शिक्षा र सिपलाई एकीकृत गर्ने बिषयमा २ ५ महिने कम्युटर तथा सिपमुलक तालिम उद्घाटन समारोह

गोरखापत्रका प्रधानसम्पादकलाई आयोगको स्पष्टीकरण पत्र

काठमाडौँ :  निर्वाचन आयोगले गोरखापत्र दैनिकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ । वैशाख २५ गते आइतबार प्रकाशित एक अन्तर्वार्तालाई लिएर आयोगले आचारसंहिता प्रतिकूल भएको भन्दै सो पत्रिकाका प्रधानसम्पादकलाई पत्र काटेको हो । ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा सो दैनिकले भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता प्रकाशन गरेको थियो । सो अन्तर्वार्ता प्रकाशन भएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । ‘अन्तर्वार्ता उम्मेदवारको पक्षमा प्रचार प्रसार हुनेगरी छापिएको देखिन्छ’ आयोगले भनेको छ । ‘गोरखापत्र संस्थान गोरखापत्र संस्थान ऐन २०१९ अनुसार स्थापना भएको सार्वजनिक संस्थान हो । निर्वाचन आचारसंहिता २०७८ को दफा ६ (क) अनुसार सार्वजनिक संस्था र सोमा कायर्रत कमर्चारील ेकनु ैराजनीतिक दल वा उम्मदेवारका ेपक्ष वा विपक्षमा पच्रार पस्रारमा सलंग्न हनु वा पच्रार पस्रार गर्न नहनु ेव्यवस्था छ’ आयागेका ेपत्रमा उल्लखे छ । ‘निवार्चन आचारसंिहता २०७८ का ेदफा २२, सञ्चार प्िरतष्ठान, सम्बद्ध कमर्चारी तथा पत्रकारल ेपालना गनर्पुर्न ेआचरणका े खण्ड (ख) मा सञ्चार प्िरतष्ठान, सामो सम्बद्ध कमर्चारी तथा पत्रकारल ेकसकौ ेपक्ष वा विपक्षमा समाचार पक्राशन वा पश्रारण गर्न नहनु ेव्यवस्था छ’ विज्ञप्तिमा भनिएको छ, ‘एने बमाेिजम स्थापित सावर्जनिक सस्ंथानद्वारा पक्राशित पत्रिकाल ेकनु ैअमकु दल वा गठबन्धनका उम्मदेवारका ेएकपक्षीय अन्तरवार्ता पक्राशित गर्न ेकार्य निवार्चन आचारसंिहता विपरित हन्ुछ, हदँुनै ? सावर्जनिक सस्ंथानका ेरुपमा स्थापित सञ्चारगहृले यसपक्रारबाट एक जनामात्र उम्मदेवारका े अन्तरवार्ता पक्राशन गनार्ल ेनिज उम्मदेवारका े पच्रार पस्रार हन्ुछ कि हदँुनै ?’ आयोगले गोरखापत्र दैनिकका प्रधानसम्पादकलाई सम्बोधन गर्दै काटेको पत्रमा भनिएको छ, ‘गोरखापत्र संस्थानले अमुक दलका वा गठबन्धनका उम्मेदवारका भनाइहरु प्रचारात्मक रुपले सम्प्रेषण गर्नाले प्रेस स्वतन्त्रता संकुचित र कुण्ठित हुन्छ, हुँदैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफ पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

प्रदेश र जिल्ला तहमा तयारी अन्तिम चरणमा

काठमाडौँ: स्थानीय तह सदस्य निर्वाचन, २०७९ को तयारीका लागि निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् ।
ती कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् । कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयहरूले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिब र वितरणको तयारी अन्तिम चरणमा पु¥याएका छन् । निर्वाचन सामग्री चाँडै मतदानस्थल
र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदानको तयारीलगायतका काममा पनि ती
कार्यालय जुटिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । प्रदेश निर्वाचन कार्यालय रहेका ठाउँमा जिल्ला निर्वाचन कार्यालय राखिएको छैन ।
नमूना मतदान गराइँदै दाब– लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाब जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ । सो कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिब भइरहेको छ । उहाँले
वैशाख २४ गते जिल्लाको बंगलामुखी गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको बताउनुभयो । वैशाख २६ र २७ गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने जानकारी दिनुभयो ।
निर्वाचनका लागि दाबमा कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ । निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी
गरी ६ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको हो। ३ हजार ६८८ कर्मचारी र ३ हजारको सब्ख्यामा सुरक्षाकर्मी गरी ६ हजार ६८८ जनशक्ति निर्वाचनमा खटाइने छ । निर्वाचन कार्यालयका अनुसार दाबमा ४६१ मतदान केन्द्र छन्।

पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिताबारे काउन्सिलको पत्र

काठमाडौँ– प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता उल्लब्घन गरेको भन्दै सचेत गराएको छ । काउन्सिलका उपप्रशाकीय अधिकृत रामशरण बोहराकाअनुसार केही सञ्चार माध्यम र पत्रकारले पछिल्लो समय आचारसंहिता प्रतिकूल गतिविधि गरेको देखिएकाले सचेत गराइएको हो । पत्रकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर दलीय उम्मेदवारको पक्षमा प्रचार
प्रसार गरेको काउन्सिलले जनाएको छ ।
त्यस्तै, सञ्चार माध्यमहरुले आचारसंहिताको प्रतिकूल समाचार सम्प्रेषण गरेकाले आइन्दा त्यसो नगर्न नगराउन सचेत गराइएको बोहराले जानकारी दिनुभयो । पत्रकार लोग्शरी कुँवरले सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै एमाले उम्मेदवारको पक्षमा प्रचार प्रसार गरी पत्रकार
अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च)
उल्लब्घन गर्नुभएको काउन्सिलले जनाएको छ । उहाँलाई काउन्सिलको तर्फबाट सचेत गराइसकिएको बोहराले जानकारी दिनुभयो ।
त्यस्तै, पत्रकार राज सापकोटाले हेटौँडा उपमेयर उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले उहाँलाई सचेत गराएको जनाएको छ । उहाँको स्टाटसले पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) आकर्षित भएको काउन्सिलले जनाएको छ । सोहीअनुसार रेडियो पत्रकार उषा लोहनीले काठमाडौँ महानगरपालिका प्रमुखको महिला उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले
सचेत गराएको छ । सामाजिक सञ्जालमार्फत उहाँले गर्नुभएको प्रचार प्रसारमा पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६)
को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) उल्लब्घन गर्नुभएको काउन्सिलले जनाएको छ ।
त्यस्तै, काउन्सिलले रिपब्लिका दैनिक डट कमलाई तीन दिने स्पष्टीकरण सोधेको छ । उपप्रशासकीय अधिकृत बोहराकाअनुसार
सो न्यूज पोर्टलले ।।।एमालेका मेयरको उम्मेदवारको महिलासँगको यौन सम्पर्कवाला अश्लील अडियो र भिडियो सार्वजनिक’
शीर्षकमा गत वैशाख १६ गते समाचार सम्प्रेषण गरेको थियो । सो सामग्री सम्प्रेषणले पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४ को (६), ५ को (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार दैनिक हब डट कमलाई पनि काउन्सिलले आचारसंहिता पालनाका लागि सचेत गराएको छ ।

