‘अदृश्य दृश्यहरु’ – विज्ञता कार्की

‘अदृश्य दृश्यहरु’ – विज्ञता कार्की

काठमाडौं । बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो । साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहनुभएकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द (२०६९), यात्री सिंह (यात्रा उपन्यास २०७०), विज्ञताज् स्टोरिज् (२०७४) कृति एवं दुई दर्जन बढी पुस्तकमा आवरण चित्र प्रकाशित छन् । एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १७ वर्षकै उमेरमा निबन्ध संग्रह सार्वजनिक गर्नुभएको हो । साहित्कार अच्युत प्याकुरेलले छोरी विज्ञताको कृति हेरेपछि अब उनलाई बाल साहित्यकार भन्न नमिल्ने उनी प्रौढ साहित्यकार बनिसकेको धारणा व्यक्त गर्नुभयो । पन्ध्र वर्षकी हुँदा पन्ध्र विधाका पन्ध्र थान पुस्तक सिर्जना गर्ने विज्ञताका बुवाआमालाई धन्यवाद छ,’ प्याकुरेलले भन्नुभयो । रत्नराज्य क्याम्पस प्रदर्शनी मार्गकका सहायक क्याम्पस प्रमुख हरिप्रसाद सिलवालले विज्ञताले कम उमेरमै आफ्नो विज्ञता प्रस्तुत गर्दै बाल कलाकारबाट क्रमशः प्रौढ साहित्यकारको रुपमा आफूलाई स्थापित गर्दै लगेकी बताउनुभयो । समाजमा केही दृश्यहरु समाजले देखेर पनि नदेखे जस्तो गर्ने गरेकाले त्यसैले पुस्तकको नाम नै  ‘अदृश्य दृश्यहरु’ राखिएको विज्ञताले बताउनुभयो । ‘मैले बाल कथा, बालकविता लेखेपनि आजसम्मको सबै अनुभव समेटेर निबन्ध संग्रह ल्याएको छु,’ उहाँले भन्नुभयो, ‘समाजले देखेर पनि नदेखे जस्तो गरेका निम्न वर्गका समस्या र आँशु संग्रहमा समेटिएका छन् ।’

