यातायात व्यवसायीले प्रधानमन्त्रीलाई गाडीको चाबी बुझाए

यातायात व्यवसायीले प्रधानमन्त्रीलाई गाडीको चाबी बुझाए

१० साउन, काठमाडौं  : ७ बुँदे माग राख्दै  आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत  यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

 बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ ।

२४ घण्टामा ३,११४ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको छ ।२१९७ जना संक्रमणमुक्त भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानको अन्तिम तयारीमा

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजक प्रमुखका अनुसार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको छ। कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएको छ।

पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु छ अर्ब ८२ करोडको काम भएको छ। दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ। त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ। यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ।

आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टू का परियोजना व्यवस्थापकले बताउनुभयो। उनले भने, ‘आवश्यक सबै उपकरण जडान भइसकेको छ। अब परीक्षणको काम बाँकी छ।’ गौतबुद्ध विमानस्थलका लागि आवश्यक जग्गा अधीग्रहण गरेर मुआब्जा दिने काम पनि लगभग सकिसकेको छ। आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्म रु २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४३७ मुआब्जा स्वरुप वितरण गरिसकिएको छ। अधीग्रहण गरेको जग्गासहित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा यतिबेला १० हजार ५०० रोपनी जग्गा रहेको छ। यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तरराष्ट्रियस्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ। नयाँ थपिएको जग्गामा डिभिओआर-डिएमइ र सेनाको ब्यारेक निर्माण सम्पन्न भइसकेको छ।

 

 

 

 

 

टोक्यो ओलिम्पिक्समा पहिलो स्वर्ण चीनलाई

काठमाडौं,९ साउन : टोक्यो ओलिम्पिक्सको १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन्। पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।आयोजकहरूले यो खेल प्रतिस्पर्धाले जापानी सर्वसाधारणमा उत्साह जगाउने र महामारीका बेला आयोजना खेल प्रतिस्पर्धा आयोजना गर्न लागिएका कारण उत्पन्न तनाव हटाउने आशा राखेको  छ। उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए। २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् ।

Elizabeth Thakuri enrolled in Thomas Jefferson High School, the number one high school in the USA.

An exceptional and extraordinary karate player, Ujjwal S. Thakuri’s daughter Elizabeth Thakuri enrolled in Thomas Jefferson High School in the United States. Thomas Jefferson High School for Science and Technology in Fairfax County has been named the best high school in the United States, according to a new ranking by U.S. News and World Report. The magnet school was ranked No. 1 in 2020, too, and regularly ranks as the top school in the nation. Mr. Thakuri is the 9th time Guinness Book of world record holder in the USA. Both parents are felt proud in this moment as well as a proud moment for all Nepali immigrants. 

T.J. made the top of the list followed by 11 other Fairfax County Public Schools, making the top 1,000. The report ranked nearly 18,000 schools nationally based on state assessments and how well they prepare students for college.

WDVM reached out to FCPS for a comment, and the school district said, “This recognition reflects on hard work by so many thousands of our staff who continue to work together to provide instruction virtually, concurrently, as well as resume in-person at every FCPS school.”

The top ten schools are:

  1. Thomas Jefferson High School for Science and Technology – Alexandria, Virginia
  2. Academic Magnet High School – North Charleston, South Carolina
  3. The Davidson Academy of Nevada – Reno, Nevada
  4. Payton College Preparatory High School – Chicago
  5. School for Advanced Studies – Miami
  6. Sumner Academy of Arts and Science – Kansas City
  7. Merrol Hyde Magnet School – Hendersonville, Tennessee
  8. BASIS Chandler – Chandler, Arizona
  9. Gwinnett School of Mathematics, Science and Technology – Lawrenceville, Georgia
  10. Signature School – Evansville, Indiana

TTJHSST also ranked number one in 2020.

आजदेखि सुरु हुँदैछ टोकियो ओलम्पिक

२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । विश्वयुद्धका कारण तीन पटक भने ओलम्पिक रद्द नै गरिएको थियो ।  त्यसैले यस ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै छ ।ओलम्पिकको इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक हुन लागेको हो ।   टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ । कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।

३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो ।  टोकियोमा अहिले झण्डै दैनिक करिब २ हजार संक्रमण देखिन थालेको छ । टोकियोमा त्रास बढिरहेको छ । स्थानीय बासिन्दाहरु ओलम्पिक आयोजनाको विरोधमै छन् । तैपनि विश्वकै धेरै खेल एकैपटक हुने कुम्भमेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । यस पटकको सबैभन्दा ठूलो फरक भनेकै दर्शकविना ओलम्पिक हुँदैछ । दर्शकले अब टेलिभिजनमै ओलम्पिक हेर्नेछन् । टोकियोमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा आपतकालीन अवस्था लागू गर्दै विनादर्शक ओलम्पिक आयोजना हुँदैछ ।

