तिलगंगा आँखा प्रतिष्ठानद्वारा विश्व दृष्टि दिवस साता व्यापी कार्यक्रम 

तिलगंगा आँखा प्रतिष्ठानद्वारा विश्व दृष्टि दिवस साता व्यापी कार्यक्रम 

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवस २०२३ को अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो विहिबारका दिनलाई लक्ष्यित गरेर आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ । यस वर्षको विश्व दृष्टि दिवसको “कार्यस्थलमा आँखालाई माया गरौं” भन्ने नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा नै स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको हो।
मंगलबार आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अस्पताल सेवाकी प्रमुख डा. सिर्जना अधिकारीले विश्व स्वास्थ्य संगठन, आइएपिबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख व्यक्तिहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेको जानकारी गराउनुभयो। वार्षिक रूपमा अनुमानित ३५ लाख मानिसहरुलाई कार्यस्थलमा नै दूर्घटनाबाट हुने आँखा सम्बन्धि चोट लाग्ने गरेको उहाँले बताउनुभयो । समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशत भन्दा कम रहेकोे अध्ययनले देखाएको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा संचारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी डा.रिता गुरुङ्ले जगारदाताले प्रत्येक कार्यस्थलमा कर्मचारीको खतराहरूको जोखिमलाई रोक्न, आँखा स्वास्थ्यको रक्षा गर्न,उमेरका कारणले प्राकृतिक रूपमा हुने दृष्टि सम्बन्धि समस्या कम गर्न जोखिम पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर रहेकोे पनि जानकारी गराउनुभयो। उँहाका अनुसार दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) नै पहिलो कारण रहेको छ भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ । चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ । हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ । पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढि रहेका छन् ।

नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ । दृष्टि कमजोर भएका बालबालिकाहरुको औपचारिक शिक्षा ५ गुणाले कमि हुने संभावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ । ५ जना अन्धोपना भएका बालबालिकाहरु मध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ । यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हुँदै गएता पनि बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु, नयाँ रोगको वृद्धि र मूख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नु पर्ने हो त्यो अनुरुप भएको पाइदैन । संचारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै चिकित्सकहरूले बताए अनुसार नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ । यसको अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मूल्यांकन समय–समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनिकरण गर्दै प्रत्येक नेपालीहरुको जीवनशैली उकास्न उत्पादकत्व वृद्धि गरी राष्ट्रलाई समृद्धि तर्फ उन्मुख गराउन सकिन्छ ।
नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रको भूमिका रहिआएको र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको भए पनि जनचेतनामूलक अभियानमा भने थप कृयाशीलता बढाउन संचारकर्मीहरूले सुझाब समेत दिएका थिए।
अन्तरक्रिया पश्चात् संचारकर्मीहरूको नि:शुल्क आँखा परिक्षण समेत गरिएको थियो।

इजरेलमा आक्रमण

इजरेलले हमासको आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएको जनाएको छ। गाजामा ज्यान गुमाउनेको सङ्ख्या २३० भन्दा बढी पुगेको छ। इजरेलले गाजामा बसिरहेका मानिसहरूलाई  हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ। हमासले  इजरेलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ। हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरेलले दिएपछिगाजाका  मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्। इजरेली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ।

दक्षिण इजरेलमा साइरनका आवाजहरू सुनिएका छन्। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ।इजरेलले गरेका जबाफी हवाई हमलामा २३० जना भन्दा बढीले ज्यान गुमाएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। ती आक्रमणमा १,००० भन्दा बढी मानिस घाइते भएका छन्।

बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनका अनुसार पुस्तौँपछि सीमापारिबाट आफूले भोगेको सबैभन्दा गम्भीर आक्रमणलाई लिएर इजरेल आश्चर्यमा परेको थियो।

कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा

आफ्नो पक्षमा बहुमत नजुट्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री नियुक्त भएका उनले शनिवार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो।    राजीनामा “मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु। त्यही निर्णय तपाईँहरू समक्ष सुनाउनको लागि उभिएको छु।” प्रदेश खारेजीको पक्षमा उभिएका शक्तिहरू हाल सक्रिय रहेको भन्दै उनले सङ्घीयता र संविधान दुवै जोगाउनुपर्ने बताए। उनले भविष्यमा पनि आफ्नो दल सबैसँग मिलेर काम गर्न तयार रहेको बताउँदै प्रतिपक्षको भूमिका खेल्न पनि तयार रहेको बताए। गत भदौ २२ गते मुख्यमन्त्री बनेका कार्कीले पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो।

