गायिका उमा शानको – “सुनैको बाला”

गायिका उमा शानको – “सुनैको बाला”

नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसर गायिका उमा शानको – “सुनैको बाला” भिडियो रिलिज गरेकी छिन आफ्नै शब्द रहेको गीतमा छेवांग तेन्जिंग लामाको संगीत रहेको छ । गीतको भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ ।
बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।

युवा पलायन किन भए ? – शोभा खतिवडा

किन रोज्छन हाम्रा युवाले
अमेरिका यूरोप र अन्य राष्ट्र मात्र सँधै?
सायद देशको अबुझ पन हो की हो पराइ मुलुकको समृद्गि र विकास नै ?

किन होला टिक्न सक्दैनन्
जन्मेको भूमि जीनव भरी नै अझै!!
देशमा सहजता नभएर होकि हो विदेसमा सहजता धेरै ?

किन भाग्छन जन्मभूमि छाडी
युवाहरु त्यो पराइ भूमिमा!
के खोज्न जान्छन् हरेक मानिस
अरुले बनाएको अरुकै देशमा ?

राम्रो पनि कतै देखिन्न यो देश युवा बिहिन घर र

देश उजाड देखिन्छ !समृद्दिको पाटो र विकास अधुरो ज्ञान युवाहरुकै नपाउँदै !!

ज्ञानका दीपक कतै बल्दैन्न किन यस धरामा आज भोली!
बहादुरीका छाती पनि भेटिन्न्न
भूमिमा वीरता हराएझैँ !!

युवाको ज्ञान नपाउँदा सुन्य छन् हरेक माटो र खेत गर्हाहरु!
विकास दर्हिलो चाखेका छैनन् झैँ देखिन्छन हरेक धरा बरु यसै !!

कसरी र किन होला नि टिक्दैन्न युवा शक्ति यस भूमिमा!
चाहना नै राख्दैन्न किन कर्म पोख्न जन्मिएको माटो र जननीमा!!

जन्म दाता एक्लो जीवन सुन्यमा हरपल बिताउँछन!
सन्तान भने पराई भूमिमा कर्म पोख्न किन होला कति बाध्यछन्!!

यसको निधान पत्ता लगाओस राज्यको संयन्त्रले!
कारण के के हुन पत्ता लगाओस सारा यो कुरा मुलुकले!!

युवाको चाहना र मनलाई रोक्ने
सुबिधा सारा जुटाओस् मुलुक!
विज्ञानमा विकास,उर्जामा चमत्कार गरेर बढाओस शान देशमा !!

घुम्न जाउन ,परराष्ट्र धाउन कुटनैतिक मर्यादा र शानले!
नेपालको गरिमा समुन्नत पारुन विश्वमा नेपाली अभिमानले !!

शिक्षा आर्जन गराओस् देशले
कर्म गराओस हर युवा जोसको !!

नयाँ, नौला आविस्कार गराउनलाई
भूमिका सुम्पियोस् राज्य सम्यन्त्रले!!!
युवाले सजियोस् यो मेरो देश ज्ञानले भरियोस युवाको जोश!
ज्ञान पोखेर समृद्द बनोस विकासका पथले धरा बलियो बनोस् !!

अमेरिकामा नेपाली लेखक थपलिया

साभार : अन्नपुर्ण पोष्ट – अमेरिका : जीवनको सकारात्मक पाटो केलाउन सिकाउने लेखक हुन राजन थपलिया। उमेर तीन दशक नपुग्दै उनले दर्जन बढी अंग्रेजी भाषाका पुस्तक बजारमा ल्याएका छन। ‘सकारात्मक सोच र बिचारले नतिजा पनि सकारात्मक नै आउँछ,’ अमेरिकामा नेपाली लेखकको परिचय बनाउन सफल थपलियाले भने, ‘हालसम्म दुई दर्जन बढि पुस्तक लेखिसकेको छु। मेरो एक दर्जन पुस्तक यतिबेला प्रकाशन आइसकेको छ।’

अमेरिकी बजारमा नेपाली मुलका लेखक रहेको आभाष थपलियाले दिएका छन्। ‘नेपाललाई विश्व बजारसँगजोडनका लागि मैले कुनै न कुनै माध्यम खोजिरहेको थिएँ, पछि सोच आयो आफ्नो क्षमता अनुसार पुस्तकबाट जोड्न सकिन्छ,’ उनले भने, ‘समाज परिर्वतनगर्न सक्ने वा भनौं समाजमा केही नयाँ सन्देश दिनसक्ने बिषयबस्तु छनौट गर्छु।’

