राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने

राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने

राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट ल्याइसके पछि नयाँ सरकार गठन भयो । आर्थिक वर्षको अन्त्य हुनै लागेका बेला नयाँ सरकार गठन भएपछि सरकारी नीति र बजेट संशोधन हुन सक्ने भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा ढिलाइ गरिरहेको जनाएको छ ।

 

 

‘गरिब देशलाई खोप उपलब्ध गराउन ‘लक्ष्य पूरा हुने सम्भव देखिँदैन’ : डब्ल्यूएचओ

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले त्यस्तो अस्थायी रोकका कारण प्रत्येक देशमा कम्तीमा जनसंख्याको १० प्रतिशत मानिसले खोप पाउन सक्ने बताएका छन्।   इजरेलले ६० वर्षमाथिका मानिसलाई बूस्टर डोज दिन सुरु गरेको छ भने जर्मनीले मोडेर्ना र फाइजर खोप लगाएका मानिसलाई तेस्रो मात्रा दिइने घोषणा गरेको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड खोपको बूस्टर डोज अर्थात् अतिरिक्त मात्रा वितरण गर्ने योजनालाई कम्तीमा सेप्टेम्बर महिनाको अन्त्यसम्म रोक्न आह्वान गरेको छ। इजरायल र जर्मनीसहित कैयौँ देशरूले कोभिड खोपको तेस्रो मात्रा दिने योजना घोषणा गरेका छन्। तर डा. टेड्रोसले गरिब देशहरू खोप अभियानमा पछाडि परिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। डब्ल्यूएचओका अनुसार कम आय भएका देशहरूले खोप आपूर्ति नभएकाले प्रति १०० जनामा १.५ जनालाई मात्र खोप दिन पाएका छन्।  विश्वव्यापी आपूर्तिको धेरै खोप प्रयोग गरिसकेका देशले अझ धेरै त्यो प्रयोग गर्ने कुरा स्वीकार्य हुँदैन ‘ उच्च र कम आय भएका देशहरूबीच विद्यमान खाडल कम गर्ने प्रयास भइरहँदा राष्ट्रसङ्घीय स्वास्थ्य निकायबाट अहिले यस्तो आह्वान भएको छ। अर्को महिनासम्ममा सबैजसो देशमा १० प्रतिशत जनसङ्ख्याले खोप पाऊन् भन्ने चाहेको छ। तर अहिलेको क्रमले त्यस्तो लक्ष्य पूरा हुने सम्भव देखिँदैन। हाइटी र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कसैले पनि खोपको दोस्रो मात्रा लगाएका छैनन्।

केही महिनायता डेल्टा भेरियन्टका कारण उच्च संक्रमण खेपिरहेको इन्डोनेशियामा ७.९ प्रतिशत जनसंख्याले मात्र पूर्ण मात्रा खोप लगाएको आवर वर्ल्ड इन डेटाले जनाएको छ।  बेलायतमा जोखिममा रहेको ठानिएका दशौँ लाख मानिसलाई सेप्टेम्बरबाट खोपको अतिरिक्त मात्रा दिन सकिने बताइएको छ। अमेरिकाले खोपको अतिरिक्त मात्रा दिने विषयमा आफ्नो नीति सार्वजनिक गरेको छैन। तथापि ह्वाइटहाउसले बुधवार जनाएअनुसार अमेरिकीहरूलाई खोप सुनिश्चित गर्नेगरी देशबाहिर खोप बाँड्न पर्याप्त खोप उपलब्ध छ।

 

जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएकोले मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरोको माथिल्लो भेगको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाले मङ्गलबार जारी अपिलमा भनिएको छ।

बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ। तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ। ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुखले जानकारी दिए। साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए। हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

 

 

 

 

 

 

Sandals Royal Curaçao

Sandals Resorts International (SRI) unveils new details for its flagship brand’s highly anticipated 16th resort and the company’s first venture into Curaçao, the newly named Sandals Royal Curaçao.
A big announcement is forthcoming on Wednesday, August worth for anyone thinking to go on an all inclusive Royal vacation on Curacao with a Jamaican twist.