मूर्ति पूजाका विरोधी गौतम बुद्ध

 विनोद मन्जन : निबन्ध:  बुद्धज्यू  :  तपाईंंको २५६० औँ जन्म जयन्तीका अवसरमा नेपालमा अन्तर राष्ट्रिय सम्मेलन सम्पन्न भयो । तपाईंंको जन्मका विषयमा भारतले दावी पेस गरेकाले केही विवाद जस्तो भएको छ । विश्व शान्तिको कुरा गर्नेले यहाँ जन्मेको र उहाँ जन्मेको कुरामा भन्दा तपाईंंको आदर्शलाई पछ्याएर कति राम्रो हुन्थ्यो । एक छाक खाए शरीरलाई पुग्छ भनेर तपाईंंले आफ्नै अनुभवबाट दिइएको शिक्षा खोइ कतिले पालना गर्छन् भन्न सकिन्न । बरु दिनको पाँच चोटि खानेको कमी छैन । तपाईंंको फेरि जन्म होस् भनेर कामना गर्नेहरुको कमी छैन । तपाईंंको फेरि जन्म होस् भनेर कामना गर्नेहरुको कमी छैन । भाषणमा बुद्धका आदर्श पछ्याउनु पर्छ भन्नेको कमी छैन । मलाई त लाग्छ तपाईंंले दिनु भएको शिक्षालाई पालना गरे पुग्छ ।
तपाईंंले जति बेला आफ्नो फरक दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो त्यति बेला तपाईंंले मूर्ति पूजा अनावश्यक भन्नु भएको थियो । अफशोच् आजका मितिसम्म आइ पुग्दा विश्वभरि सबैभन्दा ठुला र धेरै मूर्ति तपाईंंकै छन् भन्ने गरिन्छ । तपाईंंलाई केन्द्र बनाएर बुद्ध धर्मको विकास भएको छ । फेरि थुप्रै बुद्धको कुरा पनि चल्छ । कतिले चार जना बुद्धको नेपालमा जन्म भएको उल्लेख गर्छन् । जे होस् तपाईंंको चर्चा आज पर्यन्त पनि खुब चलेको छ । कसैले किटान साथ बुद्ध जापानमा जन्मिएका थिए भन्छन् । ऐतिहासिक तथ्य केलाउँदा एउटा बुद्धको जन्म जापानमा पनि भएको रहेछ ।
तपाईंंले त्यति बेलै मूर्ति पूजाको विपक्षमा उभिनुमा विशेष कारण छ । हो तपाईंं मान्छे श्रमबाट टाढा नहुन र सधैँ पूजाको नाममा समय बर्बाद नगरुन् भन्ने हुनु पर्छ भन्ने तपाईंंका योगदानलाई दर्शनका रूपमा स्वीकार गर्ने र धर्मका रूमा स्वीकार गर्नेहरुको कमी छैन । कुन पक्षमा सङ्ख्या कति छ भन्ने भन्दा पनि कुन कुरा वैज्ञानिक हो भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ । मूर्ति पूजा गर्नु हुन्न भन्ने कुरा दर्शनकै पाटो हो । जब मूर्ति पूजा गर्नु हुन्न भनिन्छ तब त्यहाँ परम्पराको विरोध छ । परिवर्तनको सङ्केत छ । अब कसै कसैले त बुद्धका हजारौँ उपदेशका अगाडि एउटा कुरालाई समाएर हिँड्नु ठिक होइन पनि भन्छन् । बुद्धको मूल कुरो नै फरक ढङ्गले बुझेपछि त सक्कि गो नि ¤
मेरो विचारमा नेपालमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले आफैले अनुभव गरेर धेरै कुराको निष्कर्ष निकाल्नु हुन्थ्यो । जीवनमा अनुभव गर्न नसकिने कुराको पछि लाग्नु हुँदैन भनेर नै बुद्धले मूर्ति पूजाको विरोध गरेका हुन् । देख्न पनि नसकिने, महसुस गर्न नसकिने, सशरीर स्पर्श गर्न पनि नसकिने कसैले भेट्न पनि नसकेको, न आकृतिमा एक रूपता, न त मूर्तिमा समानता चित्रकारको कल्पनामा आधारित चित्र, मूर्तिकारको कलामा आधारित मूर्तिका पछाडि लाग्नु विवेकी मानवका लागि सुहाउने कुरै होइन । आजसम्म पूजापाठका बारेमा चलेका विधिहरु छन् ती सबै खर्चालु छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त समय खर्च हुन्छ । जसको क्षतिपूर्ति केहीबाट पनि हुँदैन । अन्नका कुरा गरौँ, कपासको कुरा गरौँ, तेल, घिउको सन्दर्भ निकालौँ । फुल, कपडाको चर्चा गरौँ, मठ, मन्दिर, मस्जिद, चैत्य, गुम्बा, चर्च निर्माणमा हुने खर्चको कुरा गरौँ जहाँ पूजा हुन्छ त्यहाँ खर्च हुन्छ ।
