तराईमा कठ्यांग्रिएर २१ जनाको मृत्यु – शितलहर सुरु,

sitlahar

तराईमा कठ्यांग्रिएर २१ जनाको मृत्यु – शितलहर सुरु,

दि पावर न्युज सम्वाद दाता, काठमाडौ, तराईका २० जिल्लामा शीतलहर सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं पश्चिमको नवलपरासीदेखि कञ्चनपुरसम्मका तराईका जिल्ला बढी प्रभावित छन् । पूर्वमा भारतसँग सीमा जोडिएका मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, धनुषा, पर्सा, बारा, झापालगायत जिल्लामा पनि बिहानैदेखि कुहिरोले ढाक्न थालेको छ । तराईका जिल्लाहरूमा एक सातायता बढेको जाडोका कारण कठ्यांग्रिएर २१ जनाको मृत्यु भएको छ । महोत्तरीमा ७, रौतहटमा ६, सिराहमा ३, मोरङमा ३, सप्तरी र झापामा १÷१ जनाएको मृत्यु भएको हो । जाडोका कारण दलित र सुकुम्बासी परिवारहरू सबैभन्दा बढी समस्यामा छन् । चिसोका बिरामीहरू स्वास्थ्य संस्थाहरूमा भिडमभीड छन् । खासगरी वृद्धवृद्धा र बालबालिकामा श्वासप्रश्वास, निमोनिया, कोल्ड डायरियालगायत समस्या अत्यधिक देखिएको छ ।
परिकौलीस्थित नेपाली सेनाको शेर गणले दाउरा बाँडेर जलेश्वर, मटिहानीलगायत २ दर्जनभन्दा बढी सार्वजनिक स्थानमा

आगो ताप्ने व्यवस्था मिलाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलेश्वर तथा गौशाला नगरपालिकासमेतले दाउरा वितरण गरेका छन् । तर पनि समस्या ज्यूँ का त्यूँ रहेको छ । बाक्लो कुहिरोका कारण चितवनलगायत जिल्लाका राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । चालकले हुस्सुका कारण केही नदेख्ने अवस्था छ ।

Chaupaya

जाडोका कारण चौपायाहरूमा विभिन्न प्रकोप देखापरेको छ । झण्डै ३ सय चौपायको मृत्यु भइसकेको छ । ३ हजारभन्दा बढी हेक्टरमा लगाइएको आलु र गोलभेडामा डढुवा रोग फैलिएको छ ।

नेम्वाङले बाेलाएकाे बैठकमा अाेली र प्रचण्ड अनुपस्थित

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधबार आह्वान गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक केपी अाेली र प्रचण्डकाे अनुपस्थितिका कारण स्थगित भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

प्रचण्ड भने ललितपुरको हात्तिवनस्थित उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवासमा सात दलीय मोर्चाको बैठकमा सहभागी भएकाले बैठकमा अाएनन्। एमाले अध्यक्ष ओली पार्टी कार्यक्रमको लागि गृहजिल्ला झापामा छन् ।
Jahaj

हराएको जहाजका १० टुक्रा समुन्द्रमा

काठमाडौँ, १५ पुसः एक सय ६२ यात्रुसहित आइतबार बिहान बेपत्ता भएको एयर एसिया इन्डोनेसियाको जहाज जाभा समुन्द्रमा भेटिएको छ।इन्डोनेसियाका सैनिक विमानले उडान नम्बर क्यु जेड ८५०१ को ए ३२०(२०० जहाजको ढोका र इमरजेन्‍सी स्लाइडसहित १० टुक्रा भेटाएको हो। एयर सियाको सो जहाजलाई इन्डोनेसिया अनुसन्धान अधिकारीहरूले जाभा समुन्द‍्रमा १० टुक्रासहित फेला पारेको छ। विमानस्थलका अधिकारीहरूका अनुसार सम्पर्क टुट्नुअघि पाइलटले पूर्वनिर्धारित रुटभन्दा फरक मार्गमा उड्ने अनुमति मागेका थिए। सुराबाया उडेको केही समयपछि जाभा सागरमाथिबाट अन्तिमपटक उक्त जहाज एअर ट्राफिक कन्ट्रोलरको सम्पर्कमा आएको थियो।

