Nepal new records 1523 Covid-19 case -20 more deaths

Nepal new records 1523 Covid-19 case -20 more deaths

Nepal’s coronavirus caseload reached 762,647 on Tuesday with 1,523 more people testing positive for the infection in the past 24 hours. On Monday, Nepal’s coronavirus caseload had reached 761,124 with 1,902 people testing positive for the infection. Meanwhile, the total coronavirus recoveries stand at 716,306 with 1,786 discharges logged today. Similarly, antigen tests have confirmed 141 positive cases in the past 24 hours. The total number of single-day infections from both the RT-PCR and antigen tests amount to 1,664.

On the other hand, the countrywide Covid-19 mortality toll increased to 10,750 with 20 more fatalities.  As per the latest data provided by the health ministry, 12,222 total tests were conducted in the last 24 hours of which 9,117 were PCR tests while 3,105 were antigen tests. With this, a total of 3,915,146 PCR tests have been carried out till date.

Globally, over 217 million people have been infected by the novel coronavirus while 4.5 million people have lost their lives to the disease. Nepal’s Covid-19 recovery rate stands at 93.9%, while the fatality rate stands at 1.5%. The country’s active Covid-19 case count currently is 35,591. Currently, there are 329 individuals in various quarantine facilities across Nepal.

शेयरमा १२ करोडको ‘प्रेसर’पछि नेप्से ओरालो

शेयर धितो राखेर एक व्यत्ति वा परिवारले बैंकबाट १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेपछि शेयर बजारमा ठूलो ‘करेक्सन’ आएको छ । ३२०० अंक नजिक पुगेको नेप्से सूचक ओरालो लागेर २९७५.८४ मा आएको छ । यसबीचमा नेप्से करिव २ सय २४ अंक घटिसकेको छ । ठूला लगानीकर्ता डराएर ‘प्यानिक सेल’ गर्न थालका कारण नेप्से ओरालो लाग्न पुगेको शेयर बिश्लेषकको भनाइ छ ।  एक वर्षभित्रमा १२ करोडमा झार्नु पर्ने शेयर धितोकर्जा अहिले नै १२ करोडमा झार्न ताकेता गरेजस्तै गरेर नेप्सेमा गिरावट आएको छ । १२ करोडका कारण शेयर बजारमा तत्कालको लागि दबाब सिर्जना गरी नेप्से परिसूचकमा गिरावट आएको छ । ठूला लगानीकर्ता १२ करोडको ‘प्रेसर’मा परेका कारण नेप्से ओरालो लाग्न पुगेको हो ।   १२ करोडका कारण शेयर बजारमा तत्कालको लागि दबाब सिर्जना गरी नेप्से परिसूचकमा गिरावट आएको छ । अझ राष्ट्र बैंकको यस व्यवस्थाले बैंकले धितो लिने आधारभूत रुपमा सबल कम्पनीहरुको बिक्री दबाबका कारण गिरावट आएको लगानीकर्ताको भनाइ छ ।  मौद्रिक नीतिमा एक व्यक्तिले १२ करोडसम्म मात्र ऋण लिन पाउने व्यवस्थाले डराएको एक ठूला लगानीकर्ताले बताए ।

धेरैले मंगलबार बजारमा सुधार नदेखिनुलाई १२ करोड ‘ह्याङ’ बाट ठूला लगानीकर्ता मुक्त नभएकाले शेयर बजारमा ठूलो करेक्सन आएको बताएका छन् । ठूला लगानीकर्ताहरु भने साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने बाहानामा केन्द्रीय बैंकले पूँजी बजारलाई ध्वस्त बनाउन खोजेको आरोप लगाएका छन् । केन्द्रिय बैंकले ‘साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने बाहानामा पूँजी बजारलाई ध्वस्त बनाउन खोजिएको’ भन्दै लगानीकर्ता बिरोध गर्दै आएका छन् । तर, केन्द्रीय बैंक भने उक्त व्यवस्था सच्चाउन तयार देखिएको छैन् । केन्द्रिय बैंकले एक व्यक्तिले १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन पाउने व्यवस्थालाई खारेज गर्दै पुरानै व्यवस्थालाई निरन्तरता दिन लगानीकर्ताले आग्रह गर्दै आएका छन् ।