अब खर्च त जहाँ पनि हुन्छ भन्ने कुतर्क गर्नेहरुको पनि कमी छैन । जीवनको अति आवश्यकता पूर्तिका लागि हुने खर्च धर्मका नाममा हुने खर्चको तुलनै हुँदैन । त्यसै गरी केही पाउनलाई केही गुमाउनु पर्छ भन्ने तर्क गर्नेहरुको पनि कमी छैन । नदेखिने प्राप्तिका लागि लाग्नेहरुले मानसिक सन्तुष्टिको कुरा गरेको पनि सुनिन्छ । जसले जे भने पनि सिङ्गो मानव जीवनमा मूर्ति पूजाले ठुलो घाटा पारेका छ । फेरि धर्ममा नाफा घाटाको कुरा गर्नु हुन्न भन्ने उपबुज्रुकहरुको पनि कहाँ कमी छ र ? भ्रष्टाचार गरेको केही रकम धर्मका नाममा खर्च गरेर चोखिएको ठान्नेहरुको पनि सङ्ख्या थुप्रै छ । यी यस्तै अनेक कुराहरुको ज्ञान तपाईंंलाई थियो र मूर्ति पूजाको विरोध गर्नु भएको हुनु पर्छ ।
मानसिक रूपमा धर्मले कमजोर बनाउँछ भने भौतिक रूपमा पूजाले अलग राख्छ । मानसिक रूपमा शक्तिशाली हुन विवेकले चल्न सक्नु पर्छ, शारीरिक श्रमका लागि पूजाबाट अलग हुनै पर्छ । बुद्धका अनुयायीहरुले यो कुरा आत्मसात् गर्न नसक्नु ज्यादै ठुलो कमजोरी हो ।
गौतम बुद्धलाई तत्कालीन समयमा परिवर्तनका पक्षमा रहेको र परम्पराका विरुद्ध दार्शनिक रूपमा सबैले स्वीकार गर्न सक्छन् भने धर्मका रूपमा निश्चित समुदायले त्यो पनि भ्रमपूर्वक मात्रै बुद्धलाई चिन्छन् ।
सिङ्गो मानव जीवनलाई अस्तित्व प्रदान गर्नका लागि धर्मले होइन, दर्शनले सहयोग पु¥याउँछ । दर्शनलाई धर्म बनाउने भुल गर्नेहरुले बुद्धको सम्मान होइन, अपमान गरेका छन् भन्ने मेरो ठम्याइ छ । धर्मलाई चाहिँ दर्शनको आँखाले हेर्नु पर्छ । न कि दर्शनको हुर्मत लिएर धर्मका रूपमा ग्रहण गर्नु विडम्बना हो ।
शान्तिको झन्डा फहराउने अनि हात हतियारको निर्माणमा होडबाजी गर्ने प्रवृत्तिले मानिसलाई कहाँ पु¥याउँछ । बुद्धको महिमा गाउने र विश्वलाई शान्तिको सन्देश दिने हो भने हतियारबाट मुक्त राख्न सक्नु पर्छ । अहिंसाको प्रवचन दिएर नथाक्ने अनि मानव मस्तिष्कको निर्माणमै अनेक खालका अझ भनौँ हिंस्रक बनाउने खानेकुरा खाने कुराले बुद्धको सम्मान होइन, अपमान हुन्छ । आफैले हिंसा नगर्नु भन्दैमा बिहान उठेदेखि बेलुका नसुतेसम्म मासु मात्रै खानु भनेको त होइन नि ? सबै प्राणीको हितका लागि अहिंसाको कुरा गरिएको यथार्थलाई भुलेर अर्काले मारेको त हो नि भनेर चौबिसै घन्टा मासुमा मस्ती मान्नेहरुको के कुरा गर्नु र ¤
गौतम बुद्धले त सबै प्राणीलाई समान दृष्टिले हेर्नु भएको र ज्ञान दिनु भएको हो । अहिलेको विश्व प्राणीको रक्षाको कुरा त परै जाओस् सर्वश्रेष्ठ प्राणी भनिएको मानव जीवन कल्पनै गर्न नसकिने प्राप्तिका रूपमा व्याख्या गरिएको मानवकै हत्याका लागि उद्धत छ । कसैले विश्व शान्तिको ठेक्का आफ्नै ठान्छ र हतियार उत्पादन र बिक्री गरेर आर्थिक समृद्धि प्राप्त गर्छ । उसलाई कुनै पनि कानुनले छुँदैन, किनकि हतियार बिक्रीबाट थुप्रो रकमको सानो अंश अनुदान दिइएर आफूलाई सुरक्षित राख्न सफल छन् । राष्ट्रिय, अन्तर राष्ट्रिय कानुन कुनै पनि कानुनले त्यस्तालाई छुँदैन । अनि शान्तिको प्रवचन पनि तिनैले दिन्छन् । न त तिनीहरुलाई बुद्धको शान्ति र अहिंसाका वाक्यले हुन्छन् । न त बुद्धको दर्शनले दच्काउँछ । न त बुद्ध धर्मैले पनि शान्तिका लागि प्रेरित गर्छ ।