यश कुमार ले न्यूयोर्क तताउदै

न्यूयोर्क – लोकप्रिय गायक यश कुमार ले सुन्निमा साझको छैटौ सस्करण मा आफ्नो गायन को जादु देखाउने भएका छन । युबा पुस्ता हरु माझ चाहे स्वदेश होस या बिदेश मा उति नै लोकप्रिय गायक यश कुमार को प्रस्तुती हेर्न न्यूयोर्क बासी नेपाली हरु आतुर छन । “मैले छोएको पानी चल्दैन”, “थाकेको यो नजर मा” “त्यो तिम्रो घर को गल्ली पनि” “हिजो अर्कै सँग देखे” “तिम्रो मन बदलिए छ” “बाटो मुनी को फुल्” “तिमी लाई कुनै पल्” जस्ता कालजयी गित संगीत का हस्ती यश कुमार्, न्यूयोर्क को घना नेपाली बस्ती देखेर आफु बिदेश मा नभइ स्वदेशमा नै भए को जस्तो लागी रहेको महसुस भएको बताउछन । यश कुमार को संगीत ले समाज मा गहन सन्देश दिएको र  उनको संगीत ले समाज परिवर्तन गर्ने दाबी कार्यक्रम आयोजक मध्यका एक प्रताप राइ बताउनु हुन्छ ।

प्रबास मा बिभिन्न कार्यक्रम हुँदा कलाकार हरु लाई पनि आर्थीक हिसाब ले पनि राम्रो हुने र बिशेस त यश कुमार जस्ता कलाकार, देशको नै इज्जत भएको पत्रकार हेमन्त सापकोटा बताउनु हुन्छ ।

विगतका वर्ष हरू झैँ यसपालि पनि सुन्निमा साझको छैटौ सस्करण अमेरिकाको न्यूयोर्कमा हुँदैछ। किरात  राई सोसाइटी अमेरिका ले आफ्नो जातीय, मौलिक्, भाषा, कला सस्कृती को जगेर्ना गर्ने उदेश्य ले न्यू योर्क मा “सुन्निमा साझ्” आगामी डिसेम्बर ३१ तारिख को दिन कुइन्स प्लेस, उड्साइड मा हुँदैछ । बुधवार डिसेम्बर ३१ मा हुने उक्त कार्यक्रम साझ ८ बजे बाट सुरु भई  रात को २ बजे सकिने छ । उक्त कार्यक्रम मा नेपालका लोकप्रिय गायक गयिका हरू को बाक्लो उपस्थिति रहने छ । उक्त कार्यक्रम मा लोकप्रिय गायक जगदिश समाल्, तिलक श्रेष्ठ, पबित्रा परियार्, राजेन्द्र राई, तारा गुरुङ्, यसोधा खालीङ आदी को पनि प्रस्तुति रहने छ । सन २००३ मा अमेरिका को विभिन्न राज्यमा बस्दै आएका किरात राई हरू ले विभिन्न रचनात्मक कार्य गर्ने उदेश्य ले खोलेका किरात राई सोसाइटी उफ अमेरिका ले वर्षेनी, किरात राई हरुको महान् चाड उधौली को अवसर मा उक्त सस्था ले विगत ६ वर्ष देखी “सुनिम्मा साझ्” को आयोजना गर्दै आएको छ । सुन्निमा साझ न्यूयोर्क मा हुने लोकप्रिय कार्यक्रम मध्य एक हो । सुन्निमा साझ जस्ता कार्यक्रम हरु ले प्रबासी नेपाली दाजु भाइ हरु लाई बिसुद्ध मनोरन्जन दिएको छ । यस्ता कार्यक्रम हरु लाई निरन्तर्ता दिनु पर्ने कुरा युबा नेता प्रकाश बस्नेत बताउछन ।

