरकारले भू उपयोग नीति अब छिट्टै ल्याउने छ । जसले कृषि, आवासीय, औद्योगिक, वनलगायतका क्षेत्रको निर्धारण नगरी संबिधानले नागरिकका हकमा गरेको सुनिस्चितता पुरा हुन सक्दैन ।’ पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भने ।
‘त्यसैको पहिलो कदमको रुपमा यसअघि सरकारले चालेको कदमलाई अदालतले समेत सहि भनिसकेको अबस्थामा अबको सरकारलाई कामगर्न सहज हुन्छ ।’ पाण्डेले भने ।
२०७४ साउन २६ गते सरकारले कस्तो जग्गालाई कृषियोग्य जमीन सम्झनुपर्छ भनेर व्याख्या पनि गरेको छ । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले जग्गा प्लटिङ गर्ने व्यक्ती, फर्म, संस्था वा कम्पनीले सम्बन्धीत निकायबाट अनुमति लिएर वा नलिईकन कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण गरी घडेरीका रुपमा विक्रीवितरण गर्न गराउन नपाउने गरी प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । सरकारले गरेको यस्तो व्यवस्थाले संविधानमा भएको सम्पति सम्बन्धी अधिकारको हनन् भएको दाबी गरी अधिवक्ता जगदीश आर्चायले सर्चोच्च अदालतमा निवेदन दायर गरेका थिए । सोहि रीट निवेदनका आधारमा २०७४ भदौ १ गते सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तिरिम आदेश दिएको थियो । सरकारका अनुसार जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम पुनः नापजाँच भएको क्षेत्रमा जग्गा (नापजाँच) नियमावली, २०५८ को नियम २० बमोजिम कृषिक्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नापजाँच हुन बाँकी रहेका क्षेत्रमा साविकका नापजाँच हुँदा फिल्डबूक तथा स्रेस्तापुर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भीट पाखोतर्फ अब्बल र दोयम कायम रहेका जग्गा सम्झनुपर्ने भनी उल्लेख भएको थियो ।
निराजन ढुङ्गाना : काठमाडौको टोखा बिभिन्न सास्कृतिक, पर्यटन तथा धार्मिक क्षेत्रको रुपमा प्रशिद्घ स्थानहो । टोखा नपा भित्र रहेका चण्डेश्वरी, सपनतिर्थ, भुतिखेल, बौडेश्वर महादेश, जलेश्वर महादेव, पुरानो गोसाँइ कुण्ड (महाँकाल देवी) शिवपुरी राष्ट्रिय निकुञ्ज आदि रहेका छन् ।
शिवपुरिको काख किनारमा हाल पदमार्ग निर्माणको थालनी भैरकेको छ । बि.स २०७२ चैत्र ८ गते देखि थालीएको पदमार्ग हाल ३ कि.मि. निर्माण सम्पन्न भैसकिएको छ भने आर्थिक अभाबको कारण अन्य निर्माण कार्य अगाडी बड्न सकेको छैन । टोखा नगरपालीका तथा स्थानीयको चासो कम हुन थालेकोले सो पदमार्ग निर्माणा गर्न को आर्थिक सहयोग जटाउन नेपाल पर्यटनबोडमा पनि ताकेता गरिएको कुरा जानकारीमा आएको छ ।
टोखा लगायत चण्डेश्वरी, बज्रयोगिनी, सपनातीर्थ, गुप्तेश्वर, गौतमेश्वर, महाँकालदेवी, जलेश्वर, वनकाली ९कालिकादेवी०, बौंडेश्वर महादेव, तारकेश्वर महादेव लगायतका प्रसिद्ध मन्दिरहरु समेटिने यस पदमार्ग मार्फत स्थानीय जनताहरु समेत लाभान्वित हुन सक्नेछन् । काठमाडौं भित्रका तर प्रचारमा आउन नसकेका यी विभिन्न मन्दिरहरुको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