सुन्दर जन्मभुमी नेपाललाई संसारमा चिनाउने नै आफ्नो उद्देश्य रहेको उनले बताउँदै भने, ‘सोहीअनुरुप ‘आई यम फ्रम नेपाल’ भनेर विश्वबजारमा मेरा अंग्रेजी भाषाका पुस्तक बेचिरहेको छु। मातृभुमी प्रतिको माया दर्शाउन सन् २०१८ मा उनको पुस्तक ‘१०० प्रतिशत लाइफ’ सगरमाथाको शिखरमा बिमोचन भएको थियो। आङदावा शेर्पाले शिखर चुम्ने वित्तिकै बिमोचन गरेका थिए। शेर्पा ६ पटक हिमाल चडी सकेका व्यक्ति हुन्।

‘सबैको सुझाव थियो महाशक्तिराष्ट्र ह्वाइट हाउस अगाडि गर्नु। तर मलाई सगरमाथाले तान्यो। त्यही ‘प्राउड फिल’ गरे,’ उनले भने। पुस्तक बिक्रि हुने र नहुनेबारे आफ्ना अनुभव सुनाउँदै थपलिया भन्छन्, ‘बिक्ने भनेको कन्टेन नै हो, यदी बिषयबस्तु गतिलो छैन् भने प्रकाशक राम्रो भएर केही हुँदैन्। हुनत प्रकाशको पनि केही हात रहन्छ,यद्यपी विषयबस्तु र प्रस्तुती नै हो।’

कुनै उनको पुस्तक अमाजोनबाट दिनकै ४ सय ५० प्रति बिक्रिभएको छ भने कुनै पुस्तकको दुई चार प्रति पनि बिक्न मुस्किल भएको अनुभव सुनाउँदै भने, ‘सिक्दै लेख्दै छु। म अझ खारिन बाँकी नै छ।’ अमेरिकाको विभिन्न पत्रपत्रिमा कहिलेकाही अर्टिकल पनि लेख्दै आएका उनले त्यसबाट मात्र दुई पुस्तक बनाउन सक्ने बताएका छन। चारसय भन्दा बढी नेपाललाई बिषयबस्तु बनाएर लेखको र त्यो भन्दा बढि विभिन्न फिक्सनहरु लेखेको बताए।

उनले अबका नोबेलहरु नेपालका बिषयहरु बारे लेख्दैछन्, जस्तै सगरमाथामा चड्न साहस गर्ने शेर्पा जाती र बादीप्रथा उनको अबका पुस्तकका बिषय हुन्। उनको १०० प्रतिशत लाइफ बजारमा सर्वाधिक रुचाईएको पुस्तक हो। थपलियाको पुस्तकबाट नेपालमा कक्षा ६ को पाठ्यक्रममा मिस्टिक नेपाल शिर्षकमा बिषयबस्तु समावेश भएको छ।

सानै देखी पढनमा चलाखथपलियाले १४ बर्षको उमेरदेखी नै लेख प्रकाशनमा जुटे। १३ बर्षदेखी अमेरिकामा रहेर बायोलोजि र डाटा साइन्समा स्नातकोत्तर थपालिया फुट मेडिसिटमा विद्यावारिधीको प्रक्रियामा छन। लेखक थपलिया न्यूयोर्कबाट प्रकाशन हुने नेपाली पत्रिकाको अंग्रेजी संस्करणको सम्पादक हुन्। उनी चर्चित अंग्रजी डिजिटल पत्रिका न्यूयोर्क सिटी पोष्टमा समेत गर्दै आएका उनले उनले मिडियम अनलाइन, हफिङटन पोष्ट र फ्राइभ ग्लोबलमा आफ्ना बिचारहरु लेख्छन्।

Puerto Rico Tourism beefs up online presence

The new DiscoverPuertoRico.com offers a rich, multimedia content experience that inspires visitors to explore the entire Island while connecting them with local tourism businesses directly. Discover Puerto Rico, Puerto Rico’s new Destination Marketing Organization (DMO), officially launched Puerto Rico’s revamped tourism website, featuring a user-friendly layout and dynamic content designed to engage visitors across all digital formats. This is the first step in the DMO’s brand repositioning process that will enable Puerto Rico to fully capitalize on its rich tourism product offerings and emerge as a leading Caribbean destination.

“More than 77,000 people make up the Puerto Rico tourism industry and it is a vital contributor to the Island’s economy,” said Brad Dean, CEO of Discover Puerto Rico. “Our digital presence is every bit as important as what we have to offer on the ground and it’s critical to create a positive first and lasting impression for the destination.” The initial launch of the website focuses on needs revealed by a site audit and insights from two digital consumer needs and behaviors studies. Beyond a solid technical foundation using current technology and industry best practices for improved content display, site security and search optimization, it also now features an intuitive navigation structure with more than 300 pages of rich, multimedia content covering all regions of Puerto Rico.