अफगानिस्तानमा २० वर्षे अमेरिकी कारबाही अन्त्य

अफगानिस्तानमा २० वर्षे अमेरिकी कारबाही अन्त्य गरेको छ। अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ। अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत  मेसिनगन पड्काएर  खुसियाली मनाएको बीबीसीले जनाएको छ ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे । उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए। 

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने: “हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए। उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए।

अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी

अमेरिकाको लुइजियानामा शक्तिशाली  समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ। मौसमविद्हरूका अनुसार आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेको छ। तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएको छ।

अर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको थियो तर कोही पनि बिरामी घाइते भएनन्। दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ मौसमविद्हरूले सचेत गराएका छन।

आज श्रीकृष्ण जन्माष्टमी

‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ । ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ ।

यसैगरी काठमाडौंको उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने तयारी छ ।

Nepal Dalit Women’s Upliftment Association distributes medicine

Nepali women, especially women living in rural areas, are vulnerable to chronic diseases, disability, mortality, and overall poor health. Globally, Nepal is one of the countries that have the highest women’s mortality rate. Amid the deadly second wave, the health delivery services for women were significantly affected. From maternity care to reproductive health services, mental health care to nutritional advice, the unavailability of healthcare services further increased the vulnerability of Nepalese women. With the second deadly wave of COVID-19 in rural areas, worse came to worst for Nepalese rural women. During these testing times, once again Nepal Dalit Women’s Upliftment Association came forward to tackle formidable challenges and mitigate threats to women’s health. In Gorkha District, Nepal Dalit Women’s Association distributed medicines and surgical equipment to around twelve health posts in Shahid Lakhan and Gandaki villages. During the exacting times of COVID-19, these medical supplies and equipment played an integral role in the continuation of medical services in rural areas. For decades, Nepal Dalit Women’s Upliftment Association has been at the forefront of the social and economic welfare of women. The association is ambitious to realize its vision of healthy, prosperous, and empowered women.

The goods transferred are as follows.
1. Citamole
2. Rhinex
3. Sinex
4. Sanitizer
5. Surgical Max
6. Tuscu syrup
7. Metronidazole
8. Oximeter and battery
9. Digital thermometer
10. PPE set
11. Faceshield
12. KN 95 Max
13. Foot step
14. Urinary tract
15. Spitting pot

२४ घण्टामा १,३८८ जना कोरोना सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १,३८८ मा कोरोना भाइरस सङ्क्रमण भएको छ भने २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको  जनाएको छ।  यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,७१४ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,२६० जना सङ्क्रमणमुक्त भएको छ। सार्वजनिक तथ्याङ्कअनुसार १०,२९७ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।तीमध्ये ३,०३८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको छ।

नेप्सेको निमित्त सिइओमा निरन्जन फुयाल

 नेप्से सञ्चालक समितिको बैठकले  प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरन्जन फुयाल नियुक्त भएका छन् । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त सिइओ नियुक्त गरेको हो । सर्वोत्वम सिमेन्ट खरिद प्रकरणमा विवादमा परेपछि भदौ ८ गते नेप्सेको सिइओ चन्द्र सिं साउदले राजीनामा गरेका थिए । साउदले राजीनामा गरेपछि नेप्सेका सिइओ पद रिक्त रहेको छ ।

‘राज्यकोषबाटै जुत्तादेखि तौलियाको बेथिति – माननीयहरु ’

