८६ लाख पर्ने बाइक नेपाल भित्रियो

८६ लाख पर्ने बाइक नेपाल भित्रियो

विश्वभर ३ सय युनिट मात्रै उत्पादन भएको विश्व प्रसिद्ध इटालियट ब्रान्ड एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल नेपाल भित्रिएको छ । नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा यसको रेगुलर भेरिएन्ट भने बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ । सौरभ ज्योतिले विभिन्न ब्रान्डका बाइकलाई ल्याएर बाइक संग्राहलय नै बनाएका छन् । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक एसजे मोटोले नेपाली बजारमा अनावरण गरेको हो । यो बाइकलाई एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले नेपालमा ल्याएका हुन ।

एमभी अगस्टाको नियो रेट्रो रेसरको एक विशेष संस्करण नै सुपरभेलोस सिरी ओरोलाई मानिन्छ । आकर्षक लुक्स र पावर नै यो बाइकको मुख्य बिशेषता हो । खासगरी यो बाइकको अगाडिको डिजाइनले नै बाइक पारखिको मन लोभ्याउछ ।  एसजे मोटोले विश्वमा नाम चलेका सबै प्रकारका बाइक नेपाल ल्याएको छ ।

चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं ,२५ असार : चीनबाट खरिद गरेको भेरोसेलको आठ लाख डोज कोरोना खोप नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान  नेपाल ल्याएको छ ।यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरे अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको छ ।  साउन ८ गतेसम्म तीनवटा उडानमार्फत बाँकी  भेरोसेल खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

सुनको मूल्य बढ्यो -चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकेको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ।  यो अघिल्लो दिन अर्थात बुधबारको तुलनामा १०० रुपैयाँ बढी हो। बुधबार यस्तो सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

nepali airlance

कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै

२४ असार, काठमाडौं : कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रालयका प्रवक्ता डा. पौडेलले ६० लाख जनसंख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको बताए । कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंयालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

IPO allotment of Jeevan Bikas Laghubitta-lucky 1,84,801 get 10 units, 18,48,015return empty

The IPO allotment of Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited is concluded today at the office of issue manager NMB Capital Limited.

ICRA Nepal has assigned the issuer rating of [ICRANP-IR] BBB- to Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited (JBLBSL), indicating a moderate degree of safety, regarding timely servicing of financial obligations with moderate credit risk.

As per the allotment module, a total of 1,84,801 applicants were allotted 10 units each via lottery and five luck applicants get 1 unit extra; and the remaining 18,33,507 applicants were returned empty hands. A total of 30,420 units were allotted to 763 staff of the company and 98,865 units were allotted to 13 mutual funds.In total 3,471 applicants who applied for 54,240 units were disqualified.

Incorporated in August 2012 (in Office of Company Registrar), Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited (JBLBSL), started its operation from February 2019 as a licensed national level class D microfinance institution taking over the microfinance business being conducted by Jeevan Bikas Samaj (JBS), an NGO, established in September 1997 and operating as a financial intermediary from June 2002.

The company merged with Solve Laghubitta Bittiya Sanstha Limited and Garibi Nyunikaran Laghubitta Bittiya Sanstha Limited and commenced the joint operation from September 7, 2020, under the name Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited. As of mid-January 2021, the major shareholders of JBLBSL include JBS, NGO (~30%), Prabhu Capital Limited (~13%), SR Hydro and Investment Private Limited (~9%), Social Organization for Liberal Volunteers Engagement of Nepal (SOLVE; 7%), NIC Asia Bank (~3%), Samudayik Mahila Bikas Kendra (SWDEC; ~1%). The registered and corporate office of JBLBSL is located at Katahari-2, Morang, Nepal.

तामाकोशीको बिजुली देशभित्रै खपत या सस्तोमा निर्यात

२३ असार, काठमाडौं  : माथिल्लो तामाकोशी जलविद्युत परियोजनाले ७६ मेगावाटबाट परीक्षण सुरु गरेको बिजुली उत्पादन आगामी भदौभित्र ४६५ मेगावाट पुग्नेछ । हिउँदयाममा खोला–नदीको सतह घट्दा भारतबाटै आएको बिजुलीले माग धान्नुपर्ने हुन्छ । नेपाली लगानीमा बनेको हालसम्मको देशकै ठूलो माथिल्लो तामाकोशीले नेपाललाई पर्याप्त लाभ दिनेमा सन्देह छैन ।  वृद्धि र निर्यातको उचित प्रबन्ध गर्न नसकेमा आयोजना वर्षायामका लागि चुनौती समेत बन्नेछ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत वर्षामा भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिक्री गर्ने प्रस्ताव गरेको थियो ।

तामाकोशी बनेपछि सरकारले पनि देशभित्रै खपत बढाउने या सस्तोमा निर्यात गर्ने भन्ने दुई विकल्प मात्रै देखेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आयोजना उद्घाटन गर्दै विद्युत सस्तोमा निर्यात गरेर आफ्ना उपभोक्तालाई महंगोमा बेच्न नहुने बताएका छन् ।