कुल ९३ सदस्यीय कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका सबैभन्दा बढी ४० जना सांसद छन्। उनले कुनै पनि दलको बहुमत नभएको भन्दै सहकार्य नभएको खण्डमा प्रदेश सभा मध्यावधिमा जानुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए। प्रदेशसभाको अर्को निर्वाचन जनताको चाहना नरहेको भन्दै मुलुकको अर्थतन्त्रले पनि त्यसलाई थेग्न नसक्ने उनले बताए।  तत्काल मध्यावधि रोक्न सहयोग गर्न एमाले तयार रहेको उल्लेख गर्दै कार्कीले अरू दलहरूले पनि त्यस्तै दृष्टिकोण राख्नुपर्ने बताए। प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको मत आवश्यक पर्छ। कोशी प्रदेशसभामा राप्रपाका छ जना सांसद छन् जसले विगतमा एमालेलाई समर्थन गरेका थिए। प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछि गत वर्षको पुस २५ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले गत असार १५ गते प्रदेशसभामा विश्वासको मत गुमाएका थिए।

बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

बझाङमा असोज १६ गते गएको भूकम्प  लगातार आज सम्म पराकम्पको महशुस भएको छ । आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प  गएको छ । पहिलो भूकम्प बझाङको तल्कोटलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको गएको छ भने दोस्रोपटक बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ ।  स्थानीय खुल्ला चौर र सडकमा बसिरहेका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ।

सजाय माफी गल्ती सिंहदरबारको कि शीतल निवासको ?

गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले ६७० जना बन्दीको सजाय मिनाहा गर्ने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय लिएको थियो। त्यस क्रममा हत्या अभियोगमा जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका एक कार्यकर्ता पनि रिहा गरिएका थिए। सरकारले संविधान दिवसको दिन ज्यान मार्ने उद्योगसहित गम्भीर प्रकृतिका कसुरमा सजाय पाएका व्यक्तिहरूको पनि सजाय मिनाहा गरेपछि त्यसलाई लिएर गम्भीर प्रकारका प्रश्नहरू खडा भएका छन्।

सरकारको उक्त कदमलाई आफ्ना पूर्ववर्तीहरूले जस्तै साथ दिएको भन्दै अहिले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना भइरहेको छ।राष्ट्रपतिका एक जना सल्लाहकारले सजाय मिनाहा सम्बन्धी मन्त्रिपरिषद्को सिफारिस रोक्न राष्ट्रपतिसँग कुनै विशेषाधिकार नभएको भन्दै उक्त सिफारिसको जिम्मेवारी सरकारले लिनुपर्ने  बताए। गृह मन्त्रालयका प्रवक्ताले कानुन अनुसार नै सिफारिस गरिएको बताइरहँदा कानुनका एक जना ज्ञाताले गलत मनसाय राखेर मुद्दा फिर्ता लिन वा सजाय कटौती गर्न खोजिए त्यसलाई रोक्ने अधिकार राष्ट्रपतिसमक्ष रहेको धारणा राखेका छन्।

बर्सेनि संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले विभिन्न मुद्दामा आममाफी दिने र जेलमा रहेका कैदीहरूको सजायलाई मिनाहा गरिदिएको पाइन्छ। वर्ष गणतन्त्र दिवसका अवसरमा संविधान जारी हुने बेलामा कैलालीको टिकापुरमा प्रहरी अधिकारीसहितको हत्याकाण्डमा जन्मकैदको सजाय पाएका रेशम चौधरी रिहा भएपछि उत्पन्न भएको विवाद राम्रोसँग सेलाउन नपाउँदै संविधान दिवसमा दिइएको कैद मिनाहा विवादमा परिरहेको छ। हत्या अभियोगमा जेल सजाय भोगिरहेका एकजना कांग्रेस कार्यकर्ताको कैद मिनाहाको निर्णय गर्नुको कारण लिखित रूपमा पेश गर्न सर्वोच्च अदालतले बिहीवार सरकारको नाममा आदेश दिएको छ। त्यसबारे अदालतको पूर्ण इजलासमा अर्को साताबाट सुनुवाई हुने बताइएको छ।