Multiple audiences, from leisure travelers, meeting planners to wedding groups and more, can easily navigate through informative articles and listings for thousands of Island businesses and diverse points of interest. Visitors to the website can explore virtually through tailored content where to eat, stay and play, or select targeted categories such as sports and outdoor activities, history and culture, arts and music, entertainment and events, and more.

The launch of the website is the first of many significant marketing changes Discover Puerto Rico is embarking on to develop Puerto Rico’s brand equity and brand position and lead the way in the tourism industry. “The digital travel landscape is constantly evolving, and we need to evolve with it. We have established a robust content and feature development strategy for the website to adapt to everchanging traveler needs,” said Leah Chandler, CMO of Discover Puerto Rico. “New articles, videos, an event calendar and additional functionality will be added on a regular basis over the coming months in time for Puerto Rico’s brand re-positioning campaign launching soon. With more in-depth planning information and direct access to local businesses, the website inspires consumers to choose Puerto Rico over competing destinations.”


Symbol of Red Roses – Deepak Neupane

Deepak Neupane, Kathmandu : What’s more classically romantic than red roses? Almost everyone knows (or should know) that a brilliant bouquet of red roses is the perfect way to declare feelings of romantic love. Whether in celebration of an anniversary, wedding, Valentine’s Day or even National Romance Month (August), there is no mistaking the implication of passion, desire and above all, love, associated with red roses.

The red rose began its illustrious symbolic history in Greek and Roman iconography, where it was tied to Aphrodite, or Venus, the goddess of love. Later, in early Christian times it became associated with the virtue of Virgin Mary. By the time Shakespeare rolled around it had already become a poetic standard that he, and later Gertrude Stein, both famously played with in their works. Throughout its long, storied history, the red rose still reigns as the ultimate symbol of passionate affection.

It’s probably safe to say there’s no more prevalent or enduring symbol of love and beauty in Western culture than red roses. Red roses often appear in poetry, literature, classical artwork, contemporary films and everywhere in between. Renowned Scottish poet, Robert Burns, compared his love to a red rose in the poem Red, Red Rose, and the card “soldiers” in Alice in Wonderland lost their heads for painting white roses red, just to name a few classics.

These fragrant blooms come in varying shades of red, which also carry different symbolic meanings. For example, a bright red rose signifies romance, while burgundy means a love that has yet to be realized. The classic red rose is often the best choice for expressing your deepest affection for that special someone. Whether you send a single red rose, or a grand bouquet of ravishing reds, surprise your one and only for a romantic occasion, or better yet, just because. Check out this video for tips on how to arrange these bright, classically romantic beauties.

WANDERER – Umanga Ranabhat

I was lying on my bed
Missed you, he said!
Kissed me on my forehead
And left me like
If he is alive or dead!!

I don’t know where you at
I still look at your hat!
Mountains seem like flat
Waiting for you by
A girl called Ranabhat!!

Drops of rain
My love goes into vain!
You were my main
But, you are just insane!!

Who can leave a girl like this
Just want everything to dismiss!
I don’t love you anymore
Cause I am hella pissed!!

Just come back one time
Cause I can’t resist!
And then, you can disappear
From my life like a mist!!

1/16/2019
© Umanga Ranabhat

Source : http://thenewyorkcitypost.com/wanderer/

जस्तो छु त्यस्तै देखिन मन लाग्छ – सुनिल कोइराला

जस्तो छु त्यस्तै देखिन मन लाग्छ

उनीहरु आफू रुँदा, नरोए झैँ देखिने गर्छन् 
म आफू रुँदा, रोए झैं देखिन मन लाग्छ 
उनीहरु आफू हाँस्दा, नहाँसे झैं देखिने गर्छन्
म आफू हाँस्दा, हाँसे झैं देखिन मन लाग्छ
किनकी, मलाई जस्तो छु त्यस्तै हुन मन लाग्छ ।
मलाई जस्तो छु त्यस्तै देखिन मन लाग्छ ।

उनीहरु आफू निदाउँदा, ननिँदाए झैँ देखिने गर्छन् 
म आफू निदाउँदा, निदाए झै देखिन मन लाग्छ 
उनीहरु आफू बिउझिँदा, नबिउझिँए झैं गर्छन्
म आफू बिउझिँदा, बिउझिँए झैं देखिन मन लाग्छ 
किनकी, मलाई जस्तो छु त्यस्तै हुन मन लाग्छ ।
मलाई, जस्तो छु त्यस्तै देखिन मन लाग्छ ।