सो न्यूज पोर्टलले वैशाख १९ गते ।।।भक्तपुरका एमाले उत्साहित, गठबन्धन निरुत्साहित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६) र निर्वाचन आचारसंहिता २०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । त्यस्तै, जनआस्था डट कमसँग पनि काउन्सिलले तीन दिनभित्र स्पष्टीकरण माग
गरेको छ । सो सञ्चार माध्यमले वैशाख १६ गते ।।।एमाले सचिव र मेयरका उम्मेदवारको रंगिला संवाद छरपस्ट, राष्ट्रपतिले दिने पुरस्कारमै  प्रश्नचिन्ह’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४
(६), ५ (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (ढ) र दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।
सोहीअनुसार रेसुब्गा टुडे डट कमलाई पनि आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न काउन्सिलले सचेत गराएको छ । सो सञ्चार
माध्यमले वैशाख १९ गते ।।।त्रिपुरा सुन्दरीमा बोहराको जीत सुनिश्चित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।
सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६), (१२) र निर्वाचन आचारसंहिता
२०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । यसैबीच काउन्सिलले सत्यतथ्य समाचार डट कमलाई नेपालभित्र सम्प्रेषण गर्न नमिल्नेगरी व्यवस्था गर्न काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको जनाएको छ । सो सञ्चार माध्यमले वैशाख
१९ गते ।।।घरदैलो शुरु गरेसँगै वडा नम्बर २ का अध्यक्ष उम्मेदवार मनोज रानाभाटको विजय शुरु, रत्ननगरमा गठबन्धनको घरदैलो सक्रियता
बढ्यो, नगरबासीले गरे भव्य स्वागत’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सो समाचारले निर्वाचन आचारसंहिता
२०७८ को दफा २२ (ख) उल्लब्घन भएको काउन्सिलको ठहर छ ।

(एन आर एन ए) अमेरिकाको आसन्न निर्वाचनमा दिवाकर पाण्डेको उम्मेदवारी

नेपालमा धादिंग ज़िल्ला घर भई विगत लामो समयदेखी न्यूयोर्क को लंगआइल्याण्ड वासोवास गर्दै आऊनुभयका दिवाकर पाण्डे ले एनआरएनए अमेरिकाको लागि सदस्य पदमा उम्मेदवारी दिनुभयको छ। नेपालमा रहदा लामो समय शिक्षण पेशामा संलग्न हुनुका साथै बिभिन्न सामाजिक कार्यमा पनि संलग्न रहनुभयको थियो।

अमेरिकाको व्यस्त जीवनमा पनि थोरै समय निकालेर आफुलाई निरन्तर सामाजिक सेवाक़ो कार्यमा संलग्न रहदै आऊनुभयको छ।प्रचारप्रसारमा भन्दा कर्ममा विस्वाश गर्ने सादगी जीवन भयका पाण्डेले आफूलाई एक सशक्त उम्मेदवारको रूपमा प्रस्तुत गरनुभायको छ।नेपालक़ो महाभुकम्पमा काम गर्ने कम्पनिबाट आफुलाई प्राप्त सहयोग रक़म मा आफनो तर्फबाट थप गरी अन्य साथीहरूसँग हातेमालो गर्दै तत्कालीन आगिंचोक गाविस क़ो १,२,३ वडामा रहेका संपूर्ण ३३६ घरधुरीमा ठूलो मात्रामा खाधान राहत प्रदान गर्नुभयको थियो।

विभिन्न संघसंस्थामा रहेर सामाजिक काम गर्नुभयका पाण्डे २०१८ देखीधादिंग नेपाली समाज अमेरिकाको अध्यक्ष पदमा रही सफलतापूर्वक नेतृत्व प्रदानगर्नुभयको थियो। ऊहाँक़ो नेतृत्वमा धादिंग नेपाली समाज अमेरिकालाई एक प्रशंसा गर्न लायक़ संस्थाको रूपमा खडा गर्नुभयको थियो। Covid जोखिम मा पनि समुदायमा प्रभावित परिवार हरूलाई बिभिन्न सहयोग गरी उल्लेखनिय भुमिका निर्वाह गर्नुभयको थियो।समाज सेवामा महत्वपूर्ण भुमिका प्रदान गर्नुभयकोले Newyork city का साथै अन्य निकायवाट समेत थुप्रै प्रशंसापत्र प्रदान गरेको छ।

NRNA को आजीवन सदस्य रहनुभयका पाण्डेले 2021-2023 कार्यकालको लागी बोर्ड सदस्यको लागी उम्मेदवार दिनुभायको छ।एनआरएन लाई सम्पूर्ण नेपालीहरूक़ो पहुँच पुग्न सक्ने साझा संस्थाको रूपमाविकासगरी संस्थाप्रतिक़ो आकर्षण वढाउन विभिन्न कार्यक्रम संचालन गर्ने र अमेरीकामा स्थापित अन्यसंघसंस्थाहरू का विच समन्वय गरी सहकार्य गर्ने प्रतिबदताका साथ सबैमा सहयोग लागि अनुरोध गर्नुभयको छ।