विश्वमा ठुलो सङ्ख्या धर्म नमान्नेको छ तिनीहरुलाई दर्शनले आकर्षित गर्छ । त्यो कुनै पनि धर्म नमान्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । धर्मको अन्ध विश्वासका आडमा जीवनयापन गर्नेहरुले अद्भुत प्रगति गर्न सक्दैनन् । भ्रमको अवस्था सधैँ टिक्दैन । त्यसैले पनि बुद्धको आयाम फराकिलो बनाउने, विश्वलाई मानव हिंसा बुद्ध धर्म मान्नेले नै हतियार बनाउँछ भने त्यो बुद्धको अपमान हो । अझ त्यस्ता खतरनाक हतियारहरुको प्रयोग गरेर मानवको ज्यान लिनु त कति भयावह कुरा हो हो । शान्ति कायम गर्नु अघि युद्ध अनिवार्य छ भन्ने दर्शन पनि विश्वमा नभएका होइनन् तर ती मानवका पक्षमा छैनन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
बुद्ध तपाईंंको नाम लिइएर नथाक्नेहरु थुप्रै छन् । स्वघोषित विभिन्न तहका अनुयायी बनेर क्रियाशील पनि थुप्रै छन् । तपाईंंले छोडेर गएका ज्ञानका कुरामा कम ध्यान दिने र कुनै पनि मानेमा ज्यान बनाउने अनि तपशीलका केही कुरा गरेर मूल चुरो कुरोलाई व्यवहारमा नउतार्नेहरुले बुद्धको नाम मात्रै लिइएर केही हुँदैन । मत्स्य न्यायको नामले चिनिने ठुलाले सानालाई खाने परम्पराको अन्त्य गर्नका लागि र बुद्धले भन्नु भएको विश्व शान्तिका लागि हतियार उत्पादन बन्द गर्नै पर्छ । कसैले दादागिरी देखाउन हतियार बनाइ रहेछन् । कसैले शान्ति कायम गर्ने जिम्मेवारी बहन गरेको भनेर पनि हतियार बनाइ रहेछन् । कसैले व्यापारका लागि भनेर हतियार बनाइ रहेछन् । कसैले धर्म रक्षाका लागि यस्तो कुरा गर्दै छन् । कसैले धर्म रक्षाका लागि यस्तो कुरा गर्दै छन् । कसैले संस्कृतिको हवाला पनि दिइएका छन् । जबसम्म ज्ञान, बुद्धिले आफ्नो हैसियत देखाउने परम्पराको विकास हुन्न तबसम्म अहिंसाको सार्थक प्रयोग हुँदैन । युद्ध नै शान्तिको आधार मान्ने र शक्ति त्यो पनि हतियारबाट प्रयोग गर्ने हो भने बुद्धले सोचेको र देखेको अहिंसा मुक्त विश्वको व्यावहारिक प्राप्ति सम्भव छैन ।
चाहे ज्ञानकै व्यापारका सम्बन्धमा किन नहोस्, व्यापारले नाफा नोक्सानको कुरा गर्छ । धर्ममा त्यसो हुँदैन भन्नेहरुले बुद्धलाई विश्वव्यापी बनाउने होइन, सीमित मात्रै बनाउने छन् ।
बुद्धले दिनु भएको आधारभूत ज्ञान मूर्ति पूजा नगर, हिंसा नगर र शान्ति कायम गर भन्ने कुरालाई व्यवहारमा नउतार्ने होइन, उल्टो गर्नेहरुले कसरी बुद्धलाई सम्मान गर्न सक्छन् ? भन्ने मेरो मत छ । बुद्धज्यू तपाईंं पनि यति बेला पृथ्वीमा हुनु भएको भए तपाईंंका अनुयायीहरुको व्यवहार देखेर दिक्क हुनु हुन्थ्यो होला । अझ धर्मका नाममा अनेक व्याख्या र सम्प्रदायतिरको सङ्कीर्णतातिर म प्रवेशै गर्दिनँ । किनकि तपाईंंले धर्म होइन, मानवलाई दर्शन दिनु भएको हो । दर्शनले सही बाटो देखाउँछ भने धर्मले गलत । तपाईंं (बुद्ध) का दर्शनलाई आत्मसात् गर्ने प्रतिबद्धता सहित कलम बन्द गर्छु ।
तपाईंंकै दर्शनको शिष्य
विनोद मन्जन

