कम्पनीका शेयर सम्बन्धी लफडा-२०० भन्दा बढी इजलासमा

२०० भन्दा बढी इजलासमा गुनासो सुनुवाइलाई प्राथमिकता दिन थालेपछि कार्यालयमा थुप्रै निवेदनहरू प्राप्त भएका छन्। विशेष गरी  जलविद्युत् कम्पनी स्थापना गरी सर्वसाधारणलाई शेयरधनी बनाउने भन्दै रकम लिने तर उक्त रकमको रसिद नदिएको भन्ने गुनासो बढी कार्यालयमा आएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको शेयर सम्बन्धी लफडाको चाङ बढ्दै जान थालेको छ। कार्यालयलाई प्राप्त भएको जानकारी अनुसार विभिन्न अदालतका वाणिज्य इजलासमा दुई सयवटा भन्दा बढी मुद्दा सुनवाइ भइरहेको अधिकारीको भनाइ छ।  कार्यालयले कम्पनीको गुनासो र लगानीकर्ताकाे सुरक्षालाई ध्यान दिएर गरेर काम गर्न थालेपछि बिस्तारै कम्पनीका शेयर सम्बन्धी गुनासोहरूको चाङ बढ्दै जान थालेको हो।  धेरै जसो शेयर दिन्छु भनेर पैसा उठाउने तर पैसा लिएपछि रकम लिएको रसिद नदिने र भुक्तानी गरेको शेयर समेत नपाएको गुनासो कार्यालयमा बढी आएकाे छ।

कतिपय कम्पनीको शेयर लिएर बसेका शेयरधनीको शेयर अर्कैले बिक्री गरिदिएको भन्ने गुनासाे समेत कार्यालयमा छ। धेरै जसो गुनासोमा एक कम्पनीले अर्को कम्पनीको बारेमा गर्ने गरेका छन्। आफ्नो कम्पनीलाई नोक्सान हुने गरी अर्को कम्पनीले गतिविधि गर्ने गरेको गुनासो कार्यालयमा आउने गरेको छ। तर त्यस्ता गुनासालाई भने कार्यालयले नहेर्ने अधिकारीले बताए।

Spread the love