महालक्ष्मी विकास बैंकले गाडी किन्न ८ वर्षलाई कर्जा दिने

शुक्रबार महालक्ष्मी विकास बैंकले एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ  ।  महालक्ष्मी विकास बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तरिकाले कर्जा सेवा उपलब्ध गराउने भएको छ। सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट कर्जा लिन सक्ने छन्। अधिकतम ८ वर्षका लागि कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। देशभर रहेका बैंकका १०३ वटै शाखाहरुबाट ग्राहकहरुले कर्जा सुविधा पाउन सक्ने बैंकले जनाएको छ। महालक्ष्मी विकास बैंकले अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जनाएको छ।

Spread the love