सिक्किममा बाढीका कारण १०० जनाभन्दा धेरै बेपत्ता

सिक्किममा बुधवार अचानक आएको बाढीका कारण २२ जना सैनिकहरूसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएको छ।बाढीमा परेर १४ जनाको मृत्यु  भइसकेको पुष्टि भएको छ। अचानक आएको भीषण वर्षाले निम्त्याएको बाढीका कारण २२ हजारभन्दा धेरै मानिसहरू प्रत्यक्ष प्रभावित भएको अधिकारीहरूले बताएका छन्।प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै सबैखाले सहायताको लागि आश्वस्त पारेको बताएको छ। राहत तथा उद्धार प्रयासलाई तीव्रता दिने विषयमा भारतका क्याबिनेट सेक्रेटरी राजीव गौबासहित विभिन्न निकायका प्रतिनिधिहरूसँग सिक्किमका चीफ सेक्रेटरी भीबी पाठकबीच भर्चुअल बैठक भएको छ।

Vianet launches 125 Mbps Internet at Shocking price

Vianet launches 125 Mbps Internet at Shocking price and offers four Incredible Discounts this festive season

Kathmandu, Oct 04, 2023

Vianet, Nepal’s first Fiber Internet, IPTV and Multi-Gig internet (XGS Xtreme) service provider, is
thrilled to announce the launch of 125Mbps at an unbelievable price of Rs. 8400 plus VAT per
year. In celebration of the festive season, Vianet is providing generous discounts of up to 50%
discount for its customers on Ultima Wireless Earbuds and Himstar Appliances.

In Vianet’s “Chad ma Chauka” festive campaign, customers can now enjoy 125 Mbps Internet
for just Rs 8400 plus VAT per year, making this the lowest price offered for this speed in the
market. Along with this, Vianet has also introduced discounted rates for 200Mbps and 300Mbps
packages throughout the duration of this campaign.

To make this offer even more irresistible, Vianet has partnered with trending brands – Ultima
and Himstar to provide exclusive discounts to Vianet customers. Vianet subscribers who opt for
yearly Internet plans will be eligible for the discounts upto 50% on the four popular consumer
electronic items, hence the campaign name “Chad ma Chauka”. The four discounted items
include Ultima Wireless Earbuds, Himstar Smart TV, Refrigerator, and Washing Machine. The
items are a popular purchase amongst netizens during the festive period and are a perfect
addition to their homes to enhance their festivities during Dashain.

 

Here are the amazing discounts available during this limited-time offer.
 Ultima Wireless Earbuds: Available for as low as Rs 1,225 inc. VAT
 Himstar 43-inch Smart TV: Available for as low as Rs 27,500 inc. VAT
 Himstar 55-inch Smart TV: Available for as low as Rs 54,000 inc. VAT
 Himstar Refrigerator: Available for as low as Rs 17,510 inc. VAT
 Himstar Washing Machine: Available for as low as Rs 41,200 inc. VAT

This exceptional offer is valid until 9 th Mangsir, 2080 (25 th November, 2023), providing
customers to enjoy high-speed Internet and incredible discounts exclusively from Vianet with a
fantastic opportunity to upgrade their smart home.

About Vianet:
Vianet is continually driven by its mission of enriching the lives of its customers by providing
the best digital experience at the best possible value. Vianet is a leading Internet and TV
solution provider in Nepal and has been offering its customers new and innovative internet
solutions for both personal and professional usage. For more information regarding Internet
plans, please visit: http://www.vianet.com.np/chadmachauka2080

नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघि

हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच लगानी प्रवर्धन गर्नेबारे पनि छलफल भएको अधिकारीहरूले जनाएका छन्। उक्त भ्रमणका क्रममा जारी गरिएको नेपाल-चीन संयुक्त वक्तव्यमा पनि पूर्वाधार विस्तार र लगानी प्रवर्धनबारे दुवै देशहरू सहमत बनेको उल्लेख छ। केहीअघि भएको प्रचण्डको भारत भ्रमणका क्रममा पनि त्यस्तै खाले छलफलहरू भएको विवरण सार्वजनिक गरिएका थिए। ‘लगानी प्रवर्धन’ नेपाल र भारत तथा नेपाल र चीनका उच्च अधिकारीका भ्रमणहरूमा प्राय: नछुटाइने विषय बन्ने गरेको छ।