उनीहरु आफू बोल्दा, नबोले झै देखिने गर्छन्
म आफू बोल्दा, बोले झै देखिन मन लाग्छ
उनीहरु अरुलाई सुन्दा, नसुने झै देखिने गर्छन्
म अरुलाई सुन्दा, सुने झै देखिन मन लाग्छ

किनकी, मलाई आफू जस्तो छु त्यस्तै हुन मन लाग्छ ।
मलाई जस्तो छु त्यस्तै देखिन मन लाग्छ ।

शब्दः सुनिल कोइराला

चाहनाको चुल्ठो, भावनाको पुल्ठो

क्वाँटी निबन्ध सङ्ग्रह  – विनोद मन्जन  – प्रकाशक – गायत्री विष्ट

चाहना चुकुल हो । चुक्ली पनि यसको मित हो । चाहनाको चुकुल र चुक्ली बुझ्न नसक्नेहरुले सुकुल र फजुल छुट्याउन सक्दैनन् । भावनाको भकारी हुन्छ र चाकरी पनि । भावनाको भकारी र चाकरी खुट्याउन नसक्नेहरुले भिखारी र शिकारी चिन्न सक्दैनन् । म घोत्लिन्छु । म सोचमा डुब्छु । चिन्तनमा रमाउँछु । नौटङ्की देख्दा रिसाउँछु । फेरि चाहना र भावनालाई मिसाउँछु । चुल्ठो र पुल्ठो सल्काउने कि बाट्ने ? पुनः चुर्लुम्म हुन्छु चिन्तनमा ।
म मेचीको कन्काईको चञ्चलता बोकेर सिरेटो छिचोल्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छु । महाकालीको गाम्भीर्यता लिएर हुस्सु र कुहिरोको चिसो दहमा पौडने आँट गर्दछु । राजधानीको कहाली लाग्दो प्रदूषणमा पनि पौठेजोरी खेल्ने हिम्मत राख्छु । म शीतमा शीतलता भेट्छु । तुसारोमा तुक देख्छु । हिउँमा बिउ देख्छु । सरल हिमाल मन पराउँछु । टाकुरामा पनि अङ्कुरा उम्रन्छ भन्ने ठान्दछु । चुली चुलीमा पनि मिलिजुली बस्ने कुरा सोच्दछु । म तरेली र परेलीमा बयली खेल्न ज्यादै मन पराउँछु ।
अनुशासन सेती झैँ लुक्नु हुँदैन, खहरे खोला झैँ सुक्नु पनि हुँदैन । यो त माछापुच्छे« र सगरमाथा जस्तै आकर्षक र टक्रक्कै देखिने सफेद पहिचानको हुनु पर्दछ । बौद्धिक क्षमता र वैचारिक ज्ञान पातले छाँगो झैँ रहस्यमय र सिल्करोडको यात्रा झैँ कठिन हुनु हुँदैन । यो त सूर्य किरण जस्तो सबै ठाउँमा एकै किसिमले परेर ताप दिने हुनु पर्दछ । सिर्जना क्षमता लवाइ खवाइमा र आलोचनामा मात्रै होइन, बानी व्यवहार र यथार्थमा हुनु पर्दछ । कार्य कुशलता कुना कुनामा गुना गर्ने विवेकसित होइन, छिना झम्टीमा उपायको ‘प्याकेज’ दिने विवेकीसँग पो हुन्छ । प्यारो बन्ने माध्यम घुमाउरो धापलाई बनाउनु हुँदैन, व्यावहारिक छापलाई बनाउनु पर्दछ । चाहनाका खात लाग्छन् । चाहनापूर्तिका क्रममा जित हुँदा अनुहारमा मात देखिनु हुन्न । हारका समयमा मुहारमा रात पनि पर्नु हुन्न । सामाजिक आहातमा राहतको व्यवस्था होस् वा राजनैतिक विपतमा जनताको अभिमत नै किन नहोस् । समय सापेक्ष गतिशीलता अपरिहार्य हुन्छ । गतिशीलता न कसैको छिर्केनीमा ढल्छ, न कसैको आक्रोश र आवेगमा रोकिन्छ । यो त अविरल हुनु पर्दछ परिवर्तनका लागि । सबै सहभागी हुन सक्ने सरल हुनु पर्दछ । फेरि पनि गतिशीलता न हाँसको चाल न कुखुराको चालको हुनु हुँदैन । छल मिसिएको गतिशीलताले बलिदानीपूर्ण परीक्षाहरुमा फेल बनाउनु नौलो होइन, बलले धकेलिएको गतिशीलतामा झेल देखिनु पनि कुनै अचम्मको कुरा होइन । नौलो र अचम्मको कुरा त मेलसँगैको गतिशीलतामा हुने स्वार्थपूर्ण चलखेल पो हुन्छ ।