११ भदौ : प्रदेश २ सरकारले आर्थिक पारदर्शिता र सुशासनको चर्को भाषण गरे पनि व्यवहारमा भने कमजोर रहेको पाइएको छ । प्रदेशमा बजेट नीति, तथा कार्यक्रम तर्जुमा तथा कार्यान्यनका क्रममा विभिन्न बेथिति देखिएको छ ।  मन्त्रालयहरुले ऐन, कानून एवं नीति तर्जुमा एवं कार्यान्वयन, कार्यक्रम बजेट तर्जुमा एवं कार्यान्वयन, मन्त्रालयबीच समन्वय, केन्द्रीय लेखा तयार गर्ने, प्रगति प्रतिवेदनको मूल्यांकन गर्ने, मातहतका कार्यालयबाट सञ्चालित कामको अनुगमन गर्ने, वित्तीय प्रतिवेदन जारी गर्ने जिम्मेवारी ऐनमा तोकिएको छ । महालेखा परीक्षकको कार्यालयले जारी गरेको ‘वार्षिक प्रतिवेदन २०७८’ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत जिम्मेवारी बाहिर गएर आर्थिक कारोबार गरेको उल्लेख गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण हुने स्थान समेत नखुलाई मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत १ सय ८५ सरसफाई संरचना, आठ वटा जिल्लामा सार्वजनिक ऐतिहासिक पुरातात्विक मठ, मन्दिर मस्जिद, पोखरी र २४ छात्रा शौचालय निर्माणमा एकमुष्ठ ४५ करोड २५ लाख १२ हजार बजेट सिद्धान्त विपरीत बजेट स्वीकृत गरिएको पाइएको छ ।

माननीयज्यूहरुले खरिद गरेको बिल संलग्न गरेर १६ लाख ७१ हजार विविध खर्चबाट भुक्तानी गरेको पाइएको छ । स्वीकृत कार्यक्रम बेगर व्यक्तिगत प्रयोगका सामान सिधै खरिद गरी भुक्तानी दिनुलाई महालेखाले अनियमितताको संज्ञा दिएको छ ।  समितिको बैठकले सचिवालयको कर्मचारीको लागि कार्य सम्पादनको आधारमा शुरु तलब स्केलको ८० प्रतिशतसम्म प्रोत्साहन भत्ता, प्रतिदिन खाजा खर्च ५ सय रुपैयाँ, सार्वजनिक विदाको दिन काम गरेको प्रतिदिन ७ सय र बजेट विशेष भत्ता एक महिनाको दिने निर्णय गरेको छ । प्रोत्साहन भत्ताको सूचक तयार गर्दा १० बजेदेखि ५ बजेसम्म काम गरेको ५० अंक र कार्यालय समय बाहेक अतिरिक्त समय काम गरेको ५० अंकदिई शुरु तलब स्केलको ८० प्रतिशत प्रोत्साहन भत्ता पाउने उल्लेख छ ।

अतिरिक्त समयमा काम गर्दा दोहोरो नपर्ने गरी खर्च लेख्नु पर्नेमा १० देखि ५ बजेसम्म काम गरेकोमा ५० प्रतिशत र कार्यालय समय बाहेक काम गरेको अर्को ५० प्रतिशतले हुने १ करोड ५० लाख ८१ ह्जार प्रोत्साहन भत्ताखर्च लेखिसके पछि कार्यालय समय पछि अतिरिक्त काम गरेको खाजाखाना भत्ता भनी ३८ लाख २४ हजार र सोही अवधिभित्र बजेटको समयम गरेको कामको एक महिनाको तलब ९ लाख ५५ हजार खर्च लेखिएको छ । कार्य सम्पादन सूचकअनुसार प्रोत्साहन भत्ता दिइसकेपछि दोहोरो तेहोरो सुविधा दिन नमिल्ने देखिएकोले थप व्ययभार परेको ४७ लाख ७९ हजार असुल गर्न महालेखाले सचिवालयलाई भनेको छ ।  

घरेलु तथा साना उद्योग कार्यालय धनुषाले कामै नभएको समयको समेत कर्मचारीलाई पारिश्रमिक दिएको पाइएको छ । कार्यालयले प्रदेश २ को ८ जिल्लामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि २०७६ पुष २९ गतेदेखि २०७७ असार ३१ गतेसम्मका लागि एक प्रालि र एक युवा केन्द्रसँग सम्झौता गरेको थियो ।  विश्वव्यापी महामारीको कारणले २०७६ चैत २१ सम्म सम्पन्न कार्यक्रमको भुक्तान लिई दुवै संस्थाले कार्यक्रम गर्न नसक्ने उल्लेख गरी कार्यक्रम स्थगित गरेका थिए । तर चैत २१ देखि असार ३१ गतेसम्म कार्यालयले ती संस्थाका ९/९ जना कर्मचारीको पारिश्रमिक १४ लाख ९१ हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

