नेप्सेको निमित्त सिइओमा निरन्जन फुयाल

 नेप्से सञ्चालक समितिको बैठकले  प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरन्जन फुयाल नियुक्त भएका छन् । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त सिइओ नियुक्त गरेको हो । सर्वोत्वम सिमेन्ट खरिद प्रकरणमा विवादमा परेपछि भदौ ८ गते नेप्सेको सिइओ चन्द्र सिं साउदले राजीनामा गरेका थिए । साउदले राजीनामा गरेपछि नेप्सेका सिइओ पद रिक्त रहेको छ ।

Spread the love