ग्रामीण गोरेटाहरु रूपान्तरणका गतिका प्रतीक्षामा छन् । सहरी सडकहरु सभ्यताको र संस्कृति निर्माणको आशामा टोलाएका छन् । समानताका सनातन भनाइ मूच्र्छित हुने अवस्था बनि सकेको छैन । अझै कति हिमाली चेलीहरु झुमा बनेर चलनको सीमा नाघ्न सकि रहेका छैनन् । त्यो पीडामा हिउँ विक्षिप्त बन्यो होला, हिमाल झोक्रायो होला तर चेलीहरु परम्पराको ठिङ्गुरामा बाँधिए झैँ देउकी बन्न विवश छन् । परम्परा थाक्ने बेला भइ सक्यो होला, संस्कृति रोइ सक्यो होला । परम्परा चिराचिरा बन्ने छाँट देखिँदैन । सभ्यताको आवश्यकता महसुस गर्ने काठमाडाँैँमै पनि कुमारीको नाममा छोरीहरुका चाहना निमोठिएको छ । भावना भाँचिएको छ । सभ्यता पनि झस्की सक्यो होला । तैपनि सभ्यता पुग्न सकेको छैन बाध्यतासम्म । यसर्थ संस्कृतिको आकृति बदल्नका लागि विकल्पको अति नै आवश्यकता पर्दछ । चलनलाई सकारात्मक बनाउनका लागि एक आपसमा मिलनमा अभियान सञ्चालन गर्नु पर्दछ । परम्पराको प्रचलनलाई उपयोगी बनाउन नयाँ सिराबाट सक्रिय हुनु पर्दछ । सभ्यताको आवश्यकतालाई वास्तविकतासित जोड्नु पर्छ ।
पहाडी छोराहरु लाहुरे बन्न बाध्य छन् । बहादुरको जिन्दगी बिताउन विवश छन् । आदिवासीहरु भर्तीका लागि विदेशिएका छन् । राजधानीकै कति नेपाली छोराहरु फोहोरमै जन्मन, हुर्कन र मर्नबाट छुटकारा पाउने अवस्थामा छैनन् । अर्थात् नेपाली जन जीवन सङ्कटग्रस्त छ । मुक्तिको जुक्ति निकाल्नु पर्ने शक्तिहरु मस्तीमा छन् । गर्नु पर्ने जनताको भक्ति, उल्टो पो भएको छ ।
जन चाहना स्वास्थ्य, शिक्षा र सुरक्षामा निर्लिप्त छ । आधारभूत आवश्यकताको परिपूर्तिका लागि चाहना राख्नु बढी होइन । यद्यपि चाहना महत्त्वाकाङ्क्षी हुँदै हुँदैन भन्ने चाहिँ होइन । चुलो चिसो बनाउनेलाई धुलो बनाउने चाहना, गरिबीको सर्जमिन गर्ने आङहरुले स्वाङ पार्नेहरुका टाङ खुस्काउने चाहना, झुपडीहरुको खुपडी खाने कपटीहरुलाई फिटीफिटी पार्नु पर्दछ भन्ने चाहना परिवर्तनका मसला हुन् । अर्थात् गाँस, कपास र बासका चाहना स्वाभाविक चाहना हुन् । स्वाभाविकतालाई अति ठान्नु भनेको खतिको बाटो समात्नु हो । दासत्वबाट मुक्ति खोज्नु अन्यथा होइन, यसबाट पर भाग्नु मनासिव पनि छैन । पलायनको बाटो रोज्नु कुनै पनि मानेमा न्यायोचित तरिका होइन, यसले जन चाहनालाई घायल बनाउँछ ।
निराशाको पक्ष पोषण, वितृष्णाको शृङ्खलामा सामेल स्वागत योग्य कुरा होइन । आरोप लगाउनका लागि गरिने पूर्वाग्रही चाहनाको जलपले वास्तविक चाहना लोप गराउँछ । विसङ्गतयुक्त चाहनामा सकारात्मक पाटो खोज्नु खोटो तरिका हो । मोटो बुद्धिले छोटो कार्य गर्न प्रेरित गर्छ । मोटो बुद्धिको चाहना पनि नकारात्मक हुन्छ । अर्थात् खोचे थाप्ने र वितृष्णा थप्ने सबै नकारात्मक चाहनाको कोटिमा पर्दछन् । त्यसो त हरेक विषयमा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । विवेकीहरुले सकारात्मक पाटो समात्छन् । चिन्तनशील विवेकीहरुले पक्ष पोषण गर्दछन् । स्वाभाविक रूपमा जन चाहना उच्च हुन्छन् । हुनु पनि पर्दछ ।

Binod Manjan of thepowernews
युवा साहित्यकार बिनोद मन्जन,
तस्विर ः दि पावर न्युज डट कम