 

 

Chitwan Mahotsab

हात्ती महोत्सवमा सुन्दरीको उपाधि पिङकीकलीको हातमा

चितवन १४ पुसः चितवन हात्ती महोत्सवको अन्र्तगत हात्ती सुन्दरी उपाधि पिङकीकलीले जितेको छ । आज भएको उपाधि भिड्न्तमा ११ बर्षिय पिङकीकली उपाधि जित्न सफल भएको हो । त्यस्तै पुष्पाकली फस्ट रनर अप हुँदा प्रकृतिकली सेकेण्ड रनर अप भएको थियो ।
यसैगरी आज भएको हात्ती दौडको दोश्रो सेमी फाईनलवाट ३ वटा हात्ती फाईनलमा प्रवेश गरेका छन । बुबो टा्भल्सको पिङकीकली, आउट साइड एड्भेन्चरको लक्ष्मीकली र होटल ल्याण्ड मार्कको लक्ष्मीकली फाइनलमा प्रवेश गरेको नतिजा प्रकाशन उपसमितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । छावा फुटबलमा टान नेपाल तेश्रो भएको छ ।
तेश्रो स्थानका लागी भएको खेलमा सिजी फुड्सलाई टानले ३÷१ ले पराजित गरेको हो । त्यसैगरी महोत्सव अन्र्तगत आजै भएको टाँगा दौड प्रतियोगितामा पारदर्शी दैनिक प्रथम, शुभलक्ष्मी मेडिकल हल द्वितीय र विजय एफएम तृतीय भएको छ ।

JET-AIR

मुम्बईदेखि काठमाडौ आईरहेको बिमानमा आगलागी

काठमाडौं, १४ पुस – मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एअरवेजको विमानमा अवतरणका क्रममा आगो लागेको छ । विमानस्थलका अधिकारीका अनुसारअवतरणका क्रममा चरा ठोक्किएपछि विमानको पछिल्लो भागमा आगो लागेको हो ।

विमानस्थलको नजिकै विमान आइपुग्दा चरो ठोक्किएको र आगो लागेको भए पनि इमर्जेन्सी अबतरण गरिएकाले कुनै क्षति हुन नपाएको विमानस्थलका अधिकारीले जनाएको छ । विमान सकुशल अवतरण भएको छ र यात्रुहरु विमानबाट ओर्लिएको बताएको छ । विमानको इञ्जिनमा चराको मासुका टुक्राहरु देखिएको र प्राविधिकहरुले जाँच गरिरहेको जनाएको छ ।

bicc

‘माघ ८’को सुरक्षा प्रभावकारी बनाउन निर्देशन – गृहमन्त्री वामदेव गौतम

काठमाडौं : गृह मन्त्रालयले आगामी माघ ८ गतेलाई लक्षित गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले तीनवटै सुरक्षा निकाय (जनपद प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुख र क्षेत्रीय प्रशासकहरूलाई माघ ८ को आसपासमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि सजग रहन निर्देशन दिएको हो। दलहरूबीच माग ८ गते संविधान जारी गर्ने सहमति छ। तीनैवटा सुरक्षा निकायका प्रमुख, क्षेत्रीय प्रशासक र एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भेला गरी आइतबार मन्त्रालयले माघ ८ को सुरक्षा योजनाबारे छलफल गरेको हो।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले माघ ८ आसपास हुने सम्भावित सुरक्षा थ्रेट (चुनौती) विश्लेषण गरी सुरक्षा योजना तयार पार्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका थिए। बैठकमा माघ ८ लाई लक्षित गर्दै हुन सक्ने विभिन्न विरोधका कार्यक्रम र उच्छृंखल गतिवधि नियन्त्रणका लागि अवलम्बन गर्ने रणनीतिबारे छलफल भएको थियो।
बैठकमा गृहमन्त्री गौतम, गृहसचिव सूर्यप्रसाद सिलवाल, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक जितबहादुर केसी, क्षेत्रीय प्रशासकहरू र सुरक्षा संवेदनशील ठानिएका एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए।
मन्त्रालयको बैठकमा जानुअघि प्रहरी महानिरीक्षक अर्यालले उपत्यकामा उपलब्ध एसएसपी, डीआईजी र एआईजीहरूसँगमाघ ८ अघि र संविधान जारी नभए हुन सक्ने सुरक्षा चुनौतीबारे छलफल गरेका थिए।
प्रहरी प्रधान कार्यालयमा भएको उक्त बैठकमा कार्य विभागका डीआईजी पूणसिंह खड्काले माघ ८ को सम्भावित सुरक्षा चुनौतीबारे विश्लेषण गरेका थिए। प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले संवेदनशील अवस्थामा अपनाउनुपर्ने सुरक्षा योजनाबारे छलफल भएको जानकारी दिए कुरा आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
Aeroplen