किशोर पन्थीको बहु प्रतिक्षित ऐतिहासिक पुस्तक “कम्पन” सार्वजनिक

काठमाडौं, १० वैशाख । 

संचारकर्मी किशोर पन्थीले भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको पुस्तक “कम्पन” विमोचन भएको छ । नया बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्ड कम्पप्लेक्समा उक्त पुस्तकको आज विमोचन भएको हो । बि.स २०७२ साल वैशाख १२ गतेको भुकम्प गोरखालाइ केन्द्र विन्दु बनाएर महाकम्पन नै ल्याएर गएको थियो । त्यही कम्पन ल्याएको विषयमा लेखिएको पुस्तक हो कम्पन । महाभूकम्पका पिडित, बाँचेका सर्भाईभरहरु र आफू उद्दार कार्य र लाईभ रिपोर्टिङमा होमिए पछिको सग्लो जिउँदोजाग्दो इतिहासको संगालोलाई कोर्दे पन्थीले यो पुस्तक लेखेका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले पुननिर्माणको काम स्थानीय तहलाई जिम्मा दिएमा छिट्टै सम्पन्न हुने बताउनुभएको छ ।

पत्रकार किशोर पन्थीले लेखेको कम्पन पुस्तकको आज राजधानीमा विमोचन गर्दै संयोजक भट्टराईले भूकम्पपछिको पुर्ननिर्माणमा स्थानीय तहलाई नै सक्रिय बनाउनुपर्ने बताउनुभयो । उहाले दान भनेको विना शर्त दिइने रकम भएको भन्दै तत्काल एकमुष्ट रुपमा राहात रकम पीडितलाई दिनुपर्ने बताउनुभयो । भूकम्पको तिन वर्षसम्म पनि पुर्ननिर्माणले गति लिन नसक्नुमा सारोकारवालाले गल्ती स्विकार गर्दै काममा लाग्नुपर्ने भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सोचेजस्तो पुर्ननिर्माण नभएको बताउनुभयो । नेता नेपालले मानविय सम्वेदनशिलतामा सुुरुका दिनमा जसरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिष्य स्तरबाट चासो भएपनि त्यो अनुरुप कामले गति नलिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री द्धय नेपाल र भट्टराईले पुस्तकले घटनामा देखे भोगेका वास्तविक भोगाईको सचित्र व्याख्या भएको बताउनुभयो । कार्यक्रममा पत्रकार पन्थीको कम्पन पुस्तक माथि समिक्षा गर्दै वास्तविक जीवनको जिवन्त अनुभूति समेटिएको वक्ताले बताएका छन् । पुस्तकको समिक्षा बरिष्ठ पत्रकार किशोर नेपाल र प्राध्यापक डाक्टर खग्रेन्द लुइ“टेलले पुस्तक सरल र सहज भाषामा लेखिएको भन्दै यसले भूकम्पको बारेमा सत्य तथ्य विषय जानकारी गराउन सक्ष्ँम भएको टिप्पणी गर्नुभयो ।

