भोकमरीको सँघारमा म्याडग्यास्कर- कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता

भोकमरीको सँघारमा म्याडग्यास्कर- कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता

राष्ट्रसङ्घका अनुसार  यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै “डरलाग्दो” भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्। यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन्।

अहिले ३० हजार मानिसले पाँचौँ तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आकलन छ। खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको सङ्ख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ।

”  यी मानिसहरूले जलवायु परिवर्तन गराउन त्यस्तो केही गरेका छैनन्। उनीहरू जीवाश्म इन्धन बाल्दैनन्… तर पनि उनीहरूले जलवायु परिपवर्तनको आघात खप्नुपरेको छ,”। भर्खरै एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका कीराफट्याङ्ग्राहरू देखाएका थिए।

“मेरा बच्चा र मैले आठ महिनादेखि प्रत्येक दिन यही खाइरहेका छौँ किनभने खानका लागि अरू केही छैन अनि पानी नपरेकाले हामी रोपेको कुरा फलाउन सक्दैनौँ,” उनले भनिन्।

“आज हामीसँग सिउँडीको पातबाहेक अरू खानेकुरा केही छैन,” सुक्खा माटोमाथि बसेकी अर्की महिला बोलले भनिन्। उनका तीन सन्तान छन्।

उनका अनुसार भोककै कारण उनका पति केही समयअघि बिते। छिमेकीको पनि भोककै कारण मृत्यु भएकाले तिनका दुई बालबच्चालाई खुवाउने जिम्मा पनि आफूलाई आइपरेको महिलाले बताइन्।

एमाले बिधिबत दुई टुक्रा – नेकपा एकीकृत समाजबादीको जन्म

९ भदौ, काठमाडौं :  नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । एमाले बिधिबत दुई टुक्रा  नेकपा एकीकृत समाजबादीको जन्म भएको छ । नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ । २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको छ ।

अफगानिस्तानको उद्धार कार्य ‘जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ – बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको दोहोर्‍याएका छन्।   उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने छन्। तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन्। समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी पाउने छन्।  जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो,” राष्ट्रपति बाइडनले भने। कतिपय अमेरिकी फौज फर्किइसकेको र त्यसले उद्धार कार्यलाई प्रभावित नपारेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।    बाइडन क्यानडा, फ्रान्स, जर्मनी, इट्ली, जापान, यूके र अमेरिका अनि इयू सम्मिलित जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा बोल्दै थिए।

यूके

तस्बिर स्रोत,PA MEDIA 

मोटर बाटो नभएको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइने

८ भदौ, काठमाडौं  : मोटर बाटो नभएको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइने लिन पाइने भएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो ।

प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ’ निर्देशनमा भनिएको छ ।  जग्गा धितोमा ऋणी लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरु बैंकको प्राथमिकतामा पर्दैन थिए । १ करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । ऋण माग भइ आए विलम्ब नगर्न समेत राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

आगामी पाँच दिनभित्र चीनबाट थप ३२ लाख खोप नेपाल आउने

स्वास्थ्य मन्त्रालयका  अनुसार आगामी पाँच दिनभित्र चीनबाट दैनिक रूपमा गरी कुल ३२ लाख भेरोसेल खोप नेपाल आउने आउनेछ। सरकारले चीनबाट ४० लाख मात्र खोप ल्याउने सम्झौता गरेको छ। मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, “(साउन) ६ गते नेपालबाट प्लेन गएर ७ गते, ८ गते र ९ गते हामीले खोप ल्याउँछौँ। त्यसरी तयार भएको छ। अब तत्कालै आउँदा ३२ लाख जति खोप आउँछ, लगातार दैनिक रूपमा आउँछ ।” त्यो हरेक हप्तामा एक पटक गरी ल्याउने तय भएको थियो। सुरुको साता ८ लाख मात्रा खोप आए पनि त्यसपछिका हप्तामा भने खोप ल्याइएको थिएन। त्यसले गर्दा अहिले खोप अभियान चलिरहेका कतिपय जिल्लामा खोप अभाव देखा परेको गुनासो आउन थालेका छन्। खोप ढुवानीका लागि पहिले चीनमा साप्ताहिक उडान तालिका बनाएको नेपाल वायुसेवा निगमले पनि खोप दिने कम्पनीसँगको छलफल पछि उडान तालिका परिवर्तन गरिसकिएको जनाएको छ।

आगामी पाँच दिनभित्र ३२ लाख मात्रा खोप नेपाल आउने आउने भएपछि खोप कार्यक्रम नियमित चल्ने  बताईएको छ ।

डिजेल, पेट्रोल, मट्टितेल र एलपी ग्यासको मूल्य बढ्यो

डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

 

दिवंगत आफन्तको सम्झनामा – आज गाईजात्रा

काठमाडौँ :  आज गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।  एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन छ ।  पहिले धार्मिक रुपमा मनाईने यो पर्व अहिलेका समयमा भने व्याङ्ग्यात्मक वा ठट्यौलीको रुपमा पनि मनाईने गरेको छ । यसले के देखिन्छ भने चाडपर्व पनि समय अनुसार नै परिवर्तन हुँदै गएको छ ।  गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा पनि सार्वजनिक बिदा दिइएको छ ।