एयर एसियाको विमान सम्पर्कविहीन

काठमाडौँ, १३ पुसः इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ । सुरबायाबाट सिंगापुरका लागि उडेको एयर एसियाको QZ8501 विमान सम्पर्कविहीन भएको हो । विमानमा १६२ जना भएको इण्डोनेसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एयर एसियालेविमानसँगको सम्पर्क टुटेको जनाएको छ ।

Chitwan hatti mahostsab

“समाज, संरक्षण र सम्वृदि” -११ औं चितवन हात्ती महोत्सव

प्रेस विज्ञप्ती

“समाज, संरक्षण र सम्वृदि” भन्ने नाराका साथ यो वर्षको  चितवन हात्ती महोत्सवको ११ औं संस्करण आगामी डिसेम्बर २६ देखि ३० तारिख सम्म अर्थात २०७१ पौष ११ देखि १५गते सम्मआयोजना गर्न लागि रहेको  जानकारी गराउन पाउदा हामि ज्यादै हर्षित छौं । आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन तथा लोप हुदैं गएको हात्तीहरुको संरक्षण र यसको महत्वको बारे जानकारी दिनु , वन्यजन्तु संरक्षणमा एकजुट हुनु र जनचेतनाअभिबृद्धि गराउनुनै यो महोत्सवको मुख्य उद्देश्य रहि आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन जगतमा भिन्नै स्थानबनाउन सफल यस महोत्सवले समग्र चितवनको बा्रन्डिंगमा  महत्वपुर्ण योगदान गरीराखेको छ । सुरुवाति दिन देखि अहिलेसम्मको ११औं संस्करणसम्म आईपुग्दा हामीले हात्तीसँगका अनेकौ रोचक खेलहरुलाई पस्कदै  आएको कुरा यहा हरुलाई अवगत गराउन चाहान्छौ । विस्वमा आएका पछिल्ला चुनौतिलाई हृदगंम गर्दै हामीले यो कार्यक्रमलाई हात्ती मैत्रीबनाउदै लैजाने र  विस्तारै यो महोत्सवको ढाँचा परिवर्तन गर्ने तर्फ हामि  लागी रहेका पनि छौं । यसै वर्ष देखि हामीले कार्यक्रमको नौलो आर्कषण को रुपममा हात्ती वनभोज  कार्यक्रम अगाडि वढाउन गएको कुरा यहाहरुलाई जानाकारी गराउन पाउदा हामि ज्यादै नै हर्षित छौ । अनि, यसै वर्ष देखि विगतको परम्परा तोड्दै  हामीले हात्तीलाई एक तर्फीमात्र दौडाउने कुरा पनि जानाकारी गराउन चाहान्छौं । जंगल र जंगलीजनावर राष्ट्रका साझा सम्पती भएकोले यिनीहरुको संरक्षण गर्नु हामीसबैको दायित्वहो। यसमा संपुर्ण सरोकारवालाहरु एक भई हात्ति संरक्षण मा लाग्न हार्दिक अपिल पनि गर्दछौ।  