  1. It all started Christmas Day last year when Sandals Resort announced its expansion to the Dutch Caribbean Island of Curacao – with a Jamaica twist.
  2. Sandals Curaçao will bring the opulent resort innovations to the island, which have become synonymous with the world-renowned Sandals Resorts brand across the region.
  3. Sandals Royal Curaçao sits on an exclusive 3,000-acre protected preserve.

Curaçao, a Dutch Caribbean island, is known for its beaches tucked into coves and its expansive coral reefs rich with marine life. The capital, Willemstad, has pastel-colored colonial architecture, floating Queen Emma Bridge and the sand-floored, 17th-century Mikvé Israel-Emanuel Synagogue. It’s also a gateway to western beaches like Blue Bay, a popular diving site.

Late Sandals Resorts International Founder and Chairman, the Hon. Gordon “Butch” Stewart had the vision to transform the Island of Curacao and went with his son, Deputy Chairman Adam Stewart in December making this announcement;

“It has been our distinct pleasure to work alongside the government of Curaçao and the Smeets family on this exciting new endeavor for the Sandals brand,” stated Gordon “Butch” Stewart. “We wish to express our deepest gratitude to Roald Smeets, who has been instrumental to this process and absolutely delightful to work with. We plan to do more than our part to raise the world’s appreciation of this beautiful country.”

Situated on 44 acres within the Santa Barbara private estate, an exclusive 3,000-acre protected preserve, Sandals Royal Curaçao will authentically intertwine natural world wonders – desert, ocean, mountains, and shoreline – with the resort experience.  It was announced the Royal Resort will open its doors on April 14, 2022

On Wednesday, August 4, 2021Sandals is ready to make a big announcement in regards to Sandals Roya Curacao and it will pay for anyone thinking about visiting the Kingdom of The Netherlands in Curacao to stay tuned.

मेलम्चीमा पुनः बाढी – रातो पुल बगायो

सिन्धुपाल्चोक :मेलम्चीमा शनिबार बेलुकी फेरि लेदोसहित बाढी आएको छ।  पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको छ।  मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२:४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन्।  गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन। बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो।  हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए।

‘फर्कन छोरा’ गाउँमा बुढा बा, आमा मात्रै

काठमाडौँ,  साउन, २०७८ : बा, आमा अनि छोरो । सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धन कमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमा मात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमा एक्ला । उमेरले डाँडो काट्दै गएपछि काम गर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःख पर्दा  साथमा छोरोसमेत छैन । आमा अचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धन कमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुन पाउँदैन भने त्यो धनको के काम ।
सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःख पर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ रु के पैसा पकाएर खान मिल्छ रु के पैसो खाँदा छोराको न्यानो माया प्राप्त हुन्छ ।
यो अहिलेको नेपाली समाजको विवश परिवेश हो । चाहेर, नचाहेर नेपाली समाजले अहिले यही अवस्था भोगिरहेको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा भका बाबुआमा मात्रै । पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुले अनुभव नै गर्न पाउँदैनन् । कतिपयले त छोरो छ भन्न समेत पाउँदैनन् । धनभन्दा पहिले काठको बाकसमा छोरो फर्किसकेको हुन्छ । यही कारुणिक परिवेशलाई समेटेर प्रवीण खतिवडाले ‘फर्कन छोरा।।।’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन् ।
भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सहनिर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटोग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंगसंयोजन रहेको छ
केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् ।
गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । । यो गीतको भिडियोमा पैसा वा धनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्य पनि देखाइएको छ । दुःख पर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धन भन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
गायकसमेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमा लाको पिरती ।’, ‘चौतारीमा बसौंन पियारी।।।’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।