 

अस्ट्रेलियामा लकडाउनको विरोध

अस्ट्रेलिया :  कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको विरोध गर्दै अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन गरिएको छ । सिड्नी, मेलबर्न लगायतका सहरमा सरकारद्वारा घोषणा गरिएको लकडाउनको उल्लंघन शनिबार गर्दै प्रदर्शन गरिएको हो । लकडाउनका विरुद्धमा शनिबार आयोजित प्रदर्शन असफल बनाउनका लागि न्युसाउथ वेल्समा करिब १५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  सार्वजनिक सवारीका साधन ट्याक्सी, राईड्स सेयरलाई शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म सिड्नीमा यात्रु ओसार्न प्रतिबन्ध लगाइएको समाचारमा बताइएको छ । प्रहरीले प्रदर्शनमा सहभागी हुनेलाई लगाउने जनाएको छ । वेल्समा डेल्टा भेरियन्टको फैलावाट चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा वेल्समा ८ सय २५ जनामा नयाँ संक्रमण देखिएको छ भने ३ जनाले ज्यान गुमाएका छन् । सोमबारदेखि पश्चिम सिड्नीका केही क्षेत्रमा रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको छ ।

भाइरस संक्रमण बढेपछि न्युसाउथ वेल्स राज्यमा विगत केही सातादेखि लगाइएको लकडाउनलाई निरन्तरता दिइएको छ भने भिक्टोरियामा लगाइएको लकडाउनलाई बढाइएको छ । प्रदर्शनका क्रममा केही स्थानमा झडपसमेत भएको स्थानीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । सुरक्षा अधिकारीले लकडाउनलाई रोक्नका लागि सयौं सुरक्षाकर्मी परिचालन गरेका थिए । समाचारमाध्यमहरुका अनुसार अस्ट्रेलियाको करिब आधा जनसंख्या अहिले लकडाउनमा रहेका छन् ।

डेढ महिनाभित्र २० युनिट नागरिकलाई निःशुल्क विद्युत

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निणर्य गराएको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याइछाडने प्रतिवद्धता जनाएकी हुन् । प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिव १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निणर्य गराएकी छु । त्यो विद्युत नियमन आयोगले निणर्य गरेपछि करिव डेढ महिना भित्र कार्यान्वयनमा आउँछ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निणर्य ढेड महिना भित्र कार्यान्वयनमा ल्याउने शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन् । मन्त्री भुसालले भनिन्, ‘२० युनिटसम्म विद्युत बाल्ने कति छन ? भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागे । त्यो चाँही अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साँढे ५ लाख घर परिवार रहेछन । उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएकी छु ।  गरिवी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको प्रतिवद्धता व्यक्त गरेकी छन् ।

मन्त्री भुसालले गरिवी र अभावमा रहेका नागरिकलाई सहयोग गर्ने काममा सबैलाई साथ दिन पनि आग्रह गरिन् । उनले  पनि पटकपटक दोहोर्‍याइन् ।

 

डा. मित्र काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’

क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन् । स्थानीय सरकारबाट हरेक बर्ष प्रदान गरिने यो अवार्ड अन्तरगत यो बर्ष कोभिड १९ को बखतका उत्कृष्ट नागरिकहरु बिधा थप गरिएको थियो । काफ्लेले सोही अवार्ड प्राप्त गरेका हुन् ।

सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले उक्त अवार्ड प्रदान गरेका थिए । सिटिजन अवार्ड अन्तरगतको यो विधाको अवार्ड काफ्लेसहित ७ जनाले प्राप्त गरेका छन् । अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गरेका छन् ।यो बाहेक अन्य सातवटा विधामा विभिन्न व्यक्तित्वहरुलाई सिटिजन्स अवार्ड प्रदान गरिएको छ । बर्ष नागरिक, कला, खेलकुद, आपतकालिन सेवा, प्रेरणादयी, दीर्घकालिन सेवा लगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ ।

सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकहरुलाई यी अवार्डहरुमार्फत सम्मान गर्दै आएको छ । समुदायका नागरिकहरुले विभिन्न क्षेत्रमा गरेको उपलब्धीको सम्मान स्वरुप यो अवार्ड प्रदान गरिदै आएको हो ।

यो अवार्डको छनौट कमिटिमा विभिन्न विधाका विज्ञहरु, समुदायका सदस्यहरु, निर्वाचित स्थानीय जनप्रतिनिधिहरु, ब्राम्टनको फायर एण्ड इमर्जेन्सी सर्भिस, स्वंसेवक एमबीसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहदै आएको छ ।

अवार्डको छनौट प्रकृयाबारे थप थाहा पाउन सिटी अफ ब्राम्टनको आधिकारिक सरकारी वेवसाइटमा क्लीक गर्नुहोला ।

सिटी अफ ब्राम्प्टन झण्डै ६ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।

News Source: Khasokhas