इतिहासमै सर्वाधिक धान उत्पादनयसपाली ५२ लाख मेट्रिक टन फल्यो

इतिहासमै सर्वाधिक धान उत्पादनयसपाली ५२ लाख मेट्रिक टन फल्यो

काठमाडौं: कृषि मन्त्रालयका अनुसार हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै यस वर्ष करिब ५२ लाख मेट्रिक टन (पाँच अर्ब २० करोड किलो) धान उत्पादन भएको छ ।  गत आर्थिक वर्ष २०६८६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । ‘चालू आर्थिक वर्षमा हालसम्मकै उत्पादनको इतिहासमा सबैभन्दा बढी उत्पादन भएको हो’, मन्त्रालय उच्च स्रोतले शनिबार अन्नपूर्णसँग भन्यो, ‘पछिल्लो समयमा उत्पादकत्व वृद्धि हुँदा सोचेभन्दा राम्रो प्रतिफल आएको छ ।  चालू आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी परिमाणमा धान उत्पादन भए पनि मन्त्रालयले यसबारे आधिकारिक रूपमा सोमबारमात्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

 आर्थिक वर्ष २०७१७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो । नेपाल राष्ट्रबैंकका अनुसार नेपालमा दैनिक चार करोड र वार्षिक रूपमा २६ अर्बभन्दा बढी मूल्यबराबरको चामल आयात हुन्छ । ‘खाने बानीमा आएको परिवर्तनका कारण मसिना र बास्नादार चामल बढी परिमाणमा आयात हुन्छ’, मन्त्रालयका अनुसार समयमै उपलब्ध भएको उन्नत जातका बिउ, रासायनिक मल र सिँचाइका कारण यसपटक उत्पादन तथ्यांकले ‘ब्रेक’ गरेको हो  मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो । करिब १४ लाख २५ हजार तीन सय ४६ हेक्टर धान उत्पादन हुने क्षेत्रफलमध्ये यस वर्ष झन्डै १४ लाख हेक्टरमा रोपाइँ भएको थियो  तराईका करिब १२ जिल्ला र कर्णालीमा गरी ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन । रोपाइँ भएको क्षेत्रफलमा सिँचाइको अभावसँगै बन्दहडताल र नाकाबन्दीका कारण समयमा आन्तरिक क्षेत्रमा भएको मल र भारतसहित तेस्रो मुलुकबाट आउनुपर्ने मल नआउँदा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतका दरले करिब चार लाख ९० हजार मेट्रिक टन कम धान उत्पादन भएको थियो ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिले ३३ प्रतिशतका दरले पाँच खर्ब ८० अर्बको योगदान गर्दै आएको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । धानले मात्रै एक खर्बको योगदान जीडीपीमा पुर्‌याउँदै आएको छ ।  कृषिमा धानको योगदान धेरै भएकाले धान उत्पादन घटेको वर्ष मुलुकको आर्थिक वृद्धिदर खुम्चिने र धानको उत्पादन वृद्धिदर दोहोरो अंकमा पुग्दा आर्थिक वृद्धिदर बढ्ने गरेको तथ्यांक छ ।’

बि पाण्डेको भाबुक रचना – एउटा प्रयास।।

एउटा प्रयास।।

एक पल मुटुमा राखेर हेर।
ढुक्ढुकी मुटुको छमेर हेर।।
एक पल आँखामा राखेर हेर।
आशुको गहिराइ नापेर हेर।।
कति माया गर्छु तिमिलाइ
कति माया गर्छु तिमिलाइ

आखाले नदेख्ने सन्सार ठूलो छ।
मनले नदेख्ने सन्सार हुदैन
घामले दिन्छ दिनलाइ उजेलो।
मायाले नछेक्ने अन्धकार हुदैन
एक पल माया मा बाचेर हेर।
यो चोखो माया मा हासेर हेर।।
एक पल आँखामा…..

सम्झिदा तिमिलाइ `म´ बाटो बिराउछु।
भिड छ यो दुनिया `म´ एकलै हराउछु
म उठ्छु निदाउछु खेल्छु रमाउछु।
म पागल सरि तिम्रो यादमा हराउछु
एक पल यो प्रेममा भुलेर हेर
स्वर्ग छ यो दुनिया खुलेर हेर
एक पल आँखाम….

