देशभरका स्वास्थ्य सेवा बन्द गर्ने आन्दोल कार्यक्रम घोषणा

देशभरका स्वास्थ्य सेवा बन्द गर्ने आन्दोल कार्यक्रम घोषणा

काठमाडौं :  नेपाल चिकित्सक संघले आइतबार देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वाथ्य सेवा बन्दगर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी संघले सो घोषणा गरेको हो ।मुलुकी संहिता अपराध ऐन संशोधनको प्रकृया अगाडी नबढाएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

E

काठमाडौं-रक्सौल रेलमार्ग चोभारसम्म

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा काठमाडौं-रक्सौल रेलमार्ग चोभारसम्म आउने हस्ताक्षर भएको छ। भारतले आफ्नै लगानीमा उक्त अध्ययन गर्नेछ। रेलमार्ग निर्माणका लागि सुरक्षित भूबनोट तथा अन्य प्रविधिक विषयमा अध्ययन गरी रेलमार्गको लम्बाइका बारेमा समेत जानकारी दिनेछ। सम्झौतामा काठमाडौँ-रक्सौल रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्राविधिक तथा प्रविधिको प्रयोगसमेत भारत सरकारका तर्फबाट हुने उल्लेख छ। रेलमार्ग काठमाडौँको चोभारसम्म ल्याइनेछ।  सम्झौताअनुसार भारत सरकारले आफ्नै लगानीमा आफ्नै प्रविधिको प्रयोग गरेर उक्त रेलमार्गको अध्ययन गर्नेछ। रेलमार्गको निर्माणपछि  विशेष प्राथकितामा राखेको सो रेलमार्गलाई शीघ्र निर्माण प्रक्रियामा लैजान विशेष प्रयास गर्ने भएका छन्।  रेलमार्गको निर्माण अवधि नौ वर्ष रहने छ।

अफ्रिकामा द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

अफ्रिका : अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ ।बालबालिकालाई प्रत्यक्ष घाउचोट लाग्नुका अलावा द्वन्द्वका कारण धेरै वर्षसम्म बालमृत्यु र पुड्कोपनका समस्या आइरहेको हुन्छ  ।

 

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

रेडियो नेपालका पहिलाे गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रिमालको ९३ वर्षीमा निधन  भएको छ ।  उनले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभिनय गरेका थिए । अभियनसँगै उनले निर्देशनको पाटोसमेत सम्हाले ।

रिमालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जलीका लागी बिहान ७ बजे देखी उहाँकै निवास नयाँ बानश्वर ह्वाइटहाउस कलेज अगाडी राखीएको छ । रिमालप्रति श्रदाञ्जली अर्पण गर्न अहिले उनको बानेश्वर हाइटस्थित निवासमा कलाकारहरुको भीड लागेको छ ।

लिबियामा दुई समूहबीच झडप हुदा २७ जना मारिए

लिबियामा दुई समूहबीच झडप हुदा २७ जना मारिएमारिएका छन्  ।   सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ । लिबियाको राजधानीबाट आन्दोलनको बलमा मोहम्मर कद्दाफिलाई हटाइएपछि त्रिपोलीमा विभिन्न लडाकू दस्ताबाट पटकपटक आक्रमण प्रयासहरू भएका छन् ।

 

चौथो बिमस्टेक सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं :  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिमस्टेकको चौथो सम्मेलन सुरु भएको छ ।  बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको  उद्घाटन गरेका हुन् ।  सम्मेलनमा सहभागी सदस्य  मुलुकहरुमा श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ रहेका छन् । सम्मेलनमा ऊर्जा  तथा व्यापारमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने विषयमा छलफल  सुरु भएको छ।

मोदी काठमाडौं आउँदा देशैभरिका उडान बन्द

काठमाडौंमा आजदेखि सुरु हुने चौथो बिमस्टेक शिखर बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा देशैभरि दुईघण्टासम्म उडान बन्द गरियो । मोदी विहीबार बिहान काठमाडौं आइपुग्नुभएको हो ।अन्य मुलुकका राष्ट्राध्यक्षा तथा सरकार प्रमुख आउँदा नियमित गरिएको त्रिभुवन विमानस्थल मोदी आउँदा बन्द गरिँदा क्षेत्रीय उडानसमेत प्रभावित भए । काठमाडौं उपत्यकाको यातायातमा केहीबेर अवरोध आउने गरेको भएता पनि हवाइ उडान चाहिँ प्रभावित भएको थिएन । तर, विहीबार भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा देशैभरिको हवाई उडान दुर्इ घण्टासम्म बन्द गरियो ।

 

 

 

 

हात्तीले माउतेलाई मारेपछि

चितवन :सौराहास्थित  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट माउतेलाई मारेपछि  दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद ९ख० नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए । सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो ।

घरको छतबाट खसेर मृत्यु

नुवाकोट : घरको छतबाट खसेर नुवाकोट एक युवतीको मृत्यु भएको छ। विदुर नगरपालिका- १ ढुंगेबजार घर भएकी २९ वर्षीया सिर्जना ढुंगानाको बिहीबार आफ्नै घरको छतबाट खसेर ज्यान गएको हो। फोहोर फाल्नका लागि दुई तल्लामाथि रहेको घरको छतमाथि पुगेकी ढुंगाना एक्‍कासी खसेर घर अगाडिको सडकमा बजारिएकी थिइन्। उनलाई तत्काल स्थानीयबासीले उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएको थियो। तर उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषित गरेको  हो।