चण्डेश्वरी वौंडेश्वर पदमार्ग खण्ड ९।२१ किलोमिटर यसैगरी चण्डेश्वरी देखि तारकेश्वर सम्म १३।४६ किलोमिटर रहेको छ । सम्पूर्ण पदमार्ग निर्माण कार्य भइसक्दा करिब १६ किलोमिटर हुन जानेछ ।
पदमार्ग निर्माण गर्न यसै टोखा न.पा. –१ का कृष्ण प्रसाद अधिकारीको सक्रियता रहिरहेको छ । टोखा न.पा.भित्रको गौरवको योजना अन्र्तगत थालनी भएको यो योजना हाल आर्थिक अभाबमा निर्माण कार्यलाई अघि बडाउन नसकिएको र नगर पालीकाले यो आर्थिक बर्षमा छुट्याइएको करिव ५लाख ले अन्य थप निर्माण गरिदै लाने जानकारी अधिकारीले दि पावर न्युजलाई गराउनु भयो ।
यो पदमार्गको महत्व र पदमार्ग निर्माण पछि स्थानीयलाई हुने लाभ नबुझेकाले गर्दा यो पदमार्ग प्रति त्यति चासो नदेखियको अधिकारीको गुनासो छ ।
हाम्रो करेसाबारीमा सजिलै पाउन सकिने जडिबुटी जन्य मसलाको रूपमा लिईन्छ। यसका प्रसस्त फाइदा पनि छ्न भने केही बेफाइदा पनि छन। आखिर केके छन् त फाइदा अनि बेफाइदा हेर्नुस् अदुवाको यी हुन्, ७ फाइदा
१-अदुवाखाँदा कोलेस्ट्रोल स्तर कम हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।
२-यसमा थर्मोजेनिक एजेन्ट्स हुन्छ । यसले फ्याट बर्निंग प्रोसेस तीव्र हुन्छ । जसकारण वजन चाँडो कम हुन्छ ।
३-अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नीको दुखाईबाट बचाउँछ ।
४-यसमा फोस्फोरस हुन्छ । यसले दाँतलाई मजबूत राख्छ र गिजाको समस्याबाट पनि बचाउँछ ।
५-यसबाट शरीरको इम्यूनिटी बढ्छ । यसले रुघाखोकी जस्ता इन्फेक्शनबाट बचाउँछ ।
६-यसमा एन्टीसेप्टिक गुण हुन्छ । यसले त्वचा सम्बन्धि समस्या जस्तै:- डन्डीफोर हुनबाट बचाउँछ ।
७-यसमा आयरन हुन्छ । यसले रगतको कमी(एनीमिया) बाट बचाउँछ ।
यस्ता ३ किसिमले व्यक्तिले खानुहुँदैन, १-जसलाई पीरियड्स समस्या छ अदुवा गरम प्रकृतीको हुन्छ । जो व्यक्तिलाई पीरियड्स समस्या हुन्छ, उनीहरूले यसको सेवन गर्नुहुँदैन । यसबाट समस्या बढ्न सक्छ । २-जसलाई एसिडिटीको समस्या छ, यसलाई बढी खाँदा एसिडको स्तर बढ्न सक्छ । यसकारण एसिडिटी जस्ता पेटको समस्या हुँदा यसको सेवन गर्नुहुँदैन । ३-जसलाई डायबिटीज छ, अधिक अदुवा खाँदा ब्लड शुगर लेभल लो हुनसक्छ । यसकारण डायबिटीजको रोगीले यसलाई खानुहुँदैन।
-भरतसन्तोषी,नुवाकोट : नुवाकोटको प्रमुख बालीको रूपमा लिईने कोदो खेतीमा सेतो पुत्ले रोग लागेर सखाप भएको छ।विशेषगरी नुवाकोटको सुदुरपुर्वी क्षेत्रको मध्य उत्तरी भूभागमा यस प्रकारको रोगको व्यापक सङ्क्रमण भएको पाईएको जिल्ला कृषि बिकासका क्षेत्रीय कृषि सहायक प्राविधिक राजनकुमार डङोलले दि पावर न्युजलाई बताउनुभयो। नुवाकोटको मध्य उत्तरीय क्षेत्रमा यश रोगको सङक्रमण अधिक छ।