कोभिड ट्यूनिशियाः महामारी – हिंसात्मक प्रदर्शन भएपछि प्रधानमन्त्री बर्खास्त

सरकारले प्रभावकारी ढङ्गले कोभिड-१९ महामारी नियन्त्रण गर्न नसकेको भन्दै आइतवार दशौँ हजार मानिस प्रदर्शनमा निस्केका थिए र प्रहरीसँग उनीहरूको झडप भएको थियो।  देशमा शान्ति ल्याउन चाहेको भन्दै राष्ट्रपति काइस साईदले नयाँ प्रधानमन्त्रीको सहयोगमा आफूले नेतृत्व लिने बताएका छन्। तर विपक्षीहरूले उनको कदमलाई ‘कू’ अर्थात्‌ सत्तापलटको सङ्ज्ञा दिएका छन्। राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि उनले टेलिभिजनमार्फत्‌ सम्बोधन गरेका थिए।

ट्यूनिस

तस्बिर स्रोत,REUTERS

प्रधानमन्त्री हिसेम मेशीशीलाई बर्खास्त गरिएको खबर आइतवार अबेर राति सार्वजनिक भएपछि मानिसहरूले हर्षोल्लास गर्दै बाहिर निस्किएका थिए।  निलम्बनमा परेको संसद्‌का सभामुख राशिद गनुशीले ट्यूनिशियाको “क्रान्ति र संविधानमाथि कू गरिएको” आरोप लगाएका छन्। दश वर्षअघि ट्यूनिशियामा क्रान्तिमार्फत् प्रजातन्त्र स्थापना भएको थियो। त्यहीँबाट सो क्षेत्रमा अरब क्रान्ति आरम्भ भयो।

तर त्यसपछि थप रोजगारी तथा अवसरहरू सिर्जना हुने आशा गरिएको थियो। तर त्यसो हुन नसक्दा मानिसहरू निराश देखिन्छन्। क्रान्तिको एक दशक बितिसक्दा ट्यूनिशिया गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने उसले अफ्रिकाकै सबैभन्दा नराम्रो कोरोनाभाइरस महामारी झेलिरहेको छ।  त्यसपछि राजधानी ट्यूनिसमा राष्ट्रपति साईद पनि भिडहरूमा सहभागी भएका थिए। ट्यूनिसहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन्। त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

Spread the love