हात्तीबिना यस महोत्सव असम्भव रहेको र अनि मानिस पनि सगँगगै खेल्ने खेल भएकोले हात्ति सरंक्षण र यसको विकासमा यहाका स्थानिय कति जागरुक र कटिवद्ध छन् र हात्ति प्रतिको दायित्व र आफ्नो व्यवहार प्रति को जवाफदेहिता लाई पनि यस महोत्सवले  प्रस्ट पार्दछ यो नैे वन्यजन्तु संरक्षणमा सकारात्मक सन्देश हो भन्ने हामिलाई लागेको छ । हाम्रो जस्तो विकासोन्मुख देशमा वन र वन्यजन्तु संरक्षणमा लाग्दै गर्दाका धेरै चुनौतिहरु विद्यमान भए पनि यसैलाई आर्कषण गरी   प्रत्यक्ष रुपमा पर्यटन विकासमा टेवा पु¥याउनु भनेको एक उपलब्धि मान्नुपर्दछ।  निश्चयनै पर्यटन र यसको पर्यटकिय संभावनाहरुलाई जोगाउन पनि पर्यटनमा आवद्ध स्थानियको प्रतक्ष्य सहभागितामा वन र वन्यजन्तु संरक्षणमा लागीरहनु भनेको  निश्चयनै गर्वको कुरा हो।
यहाँहरुको महत्वपूर्ण सहयोगलेनै चितवनहात्ती महोत्सव जस्तै चितवनलगायत नेपालको अन्यमहत्वपूर्ण पर्यटकीय स्थानहरुमा यसखाले गतिविधीहरु स्थापितहुन सफलभएका छन् । यसको सकारात्मकप्रचार–प्रसारले यस महोत्सवको निरन्तरता दिने र सहभागिता बढाउने मात्रनभई नेपाल प्रतिको आर्कषण लाई अझै उचाईमा पु¥र्याइरहेकोे पनि छ । अन्त्यमा, यहा उपस्थीत संपुर्ण  सञ्चारमाध्यममा  (अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानिय टेलिभिजन, रेडियो, पत्रपत्रिकाहरु लगायत संपुर्ण अनलाईन मिडियाहरुमा) आवद्ध पत्रकार मित्रहरुले हाम्रो यस कार्यक्रमलाई उचित स्थान दिनुहूनेछ भन्ने आशा र विस्वास गरेका छौ । सगसगै यस कार्यक्रमको दौरानमा स्वयं आफै उपस्थीत भई  ११औं चितवन हात्ती महोत्सवमा सञ्चालनहुने हरेक गतिविधीहरुको अझ परिस्कृत ढगंले  निरन्तर प्रसारण तथा प्रकाशन गराई यस महोत्सवलाई  बिगतकावर्ष हरुमा भन्दा पनि अझ वढि उत्कृष्ट र सफल वनाई दिनुहुन पनि हामि क्षेत्रिय होटेल संघ, नेपाल,चितवन हार्दिक अनुरोध गर्दछौं । साथै यस महोत्सव भरी यहाँहरुको सक्रिय सहभागिताको  लागि समेत हामी विनम्र अनुरोध गर्दछौं ।
कार्यक्रमबारे जानकारी
    महोत्सव हुने मिति ः–
    २०७१पौष ११,१२,१३,१४ र १५ गते ( तद्नुसार २६,२७,२८,२९ र ३० डिसेम्बर २०१४ ) सम्म
    महोत्सवहुने स्थान ः–
    बाघमारा मध्यवर्ती सामुदायिक वनको चौर,सौराहा ( नेपाल दुर सञ्चारको टावर नजिक )