२२० पृष्ठको कम्पन पुस्तकमा महाभूकम्पपछिको आर्तनाद र आशालाई समेटिएको छ । पुस्तकमा भूकम्पपछिको उद्दार, राहात, पुर्नस्थापना तथा घाइतेहरुको वास्तविक भोगाइलाई समेटिएको छ । पुस्तकमा आफ्ना आफन्त, परिवार र आवास गुमाएर पनि बाचेकाहरुको सेवामा सहयोगी भावनाले काम गरिएका कथा व्यथालाई समेटिएको छ । अर्कोतिर राहात वितरणा भएको अनियमितता र आवास पुर्ननिर्माण गर्ने आश्वासन दिएर पनि नगरिएको विषयलाई समेत प्रष्टसग समेटिएको छ । अझै कम्पन पुस्तकमा सुरक्षाकर्मीले प्रकृतिक प्रकोपमा गरेको उद्दारलाई निकै महत्व दिइएको छ ।

History of Nepali Language

Nepali Language has been evolved from Sanskrit . Initially Nepali was considered as “Gorkhali” or  “Khas” language  .  It got its name ‘Nepali’ only after  king Prithivi Narayan Shah united the country .   The oldest evidence found in Nepali Language is Ashok Chilla’s bronze plate, carved in 1321 B.S. The oldest book found is ‘Khanda Khadya’  (1642) whose writer is still unknown. Another old books  without author’s name are ‘swasthani Bharatkatha’.(1658) and ‘Baj Parikxya’ (1700).The oldest book whose author is known is translated version of Bani Bilas Jyotirbid’s ‘Jwarup Pati Chikitsha'(1773) and ‘Prayashit Predip’ by Prem Nidhi Pant in Sanskrit.Both the books were tranlated by Prem Nidhi Pant .

According to Dr. T.N. Sharma, to make the study of the history of Nepali Literature convinient NL can be divided in to 5 eras. In that era the articles were generally written upon the bravery. In any language, the literature written in primitive age are mostly found as poetry. But, without the proper development of the prose poetry cannot be written. So, prose also has dominant existence in this era.

२ अर्ब २२ करोडको पाठ्यपुस्तक धमाधम छापिदै

भक्तपुर । नयाँ शैक्षिक सत्र शुरु हुन केही दिन मात्र बाँकी छ । आगामी शैक्षिक सत्र २०७५ को लागि नेपालमा विद्यालय शिक्षा अध्ययनको लागि कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ ।  कक्षा ६ देखि १० सम्मको छपाई भने सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले गरिरहेको छ । नेपाल सरकारले समयमै विद्यार्थीको हातमा पुस्तकको सेट पु¥याउन धेरै निकायलाई सक्रिय बनाएको छ । सरकारले यही चैत २५ गते भित्र सबै जिल्ला सदमुकाममा पाठ्यपुस्तक पुग्ने लक्ष्य लिएको छ ।  वि.स २०७४ सालमा कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ ।    जसमा कक्षा १ देखि ५ सम्म मात्र ३३ लाख ५ हजार ६ सय १४ जना हुनेछन् ।  कक्षा ६ देखि १०सम्म २२ लाख २४ हजार ९ सय १७ विद्यार्थी हुनेछन् । नेपाल सरकारले विद्यार्थी संख्याको पूर्व अनुमान गरि यो वर्षको शैक्षिक सत्रको लागि निःशुल्क पाठ्यपुस्तक शीर्षकमा २ अर्ब २२ करोड २२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

थपलियाको पुस्तक अब वालमार्टमा

अँग्रेजी भाषामा झण्डै दर्जन पुस्तक लेखिसकेका चर्चित नेपाली अमेरिकन युवा लेखक राजन थपलियाको पुस्तक अब वालमार्टमा पनि किन्न सकिने भएको छ । सन् २०१५ को फरबरीमा प्रकाशित पुस्तक रिज्वाइस अब वालमार्टमा अनलाइनबाट किन्न सकिने भएको छ । ग्रयाण्ड इगल रिटेलले वालमार्टमार्फत थपलियाको पुस्तक बिक्रि गर्ने पठाउने जनाईएको छ ।