Happy New Year 2017 and Wish you Happy Christmas!! – Min Tamang

Happy New Year 2017 and Wish you Happy Christmas!! People who are enthusiastically waiting for these two special occasions can rejoice and begin their celebrations by making all sorts of preparations for the eve. The occasion of New Year approaches quite soon to bring much happiness and cheerfulness on the face of every single individual across the world.

Min  Tamang

Managing Director

Chemra Devi  Sun Chadi Pvt. Ltd

Sorakhutte, Kathmandumerry-xmas-and-happy-new-year-2017-images

प्रेमको निहुमा वृद्धलाई कुटेर गाउँ निकाला

पुस १ गते राति लालबहादुरसँगै सावित्रालाई भेटेपछि स्थानीयले उनीहरुलाई बाँधेर कुटपिट गरी घर भत्काएर गाउँनिकाला गरेका हुन्। गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन्।  अर्बेनी गाविस कार्यालयका सहायक ४५ वर्षीय झबिलाल न्यौपाने र सावित्राका भतिजा ४३ वर्षीय चिन्तामणि न्यौपानेले उनीहरु दुबैजनालाई गाउँ निकाला गरेको वृद्धका छोरा ३७ वर्षीय अनुज सुनारले बताए। गाउँ निकालाको कागजमा दुवैजनालाई जबरजस्ती ल्याप्चे लगाई गाउँ निकाला गरियो,’ कुटाई खाएको पाँचौं दिनसम्म पनि वृद्ध हिँड्न सकेका थिएनन्। उनको खुट्टामा लाठी हानेको नील डाम छन्। उनीहरू दुबैलाई बाँधेर कुटपिट गरी गाउँ डुलाएर गाविसमा लगि गाउँ निकालको कागत बनाएको घटनामा संलग्न चिन्तामणिले स्वीकारे।  स्रोत:अन्नपूर्ण पोस्ट् दैनिक

नागढुंगा-नौबिसे सुरुङ निर्माण सम्झौता

८ पुस, काठमाडौं : आर्थिक पृष्ठमा नयाँ पत्रिका दैनिकले निशुल्क भिसा र टिकट असफललाई मुख्य समाचार बनाएको छ । अन्नपूण पोस्ट् दैनिकले ‘६ वर्ष भित्रै काठमाडौ-नौबिसे सुरुङ मार्ग’लाई मूख्य समाचार बनाएको छ भने   आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा नागढुंगा-नौबिसे सुरुङ सम्झौताले मुख्य स्थान पाएको छ । आजको नागरिक दैनिकले इन्धन मूल्यबृद्धि रोक्न निर्देश भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । नेपालले थप जहाज प्रवेशबिन्दु पाउन कठिन समाचारलाइ पनि महत्वपूर्ण स्थान दिएको छ ।

काठमाडौं उपत्यकामा बन्दको प्रभाव

२०७३. पुस ७ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र अभावकाविरूद्ध भन्दै माओवादीका युवा, विद्यार्थीको आह्वानमा आज एक दिनका लागि उपत्यका बन्दको आह्वान गरिएको  उपत्यका बन्द को प्रभाव आंशिक देखिएको प्रहरीले बताएको छ । महानगरी ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहानैदेखि लामो तथा छोटो दुरीको सवारी साधन चलिरहेका छन् ।  माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सरकारले पछिल्लो समयमा गरेको मूल्यवृद्धि फिर्ता नभए थप आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिए । बन्द गराउँदै हिँडेका माओवादीका केही युवा, विद्यार्थीहरुलाई बिहानै रत्नपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।    today strike in nepal

अमेरिकामा मृत्यु हुने नेपालीहरुको संख्याले खाडी मुलुकको झल्को – बाकसमा शव भित्रिँदै

