२४ घण्टामा १,३८८ जना कोरोना सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १,३८८ मा कोरोना भाइरस सङ्क्रमण भएको छ भने २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको  जनाएको छ।  यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,७१४ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,२६० जना सङ्क्रमणमुक्त भएको छ। सार्वजनिक तथ्याङ्कअनुसार १०,२९७ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ।तीमध्ये ३,०३८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको छ।

Spread the love