१० डलर मुल्य राखिएको यो पुस्तक ८६ पृष्ठको रहेको छ । जीवन र जगतका बारेमा लेखिएको यो पुस्तक अमेजन र बान्र्स एण्ड नोबलमा पनि उपलब्ध छ ।

वालमार्टबाट पुस्तक किन्न यहाँ क्लिक गर्नुहोला ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित ११ वटा पुस्तक प्रकाशन भइसकेका छन् । लेखन क्षेत्रअन्तर्गत पर्ने साहित्यको समेत हरेक विधामा कलम चलाउँदै आएका थपलियाको हालै फिफ्टी फाइभ इयर्स नामको उपन्यास सांराश प्रकाशित छ भने त्यो भन्दा अगाडि हन्ड्रेड पर्सेन्ट लाइफ प्रकाशित भएको थियो ।

राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी, लाईफ इज सो ईजी, द मिराकल अफ लाईफ, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस र हन्ड्रेड पर्सेन्ट लाईफ हुन् । थपलियाले खासगरी सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्दै आएका छन् ।

खुँडा खुकुरी उठाउन मन लागेको छ फेरि पनि …… स्वागत नेपाल !

६ कक्षातिरको नेपाली विषयमा पढेको यो कविताले फेरि पनि खुँडा खुकुरी उठाउन मन लागेको छ, देश टुक्राटुक्रा गर्न खोज्नेहरु विरुद्ध । अझै याद आउँछ कविता…
झुल्क्यो प्रभात झललल्ल हिमाल झल्क्यो
पहाडको शिखरमा नव कान्ति टल्क्यो
ब्युँझे झल्यास्स पृथ्वी दरबारभित्र
आँखा अगाडि उभियो सपना सचित्र
गोर्खालीकी भगवती मनकामनाले
होई स्वयम् प्रकट आशिष यो दिइन् रे
पृथ्वी ! तिमी अघि सरी जुन काम गर्छौ
पूरा हुनेछ सजिलै किन अल्मलिन्छौ ?
आफ्नो अठोट अब पूर्ण गराई छाड्छु
साना तिना सकल राज्य जुटाई छाड्छु
भन्दै मसक्क मनले कसिएर पृथ्वी
थाले बनाउन अनि नव योजना ती
हामी परस्पर जुधी छरिँदा खिइँदा
केही गर्न नसकी उन्नति झोक्रिइँदा
पक्कै हिमाल मुनिका लघुराज्य नाना
भोलि कतातिर हुनन् अरुका खजाना
को पुज्न सक्तछ यहाँ परचक्री पाउ ?
को पार्न सक्छ मुटुमा परतन्त्र घाउ ?
तस्मात उठाउँछु खुँडा सब राज्य जोड्छु
एउटै महामुलुकको रचना म गर्छु
यो कामना फैलिगयो जनता मिलाई
नेपालको झलमल पृथ्वी उदाई
छौँ आज जो जति सब एक नै छौँ
जे गर्दछौँ मुलुकको हित निम्ति गर्छौँ ।
यस कवितामा पक्कै हिमाल मुनिका लघुराज्य नाना, भोलि कतातिर हुनन् अरुका खजाना भन्नेदेखि अरु अवस्था ठ्याक्कै मिल्दै आएको छ अहिले तर अन्तिम पंक्तिहरुमा भनेझैँ सबैले प्रण गर्न सर्कौँ । कविप्रति सम्मान अर्पण गर्छु । असल रचनाले लेखकलाई मार्छ भनेजस्तै लेखकको नाम सम्झन नसकेकोमा ग्लानीबोध पनि छ

खर ले छाएको-रातोमाटोले लिपेको घरमा दशै सम्झिदा – मिनु प्रसाई

मिनु प्रसाई, अमेरिका :  खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो ।
रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो ।
पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो ।
बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो ।
अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।
मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो ।
घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो ।
सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो ।
निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।
टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो ।
_ _ _ तर खै त अहिले त्यो दसै ? / उफ्स सम्झिदापनी बैराग लाग्छ्; त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो “बालापन ” फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो “बालापन ” साट्थे तर अपसोच नियती सामु म निरिह छु ।

