जस्तो छु त्यस्तै देखिन मन लाग्छ – सुनिल कोइराला

जस्तो छु त्यस्तै देखिन मन लाग्छ

उनीहरु आफू रुँदा, नरोए झैँ देखिने गर्छन् 
म आफू रुँदा, रोए झैं देखिन मन लाग्छ 
उनीहरु आफू हाँस्दा, नहाँसे झैं देखिने गर्छन्
म आफू हाँस्दा, हाँसे झैं देखिन मन लाग्छ
किनकी, मलाई जस्तो छु त्यस्तै हुन मन लाग्छ ।
मलाई जस्तो छु त्यस्तै देखिन मन लाग्छ ।

उनीहरु आफू निदाउँदा, ननिँदाए झैँ देखिने गर्छन् 
म आफू निदाउँदा, निदाए झै देखिन मन लाग्छ 
उनीहरु आफू बिउझिँदा, नबिउझिँए झैं गर्छन्
म आफू बिउझिँदा, बिउझिँए झैं देखिन मन लाग्छ 
किनकी, मलाई जस्तो छु त्यस्तै हुन मन लाग्छ ।
मलाई, जस्तो छु त्यस्तै देखिन मन लाग्छ ।

उनीहरु आफू बोल्दा, नबोले झै देखिने गर्छन्
म आफू बोल्दा, बोले झै देखिन मन लाग्छ
उनीहरु अरुलाई सुन्दा, नसुने झै देखिने गर्छन्
म अरुलाई सुन्दा, सुने झै देखिन मन लाग्छ

किनकी, मलाई आफू जस्तो छु त्यस्तै हुन मन लाग्छ ।
मलाई जस्तो छु त्यस्तै देखिन मन लाग्छ ।

शब्दः सुनिल कोइराला

Spread the love