नेपाल-चीन सैन्य तालिमको तयारी

काठमाडौं: उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिम दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ । ‘सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ’,  चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति प्राप्त भइसकेको स्रोतले बतायो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकारसम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए ।

 नेपालस्थित चिनियाँ दूतावास स्रोतले नेपालसँग सैन्य अभ्यास नभई तालिममात्र हुन लागेको , भारत र अमेरिकासँग नेपालले गर्दै आएको सैन्य अभ्यास र हामीसँग हुन लागेको फरक प्रकृतिको हो । अब चीनसँग हुन लागेको संयुक्त तालिम मात्रै हो’, चिनियाँ दूतावासले जनाएको छ ।

 प्रवक्ता युजुनले भने । चीन र नेपालबीच सैन्य क्षेत्रमा हालैका वर्षमा विभिन्न स्वरूपमा सम्पर्क भइरहेको बताए । नेपाली सेनाका अधिकारीहरूले दैवीप्रकोप उद्धार र राहत कार्यका लागि तालिम र सहयोग आदानप्रदान गर्नेलगायत विषयमा छलफल भए पनि सैन्य तालिमको यकिन मितिबारे टुंगो नलागिसकेको बताए । एक साताअघि नेपाल आएको चिनियाँ एक सैन्य टोलीले संयुक्त सैन्य तालिमबारे प्रारम्भिक स्तरमा नेपाली सेनासँग छलफल गरेको थियो ।

Spread the love