घरेलु तथा साना उद्योगको कार्यालय बाराले एक आपूर्तिकर्तासँग विभिन्न राहत सामग्री १० हजार ६ सय ७० प्याकेट प्रति प्याकेट १ हजार ६ सय १३ रुपैयाँका दरले खरिद गरी १ करोड ७२ लाख ११ हजार भुक्तानी गरेको छ । कार्यालयले पालिकाको माग फारमको आधरमा सम्बन्धित पालिका तथा वडाहरुलाई राहत बुझाएको भएपनि पालिका तथा वडाहरुले १ सय ४७ प्योकट मात्रै वितरण गरी ९ हजार ६ सय २३ प्याकेट वितरण गरेको भर्पाइ पेश गरेका छैनन् । देशिक अस्पताल जनकपुरले क्यान्टिन भवन निर्माणका लागि एउटा कन्स्ट्रक्सनलाई दोस्रो तथा अन्तिम बिलको २१ लाख ७१ हजार भुक्तानी गर्दा काम सम्पन्न गरेको भनी भुक्तानी गरेको पाइएको थियो । तर भवन निरीक्षण गर्दा पार्टेसन र ढोका राख्ने काम नगरेको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

 महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले विभिन्न बेथितिहरुलाई औंल्याएको छ । प्रतिवेदन अनुसार प्रदेश सांसदहरुले राज्यकोषबाटै जुत्ता, ट्र्याकसुट, तौलिया, गम्छा खरिद गरेको उल्लेख छ भने कर्मचारीलाई दोहोरो सुविधा दिइएको छ ।  प्रदेश २ मा विभिन्न मन्त्रालयले जिम्मेवारी बाहिर गई कार्यक्रम सञ्चालन गरेको पाइएको छ । नीति निर्माण र अनुगमनको जिम्मेवारी पाएका मन्त्रालयले मातहतका निकायबाट सञ्चलन गर्नुपर्ने कार्यक्रम समेत प्रदेश मन्त्रालय आफैंले सञ्चालन गरेको पाइएको हो ।

भायानेटको पर्पल प्याकअफर – ४८ जीबीमोबाइलडेटा सित्तैमा

प्रेस विज्ञप्ति

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगतप्रयोजनकालागिउच्चगतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवाप्र्रदायकहो । आफ्नाग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदानगर्ने कुरामाभायानेट सधैं अगाडि हुन्छ । यसै क्रममा सबैलाई सधैं कनेक्टेड राख्नको लागिएनसेलसँगको सहकार्यमाभायानेटले ल्याएको छ, अलइनवान, भायानेट पर्पल प्याक!

यस अफर अन्तर्गत ८०एमबिपिएसभायानेट इन्टरनेटलिंदाग्राहकहरुले १७५ भन्दा बढी च्यानलभएको भायाटिभीसँग–सँगैएनसेल सिमसित्तैमापाउनुहुनेछ । यस सिममार्फतग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्मकुल ४८ जीबीमोबाइलडेटासित्तैमापाउनु हुनेछ । त्यस्तै गरी, यो सिममार्फत ग्राहकहरुले अन्यएनसेल नम्बरमाकलगर्नकालागिमासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमामहिनाको ५० मिनेट निःशुल्ककल र भायानेट एपचलाउनमहिनाको १ जीबीथपनिःशुल्कमोबाइलडेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनिपाउने छन् ।

यीसबै सुविधाहरुग्राहकहरुले जम्मामासिक रु. १६०० मापाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमापनिउपलब्ध छ ।

सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानलभएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइलडेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधाभएकोले योपर्पलप्याक, साँच्चै नै अल–इन–वान छ ।

https://www.vianet.com.np/vianetpurplepack/