    महोत्सवको विशेष आकर्षणहरु ः–
    हात्तीपिकनिक
    हात्ती दौड प्रतियोगिता
    हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता
    हात्तीको श्रँृगार प्रतियोगिता
    गाडा दौड प्रतियोगिता
    टाँगा दौडप्रतियोगिता
    डुङ्गा दौडप्रतियोगिता
    हात्तीको दिनचर्या बारे जानकारी
सञ्चार माध्यलाई व्यवस्था
    यस वर्ष हाम्रो कार्यक्रम स्थलमा निशुल्कवाईफाईको व्यवस्थागरिएको छ ।
    समाचार सम्प्रेषण गर्न हामीले मिडिया सेन्टरको स्थापना पनि गर्ने छौं ।
    कार्यक्रमको उद्घाटनको दिनएभिया क्लबको अल्ट्रा फ्लाईटले झण्डातोलन र पुष्प वर्षा गर्ने छन् ।
    आयोजक
    क्षेत्रीय होटल संघ नेपाल,चितवन

    सह–आयोजकहरु
    रत्ननगर नगरपालिका
    मृगकुञ्जउपभोक्ता समिति
    बाघमारा मध्यवर्ती सामुदायिक वन
    चित्रसेन मध्यवर्ती सामुदायिक वन
    युनाईटेड हात्ती संचालन सहकारी संस्थालि.
    रेष्टुरण्ट एण्ड बार एसोसियशन सौराहा ( रेवान )
    सौराहा बचत तथा ऋण सहकारी संस्थालि.
    सौराहा पर्यटन व्यवसाय समुह

    प्रवद्र्धक ः–
    नेपाल पर्यटन बोर्ड
अन्य आर्कषण हरु
    राष्ट्रिय तथा स्थानियकलाकारहरु द्धारा विविध सास्कृतिककार्यक्रमहरु

    सहभागी संख्या ः–
    हात्ती दौड प्रतियोगिता – २०
    हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता – ४
    हात्तीको श्रँृगार प्रतियोगिता – ५
    गाडा दौड प्रतियोगिता – २०
    टाँगा दौडप्रतियोगिता – १८
    डुङ्गा दौडप्रतियोगिता – १०
    कलाकारहरु ः–
    ईन्दिरा जोशी
    हेमन्तशर्मा
    भद्रगोल युनिट ( कंक्रोज र वले )
    स्थानिय गायक उमागिरी, नेत्रजीपन्तको आधुनिकलोक तथा दोहोरी गीतहरु  र विनोद लोप्चन।
    रत्ननगर कलामन्दिरकाकलाकारहरुको नृत्य प्रस्तुति
    नारायणी दोहोरी साँझको दाहोरी प्रस्तुती
    अनुमानित बजेट ः–
    ३७,६९,६३० अनुमानित बजेट रहेको छ ।

    सुरक्षाव्यवस्था ः–
    सुरक्षाव्यवथाको लागिकार्यक्रम स्थल वरपर पर्यटन प्रहरी ,जनपथप्रहरी तथा सशस्त्र प्रहरी र स्थानिय क्ल्वका स्वंयम सेवक परिचालन गरिने छ ।
    प्र्राथमिकउपचार
    प्राथमिकउपचारको लागी कार्यक्रम परिसर भित्र एक वटा प्राथमिकउपचारको स्टलको र एमबुलेन्सको व्यवस्थागरिने छ ।
    सहयोगी संस्थाहरु ः–
    चितवन राष्ट्रिय निकुञ्ज
    राष्ट्रिय प्रकृति संरक्षण कोष
    तराई भु–परिधीकार्यक्रम
    कुमरोज मध्यवर्ती सामुदायीक वन
    जन कौली मध्यवर्ती सामुदायीक वन
    लायन्स क्ल्वअफचितवन सौराहा
    वन्यजन्तु संरक्षण समाज नेपाल
    बर्ड एजुकेशन सोसाईटी

