भारततर्फ अवैध रुपमा लगिँदै गरेको ३३ वटा गाईगोरुसहित एक जनालाई पक्राउ

arrest

२६ फागुन, सप्तरी – भारततर्फ अवैध रुपमा लगिँदै गरेको ३३ वटा गाईगोरुसहित एक जनालाई प्रहरीले महुवा गाविसस्थित बलान खोला किनारबाट आज पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका टोलीले लौकाहा ठाडी–५ बस्ने २३ वर्षीय ताहिर मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका मियाँसहित गाईगोरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय राजविराजमा बुझाइएको छ ।

Spread the love