नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

काठमाडौँ, २८ असोज ः काठमाडौँको टोखा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । २०७६ माघ १२ गते सम्झौता भई २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण भएको थियो । टोखा न. पा. का प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले स्रोत साधनका अभावका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न कठिन भएको जनकारी दिनु भयो ।

Spread the love