सम्बृद्ध जीवन र उज्यालो भविष्य खोज्दै अमेरिका जाने नेपालीबाट वर्षमा करोड होइन, अरबमा नेपाली रुपैयाँ अमेरिका पलायन हुने गरेको छ ।  कतिपय होनहार नेपाली लास बनेर नेपाल फर्किने क्रम विगतको तुलनामा बढेको छ । सबैका सपना पूरा हुँदैनन् । अमेरिकामा मृत्यु हुने नेपालीहरुको संख्याले खाडी मुलुकको झल्को दिन थालेको छ ।अमेरिकामा अध्ययनका क्रममा रहेका आशिस भट्टराईको ग्यास स्टेसनमा काम गर्दा गर्दै एक लुटेराको गोली प्रहारबाट निधन भएको थियो ।सायद त्यो घटनापछि आशिषको शव नेपाल पुग्यो पनि । तर, नेपालीको संख्या बढेसँगै अमेरिकामा मृत्युका यस्ता दुःखद खबर दिनहँुजसो आउने क्रम रोकिएको छैन ।

कुरा गत वर्षको हो, अमेरिका आएको करिव ७ महिनामात्रै भएको थियो, काठमाडौंका रुशल श्रेष्ठको । सुरुमा सागिना, मिचिगन आएका २० वर्षीय रुशल एक सेमेष्टरको पढाइ सकेर टेक्सास आएका थिए । भर्खर गाडी चलाउन सिकेका रुशल राति १० बजे साथीलाई काममा छोड्न जाँदा कहिल्यै नफर्किने गरी विदा भए । नजिक अपार्टमेन्टमा रहने रुशलको पीडामा विदेशमा रहेका थुप्रै नेपालीहरु एक भए । ०७२ साल बैशाख १२ को भूकम्पका सहयोगका निम्ति २४ घन्टामा उठेको भन्दा धेरै रकम रुशलको सहयोगका निम्ति नेपाली समाज टेक्सासको खातामा उठ्यो । परिवारका एक्ला छोरा रुशल बहिनीको सपना पूरा गर्नेबारे साथीहरुसँग कुरा गर्थे । अत्यन्तै मिजासिला उनको त्यो दिनको यात्रा नै अन्तिम बन्छ भन्ने कल्पना कसैलाई थिएन कतिपय होनहार नेपाली लास बनेर नेपाल फर्किने क्रम विगतको तुलनामा बढेको छ ।  शव पठाउन पनि हम्मे-हम्मे हुन्छ कि भनेको अवस्थामा २४ घण्टामै उठेको ३३ हजार डलरले शव त घर पठायो र केही भए पनि घरको आर्थिक बोझ त हल्का गरिदियो नै तर आफ्नो लक्काजवान छोरो शव बनेर काठको बाकसमा अमेरिकारबाट काठमाडौं आउँदा परिवारमा कस्तो हालत भयो होला ? अनुमान गर्न गाह्रो छैन  नोभेम्वर १६ को दिन नेपालमा रहेकी कल्पना कार्कीलाई पीडा बनेर आयो । एउटा अकल्पनीय समाचार जसमा भनिएको थियो, करिव ८ हजार माइल टाढाबाट, २० वर्षीया छोरी निशाको हृदयघातबाट निधन भयो । यो खबर कल्पनाका लागि जीवनकै सबैभन्दा नराम्रो दिन बनेर आयो । ११ महिना अघि निशालाई बाई भनेर नेपालबाट बिदा गरिदिएकी कल्पना एकल महिला थिइन् । उनले जसोतसो गरेर छोरीलाई हुर्काइन् अमेरिकाजस्तो देशमा पढ्न पठाइन् । अब छोरीले पढ्लिन् र सुखका दिन आउला भनेर कल्पनामा बसेकी कल्पना अहिले मर्माहत भएकी छिन् । परदेशी भूमिमा मेरो निम्ति मात्रै होइन, हजारौं नेपालीका अगाडि यस्तो अवस्था आउने गरेको छ, आइरहेको छ । र, पक्का हो, आइरहनेछ । अहिले अरुको निम्ति सहयोग मागिएको छ, कहिले आफ्नै निम्ति अरुले सहयोग माग्नुपर्ने हो, ठेगान छैन । अमेरिकाबाट कसैले १० डलर त कसैले १०० वा बढी नै सहयोग संकलन गर्दै शव नेपाल फिर्ता पनि पठाउँछन् तर त्यो शवसँगै चुँडिएका सपना अनि कतिपयको आशाको त्यान्द्रो रहेका बालबच्चामा त्यसरी पुग्नुको चोट वर्णन गर्न कुनै शव्दले पुग्दैन । नेपालमा हुँदा समाचार मात्रै बनाएको  अमेरिका छिरेलगत्तै फरक परिवेशमा पुगेँ । केवल समाचार बनाउने यहाँ आएपछि सहयोग संकलनका निम्ति प्रचार गर्नतिर लाग्नुपर्‍यो । विश्वका विभिन्न कुनामा रहेका साथीहरुलाई भन्नुपर्ने भयो, लौन फलानाको मृत्यु भएछ, शव नेपाल पठाउन सहयोग संकलन गरिदिनुपर्‍यो । अरु नसके पनि समाचार मात्रै बनाएर नै भए पनि एक नेपालीको शव उसको परिवारका अगाडि पुर्‍याइदिनुपर्‍यो ।