Earthquake close to Mammoth Lakes, California

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

८ साउन, काठमाडौं :  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर  काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

चीनमा भूमिगत रेल स्टेशन डुबाएपछि कैयौँमा त्रास

मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएसँगै कैयौँ हतास यात्रुहरूले भाग्ने प्रयास गरेका थिए।  केहीलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढा पुर्‍याइदियो। आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाइ माथि धकेलिरहेका थिए भने कम उचाइका व्यक्तिहरूलाई अन्यले बोकिरहेका थिए। रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो। जलवायु परिवर्तनका कारण तापमान बढेको वायुमण्डलले पनि अत्यधिक वर्षाको सम्भावना बढाउँछ। झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको खनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको थियो।

सामाजिक सञ्जालमा देखिएका केही भिडिओहरूमा यात्रुहरू कुर्सीमा उभिएको र रेलको छतमा टाँसिएको देख्न सकिन्छ। केहीले बित्यास लाग्दो स्थितिको भिडिओ खिँचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए। ”म अब थप बोल्न सक्दिन,” एक जना महिलाले सामाजिक सञ्जाल वेबोमा लेखिन्। ”२० मिनेट भित्र उद्धार नभए सयौँको सङ्ख्यामा रहेका हामीले ज्यान गुमाउने छौँ।”

चीन

तस्बिर स्रोत,GETTY IMAGES

(MNBBL)को ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

(MNBBL)को ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने हनेछ। मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज (साउन ७ गते) देखि आवेदन दिन सकिने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। बैंकले आजदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणलाई बिक्री गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो। जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ।  सोमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।   ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म लम्बिनेछ।

राजमार्गमा १३२ स्थानमा बाढीपहिरो – १३ ठाउँ अवरुद्ध  

सडक विभागका अनुसार यो वर्ष राष्ट्रिय राजमार्गका १ सय ३२ स्थान बाढीपहिरोका कारण अवरुद्ध भइसकेका छन्। १३ स्थानमा अझै राजमार्ग अवरुद्ध छन्। ७३ स्थानमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएका छन्। ४६ स्थानमा भने दुवैतर्फी खुला भएको छ। यो वर्ष मात्रै राजमार्गमा १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।  बर्खा लाग्नै हुँदैनथ्यो, कृष्णभीर र जोगिमारामा लगातार पहिरो झरिरहन्थ्यो। पहिरो पन्साउँदै सडक सञ्चालन गरिन्थ्यो। तर, केही वर्षयता यी दुई स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको खासै सुनिँदैन। विभागका प्रवक्ता नेपाल लामो समय त्यो क्षेत्रको भूबनोट अध्ययन गरी दीर्घकालीन समाधान गरिएको बताउँछन्। विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे सडक तिमाङ छहरामा जेठ १६ देखि नै अवरुद्ध छ। अरनिको राजमार्गको काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर– कोदारीअन्तर्गत लिपिङ पुलमा पहिरोले सडक भत्किएको छ। डुम्रे–बेंसीसहर–चामे सडकको तिमाङ खोला, धारापानी, बगरछाप, राम बजार, अर्खले, च्याम्चे, रुंगा, तनहुँको भन्सारमा एक महिनाभन्दा बढी समयदेखि सडक सञ्चालनमा आउन सकेको छैन। ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी राजमार्गअन्तर्गत रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला, गाँजाबारीमा सडक भत्किएकाले यातायात चल्न सकेको छैन। जमुनाहा–नेपालगन्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) दैलेखको बोट खोला र खिड्कीज्युला सडक भत्किएको छ।

यो राजमार्गसँग जोडिएर ८३ वटा शाखा सडक खनिएका छन्। मुग्लिन– नारायणगढ खण्डमा १२ शाखा सडक छन्। राजमार्ग बिग्रिनुका कारण शाखा सडक नै हुन्। ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा देखिन थालेको हो। बागमती प्रदेशका ७० प्रतिशतभन्दा बढी ग्रामिण सडकमा वर्षात्सँग आएको पहिरोले क्षति गर्ने गरेको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले जनाएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिकाभित्र दर्जनभन्दा बढी शाखा सडक निर्माण भएका छन्। ती सडकबाट बर्खायाममा ढुंगा, माटोसहितको लेदो बग्दै मुख्य राजमार्गमा थुप्रिने गरेको छ, जसले गर्दा बर्षात हुने बित्तिकै राजमार्ग अवरुद्ध हुने गरेको छ।