निर्वाचनको समयमा मात्र होईन दुःख,पिडा अनी अप्ठयाराहरूमा पनि संगै सारथी बन्ने प्रण गर्दै प्रचारप्रसारमा भन्दा कर्ममा विस्वाश गर्न सवैमाअनूरोधका साथ सहयोगक़ो लागि अपिल गर्नुभयको छ।जय एनआरएनए

धाँधलीको आरोप लगाउँदै ट्रम्प, कतै विरोध प्रदर्शन

वासिंटन : बीबीसीका अनुसार ,अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ ।  वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  चुनावअघि गरिएका धेरैजसो सर्वेक्षणमा बाइडेन अगाडि देखिए । मतगणना भइरहँदा ट्रम्पले जित्ने विश्लेषण पनि सुनिन थालिएको छ ।  अहिलेसम्म ५० मध्ये ४१ राज्यबाट मतपरिणाम आइसकेको अवस्थामा बाइडेन अगाडि रहेको बताइएको छ ।  फ्लोरिडा राज्यमा ट्रम्पविरुद्ध ठूलो नारावाजी र प्रदर्शन भएको छ । यस्तै राजधानी वासिंटन डिसीका सडकमा ट्रम्प विरोधी प्रदर्शन भइरहेका छन् । ह्वाइटहाउस अगाडि समेत सडक अवरुद्ध हुनुका साथै केही बेर तनाब नै भएको थियो । यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । हुलाकबाट पनि ठूलो संख्याले मतदान गरेकाले अन्तिम परीणाम आउन अरु केही दिन लाग्ने बताइएको छ । हुलाकबाट मतदान गर्ने कुराको ट्रम्पले सुरुदेखि नै विरोध गर्दैआएकाले हुलाकको मतदानमा उनी पछि पर्नसक्ने आंकलन गरिएको छ ।

एनआरएनए एनसीसी कतारको कोषाध्यक्षमा लमजुङका बिनोदको उमेदवारी ।

  • दिपक परियार, न्यूयोर्क

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको कोषाध्यक्षमा लमजुङका बिनोद प्रसाद बसौलाले उमेदवारी दिनु भएको छ । सन् २०१९ अगस्ट २३ मा सम्पन्न हुने (२०१९–२१) कार्यकालको निर्वाचनका लागि बसौलाले कोषाध्यक्ष पदमा उमेदवारी दिन सक्षम भएकाले उमेदवारी दिएको बताउनु भएको छ । बसौलाले यसअघि सन् (२०१७–१९) मा संघको कतारको सचिवालय सदस्य साथै आर्थिक समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सो समयमा हाँसिल गरेको ज्ञान, अनुभवका साथै विगत केही वर्षदेखी जिल्ला संस्था लगायतका संघ संस्थाहरुमा आबद्ध भएर कार्य गर्ने क्रममा प्राप्त गरेको संस्थागत सीप र सामाजिक भावना बटुलेकाले कोषाध्यक्षको पदमा उमेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘मेरो उर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु ।

मेरो शैक्षिक र पेशागत पृष्ठभुमीले पनि मलाई सहयोग गर्ने भएकोले पनि त्यो जिम्मेवारीे सफलताका साथ निर्वाह गर्न आत्माविश्वास बढेको छ ।’ आफुले कोषाध्यक्ष पद हासिल गर्न सकेमा कतारमा रहेका श्रमिकहरुको भलाईमा काम गर्न संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागिता मुलक आर्थिक योगदानको निति अबलम्बन गरेर एनसीसीको कोष र श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, हरेक सामाजिक संस्थामा कोष बृद्धि जत्तिकै महत्वपुण कार्य कोषको पारदर्शिता र मितव्ययी परिचालन पनि हो त्यसैले त्यसमा मेरो ध्यान सधै केन्द्रित रहने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले संस्थाको एक पदाधिकारीको भूमिकामा रहदै गर्दा आर्थिक बाहेकका सवाललाई समेत उत्तिकै महत्व दिदै सम्पूर्ण अग्रज अभियन्ताहरुको सुझाव सल्लाह, सहयात्री मित्रहरुको साथ सहकार्य, संघ संस्थाहरुसँग समन्वय गरेर संस्था र समाजको समग्र हितमा कार्य गरिरहने, संस्थाका निति तथा कार्यक्रमहरु, संस्थाले तय गरेका कार्ययोजनाहरुलाई कार्यन्वयन गर्दै संस्थाको गरिमालाई उच्च राख्न सदैव क्रियाशिल रहने प्रतिवद्धता गर्नुभएको छ ।

बसौलाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नाकोत्तर गर्नुभएको छ । उहाँले कतारमा विगत ५ वर्ष देखी लेखा, वित्त तथा प्रशासनिक अधिकृतको रुपमा काम गर्नुभएको छ । नेपालमा समेत बैंक तथा वित्तिय संस्थामा विभिन्न जिम्मेवार पदमा रही कार्य गरिसक्नुभएको छ । बसौला लमजुङ सेवा समाज कतारको (२०१५–१८) कोषाध्यक्ष, २०१९ देखि उपाध्यक्ष, एनआरएनए एनसीसी कतारको (२०१७–१९) सचिवालय सदस्य र आर्थिक समिति सदस्यको जिम्मेवारी बहन गरिसक्नुभएको छ । कतारका सम्पूर्ण पंजीकृत सदस्यहरु, अभियानका अग्रज अभियन्ता तथा कतारमा कार्यरत सम्पूर्ण गैरआवासीय नेपाली दाजु भाई तथा दिदि बहिनि हरुलाई साथ र सहयोगको लागि अनुरोध गर्नु भएको छ ।

अष्ट्रेलियामा नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार


अष्ट्रेलिया : अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा गरेको छ | पहिलो पटक अष्ट्रेलियामा नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन् । नेपालीहरूको घना बस्ती भएको सिड्नीको रकडेललगायतका ठाउँहरूमा प्रमेजले मिस्टर नेपाल ओसिनिया शीर्षकको अवार्ड हात पारेका थिए ।
अष्ट्रेलियन लेबर पार्टीको बर्चश्व भएको निर्वाचन क्षेत्र सिड्नीमा २० बर्ष अघी ६ वर्षको उमेरमा बाबाआमासँग अष्ट्रेलियामा आएका श्रेष्ठ नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार
बनाउने घोषणा गरेको हो ।

Ways to Immigrate to Canada

Lots of people talk about running away to Canada. In a recent survey by U.S. News & World Report, Canada ranked #1 in the world for quality of life. It’s known for its friendliness and liberal political culture. It is huge, too. With that much land, the population is quite spread out, which is probably how everyone stays so friendly.
universal healthcare and a thriving jobs market. So how can you achieve the dream of Canadian living? We’ll break down the seven easiest and most affordable ways to immigrate to Canada.

धनुषाकाे खजुरीसम्म अाइपुग्याे भारतीय रेल

जनकपुरधाम : निर्माणाधीन रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८.५ किलोमिटर रेल सञ्चालन गरिएको छ ।   जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षबाट गरिएको छ ।  भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण सञ्चालन गरिएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालयले जनाएको छ ।जयनगर–कुर्थाखण्डमा ट्र्याक ओछ्याउनेदेखि पुल–पुलेसा, रेल स्टेसन, हल्ट निर्माणजस्ता सिभिलतर्फका काम करिब पूरा भइसकेको जनकपुरस्थित रेल विभागको कार्यालयले जनाएको छ । भारत सरकारले इन्जिन र डिब्बा उपलब्ध नगराउने भएपछि नेपाल सरकारले भाडामा लिएर भए पनि रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । भारतीय रेल्वेकै चालक र प्राविधिकको रेखदेखमा १० किलोमिटर प्रतिघण्टा भित्रैको गतिमा रेल परीक्षण सञ्चालन भएको थियो । कुल ७० किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले सात सय करोड रुपैयाँ सहयोग गरेको छ ।