मंसिरसम्म खोला तथा नदीमा पर्याप्त पानी हुने भएकाले प्रायजसो आयोजना २४ घण्टा नै पूर्ण क्षमतामा चल्नसक्छन् । सो समयमा भने प्राधिकरणसँग उत्पादित बिजुली देशभित्र खपत गर्ने या त देश बाहिर निर्यात गर्नुको विकल्प छैन । ती दुबै काम हुन नसके करोडौंको बिजुली खेर जाने जोखिम छ ।

तर, भारतले अनुमति दिन ढिलाइ गर्दा वर्षामा बिजुली खेर गएर करोडौं गुमाउनुपर्ने डर प्राधिकरणलाई छ । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बढी भएको बिजुली बिक्री गर्ने अनुमति मागेको महिनौं भइसक्दा पनि निर्यात र बिक्री अनुमति पाएको छैन । यसले वर्षायाममा उत्पादन भएर बढी हुने बिजुली कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल छ ।

नेपालमा अघिल्लो वर्षायाममा नै राति ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो । अहिले वर्षायाममा ठूलो परिमाणमा बिजुली खेर जाने चिन्ता बढेको छ । वर्षा लागेपछि नदीहरूमा पानीको सतहसँगै बिजुलीको उत्पादन बढ्छ । सो समयमा सबैजसो आयोजना पूर्ण क्षमतामा सञ्चालन हुनसक्छन् । यस्तो अवस्थामा राति खपत नहुँदा आयोजनाहरू बन्द गरेर राख्नुपर्ने अवस्था आउँछ ।

कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग

धादिङ : नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग गरेका छन् ।  बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अप्नाएको एकद्धार प्रणाली अन्तर्गत नै गाउँपालिकालाई सहयोग उपलब्ध गराएको अध्यक्ष ढकालले बताए । संञ्चार माध्यमबाट चेपाङ समुदायका खाधान्य समस्या रहेको जानकारी पाएपछि एक नेपालीलाई अप्ठयारो पर्दा अर्को नेपालीले सहयोग गनुपर्ने मान्यता अनुसार आफलेु कति सहयोग गप्यो भन्दा पनि प्रेम र सदभाव बाँडन आएको बताए ।
अध्यक्ष ढकालले यस अधि पनि भूकम्प गएको बखत धादिङ जिल्लाको धुसामा सहयोग गरेको स्मरण गदै संकटमा सबै नागरिकले जस्ले जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने बताए ।  अध्यक्ष ढकालले आफु सम्बद्ध संस्थाबाट गाउँपालिकासँग अन्तर सम्बन्धीत भई नेतृत्व बिकास लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिताको लागि सहकार्य गर्ने पनि बताए ।
बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देबीप्रसाद सिलवालले जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न चेपाङ परिवारका खाधान्य सहयोग सवैका लागि अनुकरणीय हुने बताए । उनले यस किसिमको सहयोगले समाजमा बिभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिदै गाउपालिकामा दुःख पर्दा सम्झेकोमा आभार ब्यक्त गरे ।

उपाध्यक्ष सिलवालले राहत बितरण कार्यक्रम एकद्धार प्रणाली अन्तरर्गत भएको जानकारी दिदै जनताको दुःखमा जहिले पनि गाउँपालिका साथमा रहेको भन्दै यस्तै सहयोगी भावना भएका ब्यत्तित्वहरुबाट सदैव साथ चाहेको बताए ।
यो सहयोगले परिवारलाई केहि दिनका लागी भएपनि जीविकोपार्जनमा केही सहयोग होस भनेर जन्मोत्सवमा फजुल खर्च नगरी विपन्न परिवारलाई खाद्यन्न वितरण गरेकामा अध्यक्ष ढकाललाई धन्यबाद दिए । कोभिड–१९ बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली मध्ये काली सुनार, तेज कुमारी सुनार, मैया सुनार, सेती सुनार निर्मला सुनवार लगायत ३५ परिवारलाई खाधान्य वितरण गरिएको छ ।
सोअवसरमा बेनीघाट रोराङ गाउँपालिका बडा नं ५ अध्यक्ष रोसन कुमार सिलबाल, प्रमुख शासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, गाउपालिकाका अधिकृृत सन्तोष अर्याल, पशुराम घिमिरे, बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा , मनोज कुमार सुर्खेति  धादिङ अस्पातालको डा.सदिक्षा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सो राहत बितरणको संयोजन बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपाल धादिङका संयोजक दिपक सापकोटाले गरेका थिए । 

नारायणगढ–मुग्लिन सडकमा पहिरो

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार बुधबार राति सवा २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा पहिरो खसेको छ । पानी निरन्तर परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण बाटो खुलाउन केही समय लाग्ने प्रहरी कार्यालयलेल जनाएकाे छ ।  डोजर र लोडर पहिरो खसेको ठाउँमा पुगेको र हटाउन थालिसकिएको  छ। एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउने क्रममा ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा हरेक वर्षायाममा पहिरो खसेर दु:ख दिने गरेको छ ।