शासकको पनि आफ्नै चाहना हुन्छ । कुनै पनि बहानामा सत्ता जोगाउने । राम्रा राम्रा कुरा गरेर चाम्रो चाम्रो भएर धोकाको छुरा हान्नु र स्पष्टीकरणमा चरण चरणको विज्ञप्ति निकाल्नु शासकको विशेष चाहनायुक्त गतिविधि हुन् । थोरै गर्ने धेरैको प्रचार गर्ने सधैँ आफ्नै मात्र दरकार देख्ने, जन चाहनाको सरोकारमा कम ध्यान दिने गैरजिम्मेवार सरकारको अर्को विशेषता हो । व्यक्तिगत सम्पन्ताका लागि कैयौँलाई विपन्न पार्न पछि नपर्ने दोष अरूमा सार्न बेर पनि नमान्ने शासकीय चाहनाले भावना घायल पार्छ । समस्या टार्नु पर्नेमा बल्झाउँछ । त्यसो त नेतृत्वको विवेक अनुसार राम्रा कार्यहरु पनि हुन्छन् । चाहनाको प्रतिनिधित्व पनि हुन्छ । सबै हारगुहार र मिलेमतोमा जुन बेला पनि अत्तो थाप्नेहरुको सातो जान्छ । भरी हातलाई पनि रित्तो देख्नेहरु, कालोलाई सेतो भन्नेहरुलाई व्यवहारले जवाफ दिनु पर्दछ । व्यवहारले जवाफ दिनेहरु हावामा कावा खाँदै, कवाफमा रवाफ देखाउन मस्त हुनु हुन्न । पन्छाउने र पन्छने परम्पराबाट विकल्प दिने अनि नेतृत्व लिने मानसिकताका साथ अगाडि बढ्नु पर्दछ शासक ।
मेरा चाहनाका गति आफ्नै खालका छन्† आफ्नै तालका छन् । छलका विरोधी, आवश्यकताका पक्षपाति । म चिन्तनमग्न हुन्छु । चिन्तनमा सफलताको शिखर चुम्छु । आफै आफ्नै विवेकी संसारमा रम्छु । फेरि वास्तविकतामा झर्छु । व्यक्तिगत चाहनालाई सामूहिक चाहनाले थिच्छु । अवरोधलाई ह्याकुलाले मिच्छु भन्ने ठान्दछु । मान्नु पर्नेलाई हान्नु पर्ने देख्छु । तान्नु पर्नेलाई फाल्नु पर्ने देख्छु । फोहोरले फोहोर पखाले पनि फोहोर नै हुन्छ भन्ने कुरा सम्झन्छु । चाहना पनि मन जत्तिकै छिटो पो छ त । म कहिले मेरा चाहनाहरुलाई परिवारसित जोडेर हेर्छु । कहिले परिवारलाई तोडेर हेर्छु । व्यक्तिगत हितसित मित लगाउने चाहनाले पनि पकड जमाउँछ । जब यसलाई थप्पड दिन्छु अनि सामूहिक चाहनाको पहिचान देखिन्छ । चाहनामा चुर्लुम्म डुबेर मात्र हुँदैन, भावनामा व्यावहारिक पनि हुनु पर्दछ । व्यावहारिक चाहना नै उन्नत हुन्छ । जन भावना पनि सकारात्मक, नकारात्मक दुबै पाइन्छ । श्रमदान गरेर विकासको क्रम निरन्तर बनाउने । कम काम गरेर बढी दाम लिएर म जत्ति पनि जिम्मेवारी बोध नगर्ने, शोध खोजको समयमा निदाउने, निदाउने समयमा जाग्ने । जिम्मेवारीबाट भाग्ने कुराले संसारै ढाक्ने । आवश्यकतालाई आवश्यक बनाउन सक्रिय नहुने, अनावश्यक विषयमा चन्द्रमा छुने । सामाजिक गतिविधिलाई आत्मसात् गरेको भावनाले ज्ञानको आँखी झ्यालबाट महान् महान् योजनाको प्रारूप तयार गर्न सक्छ । चेतना गतिशील हुँदा विचारका पर्रा छुट्छन् । जन भावनामा जनताकै सक्रियतामा तयार हुने योजनाहरु सफल हुन्छन् र समय सापेक्ष पनि ।
सरकारका सवलामा पनि सकारात्मक र नकारात्मकतालाई अलग गरेर हेर्न सकिन्न । जन चाहना पूर्तिमा मरिमेट्नेदेखि जन थिचाइमा फुर्ति गर्नेसम्म, जन वेदनामा चेतनाको प्रयोग गर्नेदेखि जन सम्बन्धमा लक्ष्मण रेखा कोर्नेसम्म सरकारमा हुन्छन् । निश्चित दर्शनलाई आत्मसात् गर्ने सिद्धान्तको परिपालन गर्नेहरुको सही परिचालनले मात्र उपलब्धि हात लाग्छ । समाज परिवर्तनको अभियानमा लाग्दा जात जान्छ भन्ने ठान्नेहरु सरकारका हर्ताकर्ता भएपछि शासन सत्ता व्यक्ति केन्द्रित बिर्ता बन्छ । यसले न जनताको मन छुन्छ, न राष्ट्रको धन नै जोगिन्छ । चाहना, भावनाको समन्वय गर्न नजान्नेदेखि तृष्णालाई पनि वितृष्णाकै कोटिमा राख्नेसम्म, मनोभावना अनुसार अगाडि बढ्नेदेखि जन चाहना बुझ्नेसम्म सत्ताको भत्ता खाइ रहेका हुन्छन् । शासक भ्रष्टाचारको पोषक होइन, भक्षक हुनु पर्दछ । भावनालाई चाहना अनुकूल बनाउन चेतनाको चरम विकास हुनु पर्दछ । चेतनाले नै समाजको वास्तविक तस्बिर उतार्न सक्दछ । वास्तविक आवश्यकता पहिचान नै समस्याको आधा समाधान पनि हो । समस्या समाधानमा सफलता पाउनेहरु अपमानको अश्रु ग्यासमा रुमलिनु पर्दैन कहिल्यै ।
मेरा भक्कानिएका भावनाको भकारी चाकरीका निमित्त होइन । कसैको स्वार्थपूर्तिको पुल पनि होइन र हतियार पनि । म बहकिएर पखेटाविहीन बन्न पनि चाहन्न, भावुकतामा दयाको लड्डु खान पनि चाहन्न । किनकि म दयाको लड्डुमा डाँडुमा पानी तताउने कुरा सम्झन्छु । म भावनाका भुल्कालाई गीतमा प्रस्तुत गर्छु