……………………….
केशव पाण्डे
काठमांडौ  संयोजक
११औं चितवनहात्तीमहोत्सव–२०७१

wang

विदेशमन्त्री वाङसँग नेताहरु भेटवार्ताका लागि तयार

काठमाडौँ, १३ पुसः राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम चीनका विदेशमन्त्री वाङ यीले अन्तिम समयमा रद्द गरे। उच्च स्रोतका अनुसार संविधान निर्माणमा क्रियाशील नेताहरूलाई छुट्टाछुट्टै भेट्दा नकारात्मक सन्देश प्रवाह हुनसक्नेमा सचेत हुँदै विदेशमन्त्री वाङलेनेताहरूलाई भेट्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन्। तीनदिने नेपाल भ्रमणमा आएका वाङ शनिबार ढाका प्रस्थान गरे।
थोरै प्रदेशसहितको संघीयता र धार्मिक सहिष्णुताका पक्षमा मत जाहेर गर्दै आएको चीनका विदेशमन्त्री वाङले दूतावासले शुक्रबार आयोजना गरेको रात्रिभोजमा सबै दलका नेताहरूलाई सामूहिक रूपमा सम्बोधन गर्दै संविधानका लागि सहमतिका आधार खोज्न सुझाव दिएका थिए। नेपाललाई शान्त, स्थिर र एकताबद्ध बनाउने संविधान निर्माण गर्न सुझाव दिएका विदेशमन्त्री वाङ यीले रात्रिभोजकै क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता झलनाथ खनालसँग संक्षिप्त कुराकानी गरेको अन्नपूर्ण पोस्ट्मा रेवती सापकोटाले लेखेका छन् । चिनियाँ दूतावासले एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष दाहाल, नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्य, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र मधेस केन्द्रित केही दलका नेताहरूसँग पनि वाङले छुट्टै भेटवार्ता गर्ने कार्यक्रम बनाएको थियो। ती नेताहरूलाई विदेशमन्त्री वाङसँग भेटवार्ताका लागि तयार रहन टेलिफोनबाट दूतावासले खबरसमेत गरेको थियो।
विदेशमन्त्री वाङ शनिबार दिउँसो सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख रिट्रिटमा गएको धुलिखेलको द्वारिकाज रिसोर्ट पुगेका थिए। उनी बिहीबार काठमाडौं आएलगत्तै नगरकोट पुगेर क्लब हिमालयनदेखि भ्युटावरसम्म हिँडेरै पुगेका थिए। यसअघि पहिलो संविधानसभा विघटन हुँदा चिनियाँ राजदुत याङ होउलान करिब दुई साता बेइजिङ गएर बसेका थिए। छिमेकी मुलुकलाई प्राथमिकताको सूचीमा राखेका चीनका राष्ट्रपति सी जिनपिङले नयाँ वर्षमा नेपाल भ्रमण गर्ने तयारीस्वरूप विदेशमन्त्री वाङको भ्रमणलाई विश्लेषकहरूले अथ्र्याएका छन्। परराष्ट्र उच्च स्रोतका अनुसार राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई चीन भ्रमणको निमन्त्रणा गर्नुको अर्थ चीनका राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउने तयारीको रूपमा बुझ्न सकिन्छ। ‘हाम्रो चाहना चीनबाट उच्चस्तरीय भ्रमण होस् भन्ने छ। विदेशमन्त्री वाङकोभ्रमणपछि राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउन गृहकार्य सुरु हुने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए। ती अधिकारीले भने, ‘उच्चस्तरमा दुईपक्षीय भ्रमण हुन्छ। चीनका राष्ट्रपतिको भ्रमणबारे चिनियाँ पक्षबाट आधिकारिक जानकारी नगराई हामीले भन्न मिल्दैन।’ विदेशमन्त्री वाङले आगामी मार्चमा हुने बोआओ फोरममा सहभागी हुन राष्ट्रपति यादवलाई निमन्त्रणा गरेका छन् भने प्रधानमन्त्री कोइरालालाई पनि चीन भ्रमण गर्न निमन्त्रणा दिएका छन्।