 

६ महिनामै ट्याक्सीमा कम्प्युटरमार्फत विलिङ प्रणाली कार्यान्वयनमा आउने

काठमाडौं : ६ महिनामै ट्याक्सीमा कम्प्युटरमार्फत विलिङ प्रणाली कार्यान्वयनमा आउने भएको छ । पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री भएपछि जनताको नाममा संबोधन गर्दै भनेका थिए, उनले उल्लेख गरेका १ सय १२ बुँदामध्ये ट्याक्सी सवारी प्रयोगकर्ताले विल पाउनसक्ने व्यवस्था कार्यान्वयनमा आउने भएको हो।  आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ। प्रधानमन्त्री प्रचण्डको संबोधनको संसदमा जनताको नाममा एक घण्टा संबोधन गर्दै  नेपाल गुणस्तर तथा नापतौल विभागले पुस १७गतेबाट ट्याक्सी विलिङ प्रणाली जडान गर्ने सूचना जारी गरेको छ।

gorkhapatra प्रिन्टर जडित मिटरमा ट्याक्सी नम्बर,चालकको नाम,यात्रु चढेको समय र दूरी सेट गरेर राखिएको हुन्छ। यसरी सेट गरिएको मिटरका कारण यात्रु ठगिने सम्भावना रहँदैन। ट्याक्सीमा विलिङ प्रणाली रोक्न केही ट्याक्सी व्यवसायी संघ दबाब दिँदै आएका छन्। विभाग स्रोतका अनुसार ट्याक्सी व्यवसायी संघले प्रिन्टर जडित मिटरलार्इ बहिष्कार गर्ने धम्की पनि दिएका छन्। तर विभागले भने ट्राफिक प्रहरीको सहयोगमा विलिङ जडित मिटर अनिवार्य रुपमा राख्ने जनाएको छ। taxi-1

गौतम बुद्धको जन्मस्थल नेपाल विश्व शान्ति नेपालबाट सिक्छौं : मंगोलियन विदेशमन्त्री

पुस , २०७३- पहिलो पटक नेपाल भ्रमणमा आएका  मंगोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलले संयुक्त राष्ट्रसंघमार्फत विश्व शान्तिमा नेपालले निर्वाह गरेको भूमिकाबाट मंगोलियाले सिक्ने बताएका छन् ।  शान्ति स्थापनार्थ नेपाली सेना तथा सुरक्षाकर्मीको भूमिकाको सराहना गरेका  उनले  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरेका थिए । तीनदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौं ओर्लेका विदेशमन्त्रीसँग दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउँदै लैजान दुई/दुई वर्षको अन्तरालमा परराष्ट्रमन्त्री तथा परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्र गठन गर्ने समझदारी पनि भएको छ । यो संयन्त्रको बैठक दुवै मुलुकमा आलोपालो हुनेछ । गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा मंगोलियाले स्थापना गर्न लागेको विहारलाई सहयोग गर्नेसमेत दुई देशबीच समझदारी भएको छ ।  उनले दुवै देशका सर्वसाधारणलाई अनअराइभल भिसा दिने प्रक्रिया बढाउने जानकारीसमेत दिएका छन् । दुवै देशका सरकारी अधिकारीले एक अर्काको मुलुकमा भ्रमण गर्दा अनअराइभल भिसा (प्रवेशाज्ञा) दिलाउन भने दुवै देश सहमत भएका छन् ।

Nepal Oil NIgam

डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो

 पुस, काठमाडौं ;  आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमले  जानकारी दिएको छ ।  ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ । ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ ।  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार  तेलको मूल्य बढाएको हो । ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको छ । नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ ।