अमेरिकाको उत्तरपुर्वी राज्यहरूमा भिषण हिमपात

बायुमण्डलीय चापमा आएको गिरावटले अमेरिकाको उत्तर पूर्वी राज्यमा एक्कासी चिसो बढ्नुका साथै भिषण हिमपात सुरु भएको छ ।  अान्ध्र महासागरसँग जोडिएका उत्तर पूर्वी राज्यमा तापमानमा गिरावट आई हिमपात र चिसो बढेको हो । चिसो र मौसमसँग सम्बन्धित घटनाबाट १६ जनाको मृत्यु भइसकेको सीएनएनले जनाएको छ ।  प्रतिकुल मौसममा कारण त्यस क्षेत्रका ३ हजार भन्दा बढी उठान रद्द भएका छन् । कैयौँ उडानहरु समयमा हुन सकेका छैनन् ।

न्यूयोर्क, बोस्टन लगायतका क्षेत्रमा बस्ने नेपालीहरूले सामाजिक सञ्जाल मार्फत लगातार प्रतिकुल मौसमको बारेमा उल्लेख गर्दै सतर्क हुन सुझाव दिएका छन् ।
 द न्यूयोर्क टाइम्सका अनुसार स्थानीय मौसम सेवाले न्यूयोर्क, न्यूजर्सी, कनेक्टिक राज्यमा अत्यधिक हिमपात हुने जनाउँदै हिउँदे आँधी आउने  र

नेपालीको धना बस्ती रहेको न्युयोर्कको कुईन्समा १० इन्चसम्म हिउँ पर्ने मौसम सेवाले जानकारी दिएको छ ।  नर्थ क्यारिलाइना देखि मेइन राज्य भित्र उच्च हिमपात र चिसो बढ्ने हुँदा यात्रा निकै कठिन देखि असम्भवसम्म हुने राष्ट्रिय मौसम सेवाले जनाएको छ । भर्जिनियामा पनि १२ इच्चसम्म हिउँपर्न जनाइएको छ ।
Spread the love