हिमाल र टाकुराको चुली टेकेर
तरेली र परेलीमा बयली खेलेर
सबै मन बराबर हुने बनाऔँ संसार ।
फुलैसित मन साटी बनाऔँ फुलै फुल
हुलैलाई सचेत पार्न मिलौँ मिले झैँ फुलै फुल
सबै जना बराबर हुने बनाऔँ संसार ।
एकैनास भएदेखि सबैको रमाइलो र खुसी
भाइचारा र मित्रताको पाथी हुन्थ्यो झुसी
जाँदैनथ्यो कतै खेर लौ न पसिनाको मसी ।
मायाको डोरी लौ है लामो बाटेर
मनैसित फुल, फुलैसित मन साटेर
सबै मन बराबर हुने बनाऔँ संसार ।

म पनि सामूहिक भावनाको एक प्रतिनिधि पात्र मात्रै हुँ । प्रत्येक गतिविधिले प्रतिनिधित्वलाई व्यावहारिक पुष्टि गर्नु पर्दछ । पुष्टिका लागि दूरदृष्टि आवश्यक हुन्छ । दृष्टि सही हुनका लागि आत्म विकास अनिवार्य हुन्छ । अन्यौलबाट निकास दिने कुरा खास कुरा हो । हावामा महल बनाउने कल्पनाको बेजोड उडानमा हराउनेले भावनाको पुष्ट्याइँ गर्न सक्दैनन् । अर्थात् भावनाको प्रतिनिधत्वि पनि । भावना आफैमा एउटा योजना पनि भएको हुनाले भावनामा सच्चाइका पक्षहरु पाइन्छन् । सच्चाइलाई नजरान्दाज गर्नु दुर्गतिको सङ्केत हो । म जहिले पनि आशावादी भावनाको पक्षमा उभिन्छु र वकालत गर्छु ।
साँझ साँझ नसामा डुबेर जान पहिचानका माँझ साज देखाउने होइन, साँझ पनि आदर्श देखाउनु पर्दछ । हरेक पक्षका सकारात्मक पाटोलाई आत्मसात् गर्नु पर्दछ र नकारात्मक पाटोलाई अनुशरण गर्नुको साटो, माटोमा मिलाई दिनु पर्छ बाटो सुगम बनाउनका लागि । जन चाहनाको चापमा शासकले टाप कस्नु, शासकको रापले म साँप हुनु फेरि पनि आफ्नै छापमा अस्तित्व खोज्नु एकै होइनन् । अस्तित्व व्यक्तित्वले जोगाउँछ । व्यक्तित्वले जन जनका मनलाई प्रभावित गर्छ । प्रभावले सङ्कट टार्छ ।
जन चाहनाको राम्रो र नराम्रो दुई पुला शासकको पनि सकारात्मक र नकारात्मक दुई पुला (आँठो) मेरा चाहनाका पनि आशावादी र निराशावादी दुई पुललाई सकारात्मक तिन पुलाको एउटा चुल्ठो बनाउने, नकारात्मक तिन पुलाको अर्को चुल्ठो बनाउने र भावनाका पनि जन चाहना, शासक र मेरो सापेक्ष भावनाको एउटा चुल्ठो बनाउने अनि निरपेक्ष भावनाको अर्को चुल्ठो बनाउने । त्यसपछि सकारात्मक चुल्ठोको रक्षा भावनाको पुल्ठोले नै गर्ने र नकारात्मक चुल्ठोको अन्त्येष्टि पनि त्यही पुल्ठोले गर्ने चाहनालाई एकीकृत गर्नु पर्दछ ।
चाहना र भावनालाई एकगठ गर्नु पर्दछ । चुल्ठोलाई एकताको प्रतीक, पुल्ठोलाई उज्यालोको प्रतीक मान्नु पर्दछ । चाहनाको चुल्ठो र भावनाको पुल्ठोलाई रक्षक र भक्षक दुबै रूपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग खुकुरीको धारमा हिँडनु जत्तिकै हुन्छ र जहिले पनि सकारात्मक ढङ्गले अघि बढ्ने गतिविधिले रसमय वातावरण बनाउँछ समयको क्रममा ।