सुरुमा पात सेतो हुने र क्रमशः डाठ ढल्ने यस रोगको लक्षण देखिन्छ।पन्चकन्या गाउँ पालिका भद्रटारका कृषक कृष्ण सेढाई भन्छन् ´कोदो बालीमा रोग लागेको अहिलेसम्म थाहा थिएन।`उनले भने´बाली थन्काउने बेला भैसक्यो महामारी उस्तै छ।` मध्यपहाडी भुभागको प्रमुख बालीको रुपमा लिईने कोदो बाली नुवाकोटमा मात्रै झन्डै २हजार रोपनी क्षेत्रफलमा कृषकहरुले लगाउदै आएका छन। मुड्के,मुठ्ठी,छाते जातको कोदो बाली सबैमा पुत्ले रोगको सङक्रमण देखिएको छ।नुवाकोटको सुदुरपुर्वी मध्य उत्तरी भुभाग पन्चकया,भद्रुटार,महाकाली,सिक्रे,लिखु लगायतका क्षेत्रमा यसप्रकारको डाठ ढल्दै जाने,पात सेतो हुने पुत्ले रोगको सङक्रमण देखिएको छ।बिगतका वर्षमा कुनै रोग नलाग्ने कोदो बालीमा यस वर्ष अचानक रोग लागेको ले कृषकहरु समेत उपचारमा अलमलिएको भद्रुटारका स्थानीय शिक्षक रामहरि गिरीले बताए।
२६ फागुन, सप्तरी – भारततर्फ अवैध रुपमा लगिँदै गरेको ३३ वटा गाईगोरुसहित एक जनालाई प्रहरीले महुवा गाविसस्थित बलान खोला किनारबाट आज पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका टोलीले लौकाहा ठाडी–५ बस्ने २३ वर्षीय ताहिर मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका मियाँसहित गाईगोरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय राजविराजमा बुझाइएको छ ।
धादिङ – गाउलेहरुको रमाईलो धार्मिक पर्व । अाफन्त साथीभाईहरूको भेटघाटस्थल । जेरी, मिठाई, बदाम, सुन्तला र सखरखन्डको स्वाद। तामाँगसेलो, दोहरी, भजन, चुड्का अनी पन्चेबाजा ।समग्रमा आस्थाको केन्द्र, हाम्रो सम्पदा ।
याे जात्रा यस वर्ष मुख्य मन्दिरमा हुने सबैभन्दा ठूलाे जात्रा हाे । यस मन्दिरमा बलि पनि दिइन्छ तर कुखुरा परेवा र बाेकाकाे मात्र बलि दिइन्छ । राँगाे र भेडाकाे बलि दशैँघर अर्थात् गाउँकाेटकाे पूर्वी थुम्काकाे मन्दिरमामात्र । मंसिरकाे याे विशेषजात्राकाे दिनमात्र यस मुख्यमन्दिकाे मूलढाेका रातभर खुलै राखिन्छ । पर्सि बिहान सबेरै करीब सबा ५ बजे माईकाे सवारी बेसीकाेटकाे अर्काे मन्दिरमा भव्य नगरा बाजागाजा, शंखघण्ट, माईका दैनिक पूजाअारतीका सामानसहित सवारी चलाइन्छ । बेसीकाेटमा माईलाई भित्र्याएपछि दहीचामलकाे प्रसाद वितरण गरी भव्य न्वागीजात्रा मनाइन्छ । जात्राका स्थानीय विशेषता र राैनक पृथक र विशेष स्वाभाविक रुपमा हुनेछ ।
यसपालि श्री त्रिपुरासुन्दरी माईकाे यस भव्य सवारीयात्राकाे समाचार संकलन र छायांकनका लागि इमेज च्यानलका पत्रकार प्रतीक लामिछानेकाे संयाेजनमा देशका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुकाे एेतिहासिक रुपमा उपस्थिति हुँदैछ भन्ने जानकारी यस पेजलाई भर्खरै प्राप्त भएकाे छ । विनिन्न नाैवटा टेलिभिजनका संवाददाता तथा क्यामेरामेन, दैनिक छापा पत्रिका तथा वेभ पत्रिकाका संवाददाताहरुसमेत ३२ जना सञ्चारप्रतिनिधिहरुकाे याे व्यावसायिक जमघट श्री त्रिपुरासुन्दरी माई भगवतीकाे चरणमा हुनु सल्यानकाेटबासी र समस्त संस्कृतिप्रेमी भक्तजनका लागि पनि गाैरवकाे कुरा हाे ।
