एकान्तकुना कार्यालयमा हाकिमहरुकाे भागाभाग

१२ पुस, काठमाडौं : एकान्तकुनामा रहेका यातायात व्यवस्था कार्यालयमा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन् । चालक अनुपतिपत्र कार्यालयका प्रमुखले कुलेलाप ठोकिसकेका थिए ।  टोली एकान्तकुनामा रहेका यातायात व्यवस्था कार्यालय र समस्याबारे बुझ्न सोमबार बिहान ११ बजेतिर कार्यालय पुगेका थियो । त्यतिबेला  सुशासन समिति अनुगमनका लागि आउने जानकारी हुँदाहुँदै पनि सवारी चालक अनुमति कार्यालयका प्रमुख तेजनारायण यादव कार्यालयबाट बाहिरिएका थिए ।  टोलीले कार्यालयमा अत्यन्तै अस्तव्यस्ता फेला पार्‍यो । कार्यालयको नाम र छाप नै नभएको रसिद सेवाग्राहीलाई दिएको समेत भेटियो । स्रोत:  राजधानी दैनिक

Spread the love