मुसहर बस्ती बनाउन धुर्मुश

 कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् ।  मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मङ्गलवार बिहानै देखि खुसी थिइन । मङ्गलवार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए ।  मरनीले धुर्मुशलाई भेटेपछि निकै खुसी हुदैं भनिन्, ‘ हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुसी लाग्यो । ल बाबु ठुलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ! ’   धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरू खुसीले गद गद भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुसी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रूपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुसीयाली साटे । धमुर्स —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुसीयाली छाएको छ ।
राष्ट्र निर्माण तपाईँ हाम्रो अभियानलाई आत्म साथ गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लागनु पर्ने बेला आएको उनले बताए ।उनले भने,‘हामीले भोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौँ । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई वर्षमै देशमा कायापल्ट हुन्छ ।’

Spread the love