अमेरिकामा नेपाली लेखक थपलिया

साभार : अन्नपुर्ण पोष्ट – अमेरिका : जीवनको सकारात्मक पाटो केलाउन सिकाउने लेखक हुन राजन थपलिया। उमेर तीन दशक नपुग्दै उनले दर्जन बढी अंग्रेजी भाषाका पुस्तक बजारमा ल्याएका छन। ‘सकारात्मक सोच र बिचारले नतिजा पनि सकारात्मक नै आउँछ,’ अमेरिकामा नेपाली लेखकको परिचय बनाउन सफल थपलियाले भने, ‘हालसम्म दुई दर्जन बढि पुस्तक लेखिसकेको छु। मेरो एक दर्जन पुस्तक यतिबेला प्रकाशन आइसकेको छ।’

अमेरिकी बजारमा नेपाली मुलका लेखक रहेको आभाष थपलियाले दिएका छन्। ‘नेपाललाई विश्व बजारसँगजोडनका लागि मैले कुनै न कुनै माध्यम खोजिरहेको थिएँ, पछि सोच आयो आफ्नो क्षमता अनुसार पुस्तकबाट जोड्न सकिन्छ,’ उनले भने, ‘समाज परिर्वतनगर्न सक्ने वा भनौं समाजमा केही नयाँ सन्देश दिनसक्ने बिषयबस्तु छनौट गर्छु।’

सुन्दर जन्मभुमी नेपाललाई संसारमा चिनाउने नै आफ्नो उद्देश्य रहेको उनले बताउँदै भने, ‘सोहीअनुरुप ‘आई यम फ्रम नेपाल’ भनेर विश्वबजारमा मेरा अंग्रेजी भाषाका पुस्तक बेचिरहेको छु। मातृभुमी प्रतिको माया दर्शाउन सन् २०१८ मा उनको पुस्तक ‘१०० प्रतिशत लाइफ’ सगरमाथाको शिखरमा बिमोचन भएको थियो। आङदावा शेर्पाले शिखर चुम्ने वित्तिकै बिमोचन गरेका थिए। शेर्पा ६ पटक हिमाल चडी सकेका व्यक्ति हुन्।

‘सबैको सुझाव थियो महाशक्तिराष्ट्र ह्वाइट हाउस अगाडि गर्नु। तर मलाई सगरमाथाले तान्यो। त्यही ‘प्राउड फिल’ गरे,’ उनले भने। पुस्तक बिक्रि हुने र नहुनेबारे आफ्ना अनुभव सुनाउँदै थपलिया भन्छन्, ‘बिक्ने भनेको कन्टेन नै हो, यदी बिषयबस्तु गतिलो छैन् भने प्रकाशक राम्रो भएर केही हुँदैन्। हुनत प्रकाशको पनि केही हात रहन्छ,यद्यपी विषयबस्तु र प्रस्तुती नै हो।’

कुनै उनको पुस्तक अमाजोनबाट दिनकै ४ सय ५० प्रति बिक्रिभएको छ भने कुनै पुस्तकको दुई चार प्रति पनि बिक्न मुस्किल भएको अनुभव सुनाउँदै भने, ‘सिक्दै लेख्दै छु। म अझ खारिन बाँकी नै छ।’ अमेरिकाको विभिन्न पत्रपत्रिमा कहिलेकाही अर्टिकल पनि लेख्दै आएका उनले त्यसबाट मात्र दुई पुस्तक बनाउन सक्ने बताएका छन। चारसय भन्दा बढी नेपाललाई बिषयबस्तु बनाएर लेखको र त्यो भन्दा बढि विभिन्न फिक्सनहरु लेखेको बताए।

उनले अबका नोबेलहरु नेपालका बिषयहरु बारे लेख्दैछन्, जस्तै सगरमाथामा चड्न साहस गर्ने शेर्पा जाती र बादीप्रथा उनको अबका पुस्तकका बिषय हुन्। उनको १०० प्रतिशत लाइफ बजारमा सर्वाधिक रुचाईएको पुस्तक हो। थपलियाको पुस्तकबाट नेपालमा कक्षा ६ को पाठ्यक्रममा मिस्टिक नेपाल शिर्षकमा बिषयबस्तु समावेश भएको छ।

सानै देखी पढनमा चलाखथपलियाले १४ बर्षको उमेरदेखी नै लेख प्रकाशनमा जुटे। १३ बर्षदेखी अमेरिकामा रहेर बायोलोजि र डाटा साइन्समा स्नातकोत्तर थपालिया फुट मेडिसिटमा विद्यावारिधीको प्रक्रियामा छन। लेखक थपलिया न्यूयोर्कबाट प्रकाशन हुने नेपाली पत्रिकाको अंग्रेजी संस्करणको सम्पादक हुन्। उनी चर्चित अंग्रजी डिजिटल पत्रिका न्यूयोर्क सिटी पोष्टमा समेत गर्दै आएका उनले उनले मिडियम अनलाइन, हफिङटन पोष्ट र फ्राइभ ग्लोबलमा आफ्ना बिचारहरु लेख्छन्।

Spread the love