मान्छेको प्रवृत्ति – “बुझ्नै पर्ने कुरा”

शिरोमणी दवाडी, काठमाडौ : अधिकांश मान्छे आफ्नो बुद्धि,बिवेक र सिर्जनाले काम गर्नु भन्दा अरूको काम,ब्यवसाय र दैनिकीको बढी चियो-चर्चो गर्छ। ऊसले कतिको पत्तो पाएको हुन्छ त्यो उसैले जानोस तर यस मामिलामा ऊ यति मिहिनेतले लाग्छ कि त्यो मिहिनेत उसले आफ्नै काममा लागाउने हो भने उसले प्रतिस्पर्धी सम्झिएको ब्यक्ती भन्दा ऊ निकै सफल हुन्छ।अधिकांश ब्यक्ति यही प्रवृत्तिले सफल हुन खोजे जस्तो गरे पनि अन्ततोगत्वा सफल हुँदैन नै,भइहाले पनि अन्तरमनबाट खुसी वा सन्तुष्ट पटक्कै हुँदैन ।
होइन,यो मान्छेको जातलाई किन यो कुरा हेक्का नभएको हो- “संसारमा प्रकृतिको नियम अनुसार हरेक मान्छेको अनुहार फरक-फरक भए जस्तै खुबी पनि फरक-फरक नै हुन्छ।” भएभरको खुबी लगाएर यो खुबी पत्ता लगाए त ऊ आफ्नोपनको सफल भैहाल्छ नि।हा-हा-हा…केही मित्रहरू……!!!

बालसहित्यकार बिज्ञता कार्कीको घुम्टीखोली

२४ साउन, काठमाडौं । :  रात्न राज्य क्याम्पसमा भएको एक बिषेश कार्यक्रममा तरेली सम्मान बालचन्द्र श्रेष्ठ, मसी मधुकर कार्की, शिवहरि विष्ट०सृजना पुरस्कार महेश थापा, आमाश्री ९मिश्रीमैयॉ विष्ट, ईश्वरी कार्की० सुशीला प्रधानाङ्गलाई प्रदान तथा विज्ञता कार्कीको विज्ञताज् स्टोरिज् कथा सङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । डा महेन्द्र विष्टको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा प्रा डा जीवेन्द्र देव गिरी, सुमन खरेल, माया ठकुरी, सुलोचना मानन्धर, डा राम प्रसाद ज्ञवाली, डा निर्मला सुवाल, सुशीला प्रधानाङ्ग, प्रवाह श्रेष्ठ, निशा शर्मा, देवी घिमिरे, विनोद मन्जनले बोल्नु भएको थियो भने रत्न राज्यलक्ष्मी क्याम्पसमा राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत गायत्री विष्ट,धन्यवाद गायत्री थपलिया र सञ्चालन विज्ञता कार्कीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बालसहित्यकार प्रिय विज्ञता कार्कि लाई जन्मदिनको शुभकामना तथा साहित्य क्षेत्रमा अधि बडेका यि साना पाइलालाई अझ उचाईमा लैजान सबैको साथ तथा सत्भाब मिल्योस् भन्ने कार्यक्रमका बिषेश अतिथिहरुको सुभेच्छा रहेको थियो । घुम्टी खोली कार्यक्रम प्रत्येक बर्ष संचालन भैरहेको र आगामी दिनमा पनि यस कार्यक्रमले निरन्तरता पाइरहने कुरामा बिनोद मञ्जनको रहेको थियो भने यस्ता कार्यक्रमहरुले प्रत्येक घरमा परिवारका सदस्यहरुको कलात्मक सृजनालाई सबै माझ पु¥याउन बल मिल्ने कुरामा जोड दिनु भयो ।ghumti kholi 207420664142_1763109533729195_4126923981390248510_n