देश छातीमा दुख्नु पर्छ

– सुवा

जब हाम्रो यो छाती भित्र

देशको मात्र मायाँ दुख्छ;

तवमात्रदेशभक्तितिम्रो

मन अनि मुटु भित्र हुन्छ!!

हामी नेपाली हौँ भन्नलाई

कता हामी गै बस्नु पर्छ?

हाम्रा हर हिमाललाई हेर्न

कति कर हामीले तिर्नुपर्छ

टुक्रा मायो देश लाई बाँढे

नेपाली हामी नै टुक्रिन्छौ;

देशको हिसाव किताबमा

हामी नेपाली नै छुटिन्छौ!!

जव हाम्रा यि मन,मुटुका

पानामा यो देश लेखिन्छ

तवमात्र देशकालागि पनि

कर्म हाम्रो सबै पोखिन्छ!!

मुटुका हरेक पाना भरी ;

जवयस्ताकुराकोरिन्छ

यो देश रहे हामी रहुँला

अनि देश कहाँ टुक्रिन्छ?

योभूमिहामीनेपालीको

तातो रगतले लेखियो;

जव यो रगतको नै मूल्य

टुक्रामा गएर पो टुक्रियो!!

योसानोहाम्रोमुटुजस्तो

पूर्खाको निशानी टुक्रा;

योटुक्रेमाछातीफुट्ला

रुनलाईहामीकहाँजाउँला?

सिमाना छन साक्षी हाम्रा

मन टुक्रे देश पनि टुक्रिन्छ

योदेशकोटुक्रानैभएमा

हाम्रो मान नि कहाँ रहन्छ?

मनमा यो देशको पो हैन

पदकोनै मोह अति बढ्दा

अनि नत प्यारो देश रहन्छ

न त हाम्रो नेपाल नैहुन्छ!

तराइमा हामी  बस्न जाँदा

हिंमालबाट हामीछुटिन्छौं

हिमालहाम्रोहोभन्नलाई

अनि कहाँ गएर पो पाउँछौं?

हिमालकस्कोहोलाभन्ने

पहाड कस्लाई हो र दिने?

तराईकोअतिउर्वरभूमि

हेर्नलाई हामी कहाँ जाने?

हामीले यो जीवन धान्ने

अन्न कताको पो हो खानु

तराइको फाँट हेर्नलाई

कस्को मुलुक होला जानु?

मान र शान देशको राखौँ

हामीमनैबाटअवमिलौं

मन अनि मुटुलाई मिलाई ;

देशको बिकास छिट्टै गरौं !!

नेपाल र हामी नेपालीको स्वाभिमान यो देशमा छ !

यो देशलाई अखण्ड राख्ने ;

जिम्मासारानेपालीमाछ!

लस एन्जलसमा मोती जयन्ती

लस एन्जलस  :  मोतीराम भट्टको तस्बिरमा फुल माला चढाएर सुरु भएको कार्यक्रममा  लस एन्जलसमा सदा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टरले मोती राम भट्टको १५३ जन्म जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ। मोतीराम भट्टको संक्षिप्त जीवनी र साहित्यिक यात्रा बारेमा बोल्दै साहित्यकार  गुरागाईले कार्यक्रमको प्रशंसा गरिएको थियो ।