श्री जगदम्बा माईकाे मन्दिरसम्बद्धी गाेपनीयता राखिनुपर्ने परम्परागत विषयबाहेकका यावत् एेतिहासिक, सांस्कृतिक अनि स्थानीय क्षेत्रका विविधताबारे सञ्चारजगतकाे जिज्ञासा पूरा गरिदिनुहुन सम्बद्ध सबैमा विनम्र अनुराेध छ । साथै पाहुनाहरुप्रति स्थानीय परम्पराअनुसार स्वागत सम्मान अनि अात्मीयता प्रस्तुत गरिदिनुहुन पनि सबै स्थानीयवासीमा सादर अनुराेध छ ।
हामीबाट हुने सम्मान हाम्रै गाैरव हाे र यसबाट हाम्रै गरिमा उच्च हुनेछ । यस जानकारीलाई पढ्नुभएका श्री त्रिपुरासुन्दरी माईका भक्तजनले जात्रालाई विशेष सफल बनाउन यस जानकारीलाई यथाशक्य रुपमा स्थानीय तहसम्म पुर्याउन सहयाेग गरिदिनुहुन पनि हार्दिक अनुराेध छ ।
सल्यानकाेट र सल्यानबेसीमा अवस्थित श्री त्रिपुरासुन्दरी माईकाे मन्दिरमा यही मंसिर १७ र १८ गते हुने विशेष सांस्कृतिक सवारीयात्रा र भव्य न्वागीजात्राकाे तयारीबारे प्रचारप्रसारका लागि मंसिर १० गते धादिङबेसीमा पत्रकार भेटघाट सम्पन्न भयाे ।
सिद्ध तीर्थस्थल श्री त्रिपुरासुन्दरी माईकाे मन्दिरमा हरेक वर्ष हुने सांस्कृतिक न्वागी जात्रा यस वर्ष मंसिर १८ गते परेकाे छ । १७ गते हुने गाउँकाेट जात्रा, १८ गते सबेरै गाउँकाेटबाट बेसीकाेटमा हुने भव्य सवारीयात्रा र बेसीकाेटमा हुने विशाल एवं भव्य न्वागीजात्रामा सहभागी हुन धादिङ्काे सल्यानकाेटमा पाल्नुहुन सबैमा सादर निमन्त्रणा ।
(शिव लामिछाने र राजन गौली को फेसबूक बाट साभार )
दि पावर न्युज सम्वाद दाता, काठमाडौ ।- हाल पहाडका ४० जिल्लाका ३० हजार कृषकले करिब एक हजार ९११ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा कफीखेती गर्दै आएका छन् । कफीखेतीको विस्तार, आम्दानीको आधार’ भन्ने मूल नाराका साथ कफी दिवस मनाइँदै छ । नेपालमा पहिलोपटक गुल्मी जिल्लाको आँपचौरबाट कफीखेतीको सुरुवात भएको हो । नेपालमा कफीखेतीको सुरुवात १९९५ सालमा गुल्मीको आँपचौरबाट सुरु भए पनि करिब ३७ वर्षपछि २०३२ सालमा सरकारीस्तरबाट बीउ भारतबाट आयात गरी किसानलाई वितरण गरी व्यावसायिक खेतीका रुपमा विकास भएको हो । समुद्री सतहदेखि करिब ८०० मिटरदेखि १६ सय मिटरको उचाइ कफीखेतीलाई उत्तम क्षेत्र मान्न सकिन्छ । यहाँ व्यावसायिक तवरबाट अराविका जातको कफीखेती गरिँदै आएको छ ।
हाल ललितपुर, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, अर्घाखाँची, बाग्लुङ, पर्वत, गोरखा, लम्जुङ, धादिङ, तनहुँ, मकवानपुर, रसुवा, नुवाकोट, ओखलढुङ्गा, रामेछाप र इलाम जिल्लामा व्यावसायिक रुपमा कफीखेती हुँदै आएको छ भने म्याग्दी, सङ्खुवासभा, पाँचथर, रुकुम, सल्यान र जाजरकोटमा कफीखेती क्रमिक रुपमा विस्तार भइरहेको बोर्डले जनाएको छ ।