शेयरमा १२ करोडको ‘प्रेसर’पछि नेप्से ओरालो

शेयर धितो राखेर एक व्यत्ति वा परिवारले बैंकबाट १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेपछि शेयर बजारमा ठूलो ‘करेक्सन’ आएको छ । ३२०० अंक नजिक पुगेको नेप्से सूचक ओरालो लागेर २९७५.८४ मा आएको छ । यसबीचमा नेप्से करिव २ सय २४ अंक घटिसकेको छ । ठूला लगानीकर्ता डराएर ‘प्यानिक सेल’ गर्न थालका कारण नेप्से ओरालो लाग्न पुगेको शेयर बिश्लेषकको भनाइ छ ।  एक वर्षभित्रमा १२ करोडमा झार्नु पर्ने शेयर धितोकर्जा अहिले नै १२ करोडमा झार्न ताकेता गरेजस्तै गरेर नेप्सेमा गिरावट आएको छ । १२ करोडका कारण शेयर बजारमा तत्कालको लागि दबाब सिर्जना गरी नेप्से परिसूचकमा गिरावट आएको छ । ठूला लगानीकर्ता १२ करोडको ‘प्रेसर’मा परेका कारण नेप्से ओरालो लाग्न पुगेको हो ।   १२ करोडका कारण शेयर बजारमा तत्कालको लागि दबाब सिर्जना गरी नेप्से परिसूचकमा गिरावट आएको छ । अझ राष्ट्र बैंकको यस व्यवस्थाले बैंकले धितो लिने आधारभूत रुपमा सबल कम्पनीहरुको बिक्री दबाबका कारण गिरावट आएको लगानीकर्ताको भनाइ छ ।  मौद्रिक नीतिमा एक व्यक्तिले १२ करोडसम्म मात्र ऋण लिन पाउने व्यवस्थाले डराएको एक ठूला लगानीकर्ताले बताए ।

धेरैले मंगलबार बजारमा सुधार नदेखिनुलाई १२ करोड ‘ह्याङ’ बाट ठूला लगानीकर्ता मुक्त नभएकाले शेयर बजारमा ठूलो करेक्सन आएको बताएका छन् । ठूला लगानीकर्ताहरु भने साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने बाहानामा केन्द्रीय बैंकले पूँजी बजारलाई ध्वस्त बनाउन खोजेको आरोप लगाएका छन् । केन्द्रिय बैंकले ‘साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने बाहानामा पूँजी बजारलाई ध्वस्त बनाउन खोजिएको’ भन्दै लगानीकर्ता बिरोध गर्दै आएका छन् । तर, केन्द्रीय बैंक भने उक्त व्यवस्था सच्चाउन तयार देखिएको छैन् । केन्द्रिय बैंकले एक व्यक्तिले १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन पाउने व्यवस्थालाई खारेज गर्दै पुरानै व्यवस्थालाई निरन्तरता दिन लगानीकर्ताले आग्रह गर्दै आएका छन् ।

Spread the love