दैनिक प्रदुषीत बन्दै काठमाडौ शहर – जनस्वस्थमा गम्भीर असर

२०७३,पुस १४ – धुलामय राजधानीको सडकमा नाकमुख छोपेर हिँड्दै काठमाडौं सहरको जुनै कुनामा पुगे पनि धुलाम्मे भइन्छ । लपत्र र लथालिंग अवस्थाका सडक विस्तारका काम र मेलम्चीको पानीका लागि पाइप राख्न भन्दै अस्तव्यस्त रूपमा खनिएका सडक र गल्लीहरू ।  यति विघ्न धूलो उडछ कि, कहीँ कतै त कुहिरोले ढाकेझैं अलि परको दृश्यसमेत देख्न मुस्किल पर्छ । डा. रमेश चोखानीका अनुसार धुलाम्मे वातावरणले श्वाससम्बन्धी समस्या भएका, दमका रोगी, बुढापाका र बालबालिकालाई गम्भीर असर पारेको छ । कतिपय सवारीसाधनसमेत दिउँसै बत्ती बालेर कुँदिरहेका भेछिन्छन् ।  छातीसम्बन्धी रोगको जोखिम बढेको छ । वातावरण विभागको पोलुसन डट जीओभी डट एनपीका अनुसार नेपालले अधिकतम वायुको मापदण्ड पीएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा १२० घनमिटरसम्म नाघेको छ । काठमाडौंमा पीएम १० को मात्रा १२५.५ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको देखिन्छ । त्यस्तै, टीएसपीको मात्रा १५१ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको छ ।

Spread the love